बिरगंज – यो शब्दमा मेरो अतितका
सम्झनाहरु सन्चित छ | आङ्ग सिरिङ्ग हुन्छ मेरो, जब सम्झिन्छु यस सहरलाई | बिरगंज-
जहाँ मैले जीवनको पहिलो पाइला टेकेको थिए | जहाँ मेरो पहिलो वाक्य फुटेको, जहाँको
स्कुलले पहिलो अक्षेर चिनेको ठाउ, जहाँ मैले पहिलो साथी बनाएको, जहाँ मेरो पहिलो
प्रेमको पालुवा पलाएको ठाउ | जहाको रेस्टुरेन्टले मलाई पहिलो इडली-दोसा खान सिकाएको
ठाउ | जहाँ घुम्ती पसलले पहिलो पान खान सिकाएको ठाउ | जहाँको गल्ली-गल्लीमा
चुरोटको ठुटो निभाएको ठाउ | जसको सडकमा पहिलो साइकल, पहिलो मोटरसाइकल चलाएको ठाउ |
यस्तै अनेककौ पहिलो-पहिलो गरि मैले पहिलो दशैँ-तिहार मानाको ठाउ हो बिरगंज- हाम्रो
बिरगंज |
बिरगंज- मेरो अतितका झोला
अड्याउने भुइँ मात्र पनि होइन | बिरगंज जहाँ मेरो अस्तित्वले जरा हालेको भुइँ पनि
हो | मेरो जिन्दगीकै पहिलो बर्थडे, केक काटेर मनाएको ठाउ हो -बिरगंज | यस सहरले मलाई
ब्यापार गर्न सिकायो / मानिसहरु संग डिल गर्न सिकायो | कुनै बेला मेरो घर थियो, यहाँ
बिजनेस थियो, सबै आफ्नै थियो, समयले अनेक-अनेक मोडहरु पार गरेर मेरो जीवनमा आएको
एउटा स्यानो सरप्राइजबाट निक्कै ठुलो परिवर्तन झेल्नु पर्यो र म बिरगंजबाट
टाढिनुपर्यो | सरप्राइजहरु यसरि पनि आउछन जीवनमा, आफ्नो अघिल्तिरबाट बाटो क्रस
गरेर उल्टै सरप्राइज दिएर जान्छन कति सरप्राइजहरु तर आज म पाहुना भएर जाँदै छु |
केहि अतितका पानाहरु पल्टाउन |
करिब पांच घण्टाको यात्रा
पछि म बिरगंज बस पार्क पुगे | धेरै चिज बदलिसकेको रहेछ | बस पार्क पनि पहिलेको
जस्तो बस पार्क छैन | मैले छोडेर गएको जस्तो त् पक्कै छैन | पहिला यो बस पार्कको
चोकलाई भानु चोक भानिन्थियो | चौबाटो सडकको बिचमा भानु भक्तको सालिक थियो | तर आज
त्यो सालिक मैले भेटिन | सालिक अध्याउन राखेको सिमेन्टको पिलर मात्र छ |
टाटा सुमोबाट झर्न खुट्टा
बाहिर निकाले | पहिलो पाइला बिरगंजमा हिलो मै पर्यो "वेलकम टु द बिरगंज"
हिलोले भनि रहेको जस्तो लाग्यो | वातावरण त चिसै छ भर्खर पानी परेर रोकेको हुनु
पर्छ | म ब्याग बोक्दै हिड्दै होटेल सम्म जाने निधो गरे | म यता उता हेर्दै थिए
केहि परिवतनहरु त भएकै रहेछ | त्यो चोकमा पहिला केहि नास्ता गर्ने पसलहरु र मृगेन्द्र
दाईको कोल्ड स्टोर हुने गर्थिये तर अहिले छैन रैछ | अनि रोड पहिले भन्दा फराकिलो
भैसकेको रहेछ | म हिलोबाट छल्दै अगाडी बडे |
त्यो चोकमा मेरो पहिले
लुम्बिनी ग्यास डिपो थियो | ग्यास डिपोमा हाम्रो अल राउन्दर मेनाजर सुरज दाइँ
बस्नु हुन्थियो | म पनि बस्थिए कहिले काही | खर्च चाहिएमा म सुरज दाइँ संगै
लिन्थिये | मैले खर्च लिएको डे-बुकमा लेखि हाल्थियो मलाई चाही डे-बुकमा लेखेको मन
पर्दैन थियो किन कि यसले मैले दिनमा कत्ति खर्च लिन्छ वा गर्छ भन्ने कुरा घरमा साझ
सुरज दाइँले हिसाब दिँदा ड्याडीलाई थाहा हुन्थियो |
"खर्च त लेख्नु परि
हाल्यो नि निरज भाई फेरी हिसाब मिल्दैन फेरी साउजीले तपाइले जाति लिए पनि लेख्नु
तर पैसा चाहि दिनु भन्नु भएको छ |" सुरज दाईको प्रतेक पटक मैले पैसा लिंदा
मेरो रिसाएको अनुहार देखे पछि भन्नु हुन्थियो |
त्यहि नजिक शिव हस्पिटल
थियो – मेरो छोरा जन्मेको हस्पिटल | छोरा जन्मेको खबर सुनाउन आउने स्टाफले म संग
मेरो सिगरेट केस मागेको थियो मैले पनि "तुम भी क्या याद रखोगे" भन्दै
खुसीले मेरो सिगरेट केस दिएको पनि थिए | तर आज त्यहाँ हस्पिटललाई होटेल बनाई सकेको
रहेछ | म यता उति हेर्दैथिए अतितका केहि तस्बिरहरु आखामा छल्किन्दैथियो |
"कहाँ जाना है आपको भाई साब" भन्ने आवाजले झसङ्ग पार्दियो | आवाज आएको
दिशा तिर हेरे एउटा भर्खर पोल्दा-पोल्दै उम्कन सफल भएको जस्तो देखिने कालो मान्छे
सिक्सा लिएर ठिङ्ग उभिरहेको थियो मेरै पछाडी पट्टि | "रिक्सा नही चाहिए भाई"
भन्दै म हिलोबाट आफ्नो कन्भर्स जुत्तालाई बचाउने असफल प्रयास गर्दै अगाडी बडे |
अतितको मोहले मलाई
वर्तमानसम्म आइपुग्न मन लागीरहेको छैन | तर वर्तमान यति निस्ठुरी छ जसमा मेरो
मनमस्तिष्कलाई रत्तिभर पनि अडयौन सकिरहेको छैन | मलाई मेरो प्रिय अतितमै विचरण
गर्न मन लागीरहेको छ | मेरो तमाम अतितहरुमध्यको एउटा स्यानो अंशमात्र हो त्यो | तर
यो वर्तमान निक्कै अप्रिय र वैरग्य प्रतित भइरहेकोछ | एकछिन ठिंग उभे खल्तीबाट
सिकरेट केस निकाले र एउटा चुरोट ओठमा च्यापे ज़िप्पोले सल्काए, शिव हस्पिटल अहिलेको
होटेललाई हेर्दै पहिलो सर्को तानेर धुँवा हावामा फाले- "चुरोट भन्नु के नै हो
र ? अलिकति खरानी, अलिकति धुँवा र एउटा ठुटो, बस | मानिसको जीवन जस्तै | अहिले जे
छ, भोलि त्यो छैन |" #लाईफ_छ_असम
होटेलको चिन्ता थिएन, मैले
काठमाडौँ बाटै फेसबुकबाट अलि अकबरलाई राम्रो होटेल सस्तोमा मिलाई दिन भनि सकेको
थिए र उसले पनि "त चिन्ता नलिई...त आइज म छु" भनेर मलाई ढुक्क पारि
सकेको थियो | होटेल क्राउन प्लाजा पुगे | "ओह हो ! बाहिरको आधा बिल्डिंग त
फोदिसकेको रहेछ | कस्तो कुरूप देखेको, यो सरकारलाई पनि कत्ति चौडा बाटो चाहिने?"
मेरो स्कुले साथी अली अकबर आफ्नो पसलमा मेरो प्रतिक्षा गरिरहेको रहेछ | "आइपुगिस
! तलाईनै पर्खिरहेको, हिड तलाई रूम देखाई दिउ" भन्दै मलाई होटेलको कोठा सम्म
छोडेर उ आफ्नो काममा गयो | म होटेलको कोठामा फ्रेश हुने तरखरमा टि-सर्त फुकाल्दै
थिए तुईईईई साइरन बजाउंदै लामखुट्टे उड्दै आयो र मेरो पाखुरामा बस्दै आफ्नो रगत
खाने पाइप मेरो शरीर भित्र पसाउन्दै रगत चुस्न थाल्यो तर मलाई त्यस लामखुट्टेले
तोक्दा दुखेन पटक्कै दुखेन | अझ मलाई त्यो लामखुट्टेको तुईईईई गर्ने आवाज साह्रै
मिठो लाग्यो | भनिन्छ केटी मान्छेहरुलाई आफ्नो माइतको कुकुर पनि प्यारो हुन्छ रे |
मलाई त बीरगंजको लामखुट्टेको तुईईईई गर्ने साइरननै आफ्नो लाग्यो र त्यो टोकाई
वेलकम किस जस्तै |
फ्रेस भएर साझ एकछिन
माइस्थान मन्दिर तिर गहवा माईको दर्शन गर्न गए | मन्दिर पनि धेरै नै चेन्ज भैसकेको
रहेछ | पहिला भन्दा बिसाल आकार फेरी सकेको रहेछ मन्दिरले | पुरा मन्दिर मार्बल नै
मार्बलले छाएको मुर्तिहरु पनि सेता, एकछिन त कत्ति फरक भएको रहेछ भनेर अतितमा नै झाक्नु
पर्यो | पहिला नवरथाको बेला साथीहरुको ग्रुपबनाएर यहि माइस्थान मन्दिर घुम्न
गईन्थियो | नवरथलागे देखि दशमी सम्म घण्टाघर देखि अलखियामठ सम्म मेला लाग्थियो |
बाटै बन्द हुन्थियो | हामी त्यति बेला
नपत्याउँदो बदमास थियौ मदेसिहरुको बेलुन चुराको सिसाले हानेर फुताल्थियौ | भिडमा
कसले के गर्यो त्यो कसैले थाहा हुँदैन थियो | वर्ष भरिको रिस तेही नव रातमा भेटियो
भने ग्यांग फाइटमा पोखिन्थियौ | केटीहरुलाई गिज्याउने | "तेरो भाउजुलाई
नमस्ते गरिस ?" भन्दै साथीहरु लाई गिज्याउने पाराका कुराहरु पनि यहि माइस्थान
मन्दिर कै वरपर हुन्थियो | नयाँ अनुहारको केटी देखियो भने मन्दिर देखि घर सम्मै
परिक्रमा गरिन्थियो | साँझ यहि मन्दिरको दक्षिण तिरको चौबाटोमा चिया पसलनिर
साथीहरु जम्मा भइन्थियो | हासो र ठट्टा चियाको चुस्की संगै साँझ को समय
बिताइन्थियो तर अतित र वर्तमानका यी दुई भिन्न उचाइको अन्तराल पार गर्दा वर्तमानको
आफ्नो सतह भासिएला जस्तो भएर आयो | अनि म त्यहाँबाट निस्किए |
साँझ तिर मलाई भेट्न बिनेस
आयो , मेरो पुरानो साथी | तर उसको र मेरो मित्रता कहिले देखि भयो ठ्याकै ठम्याउन
चाही अहिले सकिन | कोठामा आयो एउटा चुरोट माग्यो, सल्कायो अनि वाइफाईको पास्वोर्ड
माग्यो र आफ्नो आइफोन सिक्समा केहि चल्न थाल्यो | आइफोन सिक्स चलाउन्जेल मेरो दुई
वटा चुरोटलाई ठुटो पारिसकेको थियो |
"तँ यहाँ के कामले आको
रे|" बारम्बार मलाई सोधिरहेको थियो
मैले बनावटी भाषामा
दोहाराउन्दै थिए "तिमीहरुलाई भेट्न आको नि |"
"आउछस मुला हामीलाई
भेट्न, त फोकटमा त्यतिकै थोरै आउछ्स | "मेरो कुरा यति चाडो पत्याउने व्यक्ति
थिएन यो | " भन्न रे किन आको ? " फेरी उसको त्यहि प्रश्न | त्यतिकैमा
मलाई बोलाउन अकबरको पसलबाट मान्छे आयो | त्यहाँ एकजना मान्छे बडो सफा सेतो सर्ट र डार्क
ग्रे कलरको पाइन्टमा थियो | कुर्सिमा बस्दा सभ्य देखिन्थियो | एउटा सभ्य मधेसी साहु |
बिनेसले फेरी एउटा चुरोट
माग्यो "दे त् रे एउटा चुरोट खाएर जान्छु |" मलाई उसको अगाडी बिजनेसको
कुरा गर्न पटकै मन थिएन | एउटा चुरोट खाएर जान्छ सोचेर एक खिल्ली चुरोट र ज़िप्पो
दिए | चुरोट सल्कायो, ज़िप्पो लाईटरलाई उल्टाई पल्टाई हेर्यो र भन्यो "यो लाईटर
मलाई छोडेर जा |" म छक्क परे | पहिला भए ल ठिक छ रहर हुन्छ तर पैसाको अभावमा
आफ्नो सोख पुरा हुन सक्दैन तर अहिले उ आफै कमाउँछ, म भन्दा बादी नै कमाउँछ | अहिले
उसले चाहेमा के पाउन सक्दैन र ? तर नानी देखि लागेको बानि यति सजिलो संग जानदो रैछ
त ?" यस्ता मगन्तेहरु मेरो जीवनमा कहिलै कमी भएन | मात्र रुप फेरिन्छ धरातल
उही |
उ जाँदै गएन | हाम्रो कुरा
सुनेरौ मोबाइल चलाएको जस्तो गरी बसी रहयो, आखिर पुरा कुरा सुनेरै | फेरी अर्को
एउटा चुरोटलाई ठुटो पारी करिब १० बजे राती मात्र गयो | यसलाई प्रिय र अप्रियको
भिन्नतासंगै तुलना गर्दा हुन्छ | यहाँ दोषी म आफै पनि हुनसक्छु | तर सायद दोषी
भन्ने नै नरहँदो हो | यो एउटा बुझाइको स्तर हो |
**
बिहान पांच बजे नै मधेसीहरुको हल्लाहले आखा खुलियो | होटेलको पछाडी मिनाबजार परेको हुनाले हल्ला त
हुने नै भयो | ओछ्यान बाट उठे हल्ला केको हो ठम्याउनै सकिन झ्यालबाट बाहिर हेरे
आलु र प्याजको गोला पसल रैछ | सायद भाउ मोल भइरहेको होला | भनिन्छ नि
"पहाडियाको हल्ला, मधेसीको सल्लाह "
माइस्थान मन्दिर गए |
एस.एल.सीको परिक्षा भएर होला बिध्यार्थीहरु मन्दिरको ढोका अगाडी लामै हात जोडेर
प्राथना गरिरहेको देखिन्छ | म मन्दिरमा धोगेर बाहिर निस्के | पुरी तरकारी नास्ता खान
मनलाग्यो | यहाँको पुरी तरकारी एकदमै मिठो लाग्छ | म पसल खोज्न तिर लागे | पहिले त
यहि मन्दिरसंगै टाँसेको हुन्थियो नास्ता गर्ने पसलहरु | अहिले मन्दिरको पर्खाल
मात्र | मन्दिरको पछाडी पट्टि रैछ त्यहि गएर खाए पुरी-तरकारी | बिहानको नास्ता
पुरी-तरकारी र जीलेबी संगै बिरगंजको स्वाद, म पहिले सानो छँदा बुवाले बिहान मन्दिर
दर्शन पछी पुरी-तरकारी र जिलेबी खुवाउन हात समात्दै ल्याउनु हुन्थियो, म भने सबै
भन्दा पहिले जिलेबी नै सकाउन्थिए –मलाई जिलेबी एकदमै मन पर्छ | आज पुरी तरकारी नै
पहिले सक्काए | तरकारी अलि पिरो रैछ | गिलासमा पानी राखे | दुई घुट्को पिए क्या स्वादिलो
झन् चपाकलको फ्लेभर वाला पानी झन् मिठो काठमाडौँको ४० रुपिया जाने मिनरल वाटर
भन्दा मिठो, यहाँको पानीले पुरा तिर्खा मेटिने | छ वटा पुरी दुईवटा जिलेबी र
तरकारी संगै मैले त ४ गिलास पानी पिएछु | त्यो पनि स्टिलको ठुलो गिलासमा | मन्दिरको
अर्को कुनामा चियाको सानो स्टल रैछ | त्यहाँ गएर एक कप चिया खाए १२ रुपियाको | कति
सस्तो र मिठो काठमाडौँ भन्दा चिया त | काठमाडौँको २० रुपिया जाने चियामा यस्तो
स्वाद कहाँ ? !
म होटेल फर्किन्दै थिए अजय
भाईको फोन आयो | त्यसको लगतै सन्तोषको फोन आयो हामी सबै हिमान्चल केबिन निर राजुदाईको
चिया स्टलमा भेट्ने निधो गर्यौ | बिरगंजमा राजुदाईको चियाको स्वाद नचाखेको सायदै
कोहि होला | यो हट लेमनको स्वाद म मिस गर्ने छु काठमाडौँ गए पछी | मैले हट लेमन
कहिलै नखाने मान्छे आज खाए | मिठो पनि लाग्यो | राजुदाईले त्यहि ठाउमा चिया बेचेको
पनि भयो होला बिस वर्ष | दशैँ नव रथ टाका त बिहानै ६ बजे देखि म त्यहि हुन्थिए |
सबै चिज फेरियो यो बिस वर्षको अन्तरालमा तर आज पनि राजुदाईको चियाको स्वाद फेरिएको
छैन रैछ | त्यो चियाको स्वादमा मेरो युवाकालका पलहरु संचित छ | राजुदाईले हाम्रो
अर्डर बमोजिम हट लेमन ल्यायो | हामी सबैले हट लेमन खायौ | हट लेमन पिउदै अजय,
सन्तोष, र सन्तोषको साथी संग हामी कुरा गर्दै थियौ |
बिनेसपनि त्यहि आयो | "हेर्त
! मैले एसएमएस पठाको | किन ! रिप्लाई नदेको ?, रिप्लाई त दिनु पर्छ नि"
आँखीभौ ह्वातै मास्तिर सारेर धेरै पहिल्यै देखिको रिस निकाले जस्तै भन्यो | उसलाई
पनि एक हट लेमन तक्रायो राजुदाईले | चिया सकिन्ने बित्तिकै "ए ! चुरोट दे त
|" बिनेसले भन्यो | यो आग्रह हो कि हुकुम ? मैले छुट्याउन सकिन | उसले यस्तरी
भावमा भनेको थियो मानौ म उसको पहिले देखीको ऋणी हु |
मैले आफ्नो सिगरेट केसबाट
एउटा खिल्ली झिकेर दिए | बिनेसले हाथमा लिने बित्तिकै भन्यो "यो त् शिखर हो
रे , सूर्या छैन ?"
रिसाउन प्रतिबन्ध त छैन तर
बढी रिसाउन चाही प्रतिबन्ध छ | त्यो पनि पुरानो साथीहरु माझ | आफुलाई सम्हाल्दै
भने "शिखर त खान्छु म !, हिजो त बडो भका-भक् यहि चुरोट फुकी रहेको थिस त
?"
"निरज दाईले पहिले
देखिनै शिखरनै खानु हुन्छ | दिपेन्द्र राजकुमार जस्तै |" अजयले बिनेसलाई
हेर्दै भन्यो |
"राजकुमार दिपेन्द्रको
ब्रान्ड पनि शिखर नै हो दाई" मलाई हेर्दै हास्दै अजयले भन्यो |
"खोइ हिजो त थाहै
भएन" बिनेसले भन्यो | अनि अजय र बिनेस मोहन मार्केट भित्रको क्यान्टिनमा
सूर्या चुरोट खान गयो | "आइज रे त पनि उतै बस्दै खाने |" बिनेसले भन्दै गयो
|
"त जाँदै गर म आउछु,
एक छिन् सन्तोषसंग कुरा गरेर आउछु |" मैले भने
बिनेस र अजय क्यान्टिनमा
गयो | म र सन्तोष त्यहि बाहिर कुरा गर्दै बसे | एउटा स्कुटी ठ्याकै हाम्रो अगाडी
आएर रोकियो | यसो हेरे रम्मु दाई रहेछ |
"के छ तिम्रो हाल खबर
?"
"ठिक छ दाई" मैले
मुस्कुराउन्दै भने |
"तिमी काठमाडौँमा
बस्छौ होइन ?"
"हो दाई"
"कहिले आको ?"
"हिजो आको दाई"
रम्मुदाईको मोबाइल बज्यो |
ब्यस्ठ हुनु भयो |
मलाई कसैको हाथले घोचे
जस्तो भयो | फर्केर हेरे | बुढो भिखारी रहेछ "हे बाबु, कुछो खाएके नैखे | कुछो
पैसा दे दि हौ बाबु |" बुढो मान्छे हाथ मेरो अगाडी फैलाउन्दै भन्दै थियो |
मैले हेरे, बुढो मान्छे हो दिनु पर्ला | आफ्नो पर्सबाट पांच रुपियाको नोट निकालेर
दिए | एक छिन् चुप लाग्यो |
बुढो भिखारीले रम्मु दाईलाई
हेर्दै उही पारामा हाथ फैलाउन्दै "हे बाबु, कुछो खाएके नैखे | कुछो पैसा दे
दि हौ बाबु |" रम्मु दाईले फोनमा कुरा सक्काउदै "अबका तोहरा मोबाइल दे
दि ?" यत्ति भनेको मात्र के थियो वातावरण पुरै हासोले गुन्जियो |
"होटेलबाट चेकआउट
गरीले घरमा हिड, घर नै नभएको जस्तो यताउता कहाँ बसेको " सौहार्द्पूर्ण अझ भनौ
आत्मीयता झल्कियो सन्तोषको कुरामा |
"होइन ठिकै छ यार |
अर्को पाली आउँदा बस्छु | फेरी मेरो बानि अलि नराम्रो छ | म राती २ बजे सुत्छु र
बिहान अबेर उठ्छु रात भरि कम्पियूटरमा चली रहन्छु फेरी घरमा डिस्टर्ब हुन्छ
|"
सन्तोष संग छुटिएर म मोहन
मार्केट भित्र क्यान्टिन तिर गए अजय र बिनेस त्यहि थियो | भित्र गए छक्क परे
क्यान्टिन पहिले भएको ठाउमा थिएन | म फेरी बाहिर आए बाटो त बिर्सन | बाटो ठम्याउनै
सकिन |
अजय लाई फोन गरे "हेलो
! भाइ क्यान्टिन कहाँ हो र?"
"दाई अझ भित्र आउनु
राइट साइडबाट भित्र छिर्नु "
अजय भाइले भनेको बाटो गए |
न भन्दै क्यान्टिन त त्यहि रहेछ सबै भन्दा पछाडी, कुना तिर | अजय एक्लै बसेर ल्यापटप
चलाउँदै थियो |
"बिनेस खोइ ?"
मैले सोधे |
"गैसक्यो"
"गैसक्यो?" ल !
कस्तो मान्छे रहेछ | कमसे कम जान्छु भनेर त् जानु पर्छ ! मलाई नरमाइलो लाग्यो | फोकतको
चुरोट खायो होला अनि गएछ | मैले क्यान्टिनको दाई लाई हेर्दै सोधे "के छ दाई
हाल खबर ?, मलाई चिन्नु भयो ?"
"किन न चिन्नु | कहिले
आउनु भएको? " हास्दै भन्यो |
"हिजो आको दाई"
कुर्सिमा बस्दै भने|
"चिया खाने होइन
दाई" अजयले सोध्यो |
"हुन्छ खाम् नत "
"दाई ! दुइकप चिया र
चुरोट " अजयले अर्डर दियो | हामी केहि बेर त्यहि बस्यौ | अजय आफ्नो
प्रोजेक्टको काम ल्यापटपमा गर्दै थियो | प्रोजेक्टको फोटोहरु इदित गर्न अलि गाह्रो
भइरहेको थियो भाईलाई | मैले अलिकति फोटोसपको काम गरि दिए |
क्यान्टिनको पैसा मैले तिरे
| अजय भाइले तिर्छु भन्दै थियो तर मैले नै तिरे अजयले मलाई यातायात सम्म उसको मोटर
बाइकमा लिफ्ट दिने भयो | म उसैको बाइकमा बसेर हिडे |
अजयको मोटरसाइकल सुरेस आइल
पम्पबाट श्रीपुर लाग्दैथियो, अलि हावा चल्यो | त्यो हावाको झोक्काले मलाई बिरगंजमा
बितेका मेरो सम्पूर्ण बाल्यकाल देखि युवाकाल सम्मको याद दिलाएर गयो | एकदम परिचित
हावा थियो त्यो | हावा संगै बुवाको घोग्रो आवाजले छोएर "आइपुगिस छोरा"
भनेर गएझै लाग्यो | सानोमा म होस्टेलबाट घर आउँदा बुवाले भन्ने गर्ने जस्तै | त्यो
हावाले छुँदा मेरो स्कुल, मेरा सर-मिस, साथीहरु, रक्षाबन्धनमा राखी लगाइदिने
बहिनीको कलिलो हात सबैले छोईदिएर गएजस्तै लाग्यो | एकहुल चराहरुलाई दाँयातर्फको
आकाशमा उडदै पूर्वतिर गइरहेको देखे | मलाई ती चरा पनि आफ्नै लागे त्यो बिहानी
आफ्नै लाग्यो | म कहिँ कुनै मानेमा एक्लो छैन, यस्तै यस्तै मात्र लागीरह्यो |
मोटरसाइकल बढदै थियो तर
मेरो दृष्टिमा परेका सबै घर आफ्नो लाग्यो | बाटामा देखिने-भेटिने परिचित-अपरिचित
सबै सहोदर लागे | सम्झना होटेल पुग्दा झसङ्ग भए, मेरो पहिलेको घर "निरज भवन"
यहि छ, देखे मैले | सम्झना होटेलको पारि पट्टि केहि खाली जग्गा पछाडी | उफ्फ़ !
मेरो घर जस्ताको त्यस्तै ठडिएर बसेकोछ | त्यो किचेनको झ्याल उस्तै, पहिला त्यो
झ्याल निर हाम्रो डिनर टेबुल हुन्थियो | झ्यालको सिधा डिनर कुर्सिमा बसी खाना खान्दै
बाहिर सडकमा हेर्दै खन्थिए | आज मलाई त्यो झ्यालले हेर्दैछ |
अजयले बाइकको स्पिड कम
गर्दै भयो "उ हेर्नुस दाई तपाइको घर जस्ता को त्यस्तै छ रंग पनि लगाको छैन
|"
बाँया तिर पहिलेको मामा
होटेल अहिले के जाति रेस्टुरेन्ट रैछ | ठ्याकै पढ्न सकिन | त्यो मामा होटेल मेरो साथी
द्वारिकाको घर र होटेल थियो | त्यो घरमा पनि मेरो धेरै सम्झना छ | द्वारिका र म
एउतै स्कुलमा पढ़थियौ | स्कुल जाने बेलामा साइकल लिएर द्वारिकालाई कुर्न बस्थिए |
साँझ त्यहि होटेलको बेन्चमा बस्दै केटाहरुको जमघट....!!! रमाइलो थियो | हरेक
शिवरात्रीको धुनी त्यहि घरनिरको खालि (बासामल चौर) जग्गामा बाल्थियौ | द्वातिकाको
घरबाट बिजुली ल्याएर स्पिकरमा माइकल ज्याक्समको गीतमा नाचेको अझै याद छ | हाम्रो
एस.एल.सी टाका द्वारिका र मुन्ना दुइजना कम्बाइन स्टडी गर्दै थियो | म भने एस.एल.सीको
केहि फिक्रीनै नगरी गितार लिएर उनीहरु पढी रहेको कोठामा "माया मेरी
माया" गीत सुनाउदै गरेको याद ताजा भयो | कति बेफिक्री थिए म | त्यो हाम्रो
टोल कति रमाइलो थियो कत्ति चहलपल | मामा होटेलले समयको गति संगै विभिन्न रुप
फेर्यो | यसको साक्षी म पनि हु |
यातायात पुग्यौ अजय अफिस
तिर गयो | लेखा पढीमा प्रविनदाई बस्नु भएको रहेछ "कहिले आको?"
"हिजो आको दाई"
भन्दै आफु आको कारण भन्दै कागज दिए |
"अनि कहाँ बसेको छौ
?"
"होटेल क्राउन
प्लाजामा दाई"
"हैट ! घर छैन र
?"
मैले केहि बोलिन मात्र
मुस्कुराए | प्रविन दाईको भाई नबिन मेरो ४ किलास देखिको साथी | हामीले खुब रमाइलो
गरेको थियौ आफ्नो समयमा | प्राय समय हामी संगै हुन्थियौ | नबिनले मेरो मोटरसाइकल
बाटै मोटरसाइकल चलाउन सिकेको भन्दा पनि हुन्छ | नबिनले नै मेरो लभ मेसेजको आदान
प्रदान गर्नेमा मद्दत पनि गर्थियो | उसको घरमा मेरो एक पल्ट डेटिंग प्वाइट पनि
भएको थियो | द लास्ट डेट |
यातायातको काम सकियो | म
इ-रिक्शामा घण्टाघर सम्म आए | रिक्शाको पैसा दिन लाग्दा रिक्शा चालकले तल देखि माथी सम्म घुरेर हेर्यो र भन्यो " दाजुको टातु गजबको हुनुहुन्छ , कहाँ बनाइलिनु
भएको ? कठमन्दुमा ??"
"हो काठमाडौँमा बनाको" हास्दै भने | मलाई उसको उत्सुकता माथी हासो
उठ्यो | उसको हेराइमा हासो उठ्यो | बोल्न खोज्ने तरिका माथि हासो उठ्यो | जिन्दगीको बाइस वर्ष यहि ठाउमा बिताइयो तर आज
पनि म यहाँ नौलो नै छु |
"राम्रो छ" भन्दै रिक्शा अगाडी बढ्यो | म होटेलमा गए केहि छिन्
रेस्ट गर्न | तर कहाँ सुत्न सकिन्छ र? टिनको बाकस बनाउने ठाउ त्यहि नजिकै थियो कि
के हो दिन भरि त्यांग- त्यांग र टुंग-टुंगको आवाजले बस्नै सकिन |
साँझ सन्तोषले
अस्गरको पसल सम्म छोडेर गयो अस्गरसंग भेट गरे, उही हाम्रो स्कुले पाराले भेटे,
अस्गरले आफ्नो पसलमा मलाई स्वागत स्वरूप पानी दियो | म तिर्खाएको पनि थिए | त्यो
पानीको गिलास हेरेर झन्डै ढलेको, एक बोतल बियर झन्डै अटने गिलास थियो त्यो | भारि
पनि थियो | कसैलाई हिर्कायो भने ठहरै | बिरगंजमा पाहुनालाई पानी पहिला दिने आत्मीय
सत्कार नै हो | वा भनौ यहाँको संस्कार | काठमाडौँमा पाहुनालाई चिया दिने जस्तै |
बरु त्यस पछि अरु केहि दिने चलान छ | केहि पारिवारिक कुरा, केहि अतितका कुरा संगै
आफु बिरगंज आएको उदेश्य बारे भने |
चिया खत्तम भैसकेको थियो |
गिलास भुइमा राखे |
"सकियो" मैले भने
|
"के रे ?"
अस्गरले सोध्यो |
"चिया" मैले
हास्दै भने |
अनि अस्गर बसिरहेको ठाउबाट
जुरुक्क उठेर आफ्नो कामदार केटालाई आफ्नो मोबाइल माग्यो र कसैलाई फोन गर्यो |
"ल भोलि बिहान म
तिमीलाई कल गर्छु अनि हामी संगै फ्याक्ट्रीमा जाने" अस्गरको कुराले मन मेरो
खुशी भयो | भोलि फ्याक्ट्री जाने ! ठिकै हो अस्गरले भनेको पनि | त्यहि गयो भने
कसरि काम हुन्छ भन्ने थाहा हुन्छ र कामको ज्ञान पनि बढ्छ |
काम कुरो सबै भने जस्तै मिल्यो
भने कसैको अफिसमा नोकर भएर काम गर्नु पर्दैन | केहि गरि बिरामी भएर काममा जान सकिन
भनेपनि कसैले मेरो तलब काट्ने छैन | राती १२ बजे सम्म काम गरेर पनि ओभर टाइम नदिने
भन्ने हुँदैन | जति मेहनत गर्यो आफ्नै हुन्छ | परिवारलाई समय पनि दिन सक्ने छु |
अब त छोरा पनि जवान भइ सक्यो भोलि पर्सि उसले पनि सम्भालन सक्छ | उसले पढ्न सकेन
भने पनि यहि ब्यापारले खान लाउन पुग्छ | अफिस टाइमको बेला काठमाडौँमा माइक्रोबसमा
तँछाडमछाड गर्दै छिर्न खोज्ने मान्छेहरुझैँ मनभित्र अनेकै बिचार ठेलमठेल गरीरहे |
मलाई भोक लाग्यो | अस्गर
संग छुट्टिएर म माइस्थानको घर परिवार पराठा हाउसमा खाना खाएर होटेलमा फर्किए,
सन्तोष र अजय भाईले "घरमै साँझको खाना
पकाएको छु, जाउ" भन्दै थियो तर पछि कुनै दिन खाउला भनेर बडो मुस्किलले टारेको
थिए |
खाना खाएर होटेलमा गए तर कोठामा
बस्नै सकिन | बाहिर मदेसीहरुको झगडा भएछ क्यार ठुलो-ठुलो स्वरले कराउंदै थियो |
उनीहरुको स्वर सुन्न मन नलागेर टिभीको भोलुम ठुलो गरे तर टिभीको आवाज हार्यो |
टिभी भन्दा उनीहरुको आवाज ठुलो | होइन यी मदेसीहरुले त्यस्तो के खान्छन ह: ? गजब
कै इनर्जी छ त ! कोठामा बस्न मन लागेन | बाहिर निस्किए |
रात परि सकेको थियो | यहाँ त दस नबज्दै सुनसान हुने रैछ | म बाटोको छेउमा आफु बसेको होटेल क्राउन प्लाजा अगाडी
उभिएर चुरोट सल्काए | यता उता हेरे बाटोको बिचमा बडो सानले ठडीएको घण्टाघरलाई हेर्दै | चुरोटको एक सर्को ताने | धुवा हावामा उदाउन्दै केहि सोचमा डुबे | कत्ति जाति
हुन्थियो सम्झनाहरु, पिडाहरु पनि यस्तरिनै रातको अँधेरीमा यो धुवा जस्तै बिलिन भैदिएको भए?
घण्टाघरलाई हेर्दै गर्दा लाग्यो - यो घण्टाघर, यो बाटोले पनि विभिन्न रुपमा हिंडायो मलाई | मेरो सबै कुरा थाहा छ यो बाटोलाई, यो घण्टाघरलाई | घण्टाघरको टिक-टोक संगै बितेका मेरा विभिन्न पलहरु- सम्झनाहरु | सायद आज यो बाटोलाई गह्रुङ्गो लागीरहेको छ | किन कि पहिले भन्दा म अलि बुदो भएको छु र मेरो तौल पनि बढेको छ |
घण्टाघरलाई हेर्दै गर्दा लाग्यो - यो घण्टाघर, यो बाटोले पनि विभिन्न रुपमा हिंडायो मलाई | मेरो सबै कुरा थाहा छ यो बाटोलाई, यो घण्टाघरलाई | घण्टाघरको टिक-टोक संगै बितेका मेरा विभिन्न पलहरु- सम्झनाहरु | सायद आज यो बाटोलाई गह्रुङ्गो लागीरहेको छ | किन कि पहिले भन्दा म अलि बुदो भएको छु र मेरो तौल पनि बढेको छ |
कोठामा गए- सुत्ने प्रयत्न
गरे तर कहाँ सकिन्थियो र ? आँखा अगाडी अतितका सम्झनाहरु फिल्मको नेगेटिभजस्तै
आउदै-जान्दै रिल जस्तै घुमी रहयो बेला न कुबेला | फेरी एक पल्ट त्यो अतितमा बाच्न
मन लाग्यो | उही परिवेसमा होण्डा एक्सएल १२५ मोटर साइकलको सिटमा | एउटा कपी
पछाडीको खल्तीमा घुसार्दै सेतो-सर्ट, निलो-पाइन्ट र कालो-डंगो बूटमा स्कुल जान मन
लाग्यो | मान्छेको जात पनि अजिव हुन्छ | जुन कुरा आफ्नो वशमा हुन्न, त्यै कुराको
पछि लाग्न मन लाग्ने |
***
हिजो राती मनमा कुरा
खेलाउंदा खेलाउंदै कुन बेला सुतेछु थाहै पाईन | "राघुपति राघव राजा राम"
भजनबाट आँखा खुल्यो | आवाज आइरहेको दिशा तिर झ्यालबाट यता उति हेरे | ठ्याकै यकिन
गर्न सकिन तर मलाई याद आयो मिनाबजारमा हनुमानको ठुलो मन्दिर छ | त्यहिबाट आएको
हुनु पर्छ | मौसम अलि चिसो छ | मेरो लागी उपयुक्त मौसम | नत्र त् चैत्र महिनामा
बिरगंजको गर्मी उफ ! बयान गरेर साध्य छैन | बिहानको नित्य काम कुरो सकाएर मिनाबजार
तिरबाट माइस्थान मन्दिर दर्शन गरी बाहिर निस्कंदै गरेको थिए | बिनेसको फोन आयो
" ओइ कहाँ छस रे ?" ठाडो प्रस्न तेर्सायो |
"म यहि माइस्थान
मन्दिरमा, त कहाँ छस?" मैले उसको प्रश्नको उतर दिंदै उल्टो प्रश्न गरिदिए |
"म यहाँ राजुदाई को
चिया पसल तिर"
"ल हुन्छ त त्यहि
बस्दै गर म एक छिन् सपिंग गरेर त्यहि आउछु" भन्दै मैले फोन राखे |
मौसम जति चिसो भए पनि मन
अज्ञात न्यानोपनमा लुटुपुटु गरिरहेको थियो | माइस्थान चोक भर्खर सोह्र वर्ष टेकेकी
तरुणीका आँखाझैँ चन्चल देखिन्छ | हिमालचल केबिन नजिक टासिएको जुत्ता पसल निर राजुदाईको
चिया पसलमा पूर्ववत चहलपहललाई च्यापेर यथावस्थामा विधमान छ | केटाहरुको अखडा उस्तै
चहलपहल छ | फरक केही छैन | फरक थियो युगको | नयाँ युगमा, नयाँ परिवेशमा पुरानै
ढाँचामा देखिन्छ | तिनै सडक, तिनै चिया पसल, तिनै राजुदाई त्यहि बिहानी उही चहलपल
| मान्छेहरु मात्र फरक |
राजुदाईको चिया पसल निर
जाँदा बिनेस थिएन | मैले फोन गरे तर रिसिभ गरेन | छक्क परे, आफै बोलाउने, बोलाएको
ठाउमा पुग्दा मान्छे बेपत्ता, फोन गर्दा पनि नउठाउने | गजब छ बा | बानि बुझ्न
गाह्रो | सडकको बिपरित दिशा तिर एउटा रिक्शा आइरहेको देखे |
रिक्शालाई रोक्दै
"श्रीपुर चल" भने |
"श्रीपुर कहाँ परि
मालुम नैखे" आफ्नो खैरो दाँत देखाउंदै रिक्शावालाले भन्यो |
"हम देखा देम-चल"
भन्दै रिक्शामा चड्नै लागेको थिए |
फेरी उही खैरो दाँत
देखौन्दै "ना हजुर हम रस्खौल से बानी, पहले जाइम श्रीपुर पट्टा लगाइम, भाडा
मालुम करेम फिर जाईम" के भन्छ यो धोतीले ? झर्को मान्दै मिना बजार चोकमा गए
त्यहाँ एउटा रिक्सा निर गएर फेरी सोधे "खालि बा?" रिक्सा वालाले टाउको
हलाउन्दै अनुमतिको संकेत दियो | म रिक्सामा चढे "श्रीपुर चल" रिक्सा
घण्टाघर हुँदै श्रीपुर तिर बढ्दै थियो | वर्षौ पछि म रिक्सा चड्दै श्रीपुर तिर जाँदै
थिए | बिरगंज रेल्वे संस्थानबाट रिक्सा दौदिन्दै थियो | दि.एस.पी कार्यालय तिर
पुग्दा झसंग भए त्यो लाईनको आकार प्रकार नै फरक भइसकेको रहेछ | त्यो टोल पनि पहिला
रमाइलो हुने गर्थियो | त्यहाँ सिसिर लामाको कोल्ड ड्रिंक्स पसल थियो | बसन्त कोल्ड
स्टोर अहिले सुरेन्दर सैलुन रे | पहिला त्यो पसलमा केटाहरुको जमघट हुन्थियो |
बीरगंजको रक मुजिक ब्याण्ड न्यारोज बेडको जन्म त्यहि पसलबाट भएको हो भन्दा पनि
केहि फरक पर्दैन | सीसिर लामा पनि आफै गितार बजाउन्थियो | अहिले त्यो इतिहास
भइसकेकोछ | मुर्लीचौक पुगे सुरेस आइलपम्प तिरको गल्लि देखाउंदै मैले रिक्सा वालालाई
त्यहिबात घुमाउन इसारा गरे | दाँयातिर रिक्सा मोदिन्दा अलिकति हावा चल्यो | त्यो
हावाको झोक्काले मलाई बिरगंजमा बितेको मेरो सिंगो बाल्यकाल याद दिलाएर गयो | एकदम
परिचित हावा थियो त्यो | पहिले पनि त्यसै गरि छोएर जान्थियो | कुत्कुत्याएर
जन्थियो | हावा संगै आमाको आंचलले छोएर गए जस्तै लाग्यो | सुरेस आइल पम्पको त्यो गल्लिको
पारि पती हाम्रो पहिला कोल्ड ड्रिंक्सको पसल थियो | आफ्नै पसलमा मैले दिनको पांच
वटा कोक खाको सम्झे, साझ तिर मस्त हावा खाँदै | सुरेस आइल पम्पमा मैले बिस
रुपियामा आफ्नो होण्डा एक्सएल मोटरसाइकलमा पेट्रोल हालेको सम्झे | "आज पैसा
नैखे-कल डेम होई" भन्दै पैसा नतिरी यहि गालीबाट बाइक हुइकाएको सम्झे | वर्षौ
देखि यो ठाउ, यो परिवेश रातको असंख्य सपनामा मृगतिष्णा बनेर आइरहन्थियो |
आज १२ बजेको सुमोबाट
काठमाडौँ फर्किने भनेको अलि अकबरले सिट रोकाएको पनि थियो तर अलि अस्गरसंग
फ्याक्ट्रीमा बिजनेस मिटिंग भएकोले जान पाइन् | तत्कालै अलि अस्गरले आजै नाइटको लागी
सुलभ बसमा मेरो टिकट बुक गरि दियो B3 | म १२ बजे जान्छ भनेर सन्तोष
म बसेको होटेल अगाडी मलाई पर्खी रहेको रैछ | अलि अस्गरले मलाई अलि अकबरको पसलमा
छोडी उ आफ्नो काममा गयो | केहि बेर अलि अकबर संग कुरा गरेर सन्तोष र म निस्किए |
परु दिदीको घर बिर्तामा
भएको हुनाले एकछिन सन्तोष र म हाम्रो पहिलेको स्कुल त्रिजुद्ध गए | हाम्रो स्कुल
पहिला भन्दा रङ्गीएको थियो | सायद अस्ती भर्खर सरस्वती पुजाको लागी सिंगारीएको
हुनु पर्छ | बडो आत्मीय लाग्यो यो स्कुल आज पनि | हुन त् मैले आफ्नो स्कुले जीवनमा
धेरै स्कुलहरु फेरेको छु | तर यो स्कुलमा जस्तो रमाइलो क्षण कहिँ कतै बितेको थिएन
| पहिले बिरगंजको टप स्कुलहरु मध्य गनिन्थियो त्रिजुद्ध स्कुल | नब्बे दशक तिर
जिल्ला स्तरीय पैन्टिंग प्रतियोगितामा म यहि स्कुलबाट दोश्रो भएको थिए | बडो
सम्मान भएको थियो मेरो त्यति बेला | एक त पर्सा जिल्लाको नाम भएको थियो भने, अर्को
त्रिजुद्ध स्कुलको पनि नाम राखेको थिए | मलाई जुनियर रेड क्रसमा कोषा अध्यक्षको पद
पनि दिएको थियो त्यति बेला | अन्गीनत सम्झनाहरु छन् यस स्कुलमा भनेर साध्य छैन |
सबैले आ-आफ्नो स्कुले जीवनमा उत्दंड त् गरेकै हुन्छन | हामीले पनि गरे | सर नहुँदा
किलासमा टेबुल थताउन्दै गीत गाउनेहरु आजको समयमा आफ्नो ब्याण्ड खोलेर गीत गाउँदै
वर्ल्ड टुर गर्दैछन | गणित सरको प्रिय विधार्थी अहिले प्राइभेट बैंकको हाकिम भएका
छन् | स्कुले निवन्धको सट्टा परिलोकको कथा लेखेर सरको पिटाइ खाने केटा अहिले थ्रियतर
आर्टिस्ट अनि डिरेक्टर भएका छन् | किलासमा सरको वास्ता नगरी किलासबाट देखिने
बगैचामा पुतलीले फुलको रस चुसी रहेको कला बुझ्न खोज्ने केटा आज ग्राफिक डिजाइनर
भएको छ | तर त्यति बेला किलासमा बोल्दैनबोल्ने केटी आजको डेटमा समाचार वाचक भएको
देखेर डंग परेकोछु |
त्रिजुद्ध स्कुल -बिर्ता, बिरगंज |
स्कुलको फोटो खिचेर मोबाइल
खल्तीमा राखे | सन्तोषले मोटरसाइकल घुमाउन्दै "आइज बस जाऊ" भन्दै गर्दा
फेरी एक पटक मैले स्कुललाई हेरे फेरी कहिले हेर्न पाउने हो थाहा छैन | बाँया
पट्टिको खालि प्यासेबलाई देखे त्यो खालि ठाउमा पनि धेरै कथाहरु समेतिएको छ | त्यो
पछाडी अर्को किलास र खेल मैदान जाने बाटो पनि थियो | गर्मीमा धेरै हावा चल्थियो |
सर नहुँदा केटा-केटीहरु त्यहि बसी हावा खाँदै हावाकुराहरु गर्थियो | तर मलाई चाही
त्यो प्यासेब देखेर अर्कै कुरा याद आयो | एउटा मेरो पढनते साथी थियो | खुब पढ्ने
खालका सरहरुले "स्कुलका चिराग" भन्थियो | उसको उधारहण दिएर हामीलाई गाली
गर्थियो | मलाई त त्यो केटा देखि साह्रै रिस पनि उठथियो "जहिले यो धेरै पढेर
हामीले गाली खानु पर्ने !" | हाम्रो एस.एल.सी. तिरको कुरा हो सरले एउटा नोटिस
किलासमा सुनायो | "ज-जसले फिस तिर्न बाकिछ, उनीहरुले फिस चाडै तिरी हाल्नु
नत्र जाँच दिन पाउने छैन" | स्कुल प्रशासनको फरमान जारि भयो | किलासमा
हल्लाखली मचियो | स्कुलका चिराग संग पैसा छैन रैछ | घरको स्थितीपनि कम्जोर थियो
सायद | त्यसको भोलि पल्ट म त्यहि प्यासेबमा बसी रहेको थिए | उ पछाडीबाट आयो र बडो
गाह्रो तरिकाले मसंग मदत अनुरोध गर्यो | मैले कुरा बिझे | मैले नै उसको फिस
तिरिदिने पक्का गरिदिए | उ खुशी हुँदै गयो " थ्यान्कियु यार" भन्दै गयो
उ | पहिला मलाई मम्मीले खाजा खर्च पाँच रुपिया र कहिले दस रुपिया दिनु हुन्थियो |
एक-दुई रुपियाको खाजा खान्थिए अरु बाकि हुन्थियो | बाकि रहेको पैसा एउटा सानो
टिनको बाकसमा जम्मा गर्थिए | हाम्रो फिस जम्मा साट्ठी रुपिया थियो | उसको दुई
महिनाको फिस बाकि रहेछ मैले एकसय बिस रुपिया तिरीदिए | उसले जाँच दिन पायो | उ
अहिले सिभिल इन्जिनियर भएको छ | मैले फेसबुकमा उसलाई भेताउन्दा थाहा पाएको थिए |
खुशीको कुरा हो | मेरो खाजा खर्चबाट कसैको लाईफ बनेछ सोचेको पनि थिईन | ठिकै भएछ |
तर मलाई एक पल्ट समस्या पर्दा मैले थोरै पैसा माग्दा उसले मलाई फेसबुकबाटै ब्लक
गरेको पनि याद आयो | अहिले उ मेरो फेसबुकको फ्रेन्ड लिस्टमा छैन |
पुरा दिन परु दिदीको घरमा
सन्तोषसंग बसे | कतैबाट म आफुलाई पाहुना भएर बसिन | कहिँ कतै बाट साथीको दिदीभिनाजुको
घरमा बसेको लागेन | सबै आफ्नै लाग्यो, आफ्नै दिदी-भिनाजुको घरमा छु | साझको खाजा
संगै खाना खाएर दिदी-भिनाजु र भान्जासंग बिदा भए | सन्तोषले नै मलाई बस सम्म छोड्न
गयो | सुलभ ट्राभल्स | म यो दिनहरु खुब मिस गर्नेछु | बस हुइकियो | बसमा खलासीले
नब्बे दशकका हिट गीत बजाउन थाल्यो | "तम्मा-तम्मा लोगे तम्मा" बज्दै बस
हिकिन्दै थियो | मस्तिष्क पनि उसैगरी हुइकियो | एकपल्ट रक्शौलको पंकज ताकिज हलमा
संजय दत्तको खलनायक फिल्म हेर्न गएको थिए | हल हाउस फुल थियो | फिल्म सकेर
फर्किंदा हलको पछाडी पट्टि तिरको भर्यांगबाट झर्दा भिडमा एउटा धोतीले भनेको कुरा
याद आयो "ओ खलनायक भाई जरा जल्दी चालिए" | त्यति बेला मैले कपाल पालेको
थिए |
"ल, पांच मिनेट गर्न
झर्नुस |" गाडी कहाँ रोकियो रातको अँधेरीले ठम्याउन सकिन | हाइवे मै रोकेको
थियो कतै चारकोशे झाडी तिर सायद | मलाई चुरोटको तलतल लागेर आयो | गोजीबाट चुरोट
केस झिकेर त्यसबाट एक खिल्ली निकालेर सल्काए | एक सर्को ताने | धुवा फाले | "चुरोट
भन्नु के नै हो र ? अलिकति खरानी, अलिकति धुँवा र एउटा ठुटो, बस | मानिसको जीवन
जस्तै | अहिले जे छ, भोलि त्यो छैन |" #लाईफ_छ_असम
पुरा दुई दिन बिताए
बिरगंजमा हरेक पल आफ्नै अतितमा मात्र सिमित भएर बिताए |
बिरगंज – हाम्रो बिरगंज : धेरै
पछि म जीवित भएको छु | मेरो निष्प्राण शरीरमा सास र चेतना पलाएको छ | बेग्लै
किसिमको उर्जा कुन्नि कहाँबाट सन्निहत भएको छ | म छ्यांग भएको छु, कैयौ दिनको
कोमापछी होसआएको बिरामीझैँ | सायद यसैलाई घर भनिन्छ | जहाँ लास पनि बिउतिन्छ |
जहाँ मुर्तिको पनि वाक्य फुट्छ | जहाँ पुगेपछि संसारमा फेरी कतै जाने लोभ जाग्दैन
|
आभार :
दुई दिन होटेलमा बसे |
होटलमै बसे पाहुना भएरै बसे | आफ्नो बाल्यकालको सम्झना सम्झेर बसे | कुनै जमानामा
काठमाडौँबाट आउने पाहुनाहरु मेरो घरमा बासबसिन्थियो तर आज आफुनै बीरगंजको पाहुना
भएर होटेलमा बसे | म न काठमाडौँबाट आएको भएर बसे, न बिरगंजकै भएर | पुरा अपरिचित
भएर बिताए | मलाई बिरगंजमा राम्रो होटेल खोजि दिने, आफ्नो एकदमै व्यस्त दिनचर्या बावजुद
मेरो बिरगंज आउने उदेश्यलाई साकार पारि दिने साथी अलि अकबर हवारी, आफ्नो ब्यस्त
समय मिलाएर मलाई आफ्नो मोटरसाइकलमा लिएर गइ फ्याक्ट्री र मान्छे चिनाउन मदत गर्ने साथी
अलि अस्गर, मेरो मोटरसाइकलको ब्लुबुक र लाईसेन्स रिन्यु गर्नमा मदत गर्ने भाई अजय
नकर्मी , दाई प्रविन सिंह र आफ्नो व्यस्त समय मिलाएर मलाई आफ्नो मोटरसाइकलमा
बिरगंज घुमाउने साथी सन्तोष रंजितकारले तिरिनसक्नु गुण लगाए यस पाली |
र फर्किने साझ रुसलान
भोड्का र खशीको मासु संगै माया र सत्कार संगै आत्मीय बिदावारीको लागी भिनाज्यु बिरेन्द्र
थापा, पर्मिला (परु) दिदी, भान्जा बिराट थापालाई र फेरी एक पटक साथी सन्तोष
रंजितकार सप्रेम धन्यबाद |
होटेल सम्म भेट्न आउने र
वाइफाई नेट फास्ट गरिदिने साथी ब्रिजेस प्रधान, भोकले रन्थनिएको बेला भोकोलाई रोटी
रोल खुवाउने भाई समिम शेख, मेरो फेसबुकमा बिरगंजको कार्टुन हेरी बिरगंज पुगेको साथी
सन्जोग गुभाजुलाई पनि आभार |
अनि अरु साथीहरु : सन्दीप
प्रधान, उमेश श्रेष्ठ, अरविन्द सिंहलाई पनि धन्यबाद | र बिर्तामा मेरो चियाको पैसा
तिरिदिने दाईलाई पनि धन्यबाद नदिई बस्न सक्दिन |
म कुनै लेखक त होइन, तर पनि
समय-समयमा एक दुइ वटा सानो कथाहरु लेखि रहन्छु | मेरो सानो तिनो कथा झर्को नमानी
पढिदिने साथी द्वारिका, अलि अकबर, सुदर्शन र प्रतिमालाई पनि धेरै-धेरै धन्यबाद | मेरो
लेखाईको प्रेरणास्रोत संधै मेरो बुवा र मेरा ई साथीहरु नै हुन् | द्वारिकाले त यो कथालाई
लिएर मैले भन्दा धेरै नै उत्सुकता व्यक्त गरेका थिए फेसबुक मार्फत | तर मैले लेख्दैछु
भन्दै तार्दै आइरहेको थिए |
र अन्त्यमा....बिरगंज छोडेर
यताउता विस्तापित हुने साथीहरुलाई सुझाव बिरगंज जाँदा एक पल्ट नेहा फार्मेसी गई
पानी पिउनु, बिरगंजमा बितेका अतितका पानाहरु आखा अगाडी पल्टेन भने भन्नु |
-७, ८, ९ चैत्र २०७३
No comments:
Post a Comment