आज चरा चुरंगीहरु
उठ्नु भन्दा पहिलै उठे, रातभरी सुतेको भए पो उठ्नु . मनमा यति धेरै पिर, चिन्ता
..... ! अनि कहाँ बाट लागोस त निन्द्रा !? साइकल लिए अनि हिडे मोर्निंग राइडमा,
चिसो मौसम र एकान्त सडक, आज एक्लो सडक देखेर मेरो साइकल पनि खुशीले कुहिरो लाइ
पन्छ्याउदै अगाडी तिब्र गतिले गुडिरहेक छ . आज भोलि काठमान्डौमा जाडो पनि अत्तिनै
बढेको छ . यसपाली लामै जाडो हुन्छ कि क्या हो ?
जाडो मौसममा ६ बजे
बिहान पनि अँध्यारो नै हुन्छ. यत्रो राजधानीको सडकमा एउटा पनि ल्याम्प पोस्टमा
बत्ति बल्दैन . तर मलाई र मेरो साइकल लाइ आज बत्ति चाहिएको छैन .
चिसो मौसममा साइकलको पाइडल चाल्दैछु तर पनि
जिउ तताउनै सकेको होइन . कान झर्ला जस्तो चिसी सक्यो, अब चाहि ता-तातो चिया पिउनु
नै पर्ला . चारै तिर हेर्छु सडकको छेउमा मान्छेहरु आगो बालेर तापी रहेछन तर चियाको
ठेला कहिँ देखिन्दैन | आज भोलि नेपाल सरकारलाई के मुड चलेछ खोइ? सडकमा यस्ता
ब्यापारीहरुलाई राख्नै दिएको छैन . सडक छेउमा यस्ता खुद्रा व्यापारीहरु देखेकी
लखेटी हाल्छन. तर यसको राम्रो पक्ष् चाहि सडकका पेटिहरु सफा देखेको छ .
अलि पर गए, त्यहा मान्छेहरुको जमात देखे |
चारै तिर बसेर आगो तापी रहेछन. मलाइ यस्तो दृश्यले बिरगंजको याद आउछ | यस्ता
दृश्य प्राय बिरगंजमा देखिन्छ' | जाडो याममा एका बिहानै देखि बिरगंजमा रिक्सा
वाला, टंगा वाला, ठेला वालाहरु चिया पसल अगाडी र चोक-चोकमा यस्तै गरि जम्मा भइ आगो
ताप्दै बस्छन ...
होइन ! मान्छेहरु
यत्ति चाडै उठेर के गर्छन ह: ? यस्तो जाडोमा पनि घरमा न बसी बाहिर सडकमा आगो
ताप्दै छन् . "हैट ! म पनि कस्तो , माग्ने र खातेहरुको पनि कहिँ घर हुन्छ
र?"
बल्ल एउटा चिया पसल
भेट्टाए, साइकलको थकाई र चियो मौसममा ता-तातो चियाको मज्जा नै अर्कै
हुन्छ. साइकल साइड लगाए | सडकको छेउमा... मन्दिर पछाडी चियाको ठेला राखेको रैछ .
मन्दिरले छेकेर यो चियाको ठेला बचेको होला महानगर पालिकाको नगर प्रहरीहरुको आँखाबाट
.चिया पिउन बसेका २ जना छन् , अरु ३ जना चिया पिउदैछन्|
"दाई एउटा चिया
खाम न " मैले लामो सांस फेर्दै भने |
उसले टाउको हल्लाउदै
सांकेतिक भाषामा "हुन्छ" भन्यो . म मन्दिरको खुड्किलोहरुमा राखेको चकटीमा
गएर बसे |
चिया बनाउंदै उसले
मलाई जिस्किंदै सोध्यो " दाई बिहानै बिहान साइकलमा मोर्निंग वाक ?"
हैट ! साइकलमा पनि
वाक हुन्छ?
"हो दाई साइकलमा
मोर्निंग वाक, अनि तपाई चाहि बिहानै बिहान मोर्निंग टि बनाउंदै ?" म हाँस्दै
भने. अनि त्याहाँ बसी चिया खाइ रहेककाहरु सबै हाँसे .एक प्रकारको मोर्निंग लाहफ्तर
नै सुरु भयो पुरा वातावरण नै | चिया ल्याइदियो, म बडो जिज्ञासु भएर सोधे:-"दाईको पसल त नगर प्रहरीको आँखाबाट बचेछ त ?.... सायद मन्दिरले छेकेर होला"
उ बडो फुर्ति लगाएर:- "मन्दिरले छेके पनि नछेके पनि कसको हिम्मत छ र मेरो पसल उठाउने?" बडो
कद्किन्दै बोल्यो|
"किन र तपाइको
मान्छे छ र नगर पालिकामा?"
नगर पालिकामा मात्र
होइन प्रधान मन्त्रि नै छ नि, आफ्नो मान्छे फेरी फुर्ति लगायो, नसुहाउदो,
प्रधानमन्त्री आफ्नो मान्छे हुनेको यस्तो ठेलामा चिया पसल हुन्छ र ?
"अहिलेको
प्रधान मन्त्रि प्रचण्ड ?, तपाइको आफ्नो मान्छे ? कसरि ?" छक्क पर्दै मैले
फेरी प्रश्न राखे | "हो तत्कालिन प्रधान मन्त्रि प्रचण्ड मेरो आफ्नो मान्छे,
जानयुद्ध ताका मैले वहाको ज्यान २ पटक बचाई सकेको छु ... !!!! त्या चिया पिउदै
बसेकाहरु सबै स्तम्ध भयो. एका बिहान सबैको मुहारमा कर्फ़िउ नै लाग्यो .
"ओह ! हो र ?
"
"आफ्नो मान्छे
भन्नले नातामामा होइन ." उ आफ्नो लागि बचेको चिया गिलासमा राख्दै पिउदै म
बसेको छेउमा बस्न आयो | " म वहाको सेनामा थिए." अलि सिरियस भएरै भने र एक
सिप चियाको चुस्की लिएर गिलासलाई दुवै हाथले च्यापेर भन्न थाले, हातहरु हेरे
औलाहरु हेरे दाँया हाथको बुढी औला बाट माथि तिर जाँदै गरेको आगोले पोलेर गलेको
छाला देखिन्छ . उसको जनयुद्ध बेलाको कुरा सत्य होला जस्तो पनि लाग्यो . के थाहा
बारुद ले पोलेको पनि हुन सक्छ वा यहि चिया पकाउँदा स्टोभ को मट्टीतेल लागेर पोलेको
पनि हुन सक्छ |
"म स्कुल जाने
बेलामा माउवादीले मेरो बुवालाई "कि धन देउ,कि जान देउ" भन्न आयो . धन त
हामिले कँहा बाटा दिनु किसानको छोरो, बुवाले जेन टेन गरेर मेरो भर्ना स्कुलमा गरिदिनु
भएको थियो . दिदि ठुली भै सकेको थिई . उस्को विवाहको चिन्ता बुवालाई बेग्लै थियो .
बुवाले धन दिन नसकेर माउवादिमा मलाई पठाए .सर्वहारा वर्गको मुक्तिको लागि भन्दै
ज्यानको बाजी राखेर लडे. कत्ति चोटी दोहोरो भिडन्तमा आज मेरो आन्तिम दिन भन
थान्थिए. ता-तातो गोलि आफ्नो कानको छेउ बाट जाँदा हंसले ठाउँ नै छोड्ला जस्तो
हुन्थियो . आफ्नो जीवनलाई तलवारको धारमा राखेर २ पटक प्रचण्डको ज्यान पनि बचाए .
लाडयो भयङ्कर युद्ध लाडीयो तर हरेक लडाईमा आज मेरो यो संसारमा अन्तिम दिन हो सम्झेरै
लडे| आज हामीले लडाई लडेर नेता, प्रधानमन्त्री बनाएका प्रचण्डले हामीलाई देशको अयोग्य
लडाकु ठहर गर्यो | हामीलाई मझधारमा ल्याएर अलपत्र छाडी दिएकोछ उसले.... कापी कलम समाएर
स्कुल जाने बेलामा बन्दुक बोकेर जंगल पस्न बाध्य बनायो| ध्वन्धकालमा धेरै पटक
ज्यानको बाजी राखेर लडाई लडे, अन्त : २०६३ साल मंसिर ५ गते बृहत शान्ति सम्झौता
भयो | माउवादीले संचालन गरिएको ससस्त्र जन-युद्ध अवचारिक रुपमा सकियो . २०६२-२०६३
सालको जान-आन्दोलनको नतिजा स्वरूप देशमा गणतन्त्र आयो . संबिधान सभाको निर्वाचन
आयो, संबिधान सभाबाट संबिधान जारि भयो तर त्यतिबेला ज्यानको बाजी राखेर लडाई
लडेका लडाकुहरु अहिले आफुलाई पार्टीले बिचलि बनाएको छ, जिउन अनेक निरन्तर संघर्ष
हार्नु परेको छ | शान्ति सम्झौताकै आधारमा सेना संयोजक भयो तर चार हजार आठ जना
लडाकुलाई अयोग्य भन्दै घर फर्कियो . त्यो चार हजार आठ सय लडाकु मध्येमा म पनि परे.
त्यो चार हजार आठ सय लडाकुहरु आज सम्म समाजमा पुर्नस्थापित हुन सकेको छैन ."
उसको आँखामा
आक्रोसको भाव देखे, चियाको चुस्की लिन एक छिन् मौन बसे, हामि सबै जना चुपचाप चिया
पिउंदै उसको बोलीको प्रतिक्षा गरि रहेका थियौ. उ मौन थियो, चुपचाप.. केहि सोच्दै
ओठमा चियाको गिलास टक अडेको अदै, चिया गिलास बाट स्वात तान्दै फेरी बोल्न सुरु गरे
उनि :- "युद्ध पछि न
समाजले स्वीकारे...न पार्टीले नै, यत्रो सपना देखाएर सिध्दान्तको कुरा गर्ने नेता, जो
मान्छेले उसको २ पटक ज्यान बचाए, आज आफु सत्तामा पुगे पछि उसैले मलाई अयोग्य
ठहराए. न त मैले आफ्नो दैनिकी जीवन नै सहज ढंगले अगी बढाउन सकेको छु . पहिले चाहि
हामि युद्ध लड्न योग्य भए | पुष्पकमल दाहाललाई नेता बनाउन योग्य भए, आफ्नो
नेतालाई मन्त्री र मन्त्रीलाई प्रधान मन्त्री बनाउन पनि योग्य भए, तर हामीलाई
संयुक्त राष्ट्र संधले अयोग्य प्रमाणित गरि दियो. हामीहरुले नेता बनाएको पुष्कमल
दाहाल २ पटक देशको प्रधानमन्त्री भै सके . बाबुराम भट्टराई पनि प्रधानमन्त्री भयो.
हामीहरु संगै एउतै मोर्चामा युद्ध लडेकाहरुको जीवन स्तर कहाँ बाट कहाँ पुगी सक्यो
तर म भने ..... ???? "
फेरी एकपटक मौन
बस्यो, चिया पियो , अब भने चिया चिसी सकेछ क्या रे , चिया स्वात पारि सकायो .मेरो
त पहिलै सकी सकेको थियो. एउटा अर्को अधवैश मान्छे चिया पिउन आयो |
"दाई एक कप
चिया खाउ न है" भन्दै चकटीमा बस्यो | उ चिया बसाल्न तिर लाग्यो, स्टोभमा दम
दियो, स्टोभ को आगो चर्कियो . उसले चियाको भाडा बसाल्यो, चिया खाइ सकेको मान्छेहरु
पनि बिस्तारै १५-१५ रुपिया तिरेर जान थाल्यो. भाडामा दुध, चिनी, चिया पट्टि हालेर
फेरी आफ्नो आत्मकथा भन्न थाल्यो " देशमा बाल मजदुर, बाल अधिकारको कुरा चलाउने
ले नै मलाई बाल सेनाको रुपमा प्रयोग गरेको थियो...त्यो प्रचण्डेले | त्यति बेला
मेरो बाल अधिकार कता गएको थियो र?"
" दशौ हजार नागरिकको ज्यानको आहुती दिएको
आन्दोलनको उपलब्धि के ?"
"आफुले बनाएको
प्रधानमन्त्री र मन्त्री बनाउनुको उपलब्धि के ??? हजारौ घाइतेहरुको चित्कार सुन्नु
पर्छ कि पर्दैन उसले ? बेपत्ता नागरिकको आँखामा बगेको आँसु कसले पुछिदिने ? उसले
पुछ्नु पर्छ कि पर्दैन? त्यसै बस्ने हो ? कलिला हाथहरुमा बन्दुक बोकाएर, आज यसरी
जीवनको मझधारमा ल्याएर छोडिएका लडाकुहरुको ग्यारेन्टी कसले लिने? आमुल परिवर्तनको
कुरा गर्नेले न त आफ्नो कार्यकर्तालाई खुशी बनाउन सक्यो, न त नागरिकलाई नै .शान्ति
सम्झौताको १० वर्षमा ९ पटक सरकार परिवर्तन भयो. ३ वटा सरकार माउवादिको नेतृत्वमा
बन्यो तर देशको स्थिति उस्तै छ. जन युद्धमा ध्वस्त पारेको लाइ त बनाएको छैन, यो
भूकम्पले भत्काएको लाइ त कहिले बनाउने त्यसले?... पिडा उस्तै छ दाई !!!! "
म चुपचाप उसको कुरा
सुनिरहन्छु म संग पनि केहि छैन बोल्ने वाक्य, उसको प्रश्नको उत्तर त झनै कहाँ बाट हुनु .आफ्नो सिगरेट केसबाट मेरो
ब्रान्डको चुरोट निकाले, ओठमा च्यापे, जिप्पो बाले चुरोट सल्काए . धुवा फाल्दै
सिगरेट केस अगाडी बढाएर "दाई पनि खाने?" भनेर सोधे . उसले मेरो
ब्रान्डको सिगरेट उल्टै पल्टै हेर्दै " कुन चुरोट हो" भन्दै हेर्यो .
"शिखर सेलेक्ट नँया
आएको, खानु न सूर्या भन्दा सफ्ट छ."
"भो म यो खन्न
" भन्दै आफ्नो ठेला चिया पसलबाट सूर्या चुरोट सल्कायो.
"तर नागरिकले,
जनताले व्यवस्था होइन अवस्था परिवर्तन चाहेको थियो . जुन झन् दर्दनाक बनेर गयो
." आफ्नो बोलि संगै चुरोटको धुवा बाहिर निकाल्दै भन्दै थियो .
"देशमा यति
सत्ता परिवर्तन भयो खै त ?? ! अवस्था परिवर्तन भएको? अहिले नगरे कहिले गर्ने र कसरी
गर्ने ?" यति भन्दै फेरी एक
पटक मौन बस्यो... हाम्रो योद्धा चिया दाई. चुरोट यस्तरी तान्दै थियो मानौ
प्रचण्डको रगर तान्दै हो. उसको रिसको भाव सिगरेटको आगोमा प्रस्टै देखिंदै थियो. सिगरेटको
आगो झन्-झन् तेजिलो हुँदै गयो . मानौ, अब सिगरेटवाट ज्वालामुखी बिस्फोट हुन्छ.
हो अहिले नगरे कहिले
गर्ने?, कसरि गर्ने ? कसले गर्ने ?, यस्ता थुप्रै अनगिन्ती प्रश्नहरु छन्. यसको
जवाफ म संग त छैन छदै-छैन . शायद अहिलेको प्रधानमन्त्री प्रचण्ड ज्यु संग पनि छैन
. उसैले जन्माएको पुर्व लडाकु अहिलेको चिया साहु जसले उसको ज्यान २ पटक बचाएको
दाबी गर्छ, उसैले सोधेको प्रश्न हो यो . म नाथे एउटा साधारण ग्राफिक डिजाइनर संग उत्तर
कहाँ बाट हुनु तर माउवादी गैर जिम्मेवारी भएको, उसैको पुर्व लडाकु कै भनाई छ , हुन
पनि हो , माउवादी हिंसाले देशलाई क्षेती बाहेक के नै दियो र ? हो परिवर्तन त भएको
छ . पहिले प्रचण्ड लाई सुत्ने ओछ्यान समेत थिएन होला तर आज उ ४ लाखको खाटमा सुत्छ .पहिले
होन्डा एक्स एल १२५ सी सीको मोटर साइकल चलाउदै बिरगंज घुम्ने मान्छे, अहिले फोनेएक्स
साइकल चलौन्दै काठमाडौँ घुम्छ . आमुल परिवर्तन देशमा होइन, जनतामा पक्कै आएको छ .
देश त त्यस्तै छ लथालिंग |
Nov 30,2016
-William Newrose / Cycle Diaries
No comments:
Post a Comment