१०-११ दिन देखि लगातार ज्वरोले मेरो तन आलसतालस भएको थियो | विगत केहि २-३ दिन बाहेक आफिस जान पनि सकेको थिएन |
बिहानपखको समय | आधा निदाएको थिए, आखा विउझै थिए | गाडीहरु कुदेको आवाज र सडकमा हिड्ने मानिसहरु को कल्याङ्ग्बल्याङ्ग कानमा फिज झैँ गुजुङ्ग गुन्जुङ्ग गरिरहेको थियो | पुर्वपट्टिको खुला झ्याल बाट पानीले चिस्याएको वायु सरर छिरीरहेको थियो, शरीर पुरै चिस्याउन्दै | त्यसको रोकथामका लागि म ब्ल्याङ्गकेट ओधिरहेको थिए | निरन्तर ज्वरोको प्रभावले मेरो शरीर कमजोर भएर होला शायद, वायुमण्डल हिउदझै आभास भै रहेको थियो |
अचानक मोबाइलमा बजेको रिङ्गटोनले आधाउधि निन्द्रा पनि निर्ममता साथ् खोस्ने दुष्प्रयास गर्यो |
तैपनि एकचौथाई निन्द्रामै थिए | यसो भंनु, आफुलाई जबर्जस्ति निदाएको बनाउने प्रयास गरिरहेको थिए |
मोबाइलमा हेरे-सेभ नगरेको नम्बर !
रिसिभ गरे !
के थाहा अफिस बाट कसैले काम परेर फोन गरेको पनि हुन सक्छ | फेरी उनीहरुलाई मलाइ कस्तो बिरामी लागेको छ , सन्चो बिसन्चो के थाहा ? अफिस मा पाइला नहालेको पनि त्यत्रो दिन भै सकेको छ | अन्त : मेरो अवस्थाको अवगत हुने कुरै पनि भएन, फेरी फोन रिसिभ नगर्ने लाइ अनप्रोफेस्नल भनिन्छ |
नारिस्वर प्रवाहित भयो " हलो "
"हेलो, को बोल्नु भा' को ? "
"गेस गर्नुस, को होला ?"
" अंह , ठम्याउनै सकिन |"
" के म तपाइलाइ चिन्छु र ?" निन्द्राकै आवाजमा मैले यसो भने |
आफ्नो एक्स हरु याद गर्नुस त ,' इत्तरिएको आवाज आयो उताबाट |
"एक्सहरु" यो शब्दले मलाई सोच्न बाध्य बनायो | एक्स -गर्लफ्रेन्ड, एक्स- सिस्टर, एक्स -टिचर, एक्स -फ्रेन्ड, एक्स-बेस्टफ्रेन्ड, एक्स- बोस, एक्स-कलिक्स, एक्स हुम्म्म जो पनि हुन सक्छन तर यिनी को होलि ?"
"सरी ! मैले चिनिन"
"प्रयास गर्नुसन |"
" कुनै क्लु भए सजिलो हुन्थियो ; मा अर्धनिन्द्रामै बोलि रहेको थियो | दिमागमा त्यति धेरै प्रेसर नदिन भनेको थियो डाक्टरले त्यसैले " को हो " भनी सोच्न मन लागेन |
" भए त सजिलै हुन्थियो, तर मलाई त तपाइलाई अप्ठेरोमा पार्न मन लागि रहेछ |"
निहु खोज्ने कुरा गर्छे उताबाट, को हो कुन्नि !?
"त्यस्तो किन ? प्रश्न गरे !"
"हिसाब-किताब बराबर गर्न, उताबाट उत्तर आयो |
अब एक्कासी कुन जमानादेखिको दुश्मन बिस्कियो मेरो ? म निन्द्रा मै भए पनि फ्लासब्याकमा जान थाले| पुरानो महिला दुश्मन को-को छन्. भनि लेखाजोखा गर्न लागे | तर अंह | दुश्मन त परै जाओस मित्र पनि धेरै कमाउन सकेको इतिहास मसंग थिएन |
"लास्तो हिसाब किताब ?" निकै बेर सोचेर सोधे |
"सबै कुरा अहिल्यै किन भन्नु ?"
" कहिले भन्ने त ?"
त्यो पनि किन भन्नु ?"
" होइन कस्तो निहु खोज्ने मान्छे ; मलाई पनि झनक्क रिस उठ्यो , उसो भए फोन किन गरेको ?"
"त्यो त झन् भन्दै भन्दिन |"
अनि के चै भन्न फोन गरेको त् ?
यतिन्जेल मैले के-के भने ?"
"त्यो त आफैलाई थाहा होला नि ? !"
मलाई यो पो बरु अचम्म लागिरहेकोछ , मा यस आइमाईको बकवास यति समयसम्म आफ्नो निन्द्रा माया मार्दै किन सुनिरहेछु?
" फोन रखिदिउ? " झनक्क भएर भने ?"
" पछुताउनुहुन्छ"
" अहिले तपाइको बकवास सुनेर चै नापछुताई बसेको छु जस्तो लाग्छ ?"
" यो भन्दा बादी पछुताउनुहुन्छ "
" हामि यस भन्दा पहिले फोनमा बोलेका छौ ? " फेरी प्रश्न गरे तर मेरो प्रश्न पुरा नहुँदै उनले फोन राखी !
हरे ! एकाबिहानै को यो मेरो दिमाग चाट्ने ? भएको एक चैथाई निन्द्रा पनि दुइ सेकेन्डमै कुलेलम ठोक्यो | यस्तो लागिरहेको थियो , पचास जना मान्छेले मलाइ एकै साथ् चिमोतिरहेछन | कसैले गहिरो इनार भित्र हुलिदिए जस्तो | हत्तेरी ! को रैछ यो एक्स ?"

क्रमस....
#Lyf_Chha_Awesome
#William. Newrose
No comments:
Post a Comment