के
यो माया हो?
“सुन्दर तिम्रो आँखामा डुबी रहू
जस्तो लाग्छ |
कोमल तिम्रो मुहारमा हेरीरहू जस्तो
लाग्छ |
फुल जस्तो तिम्रो ओठलाई सधै चुमी
रहू जस्तो लाग्छ |
कोमल तिम्रो काखमा जीवन भर सुति रहू
जस्तो लाग्छ |”
मैले आफ्नो कविता सुनाउंदै बिस्तारै
अस्मीताको काखमा पल्टिए | अस्मीता आकास तिर हेर्दै खित्का छोडेर हासिन | म उसको
काखमा आफ्नो टाउको अढयाएर मुसुमुसु हास्दै “यो कविता तिम्रो लागी ! कस्तो लाग्यो
?” सोधे |
अस्मीताले आफ्नो हाँसो टप्प रोकेर म
तिर मुनी फर्किईन | उ फर्किने बित्तिकै अचानक आकाशमा ध्वाँसो पोतिएको बादल क्षण-क्षणमा
आकार परिवर्तन भयो | लगतै सुनौलो घामको किरण फेरिएर कालो किरणमा परिणत भयो | वरीपरिका
हरियो घाँसहरु लहराउन्दै बदलिएर कालो मरुभुमीको थुम्काहरुमा परिणत भए |
वास्तविकता भन्दा पर चकित भई मैले अस्मीताको
आँखामा हेरे | उसको आँखा, वस्तवीक रङ्ग भन्दा परिवर्तन भइ रातो भइसकेको थियो | लामो
कपाल छोट्टीएर सानो ठुत्तो भयो | उसको रुप एकपलमै फेरियो | म अचम्ममा परी ट्वाल्ल
हेरिरहन बाहेक अरु केहि गर्न सकिनँ | केहि छिनमै मेरी अस्मीता-अस्मीता रहिनन् | उ अर्कै
केटीको रुपमा परिणत भइसकेकी थिइन् | अनी दाँत किटेर मेरो टाउको समाती जोड-जोडले
कपाल उखाल्न थालि | म पिडाले छत्पताउन्दै चिचियाएर “आआआइईssss” | झट्ट बिउझिए |
पिडा अझै टाउकोमा स्थिर थियो | बाथरूममा
गइ मुख धोए | निधारमा पानीको छिट्टा पर्ने बित्तिकै आगोले पोलेको जस्तो महसुस भयो
| पिडाले मेरो हात कापन थाल्यो | ऐनामा हेरे अनुहारको वरिपरी कपालको जरा-जरा रातो
भएर भत्भती पोल्दै थियो |
सपनामा नभई साँचीकै कसैले मेरो कपाल
उखाल्न खिजे जस्तो लाग्यो | कापदै गरेको हातले कपासमा डीटोल एन्तिसेफ्तिक कपासमा चोपेर
अनुहारको वरिपरी र कपालको जरा-जरामा लगाए | ओछ्यानमा बसे बिपना र सपना बीचको
भिन्नतालाई छुटाउन खोज्दै थिए | मलाई चुरोटको तलतल लागेर आयो | सिरानीमुनीबाट
सूर्या चुरोटको बट्टा झिके | बट्टामा अन्तिम खिल्ली बचेको थियो | कापदै गरेको
हातले चुरोट झिकेर ओठमा च्यापे | जिप्पोले चुरोट सल्काउन खोजे तर जिप्पो बलेन |
कापदै गरेको हातले फेरी कोशिस गरे तर जिप्पो बलेन | थर-थर कापदै गरेको दुवै हातले
जिप्पो समाएर बाले | जिपोको आगो पनि कापदै नाचिरहयो | धेरै सङ्गघर्ष गरेर मैले त्यो
चुरोट सल्काए | घुवाको एउटा लामो सर्को मेरा ओठको बिचबाट घाँटीको बाटो हुँदै
फोक्सोमा पुग्यो | मैले तानेका धुँवाका अनगिन्ती सर्काहरुको भन्दा त्यसको स्वाद
फरक लाग्यो | खै कसरी ?
म उमेश | म हरेक रात, निन्द्राको
बीचमै आधारातमा सधै यसरी नै चिच्याएर बिउझाने गर्छु | थाहा छैन कसरी? सपनामा जे
देख्छु बिपनामा त्यहि महसुस गर्छु |
आफ्नो यो जिन्दगीबाट वाक्क भएर
समाधान खोज्न एक महिना पहिलै काठमाडौँबाट यहाँ भैरवामा आए | काठमाडौँमा म सफ्ट्वेर
इन्जिनियरको काम गर्थिए | दिनभरी कामको लोडले एकछिन फुर्सत हुँदैन थियो | साँझसम्म
थाकेर चुरभइ घर गएर सुत्न खोज्दा सुत्न सक्दिन थिए |
बल्लतल्ल इन्टरनेटमा सर्च गरेर एक साइक्यात्रिकलाइ खोजे “डाक्टर करण” | वहाँले
यस्ता धेरै केसेजहरु हेरी सक्नु भएको रहेछ, इमप्रेसिव! वेबसाइटमा दिएको ठेगाना र
फोन नम्बर नोट गरे | फोन गरे रिङ्ग गयो तर रिसिभ भएन | वहाँको क्लिनिकमा जाँदा थाहा
भयो | भैरवा शिफ्ट हुनुभएछ |
यहाँ मैले धेरै ठाउमा सोधपुछ गरे | सुनेको
छु डाक्टर करणसंग यसको उपचार छ | अनि वहाँसंग अपोइटमेन्त लिएर गए, आफ्नो प्रोब्लेम
सुनाउन, भनौ आफ्नो उपचार गर्न |
"हेलो डाक्टर ! मेरो एउटामात्र
समस्या छ | म एक्लै सुत्न सक्दिन |"
"किन र ! तपाईलाई एक्लै सुत्न
डर लाग्छ ?" मुस्कुराउन्दै डाक्टर करणले सोध्यो |
"होइन- होइन कुरा डरको होइन |
कुरा सुत्ने समस्याबारे हो | करिब एक वर्ष देखी मेरो अवस्था झन्-झन् खस्किदै गएकोछ
| करिब एक वर्ष पहिला एक रात म सुत्न गए | त्यस दिन निन्द्रा पनि अत्ति आइरहेको
थियो | म मस्त निन्द्रामा सुतिरहेको थिए | तर अचानक मलाई छोपेको जस्तो भयो | मलाई
साँस फेर्न एकदमै गाह्रो भयो | म छट्पटिए | यस्तो मसुस भयो की कसैले मेरो घांटीको
नली कस्सेर समातेको छ | म अली-अली होसमा थिए | म बिउझिन कोज्दै थिए तर मैले आँखा
खोल्न सकिरहेको थिईन | बोल्न खोजे तर बोली फुटेन | कसैले मेरो घांटीमा कसिलो दबाव
दिईरहयो | बिस्तारै-बिस्तारै आफ्नो दबावलाई झन्-झन् कसदै गयो | मैले जति कोशिस गरे
पनि म एक इन्च हल्लिन पनि सकीरहेको थिईन | मलाई लाग्यो साँस रोकेर म बेहोस हुन्छु या
त मर्ने छु तर त्यहि बेला त्यो दबाब मेरो शरीरबाट पुरै हट्यो | खोक्दा-खोक्दै
सांसमा साँस आयो | उठेर पानी पिए | पानी पनि सर्कियो | खोक्दा-खोक्दा घाँटीनै
सुन्नेर आयो | म भुईमा पल्टिए | सोच्न थाले मलाई के भएको हो ?
त्यो क्षण ! मलाइ सब थाहा थियो | म बिउझेकै
थिए | तर सपना जस्तै लागीरहयो | केहि बेर उठी रहे आमा बुवालाइ चिन्ता नहोस भनी
मैले वहाहरुलाइ केहि भनिन | अनि अस्मीतालाई फोन त गरे तर उसलाई पनि मैले केहि भनिन
| टीबी हेर्दा हेर्दै फेरी निन्द्रा लाग्यो | म सुते तर बारम्बार कसैले मेरो हात
समातेर झत्काउने र सीयो जस्तो नुकीलो चिजले मलाई घोच्ने गर्दै गर्यो | म निन्द्रामै
बारम्बार चिच्याउन्दै उठ्थिए | यहि क्रम बारम्बार दोहोरिंदै गयो | यस्तो
क्रियाकालापले म हैरान भईसकेको थिए | रिस पनि मलाई धेरै उठ्यो | तर गरु त के गरौ ?
म निदाउन सकिरहेको थिएन | मलाई यस्तो किन भईरहेको छ ? मैले बुझ्नै सकिन |
बिस्तारै-बिस्तारै ई सारा चिज दिन
प्रती दिन बढ्दै गए | समस्या झन् थपिंदै गयो | हरेक रात म मिनेट-मिनेटमा उठ्ने भए
| निन्द्रा लाग्ने बित्तिकै कसैले मलाई पिडा दिन्थियो | धेरै कोशिसहरु गरे कहिले
आमासंग सुते र कहिले बुवासंग | साथीहरुको घरमा गएर पनि सुते | साथीको कोठामा
पाँच-छ जान मान्छेहरुको बीचमा सुत्दा पनि यस्तै समस्याले म सुत्न सकिन | यो समस्या
बारे कसैलाई केहि भनुभने अरुहरुले मलाई पागल भन्ला भन्ने डरले मैले यसबारे कसैलाई
केहि कुरा गरिन |
डाक्टर जोशीलाई देखाए | वहाले मलाई
चेक गरेर भानुभयो “ उमेशजी तपाईलाई कामको स्ट्रेसले गर्दा यस्तो भएको हुन सक्छ | म
तपाईलाई निन्द्राको औषधी लेखेर दिन्छु | त्यो लिनु होला | डोन्ट वरी एभ्री ठिङ्ग
विल बि अल राईट |”
आखिरकार निन्द्राको दबाई लिन थाले |
पहिला एउटा चक्की, अनि दुई चक्की र अब तिन चक्की भन्दा कममा निन्द्रा लाग्दैन मलाई
| सुत्न त सुत्छु तर उठेपछी पुरै शरीरमा भयानक पिडाको महसुस हुन्छ र चोटहरुको
गहिरो चिन्हहरु शरीर भरि देखापर्छ | जस्तो लाग्छ कसैले मेरो पुरै शरीर भरी चिथोरेको
होस् | कहिले-काहिँ त निन्द्राबाट आँखा खुले लगतै पिडाले मेरो चिच्याहट निस्कन्थियो
|
डाक्टर साब !, म भैरवा आउनुको
उद्धेश्य तपाईसंग भेट्नु मात्र पनि थिएन | सोचे, सायद ठाउँ चेन्ज भयो भने यो सबै
बन्द हुन्छ | तर यहाँ आएर पनि यो क्रम अझै जारी नै छ |
यहाँ आउनु भन्दा पहिले एकपल्ट | म अस्मीतासंग
भेट्न जाँदै थिए | त्यस दिन उसको बर्थ डे थियो | म कार चलाउँदै थिए र कारमा रेडियो
बज्दै थियो | रेडियोमा मेरो फेभरेट गीत
“यदि
आकाशको तारा मैले टिप्न सके
यदि फूलको भाषा मैले बुझ्न सके
तिम्रो रात सधै म उजेलीले सजाउ थिए
तिम्रो बारेमा के भन्छन फूलहरुले सुनाउथिए
तिम्रो बारेमा के भन्छन फूलहरुले सुनाउथिए”
यदि फूलको भाषा मैले बुझ्न सके
तिम्रो रात सधै म उजेलीले सजाउ थिए
तिम्रो बारेमा के भन्छन फूलहरुले सुनाउथिए
तिम्रो बारेमा के भन्छन फूलहरुले सुनाउथिए”
कर्मा ब्याण्डको “यदि” गीत बज्दै
थियो | म पनि लयमा लय मिलाएर रेडियो सङ्गसंगै अस्मीतालाई
सम्झी गाउँदै थिए | त्यहि बेला अचानक ! रेडियो आफै टियुन अफ-अन हुनथाल्यो |
क्रमसः बिभिन्न स्टेसन च्यानल आफै चेन्ज हुँदै गएर एउटा च्यानलमा अडयो | जहाँ कुनै
श्रोताले एउटा प्रोग्राममा आफ्नो प्रेमीलाई सम्झी गाना डेडीकेट गर्दै थिईन र आफैले
पनि गानाको दुई-चार लाईन गाएर सुनाइन “मेरो नाम रश्मी हो र म मेरो प्रेमीको लागी
एउटा गाना गाउन चाहनछु
“उडीरहें तिमीलाई
सम्झी बादल पारीको देशमा
यो मुटुलाई सोधी हेर न
यो मुटुलाई सोधी हेर न
मन गुन्गुनाउँछ
गुन्गुनाउन देउ
तिम्रो त्यो सुरैमा
झन् रमाउँछ, रमाउन देउ हरेक पलमा
तिम्रो त्यो सुरैमा
झन् रमाउँछ, रमाउन देउ हरेक पलमा
के यो माया हो..., के यो माया हो...?”
उसको स्वर धेरै सुरीलो थियो | म पनि
सुनीरहे | त्यसको लगतै मेरो फोन बज्यो | फोन अस्मीताको रहेछ | मैले फोन उठाए | अस्मीताले
पहिला त रिस देखायो | किनभने उसको बर्थडेमा पनि म लेट हुँदै थिए | उसलाई मैले धेरै
सम्झाए | अन्तमा मैले उसलाई फकाउन सफल भए | फेरी अचानक कुरैकुरामा उसले पनि त्यहि
गित गायो | मेरो लागी |
“उडीरहें
तिमीलाई सम्झी बादल पारीको देशमा
यो मुटुलाई सोधी हेर न
यो मुटुलाई सोधी हेर न
मन
गुन्गुनाउँछ गुन्गुनाउन देउ
तिम्रो त्यो सुरैमा
झन् रमाउँछ, रमाउन देउ हरेक पलमा
तिम्रो त्यो सुरैमा
झन् रमाउँछ, रमाउन देउ हरेक पलमा
के यो माया हो..., के यो माया हो...?”
मैले भने “अहिले भर्खरै रेडियोमा
रश्मी नामकी एउटी केटीले यहिँ गित गाउदै थिईन | मेरो स्वर स्पष्ट सुन्यो की सुनेन
थाहा भएन अचानक नेटवर्कमा खराबी भयो या के भयो “क्यार्रर्र” आवाजले सुन्नै सकिन | उसको
स्वर पनि रोकी-रोकी आइरहेको थियो “क..को..? कक्... केटी ?”
मैले फेरी भने “रश्मी” | तर उसले
केहि बोलिनन | बस यतिमात्र भनिन “चाडै आउ म पर्खी रहेकीछु | आज मेरो बर्थडे हो कमसेकम
आज त भेट्न आउ |”
मैले सोचे “यार कामको व्यस्तताको
कारण अस्मीतालाई टाइमनै दिन पाउँदिन | आज उसको बर्थडेमा त चाडै पुग्नै पर्छ |” चाडै
पुग्ने होडबाजीमा मैले आफ्नो गाडीको स्पिड बढाए | तर “चिईई” मेरो कार अचानक आफै
रोकीयो | इन्जिन आफै बन्द भएको थियो | स्टार्ट गर्न खोजे स्टार्ट भएन | मैले
दुई-तिन पल्ट कार स्टार्ट गर्न खोजे तर मेरो कोशिस असफल रहयो | मलाई लेट हुँदैथियो
| म कारबाट निस्किए |
रातको समय थियो | सडक पुरै खाली अनि
सुनसान थियो | झ्याउकिरीहरुको एकनासे “किर्रर- किर्रर” आवाज सुनसान रातमा चारैतिरबाट
सुनिनथाल्यो | व्यस्त हुने यो अरनीको राजमार्गमा यस्तो सुनसान कमै हुन्छ | यस्तो
सोच्दासोच्दै मैले बोनत खोले र हेर्न थाले | के थाहा सायद म यस कारलाइ ठिक गर्न सक्छु
की ? मैले इन्जिन माथि यताउटा हेर्न थाले |
त्यहि बेला मेरो नजर एउटा खुल्ला
तारमाथी गयो | म त्यस वायरलाइ हेर्न अलि भित्र झुकेको मात्र के थिए | ठिक त्यहि
बेला “पोप्पोप” मेरो आफ्नै कारको हर्न बज्यो | एक्कासी हर्न बजेको आवाजले म झस्किए
| झस्किंदा टाउको बोनतमा ठोक्यो | म तुरुन्तै आफ्नो टेउको मुसार्दै त्यहाँबाट ड्राईभिंग
सिटतिर दौडिए | हेरे कार त खाली छ | अनि कारको इग्निशन पनि अफ छ | म फेरी फर्केर
बोनततिर आए | अनि सोचे कुनै मेक्यानिकलाइ खोजु | तर त्यसको लागी कोही देखा पर्नु त
पर्यो ? किनकी सडक टाढा-टाढा सम्म सुनसान थियो | बाटो छेउछाउको रुखहरुको पात पनि
हल्लेको थिएन | अघिदेखी सुनिने झयाउकिरीहरुको आवाज पनि अचानक बन्द भयो | एकाएक पुरै
वातावारण बेलुन भित्र घुम्सिएको हावा जस्तो महसुस भयो | सबै डम्म स्थीर | हावा
कहिँबाट कतै चलेको थिएन | मैले खल्तीबाट दुई रुपियाको सिक्का झिकेर सडकमा खसाले “टिंगरिंग
टिंक” आवाज आयो | सिक्काको आवाज बेस्कन गुन्जियो | मैले चारैतिर आँखा दौडाए | पिच
सडकमा सिक्का खसेको ठाउ तिर हेरे तर मैले सिक्का देखिन | मोबाइलको टर्च बालेर हेरे
अह ! मैले सिक्का भेटिन ! यो कसरी सम्भव छ ?
म त्यहाँ उभिएर यहि सब सोच्दै थिए |
त्यहि बेला अचानक “घु-घुईई” आवाज आयो | कारको इग्निशन कसैले अन गर्न खोज्दै थियो |
तर कार स्टार्ट भएन | मैले बोनत तल गरेर हेरे तर कार भित्र कोही देखिन | मैले फेरी
कार भित्र ड्राईभिंग सिटतिर गएर हेरे कोही थिएन भित्र | जब बोनत नजिक आए फेरी
“घु-घुईई” | यस पालि म कारको सिट तिर गईन | बोनत मुनी गरेर हेरे ! आवाज बन्द भयो |
बोनतलाइ उठाए फेरी “घु-घुईई” | बोनतलाइ मुनी गरे आवाज फेरी बन्द भयो | करिब पाँच-छ
पल्ट यस्तै "हाइड एण्ड सींक" दोहोरी नै रहयो | अनि मैले बोनतलाइ बन्द
गरे “ढ्याम्म” | ठिक त्यहि बेला मेरो कारको हेद्लाईत आफै बल्यो | अनि इंजिन
स्टार्ट भयो “घु-घुईईईई” | मैले केहि सोच्नु भन्दा पहिलै मेरो कारले मलाई ठक्कर
दियो | म सडकमाथी खसे | उठेर हेरे कार आफै गुड्दै जाँदै थियो | म उठेर तुरुन्तै
एउटा इट्टा लिएर कारको टायर मुनी राखी दिए | कार रोकियो |
मैले लामो साँस फेरे | त्यसपछी म
कार भित्र बसेर इग्निशन अन गर्ने कोशिस गर्दै थिए “घु-घुईई” | त्यहि बेला मलाई कसैले
मेरो काँधमा चीसो हात राखेको जस्तो महसुस भयो | म झस्किएर पछाडी तिर फर्किए | फर्किने
लगतै एउटा जोरको आवाज आयो “छल्यांग” | पछाडीको विन्डशील्ड चक्नाचुर भइफुट्यो | म
तुरन्त कारबाट झरेर एकै सेकेन्डमा करिब चालिस पचास पाइला टाढा भागे | त्यहि बेला
कारको पार्किङ्ग लाईट्स अन-अफ हुँदै अलार्म लक् बज्न थाल्यो “टुक् टुक्- टुक् टुक्”
|
मेरो कारलाइ बीच सडक मै छोडेर एक
किलोमिटर जति हिडेर गए | पछी एउटा मोटरसाइकलमा लिफ्ट मागेर म आफ्नो घर आइपुगे |
मैले अस्मीतालाई फोन गरे “सरी अस्मी
आज भेट हुन् नपाइने भयो | तिमो घर आउंदै थिए बाटोमा कार बिग्रेर बाईकमा लिफ्ट लिएर
बल्ल घर पुगे | अहिले राती पनि भइसकेको छ बरु भोली भेटौन ल? एनी वे टुडे इज योर डे
! ह्यापी बर्थदे टु यु, ह्यापी बर्थदे डियर अस्मी !”
अस्मीता एकछिन चुप बसिन | त्यसपछी
सहजै भनिन “केहि छैन डियर, लेट्स मेक इत टुमारो, आइ क्यान अन्डरस्ट्यान्ड, एण्ड
थ्याक्स फोर योर विसेज |”
अस्मीता सहजै मानिन, आफ्नो बर्थडेको
दिन मेरो अनुपस्थितीमा पनि रिसाएनन | सायद उसलाई त्यसको बानि परिसकेको थियो |
अर्को बिहान म उठेर सबै भन्दा पहिला
आफ्नो कार लिन गए | त्यहाँ पुगेर हेरे मेरो कार त्यहाँ थिएन | मेरो खल्तीको फोन
बज्यो | फोन उठाए | पुलिस स्टेसनबाट फोन रैछ | मेरो गाडीलाई ट्राफिक पुलिसले उठाएको
रहेछ | म कार लिन पुलिस स्टेसन पुगे | सारा पेपर वर्क गरेर फाइन तिरेर आफ्नो कार फिर्ता
लिए | बाटोमा धेरै ट्राफिक जाम थियो | रातो ट्राफिकलाईटमा रोकेको मात्र के थिए की
अचानक “कुईइक्” मेरो साइडको सिट अलि स्लाइड भएर पछाडी गयो अनि लक भयो | म छक्क
पर्दै त्यो सिटलाई हेर्दै थिए | आफ्नो आँखामा मलाई बिश्वास भएन | त्यो सेटमा कोही
बसेको जस्तो महसुस त भयो तर इन्भिजिवल ! कोही थिएन सिटमा |
ट्राफिक सिग्नल खोलि सकेकोरहेछ |
गाडीहरु तेज रफ्तारमा अगाडी बढ्दै थियो | मेरो पछाडी रहेको गाडीले हर्नमा हर्न
बजाउदै गर्यो | म तुरुन्त कारबाट बाहिर निस्किए | मैले, “कार बिग्रेको छ” ईसारा गर्दै
देखाए | अनि उसलाई अगाडी जान इसारा गरे | त्यो पछाडी रहेको कार बिस्तारै निस्कियो
| मलाई पुलुक हेर्यो अनि रिसाउन्दै "के तालको मान्छे" भनेर गयो |
त्यहि बेला अस्मीताको फोन पनि आयो |
मैले उसलाई सबै कुरा फोनमा भने अनि उसले उ उतै तिर आउदै छ र मलाई नजिकैको कफीसपमा
भेट्नलाई भन्यो | कारलाई त्यहि साइड लगाएर ट्राफिक पुलिसलाई “मेरो कार बिग्रेको छ
| म मेकानिक लिएर आउछु | कार हेर्दै गर्नु न है |” भनेर निस्किए |
म अस्मीताले भनेको कफीसपमा पुगे |
अस्मीता पहिलै आएर बसी सकेकी रहेछिन | नजिक गएर कुर्सीमा बसे र एक-एक गरी सबै कुरा
मैले डिटेलमा अस्मीतालाइ सुनाए | उनले मेरो सबै कुरा धर्यका साथ सुनिन | अनि फेरी
भनिन् म सायद अलि स्ट्रेस छु | आरामको आवस्यक छ मलाई |
कोही अरुले भनेको भए मलाई बिश्वास
हुँदैन थियो होला | तर अस्मीताले भन्दै थिईन | त्यसैले मैले सोचे की सायद कामकै स्ट्रेसलेनै
होला | अनि कुरैकुरामा कहिले समय बित्यो थाहै भएन | कफिसपबाट निस्कनु भन्दा पहिला
मैले बिल मगाए | कफीको बिल तिर्न मैले वालेट झिके तर अस्मीताले नै पैसा दिने
जिद्धी गर्न थालिन | तर म हुँदा हुँदै उसले पैसा किन तिर्ने ? मेरो र उसको यहि
कुरामा बहस चल्यो | अचानक अस्मीताको आँखाको रंग परिवर्तन भएर गाढा रातो भयो | उसको
अनुहारमा रिस उम्ली रहेको प्रस्ट देखिन्थियो | उसले आफ्नो अनुहार बिगार्दै एउटा अर्कै
भिन्न स्वरमा भन्यो “म छु यसको खयाल राख्नको लागी | तँ चुप लागेर बसेको नै तेरो
लागी राम्रो हुनेछ |”
मैले अस्मीतालाइ यस्तो रुपमा कहिलै
देखेको थिएन | मैले उसलाई झक्झकाउदै भने “अस्मीता के भयो तिमीलाई? अस्मीता ?...अस्मीता
उठ ! के भएको हो तिमीलाई? अस्मीता !”
कफीसपमा सबैजना हामीलाईनै हेर्दै
थिए | मैले सबैलाई हेर्दै, “सरी गाइज | उसको जीउ अलि सन्चो भएन | एभ्री थिंगस् इज
गुड | प्लिज एन्जोय योर कफी” भने |
मैले फेरी अस्मीतालाई झक्झकाए | अस्मीता
त होस मै थिईन | एकछिन पछी आफ्नो टाउको समाएर आफ्नो घर जान जिद्दी गर्न थालिन | वेटरले
पानीको गिलास ल्यायो तर अस्मीताले पानी पिएन | मलाई उसको चिन्ता लाग्यो | मैले
तुरुन्तै ट्याक्सी रोकेर उसको घरसम्म पुरयाउन गए | उसको घर त्यहि नजिकै थियो | घर
पुगेर अलि सन्चो हुन थाल्यो उसलाई, अनि हामी बसेर कुरा गर्न थाल्यौ | केहि छिन्
पछी उ उठेर बाथरूम भित्र पसीन | म बाहिरै थिए | केहि छिन पछी बाथरूम भित्रबाट केहि
आवाज आउदै गरेको सुनिन थाल्यो | मैले ध्यान दिएर सुने “मैले तिम्रो के बिगाड़ेकी
थिए ?”
अनि अस्मीताको आवाज
बिस्तारै-बिस्तारै “किन मलाई यसरी दुख दिंदै छौ ?” बढ्दै- बढ्दै ठुलो हुँदै गयो |
“के पायौ तिमीले? छोड देउ मलाई |
धेरै भयो अब ! छोड देउ भनेनी मैले ! छोड दे मलाइ” अस्मीता कसैमाथि चिच्याउन्दै कराउंदै
थिईन “छोड दे मलाई”
मैले बाथरुमको ढोका ढकढक्ढकाउदै “अस्मी-अस्मी”
अस्मीतालाई बोलाउन थाले |
“अस्मी ढोका खोल ! अस्मी कोसंग कुरा
गर्दै छौ तिमी? बाथरूममा को छ ? ढोका खोल !”
मलाई लाग्यो अस्मीता भित्र कोहीसंग
झगडा गर्दै थिईन | मैले ढोका भाच्नै लागेको थिए | अस्मीता ढोका खोलेर बाहिर निस्कियो
र म त्यहाँ नभएको जस्तो व्यवहार गर्न थालिन | म तुरन्त बाथरूम भित्र हेर्न गए | म
भित्र पस्ने बित्तिकै मेरो पछाडी रहेको बाथरूमको ढोका आफै बन्द भयो | मैले हेरे बाथरूमको
झ्याल बन्द थियो | त्यहाँ कोही भएता पनि त्यहाँबाट भागेको हुन सक्दैनथियो | किनकी बाथरूमको
झ्याल भित्रबातै लक लागेको थियो | त्यहि बेला कसैले मलाई बेस्कन धक्का दियो र म
अनुहारले टेक्ने गरि भुइमा लडे | अनि एउटा आवाज सुनियो | मैले आवाज आउंदै गरेको
तिर फर्केर हेरे बाथरूमको सिसामा जमेको बाफमा आफै केहि लेख्दै थियो | ध्यान दिएर
पढ्न थाले “आइ लभ अस्मीता”
म ठिंग उभिएर सिसातीर एकटकले
टोलाउन्दै हेर्दै गए र मनमनै पढ्दै थिए “आइ लभ अस्मीता” अचानक एक झापड कसैले मलाई
हिर्कायो | म रन्थनिएर फेरि बाथरूमको फ्लोरमा “आईइईया” चिच्याउन्दै लडे | मलाई
निन्द्राबाट बिउझिएको जस्तो भान भयो | यताउति हेर्न थाले कोही देखिन | मलाई झापड
हिर्काउने र धकाल्ने कोही देखिन | मेरो चिच्याहट सुनेर अस्मीता बाथरूमको ढोका
खोलेर भित्र अईन |
गाला समात्दै बाथरूम भित्रबाट
कोठामा आए | अस्मीताले डीटोल एन्तिसेफ्तिक र कपास लिएर मेरो कुहिनामा लागेको
घाउलाई सफा गरेर मलाई एक गिलास पानी दीईन | पानी पिउंदै मैले यो सब घटीरहेको
घटनाबारे वास्तविकता सोधे |
कुरा बिस्तारै-बिस्तारै क्लियर
हुँदै गयो | कुरा, अस्मीताको कलेजको समयबाट सुरु हुन्छ | कलेजमा हुँदा उसको एउटी धेरै
मिल्ने साथी थिईन “रश्मी” | अस्मीताको हरेक समस्या; पढाईको होस् वा पैसाको | समाधान
सधै रश्मीले गर्थिईन | कुनै केटाले अस्मीतालाई गिज्यायो वा हैरान गर्यो भने केटाहरुसंग
झगडा गर्न पनि पछी पर्दैन थिईन | पढाईमा पनि रश्मी धेरै राम्रो थियो |
तर नेपालमा केहि सत्यलाइ अहिलेसम्म
समाजले अपनाउन सकेको छैन | त्यहि एउटा सत्यसंग सधै आफ्नो दिनचर्यामा लडाई लड्दै थिईन
रश्मीले | कलेजका केटाहरुले लेडिज ट्वाइलेटका भित्ताहरु र उ बस्ने डेस्कमा सधै जसो
“लेस्बो, छक्का, थ्री जी” जस्ता ना-ना थरिका अस्लील शब्द लेखेर गिज्याई रहन्थियो |
उ सधै अरु भन्दा चाडै अस्मीतालाई थाहै नदिई कलेज पुगेर त्यो सब रुँदै मेटाउने
गर्थिन | तर कहिलै यी सब समस्यालाई आफ्नो अनुहारमा ल्याएनन् | रश्मीले धेरै माया
गर्थीन अस्मीतालाई र उसले सधै त्यहि गित गाउने गर्थीन | केवल अस्मीताको लागी
“उडीरहें
तिमीलाई सम्झी बादल पारीको देशमा
यो मुटुलाई सोधी हेर न
यो मुटुलाई सोधी हेर न
मन
गुन्गुनाउँछ गुन्गुनाउन देउ
तिम्रो त्यो सुरैमा
झन् रमाउँछ, रमाउन देउ हरेक पलमा
तिम्रो त्यो सुरैमा
झन् रमाउँछ, रमाउन देउ हरेक पलमा
के यो माया हो..., के यो माया हो...?”
अनि अस्मीता यसलाई ठट्टा बुझेर सधै
मस्ती गर्थीन |
तर रश्मीले कहिलै आफ्नो फिलिंगसको
बारेमा अस्मीतालाई व्यक्त गर्न सकिईनन् | त्यसमाथी हाम्रो देशमा यस्तो सम्बन्धलाई
गैरकानुनी मानिने भएकाले त्यो बेला धेरै डर थियो |
जुन समाजको हिसाबमा आफ्नो प्रेमी
पाउन एउटा केटाले गर्थियो | त्यो सबै रश्मीले अस्मीताको लागी त्योभन्दा दुईगुणा बडी
गर्यो | रश्मीले धेरै मेहनतले पढाई गर्यो | कलेजसंगै पार्ट टाइम जब गरेर केहि पैसा
पनि जम्मा गरिन | उ यत्ति मात्र चाहान्थिईन की कुनै अर्को देश, जहाँ उनीहरुको
बिवाहले कानुनी रुपमा मान्यता पाउँछ | त्यहाँ गएर आफ्नो संसार बसाऔ | तर यदि अस्मीता
पनि सम्लैंगिक भइदीइएकि भए त्यो सम्भव हुने थियो | धेरै आशाका साथ एकदिन, जब अस्मीतालाई
रश्मीले आफ्नो मनको कुरा व्यक्त गर्यो र आफ्नो प्लान सुनायो | त्यति बेलासम्म धेरै
अबेर भइसकेको थियो |
त्यो बेला अस्मीता र मेरो रिलेसन
भएको, छ महिना बितीसकेको थियो | अस्मीताले उसलाई सिधै अस्वीकार गरिन | त्यसपछी,
रश्मीले भनिन् की “अब हाम्रो बीच कुरा क्लियर भयो | जे भयो, ठिकै भयो ! अब म युयस
गएर आफ्नो जिन्दगी खुशी-खुशी बाच्न सक्छु |”
रश्मीले अस्मीताको अगाडी त सहजै
भनिन “अब म युयस गएर आफ्नो जिन्दगी खुशी-खुशी बाच्न सक्छु” तर अस्मीता बिनाको
जिन्दगी उ जिउन सक्ने सोच्न पनि सक्दैनथिई | त्यस रात उनी आफ्नो कोठाको बार्दलीमा
बसी जुनलाई हेरी आकाशमा टोलाई रहिन | कुन बेला आँसुले गाला भिजेछ थाहै पाईनन | उसले
त्यहि रात फाँसी लगाएर आत्महत्या गरिन | रश्मीको हातमा एउटा सानो कागजको टुक्रा भेटियो
| जसमा लेखिएको थियो |
“तिमीलाई कति माया गर्छु, म देखाउँ कसरी ?
हृदयमा
छौ तिमी,
म देखाउँ कसरी ?
मुटु
दुखी रहेछ मुहारमा ल्याउ कसरी ?
अन्घकारमय
यो जीवनमा तिमी बिना बाँचू कसरी ?
के
यो माया हो ?”
हरेक
रात बिउझंदै सपनाको सागरमा डुबी रहे
तिमी
भेट्ने आशामा
सधै
सत्यलाई धिक्कारी रहे |
तिमी
पाउने रहरहरुमा
कल्पनाको
संसार बनाई रहे बादल पारीको देशमा |
के
यो माया हो ?”
अस्मीता रुँदै भन्दै थिइन् | म
टोलाउन्दै बिस्तारी उठे | बार्दलीमा गएर उभिए | खल्तीबाट एक खिल्ली चुरोट झिकेर
ओठमा च्यापे, जिप्पो बाली चुरोटलाई सल्काए अनि एक सर्को लामो तानेर धुवा माथि उडाए
“फुउउउ” | आकाशतिर हेरी अन्यासै मेरो ओठबाट निस्कियो “के यो माया हो ?”
अब, मैले सबै बुझी सकेकोथिए | किन म
यत्रो वर्ष सुत्न सकेको थिएन | किनभने कसैले आफ्नो कयौ रातहरु अनिन्दो बसेर खुल्ला
आकाशलाई हेरी आफ्नो माया पाउन बिताएकी थिइन् | तर उसले आफ्नो माया त के जिन्दगी
समेत पाउन सकेनन् | कसरी म ठिक हुन सक्थिए र ? किनकी कसैको दिनहरु धेरै पिडा र
मनको चोटहरु संगालेर बितेका थिए | केवल आफ्नो माया पाउनको निम्ती | जसलाई म यस
निमित् पाउन सकेकी म एउटा केटा मान्छे थिए | कसरी म खुशीले बस्न सक्थिए र ? जबकी
कसैले एक-एक पल छटपटीमा बिताएकी थिईन | यस्तो हालमा म खुशीको आशा कसरी गर्न सक्थिए
र ? जबकी कोई एउटा साँसको समेत आशा गर्न सकेनन | "
म आफ्नो कुरा डाक्टर करणलाई भन्दै
थिए | त्यहि बेला डाक्टर करणको फोनको रिंगटोन बज्यो, “के यो माया हो... के यो माया
हो?”
म झस्किए ! यता उटा हेर्न थाले | त्यहि
बेला मेरो नजिकको कुर्सीमा हलचल भयो | कोई लामो-लामो साँस फेर्दै गरेको महसुस गरे |
तर मैले त्यहाँ कसैलाई देखिन | आज पनि जब म अस्मीताको बारेमा सोचछु | रश्मी कतै
नजिक भएको मलाई महसुस हुन्छ | बस ! म अस्मीतालाई आफ्नो मन र दिमागबाट निकाल्न
चाहान्छु | तर समस्या यो छ की कसैको अगाडी उसको नाममात्र लिंदा पनि मेरो समस्या
फेरी शुरु हुन्छ | मलाई लाग्छ म एउटा मेन्टल पेसेंट हुँदैछु | यदी मैले चाडै अस्मीतालाई
भुल्न सकिन भने मेरो जिन्दगीको अन्तय यसरी नै हुनसक्छ |
एक मिनेट मेरो फोन आयो “के यो माया
हो... के यो माया हो ?”
समाप्त
-विलीयम न्युरोज © २०७७ बि.सं.
No comments:
Post a Comment