Dread डायरीको- प्रारम्भ
घर पुगे, डिजाईनमा कन्टेन चेन्ज गरेर "कमिना
जल्लाद"लाई मेल पठाए | मेल सेन्ट भयो | हत्तनपत्त, लपटप बन्द गरेर ड्रेड डायरीभित्र
रहेको दुइ पेजको कागजको टुक्रा पल्टाएर हेरे "ओह ! बाकी यसमा लेखेको रहेछ
|" उत्सुकताको सिमा रहेन र पढ्न थाले |
२
त्यहिँ आवाज हो "बिनय मलाई निकाल यहाँबाट | बिनय चाडै
| अई ! बिनय |" जसलाई सुनेर म निन्द्राबाट बिउझे | आवाज कहाँबाट आएको हो
थम्याउन सकिन | कोठामा कोहि थिएन | यस्तो डरलाग्दो आवाज जीवित ब्यक्तिको त पक्कै
पनि हुन सक्दैन | मनमनै विचार गरे |
केहिछिन पछी कोठा बाहिर केहि मानिसहरु कुरा गर्दै गरेको अस्पष्ट
आवाज सुनियो | ढोका खोले आवाज बन्द भयो | बाहिर हेरे त्यहाँ कोहि थिएन | सायद मलाई
भ्रम भएको होला भन्न ठानेर कोठाको ढोका बन्द गरे | लगतै फेरी मान्छेहरु गाईगुई कुरा
गर्दैगरेको आवाज फेरी सुने | ढोका खोले फेरी आवाज बन्द भयो | हेरे बाहिर कोहि देखीन
| ढोका बन्द गरे | फेरी मान्छेहरु कुरा गरेको आवाज आयो | ढोका खोले फेरी आवाज बन्द
भयो | हेरे बाहिर कोहि थिएन | यो कार्य पटक-पटक दोहोरिरहयो |
यस हईड एण्ड सीक क्रियाकलापबाट डर लागेर मैले रातीनै कोठा
चेन्ज गरे कोठा नम्बर एक सुन्य छ बाट कोठा नम्बर एक सुन्य पांचमा आए |
कोठा नम्बर एक सुन्य पांचमा आएर आफ्नो ब्याग साइडमा राखे |
ओच्छ्यानमा पल्टेर ओढ्नको निम्ती
ब्ल्यांकेट ताने, ब्ल्यांकेट तान्दा ब्ल्यांकेटको बीचबाट केहि खस्यो | मैले उठेर
हेरे, एउटा कार्ड भुइमा खसेको देखे | टिपेर हेरे, ड्राईभीङ्ग लाईसेन्स रहेछ | अनि
त्यसमा नाम लेखेको थियो अमित शाक्य | फोटो हेरे, झस्किए | फोटोमा त्यहि ट्याक्सी
ड्राइभरको अनुहार छापेको थियो | ट्याक्सी नम्बर ग१ज ६६६ को चालक | जसमा चढेर म
यहाँ यस होटेल थर्तिन्थमा आएको थिए |
केहि त गडबड छ यस होटेलमा, मलाई पक्का बिश्वास भयो | मैले
सोचे बिहान हुने बित्तिकै यहाँबाट चेक आऊत गर्छु | अनि नचाहँदा नचाहँदै पनि सुत्ने
प्रयास गर्न थाले | मलाई निन्द्रा लाग्नै लागेको थियो | मैले फेरी आवाज सुने "घ्यार्र्र्रर-घ्यार्र्र्रर- बिनय ! बिनय !
बिनय म अमित ! बिनय मलाई निकाल यहाँबाट..बिनय चाडै ....ओई ! बिनय |"
म ओच्छ्यानबाट उठेर आवाजको पिछा गर्न थाले | तर त्यो आवाज
मानो मसंग खेली रहेको छ | त्यो आवाजको पिछा गर्दै कोठाको बाँया तर्फ जाँदा, त्यो
आवाज दाँया तर्फबाट आउथियो | दाँया तर्फ जाँदा, आवाज बाँया तर्फबाट आउथियो | के
भईरहेको छ | मैले केहि सोच विचार गर्न सकीरहेको छैन |
बिहान सम्म त के, अब म यो कोठामा दुई मिनेट पनि बस्न सक्दिन
| मैले हद्बदाउन्दै आफ्नो समान प्याक गरे | र कोठाबाट निस्कन ढोका आधी खोलेको मात्र
थिए "बिनयययssss !" कोठामा आवाज गर्जियो |
ढोका आफै बन्द भयो साथै बिनयको साँस पनि |
कसैले भित्तालाई कोतरेको "घ्यार्र्र्रर-घ्यार्र्र्रर"
आवाज आउंदै थियो | कोठा भित्र कसैले झगडा गर्दै गरेको आवाज पनि आउंदै छ | अनि
गिलास फुट्ने र चम्चा फ्याकेको पनि आवाज आउदै छ | बिस्तारै-बिस्तारै ई सब आवाज
मिस्सिएर यती चर्को भयो | मैले आफ्नो हातले दुवै कान बन्द गर्नु पर्यो | अनि आँखा चिम्लिएर
चिच्याउन्दै कराउन थाले "बन्द गर | बन्द गर यो सब ! अत्ति भयो |"
करिब एक मिनट पछी जब मैले आफ्नो कानबाट हात हटाए | अनि आखाँ
खोले, त्यहाँ कुनै आवाज थिएन | बस कोठा भित्र एउटा गजबको चिसो थियो | चिसोले काम्न
थाले, टेबलमाथि राखेको ब्ल्यांकेट उठाउन गए | त्यहि नजिकको भित्ताबाट "घ्यार्र्र्रर-घ्यार्र्र्रर"
एउटा आवाज आयो | मैले आवाज राम्ररी सुन्न भित्तामा आफ्नो कान जोडे | भित्तामा कान जोडी
सकेपछी थाहा पाए | भित्ता चिथोरेको आवाज, भित्ताको अर्को पट्टिबाट नभई | भित्ताको
भित्रबाटै आउंदै थियो |
मैले ध्यान दिएर त्यस आवाजलाई सुन्न कोशिस गरे | र सुने,
अर्को एउटा भारी घोक्रो आवाज "घ्यार्र्र्रर-घ्यार्र्र्रर, बिनय ! बाह्र वर्ष
देखी म यहिँ छु | यो भित्ता मेरो घर हो र अब तिम्रो पनि.... हि हि हि हि"
"गुड मोर्निंग सर, तपाइको चि....! सर, सर, सर !" कोठा
नम्बर एक सुन्य पाँचमा वेटर, हातमा चियाको कप समाई भुईमा लडेको मेरो लासलाई
घच्घच्याउन्दै छ |
तर म भित्ता भि..."घ्यार्र्र्रर-घ्यार्र्र्रर"
समाप्त
-विलीयम
न्युरोज © २०७७ बि.सं.
No comments:
Post a Comment