Friday, May 1, 2020

प्रतीक्षा (Horror सानो कथा) Episode -2


भनिन्छ यो संसारमा प्रेम भन्दा ठुलो शक्ति  अरु कुनै छैन | प्रेममा मानिसहरुलाई आफ्नो प्राणको पनि वास्ता हुँदैन | मायामा मर्नेहरु हीर-राँझा, रोमियो-जुलियत, लैला-मजनु, राजामती जस्तो कथा धेरै पढ्नु भएकै होला | आज यो सानो कथा पनि....
प्रतीक्षा  (Horror सानो कथा)  Episode -2



कुरा आज भन्दा दस वर्ष पहिलेको हो | कलेजको अन्तिम दिन सबै खुशी थिए | अनि सुजाताले कहिँ कतै ग्रूप घुम्न जाने प्रस्ताव राख्यो, साथीहरुले पोखरा भन्दा माथी सारङ्गकोटमा साइकिलिंग जाने प्लान बनायो | सायद म यहि प्रतीक्षामै थिए | प्लान सुन्ने बित्तिकै एकदम खुशी भए | यो भन्दा पहिला म अपहिल राइडीङ्ग त्यो पनि जंगलमा कहिलै गरेकी थिईन | मेरो लागी यो राइड नयाँ र एडभेन्चर हुने वाला थियो | हामी पोखरा पुग्यौ | राती त्यहि गेस्टहाउसमा दोहोरी नाच हेरी थकाई मार्यौ | भोली पल्ट साइकल हायर गरेर, हामी राइडीङ्गमा निस्कियौ | उकाली र ओराली ट्रेलमा साथीहरुको ग्रूप राइडीङ्गको रमाइलोले जाँदा-जाँदै समय बितेको थाहै भएन | मन मनै लागी रहयो | यो राइड मलाई जीवन भर याद रहने छ |

हामी राइडीङ्ग गर्दा-गर्दै सारङ्गकोट गाउँ भन्दा माथी पहाडको टुप्पोमा पुग्यौ | पसिनाले निथ्रुक्क भिजेको शरीरमा चिसो हावाको स्पर्शले काउकुती लागी रहयो | बडो रोमान्चित अनुभूति थियो त्यो | त्यहाँबाट पोखरा बजारसंगै अन्नपुर्ण हिमालयन रेन्ज गजबको देखिँदो रहेछ | साथै सनसेट पनि | साँझतिर सुर्यले पक्ष्चिमको क्षितिजलाई क्रमसः चुम्दै-चुम्दै गईरहेको थियो | दृश्य एकदमै मनोरम लाग्यो | राती हुनै लागेकोले सुजाताले फर्किने इसारा गरिन | हामीहरु फर्कियौ |

मलाई त्यहाँबाट फर्किन मन नै थिएन | रिसको झोकमा म साथिहरुको ग्रुप भन्दा अलि अगाडी साइकिलिंग गर्दै अगाडी बढे | मैले सुजातालाई भनेकी पनि थिए आज राती यहि क्यामपिंग गरौन तर टेन्ट ल्याएको छैनभनेर कोही मानेन | मैले त फेर्ने लुगा पनि आफ्नो ब्यागमा राखेकी थिए |

डाउनहीलमा साइकलिङ्ग गर्दै जंगलको बाटो हुँदै मुनी झर्दै थिए | सुकेको पातलाई टायरले कुल्चेर चिर्रररआवाजसंगै चेन घर्सिएर आइरहेको आवाजले मलाई रमाइलो अनुभुति दिईरहयो | म त्यसैमा भुल्दै साइकल चलाउँदै गए | त्यति बेलासम्म मेरो रिस शान्त भइसकेको थियो तर अचानक साइड-साइडबाट रुखहरु साइकलकै स्पिडमा छोडीदै जाँदै गर्दा | हावाको बेगसंगै रुखहरु पास भइरहेको हेर्दैथिए | अचानक रुखको आडमा कसैले मलाई हेर्दै गरेको भान भयो | मैले साइकलको ब्रेक तुरुन्त लगाए | साइकल घिर्सिएर रोकियो | दायाँ-बायाँ हेरे साँझ छिप्पिन्दै जाँदै थियो मैले रुखहरुको काँपमा कोही देखिन | ब्यागबाट साइकलको लाईट झिके आफ्नो चारै तिर लाईट घुमाए तर केहि देखिन |  साथीहरुको साइकलिङ्ग ग्रूप पनि मैले कतै देखिन | किराहरुको एकोहोरो किरिरीआवाजले मनमा एक किसिमको डर, त्रास र भयको सृजना गरिरहयो | मन्द-मन्द चिसो हावाले मेरो शरीर भरि चुमी रहेको थियो | शरीर लुग-लुग एकतमासले कापीरहयो | म एक्लै अँध्यारो जंगलमा साइकलसंगै उभी रहे | म अतालिए |

चारै तिर अन्धकार ! टर्चको लाईट पुग्ने दुरीसम्म मात्र देख्न सकिन्थियो | कापदै गरेको स्वरले साथीहरुको नाम क्रमसः लिएर पुकारे सुजाता, सुप्रिया, अनुस्का, सीवानी...... !तर मेरो आवाज त्यस जंगलको अँध्यारोमा कतै बिलिन भयो | मलाइ थाहै भएन, साथीहरु कुन बेला अगाडी निस्कीयो वा पछाडीनै कतै छुट्यो | अँध्यारो भइसकेको थियो र अन्जानमै मैले बाटो बिर्सिए | मलाई झन् डर लाग्यो अतालिएर बाटो खोज्न थाले, डरले कापेको हातले टर्चलाईटको प्रकाश पनि हल्लिंदै रुख-रुखमा घुम्दै गयो, ....उफ्फ़ ! अब म जाउ कसरी?  टाढा-टाढा सम्म केहि थिएन | न कुनै गाउँ | न कुनै घर |

बस ! एकनासले टाढा टाढा कतैबाट जनावरहरुको आवाज सुनिन थाल्यो | कहाँबाट जाउ? कुन बाटो जाउ? मैले ठम्याउनै सकिन | घरी-घरी रुन मन लागीरहयो | त्यही बेला अलि पर मैले एउटा तेजिलो प्रकास देखे | मलाई लाग्यो सायद, त्यहाँ कसैको मदद्त पाउछु की ? नजिक पुग्दा देखे | अलि खुल्ला ठाउँमा एउटा लिच्छिबीकालिन पेगोडा सैलीमा बनेको भब्य मन्दिर ठडिएको थियो |

साइकल डोर्याउन्दै मन्दिर नजिक पुगे तर त्यहाँ कोइ पनि थिएन | त्यहि बेला अचानक एउटा आवाज आयो | सुकेको पात माथी केही हिड्दै गरेको “चर्याक-चुरुक्कsss, चर्याक-चुरुक्कsss” | आवाज कुन दिशाबाट आउदै छ, ठम्याउन सकिन तर आवाज मेरो कान नजिकबाटै आउदै थियो | सायद कोही आउदै थियो तर मैले त्यसलाइ हेर्न सकिरहेकी थिईन | अचानक आवाज मेरो कानबाट हरायो र परबाट आउदै गरेको जस्तो भान भयो |  मलाई डर लाग्यो | त्यसै पनि चिसो हावाले जीउ कापदै थियो | डरले झन् कपाउन थाल्यो | आउंदै गरेको पध्चाप जनावरको हो कि मान्छेको अन्योलमा परे | म स्तब्द भइ आवाज आउंदै गरेको दिशामा आँखा गाडी रहे | आवाजसंगै एउटा आकृती पनि देखिन थाल्यो | मैले ध्यान दिएर हेरे, मेरो अगाडी एउटा लगभग मेरै उमेरको युवक ठिंग उभिएको देखे | बल्ल, मेरो साँसमा साँस आयो |

तपाई यहाँ नयाँ हुनुहुन्छ?” मेरो नजिक आएर त्यस युवकले सोध्यो |
अ ! त्यो...! म यहाँ आफ्नो साथीहरुसंग राईड आको थिए | उनीहरु बाटोमै कतै छुट्यो | कुन बाटो गयो उनीहरु थाहै भएन |” मैले निर्दोषिताका सैलीमा भने |
 “अनि तपाई बाटो बिर्सनु भयो | होइन ?” युवकले मुस्कुराउन्दै सोध्यो |
अह ! हो |” मैले सरलताका साथ यतिमात्र भने |
केहि छैन | यस पहाडमा धेरै जसो यस्तै हुन्छ | तपाई नडराउनुस् म तपाईलाइ मुनी बेसीसम्म छोडेर आउछु |”
होइन-होइन पर्दैन ! तपाई बाटोमात्र देखाई दिनु म आफै जान्छु |” मैले अफ्ठेरो मान्दै भने |
होइन-होइन ! अफ्ठेरो नमानुस | म तपाईलाइ मुनी सम्म छोडी दिन्छु | तपाई मेरो गेस्ट हुनु हुन्छ | सो, यो हाम्रो कर्तब्य पनि हो |”
तोलाउन्दै म उसलाई हेर्दै थिए | एउटा अजिब किसिमको सम्मोहन थियो उसको आँखामा | अँध्यारोमा पनि उसको आँखाको नानी प्रस्ट देखिन्थियो | एक प्रकारले चम्किरहेको थियो भनौ !
त्यसै पनि एक्लै यो बाटो जानु ठिक छैन | ल ! अब जाउ !उसले अझै थपियो |
हुन्छ |” मैले भने |
उसले लगतै मेरो साइकल आफुले समाई भन्यो दिनुस साइकल म डोर्याउछु |”
सो, मेरो नाम सुमन हो | अनि तपाई ?” उसले मेरो साइकल आफैले डोर्याउन्दै सोध्यो |
म अंकिता |” मैले सहजै आफ्नो नाम भने |
नाइस टु मीट यु अंकिता |” उसले मुस्कुराउन्दै भन्यो |

थाहा छैन किन ?, मैले उसको कुनै कुरालाई नकार्न सकिरहेकी थिईन | म उसंगै मन्दिर मुनीको बाटो हुँदै जाँदै थिए | अचानक तेज वर्षात सुरु भयो | बिजुली चम्कियो, मेघ गर्जियो | जंगलको कच्ची बाटोमा पानी बग्न थाल्यो | बाटो झन् चिप्लो हुन थाल्यो | त्यसै पनि हिड्न गाह्रो भयो | चिप्लिएला भन्ने डर झन् थपियो | म निठुक्क भिजि सकेकी थिए अनी चिसोले कापदै पनि |

हिलो बाटोबाट जानु लगभग गाह्रो भयो मलाई | सुमनले मेरो साइकल आफ्नो काँधमा बोक्दै मलाइ भन्यो यो बर्षातको समयमा बेसीसम्म जान धेरै गाह्रो हुन्छ | बाटो पनि चिप्लो छ | मेरो घर यहि नजिक नै छ, त्यहि जाउ |” म दोधारमा परे, सहि निर्णय गर्ने क्षेमता थिएन | राती पनि अबेर भइसकेको थियो र म एक अन्जान ब्यक्तिसंग थिए | मलाई डर पनि लागी रहेको थियो | थाहा छैन किन तर मैले उसलाई हुन्छभनिदिए | अनि उसंगै हिड्न थाले
सम्भालेर आउनु होला | चिप्लो बाटो छ | तपाईको हात दिनुस |” मैले उसलाई आफ्नो हात दिए | उसले मेरो हात समाई मलाई र साइकललाई डोर्याउन्दै लग्यो |

तपाई त कापदै हुनुँदो रहेछ | नडराउनु ! केहि हुँदैन | मैले टेकेको ठाउँमा टेकेर आउनुस चिप्लिन्दैन | मेरो घर यहि नजिकै छ | बिहान हुने बित्तिकै म तपाईलाइ मुनी बेसीमा छोडेर आउछु |” मेरो हात समात्दै भन्यो |
उसले बाटोभरि मलाई गाइड गर्दै लग्यो | म चिप्लेर लड़ला भन्ने ठुलो डर थियो उसलाई | एक तर्फबाट उसले मलाई केयर गर्दै थियो

उसको घर त्यहि नजिक नै रहेछ | उसले माथी बाटै देखायो | पहाडको बीचमा, लुकिरहेको जस्तो देखिन्थियो उसको घर | यदि कसैले त्यस घरबारे थाहा नभई जान खोज्यो भने सायद ! त्यहाँ जान कोही सक्दैन थियो | बाटोभरि उसले मलाई आफ्नो घरजाने बाटो सम्झाई रहयो | मलाई थाहा छैन के भइरहेको थियो | म उसको हरेक कुरा मान्दै जाँदै थिए | हामी उसको घर पुग्यौ | घर धेरै राम्रो थियो | पहाडको बीचमा एक भभ्य घर | कुनै आर्टिस्टले आफ्नो क्यानभासमा कोरेको एक सुन्दर पेंटिंग जस्तै | भनौ मेरो ड्रिम हाउस जस्तै..! म सानो छंदा स्कुलको ड्रोइंग क्लासमा यस्तै चित्र बनाउंथिए | त्यो ड्रोइंग बुकमा सानो छदा कोरेको पानीरङचित्र अहिले मेरो आँखा अगाडी थियो |

यस्तो पहाडको बिचमा, यस्तो शानदार घर कसरी बनायो होला | ईट्टा, सिमेन्ट, ढुंगा, बालुवा कसरी ल्यायो ? मान्छे हिड्न यती गाह्रो हुने ठाउँमा !सोच्दै थिए |

उसले घरको धोका खोल्यो | “आउनुस ! यहि हो मेरो घर”
म भित्र गए | मेरो साइकल उसले त्यहि बरण्डामै राख्यो | साइकलबाट टप-टप पानी चुहिंदै थियो | मैले एक नजर आफ्नो साइकललाई हेरेर भित्र गए |

अनि तपाईले केहि खानु भएको त छैन होला |” सुमनले टावेल दिंदै सोध्यो |
खाएको त छैन तर अहिले भोक लागेको छैन |” मैले अफ्ठेरो मान्दै भने |
खानु भएको पनि छैन ! अनि भोक पनि लागेको छैन? यस्तो कसरी हुन सक्छ |” उसले हास्दै भन्यो |
मैले केहि भनिन | अनि उसले फेरी थप्यो त्यहाँ बाथरूम छ | तपाई फ्रेस हुनु अनि चेंज गरेर आउनुस | म खाना लगाउंदै गर्छु |”
होइन-होइन पर्दैन |” मैले फेरी अफ्ठेरो मान्दै भने |
तपाई नर्भस धेरै हुनुहुन्छ | डराउनु पर्दैन | तपाई यहाँ एकदम सेफ हुनुहुन्छ | म खानामा त्यस्तो केहि मिसाउंदीनउसले हास्दै भन्यो |
थाहा छैन उसको कुरामा त्यस्तो के थियो | म उसलाई नाई भन्नै सकीरहेकी थिईन | थाहा छैन किन ? तर यस्तो लागि रहयो | सायद उसलाई म वर्षौ देखी चिन्थिए | यो भन्दा पहिला कुनै अन्जान ब्यक्तिसंग यति सेफ मैले कहिलै महसुस गरेकी थिईन | तर अफ्ठेरो चाही लागी रहयो |

म चेन्ज गरेर आए | डाइनिंग टेबल खानाले सजिएको देखेर म छक्क परे | चारै तिर क्यान्डल्स, सुमन मुस्कुराउन्दै एउटा कुर्सी निर उभिएको थियो | त्यति बेला लाईट पनि आएको थिएन | सायद वर्षातले गर्दा लोडसेडिंग थियो |
आउनुस खाना तैयार छ | एण्ड आई होप तपाईलाई खाना मन पर्ने छ |” मलाई आफ्नो हातले बस्ने ईसारा गर्दै भन्यो |
मैले कुर्सी तानी बस्दै भने तपाईलाई यति सारो गरिरहनु पर्दैन थियो |”
किन र ?... तपाई कुनै अन्जान त होइन |” उसले कुटिल मुस्कान छर्दै भन्यो |
हजुर ?” छक्क पर्दै म उसलाई टोलाए | उसको कुरा मलाई अजिब लाग्यो | अनि मैले उसको पहिरन हेरे, कुरा भन्दा अचम्म ! उसले त्यहि लुगा लगाएको थियो | जुन केहि मिनेट अगाडी सम्म वर्षातको पानीले भिजेको थियो | तर अहिले एकदम सुख्खा |
अबब...! मेरो मतलब | अहिले केहि घण्टा देखी हामीसंगै छौ | तपाईले मलाई अहिले सम्म त चिनी सक्नुभयो होला अनी मैले पनि तपाईलाई .... त्यसैले ...उ अक्मकाउन्दै थियो |

त्यो रात ! उफ्फ़ ! रातभरि निरन्तर पानी बर्षी रहयो | रात भरि हामी कुरा गरिरहयौ | रात कहिले बित्यो हामीले थाहै पाएनौ | हामी दुवैलाई लाग्यो जस्तो हामी एक-अर्कालाई वर्षौ देखी चिन्छौ | मलाई त्यो रात अलीकति पनि आफ्नो साथीहरुबारे याद आएन | तिनीहरु गेस्टहाउस पुग्यो की पुगेन ? के गर्दै छन् ? ईत्यादी ! मैले त सबै बिर्सिएछु |

बिहानीको पहिलो सुर्यको किरण देख्ने बित्तिकै सुमनले भन्यो प्रज्ञा ! वर्षात पनि रोक्यो | जाउ अब ! तिमीलाई म, मुनी बेसी सम्म छोडेर आउछु |” उसको पहिलो शब्द सुनेर म छक्क परे प्रज्ञा?” मैले उसको शब्द दोहोराए |
ओह ! सरी अंकिता | अब जाउ |” उसले अक्मकाउन्दै भन्यो |
बाटोमा  फर्किंदै गर्दा मैले प्रज्ञाबारे सोधे | उसले हासेर कुरा टार्यो | “एकदिन तिमीले आफै थाहा पाउनेछौयति मात्र भन्यो |

उसंग उसको फोन नम्बर मागे | उ त हास्न थाल्यो | उसले भन्यो उसंग फोन त छैन तर हामी फेरी भेट्ने छौ | मैले पनि धेरै कर गरिन |  तर मलाई उसको त्यो कुरा सधै याद रहयो | उसले मलाई म बसेको गेस्ट हाउस सम्म छोडेर गयो |

गेस्ट हाउस पुगी सकेपछी अनएक्स्पेक्तेद सरप्राइजसंगै खुशीले सबै साथीहरु मलाई आलिंगन गर्न आए | हिजो राती, म उनीहरु भन्दा पहिलै बेसी झरीसकेको ठानेका रहेछन् | तर मलाइ बेसीमा कहिँ नदेखे पछी मेरो मोबाइलमा कल गरे बारम्बार फोन गर्दा पनि लागेनछ | प्रतेक कलमा एनटिसीको दिदिले सम्पर्क हुन सकेन मात्र बारम्बार दोहोराई रहे | त्यस पछी बेसीका मान्छेहरुलाई सोधेछन | मेरो बारे केहि थाहा नपाएपछी गेस्टहाउस गयो होला भनेर फर्केछन | गेस्टहाउसमा पनि नदेखे पछी गेस्टहाउसको टुरिस्ट गाइड र स्थानीय पुलिसहरुको मद्दतले आधी रातसम्म जंगलमा खोजेको थियो रे तर कहिँ नभेटे पछी भोलि बिहान फेरी खोजौला भनेर सबै फर्केको थियो | सुजाताले रुँदै भन्दै गईन तलाई कस्तो मिस गरे यार हामीले | मनमा कस्तो डर लाग्दो बिचारहरु आएको थियो | झन् त्यस माथि तेरो फोन नै नलाग्ने

मेरो अचम्मको सिमा रहेन जब थाहा भो हिजो राती सारङ्गकोटको जंगलमा पानीनै परेको थिएन रे | यो कसरी हुन सक्थियो र ? सोच्दै बसे, अनि मलाई के भएको थियो र हिजो ? साथीहरुलाई फोन गर्ने सुद्धी पनि आएन | मैले, मसंग मोबाइल छ भन्ने कुरा पनि बिर्सेकी थिए |

दुई दिन बित्यो पोखरामा | तर हरेक दिन जसो मेरो आँखाले सुमनलाई नै खोज्न थाल्यो | होटेलको स्टाफहरुमा पनि मैले सुमनको अनुहार देखिन थाले | भिडमा उसलाई नै खोजथिए | खै! किन हो मैले उसलाई धेरै मिस गर्न थालेकी थिए | तर मैले उसलाई कहिँ भेटिन | मलाई एक पल्ट भेट्न तिब्र ईच्छा जाग्यो | पोखराको अन्तिम दिन, मलाई उसलाई नभेटी जानै मन भएन | अनि म आफ्नो साथी सुजातालाई लिएर त्यहि ठाउमा फेरी गए | मलाई बाटो थाहा थियो | हामी मन्दिरसम्म त पुगे तर सुमनको घर कहिँ देखिन | त्यहाँबाट मुनी झर्दै थिए कहाँ लिएर जाँदै छौ अंकिता? धेरै टाढा आईसक्यौ हामी, अब फर्केर जानु पर्छ |” सुजाताले भन्यो |
पखन यार यहिँ बाटो त हो | पुगिन्छ हिडन एकछिन |” मैले सुजातालाई फकाउदै, साँगुरो भिरकोबाटो हुँदै लादै थिए |
ल यार ! यहिँ त थियो उसको घर | अस्ती सम्म त यहि मन्दिरको पछाडी मुनी जाने बित्तिकै त थियो |” म पनि छक्क परे | सुमनको घर कहिँ देखीन |
त्यहाँ मन्दिर त थियो | तर त्यहाँ कुनै घर थिएन | अलि अगाडी पहाडको चेपबाट जाँदा देखियो | एउटा भत्केको घर, पुरानो भग्नावसेस जीर्ण घर देखे |
यो कसरी हुनसक्छ ?” मैले बुद्बुदाए |

आर यु श्युअर? इज ड्यात.....??” सुजाता पनि अचम्भित थिईन |
यस ! बत अस्ती राती मात्र यहाँ यस्तो राम्रो घर थियो | तर आज यहाँ.... ?

त्यहाँ भत्किएका भित्ताहरु बाहेक अरु केहि थिएन | त्यस रातको भब्य घर कतै गायब भइसकेको थियो | त्यहाँ कुनै घर थिएन | यो कतै मेरो भ्रम त होइन ? आफु-आफैलाई प्रश्न तेर्साए | म त्यस भग्नावसेस घर भित्र गए | सम्भल्दै जाँदै थिए | अचानक भ्रमलाइ थिचोल्दै भित्तामा मेरो ध्यान केन्द्रित भयो | भत्केको जीर्ण भित्तामा मेरो साइकिलिंग जर्सी असमान्य तरिकाले झुन्डिएको देखे | यदी अस्तीको कुरा मेरो भ्रम हो भने यो मेरो जर्सी यहाँ कसरी आयो ? सोच्दै थिए | जर्सी हातमा लिएर सुजातालाई देखाए | सुजाता दुवै हातले आफ्नो मुख छोपी आफ्नो ठुल ठुलो आँखाले टोलाई मात्र रहयो |
अचानक कोई आइरहेको जस्तो मलाई महसुस भयो | “सर्याक-सुरुक” पछाडी फर्केर हेर्दा त्यहाँ कोही थिएन |

अंकिता यहाँ कोही छ |” उसले पनि महसुस गरेछिन् | सुजाताले पछाडी झारीतीर हेर्दै भन्यो |
कोही पनि त छैन | मलाई नडराउ न सुजाता |” जर्सी आफ्नो ब्यागमा राख्दै भने |
कोही नजिकै छ | वी आर हन्टेड अंकिता ! हामी यहाँबाट निस्कनु पर्छ | अहिलै !”  सुजाता अतालिन्दै यताउति हेरिन र हिड्न तैयार भईन |
हुन्छ जाउ | मलाई पनि डर लाग्यो |” म पनि सुजातासंगै दौडिए |

हामी त्यहाँबाट निस्कियौ | म अगाडी थिए अनि सुजाता पछाडी | साँझ हुँदै थियो सायद | अलि अँध्यारो हुँदै गएको महसुस गरे | म अलि अगाडी हिड्दै थिए | अचानक सुजाताको चिच्याहात सुने sss-आsss” म पछाडी फर्के | उ जमिनमा लडी रहेकी थिईन | उसको टाउकोमा घाउ देखे | तर पनि उ होस् मै थिई | उसले भनिई मलाई कसैले जोडले पुस् गर्यो यार !म छक्क पर्नु बाहेक केहि गर्न सकीरहेकी थिईन |

मैले उसलाई उठाए र हामी त्यहाँबाट निस्कियौ | रातीको मेरो नाइट बस थियो | म सोच्दै रहे | मैले त्यहीं त भेटेकी थिए सुमनलाई | यो सब कसरी हुन सक्थियो ?” म काठमाडौँ फर्केर आए | तर मेरो मन अझै उतै सारङ्गकोटको जंगल मै थियो, सुमनको सुन्दर घर भित्र | दुईवटा बस चेन्ज गरेर आउँदा, साँझ काठमाडौँ पुगे | घर आउने बित्तिकै ड्याडी-मम्मीको प्रश्नको बौछार सुरु भयो |

आयौ छोरी? कस्तो रहयो त्रिप ?” ड्याडीले मलाई स्वागत गर्नुभयो |
राम्रो भयो ड्याडी!छोटो उत्तर दिए |
कति दुब्लाएर आएकी | त्यहाँ राम्रो खाना पाउंदैन थियो र?” मेरो गाला सुम्सुमाउन्दै मम्मीले भन्नु भयो |
मम्मी अहिले होइन प्लिज पछी कुरा गरौ न ल ! प्लिज, अहिले थाकेर आएकी छु | खाना पाउ थियो त्यहाँ |” मैले अल्छी मान्दै भने | “छोरी हामीसंग पनि बस | कस्तो भयो त्रिप, कहाँ कहाँ गयौ हामीलाई पनि सुनाउ |” पत्रिका टेबलमा राख्दै ड्याडीले मलाई हेर्दै भन्नु भयो |
ड्याडी म भन्छु लेटर अन प्लिज |” थाकेको स्वरमै भने | ड्याडी फेरी त्यहि पत्रिका टेबलबाट टिपेर पढ्न थाल्नु भयो |
 “अ ! सुन, करणको धेरै पटक फोन आइसक्यो | उसलाई एक पटक फोन गर | अब चाडै तिमीहरुको बिवाह पनि गरीदिनु पर्छ | ओह ! कति काम बाकी छ |” यति भनी मम्मी किचेनमा जानु भयो |

करण” ! यो मेरो कथामा त करण बारे भन्न त बिरिएछु | करण मेरो फियोंसे | र मेरो बच्चा देखीको साथी पनि | उ साइक्यात्रिक डाक्टर हो | अनि हाम्रो बिवाह यहिँ डिसेम्बरमा हुन गईरहेको थियो | अजिब कुरा ! येत्तिका दिनमा, करण मेरो सोचमै आएन | त्यहि बेला करणको फोन पनि आयो | उसले भन्यो उ एकछिन पछी मलाई भेट्न घर आउदै छ | मैले सोचे करण आउनजेल सम्म फोटो प्रोसेस गर्दै गरु | मैले सुमनको घर र उसको पनि केहि फोटो किलिक गरेकी थिए | म आफ्नो कोठामा, क्यामेराबाट ल्यापटपमा फोटो ट्रान्सफर गरेर हेर्दै थिए | त्यहि बेला एउटा अजिब कुरा देखे |

सुमन सबै फोटोहरुमा गायब थियो | उसको त्यो भब्य घरको फोटो त थियो तर कुनै फोटोमा सुमन कहिँ थिएन | क्यान्देल लाइट्स डिनरको फोटोमा प्लेटहरु त थियो तर खाना थिएन | यो कसरी हुन सक्थियो ? सम्भव नै छैन | त्यो रात मैले सुमनसंग कुरा गर्दै खाना त खाकै थिए ! सोच्दै थिए मलाई रिंगटा लागे जस्तो भयो | त्यहि बेला मेरो कोठामा कोही हिड्दै आएको आवाज आयो “टक-टक-टक” | मैले आवाज आउदै गरेको दिशा तिर हेरे तर अचानक लाईट पनि गयो |
मेरो काँधमा कसैले हात राखेको जस्तो मैले महसुस गरे | झस्किएर पछाडी, पछाडी फर्केर को हो ? को ?” चिच्याए |

सुमनको आवाज आयो |
सुमन ? तिमी ? तिमी यहाँ कसरी ?” अन्धकार कोठामा यताउता हेर्ने असफल प्रयाससंगै म अचम्भित हुँदै थिए | मलाई विश्वासै भएन सुमन मेरो कोठामा? कोठा चिसिएर आयो |  मेरो शरीर लुग-लुग एकतमासले काम्न थाल्यो |
म त सधै तिमीसंगै छु अंकिता |” सुमनको मधुरो स्वर पनि कान नजिकबाट चिसिएर गयो |
ह ! तिमी के हौ?” ओठ कपाउदै चिच्याए |
अंकिता ! अंकिता ! तिमीकोसंग कुरा गर्दै छौ ?” करणको स्वर सुने |
जाउ !, जाउ तिमी यहाँबाटम अझै एक्लै कराए |
अंकिता ! म हु करण | अंकिता तिमीलाई के भयो ? नडराउ म हु करण

त्यसपछी के भयो मलाई केहि याद छैन | जब मेरो निन्द्रा खुल्यो | म हस्पिटलमा थिए | करणले भनेर थाहा पाए | म तिन दिन सम्म बेहोस थिए | अनि निन्द्रामा कुनै सुमनको नाम लिंदै थिए |  त्यो दिन सुमन त्यहाँ कसरी आयो ?, मलाई सधै, हाम्रो वर्षौ देखीको चिनजान अनी उ प्रती आत्मियता किन लागीरहयो ?

म ठिक भएर हस्पिटलबाट घर जाँदै थिए | करणले मलाई उसको क्लिनिकमा आउन आग्रह गर्यो | उसलाई लाग्यो मलाई साइक्यात्रिक हेल्प जरुरि छ | मलाई थाहा छैन किन जान त मन थिएन तर म उसको कुरा राख्नको निम्ती भएपनि उसको क्लिनिकमा जानै पर्यो |

मेरो कुरालाई सिरियसली लिनु अंकिता | अब म तिमीलाई हिप्नोताइज गर्छु | अनि केहि प्रश्न सोध्छु |”
तर यसको के जरुरि छ र करण ?”
तर योबाट केहि नोक्सान पनि त छैन नि होइन र ? ल ! अब पल्तिउ, कम अन | बि अ गुड गर्ल
ल-ल ओके
अब आँखा बन्द गर | रिल्याक्स | शरीरलाई एकदम लुज छोड |”
ओके
अब म म्युजिक प्ले गर्दैछु | तिमीले म्युजिकमा कन्संत्रेट गर्नु है |”

कोठामा माइन्ड रिल्याक्सेसन ट्रयाक बज्न थाल्यो | मेरो आँखा क्रमसःबिस्तारै धमिलिएर अँध्यारो तिर बढ्न थाल्यो | एउटा सेतो बिन्दु देखियो | म त्यहि सेतो बिन्दु पछ्याउंदै गए | बिन्दुको आकार बढ्दै गयो | एउटा ठुलो प्रकाशले मलाइ छोपे पछी म आफुलाई मन्दिर नजिक उभिएको पाए |

तिम्रो नाम के हो ?”
प्रज्ञा
तिमी अहिले कहाँ र कोसंग छौ ?”
मन्दिर नजिक छु |”
कुन मन्दिर ? कहाँ ?”
श्रीकाली मन्दिर | गाउँमा छु | सुमन छ | हामी दुवै पहाड माथी छौ |”
उसले मलाई बोलाउंदै छ |”
सुमन यो ठिक होइन | हामी यसरी हार मान्नु हुँदैन | सुमन मेरो कुरा त सुन | सुमन ! पखखख पख आआssss !
अंकिता उठ अब | वेक अप |” करणले मलाई झझ्काउँदै उठायो |
करण मैले उसलाई देखे | म त्यहाँ थिए | करण यो सब?” अचम्भित मेरा आँखाले करणलाई प्रश्न गर्दै थिए |
रिल्याक्स अंकिता | यो लेउ पानी |” पानीको गिलास मलाई तेर्साउदै भन्यो |

मैले पानी पिए | “घट-घट- घट”

अंकिता तिमी सायद पास्ट लाइफमा गएकी थियौ | यसलाई पास्ट रिग्रेसन भनिन्छ | जहाँ सुमनसंग तिमीले भेटेकी थियौ | तिमी सायद पछिल्लो जन्ममा उसंग थियौ | तर अहिले यो भन्दा बडी थाहा पाउन ठिक छैन | हेर डराउनु केहि पर्दैन, रिल्याक्स | हामी पछी फेरी पास्ट लाईफ रेग्रेसन गरौला | तर त्यहि ठाउँमा गएर | जो अहिले भरखर तिमीले देख्यौ |”
तर त्यति बेला सम्म तिमी यस बारे त्यति नसोच | कमअन डोन्ट स्ट्रेसआउट ओके ! एभ्रि थिंग विल बि फाईन, कुल |” करणले मलाई दिलासा दिंदै भन्यो |

मैले आफुलाई देखे | सुमनलाई देखे | उ मसंग कुरा गर्दै थियो | यदि मैले कुनै जन्ममा भेटेकी थिए भने पनि, आज मेरो जिन्दगिमा किन फर्केर आयो ? आखिर उ मसंग के चाहन्छ? किन भेट्न चाहेको ?
म र करण फेरी त्यहि ठाउँमा गयौ | जहाँ म सुमनसंग भेटेकी थिए | करणले मलाई भन्यो मैले आफ्नो नाम प्रज्ञाभनेकी थिए | अलि धमिलो- धमिलो त मलाई पनि याद आउंदै थियो | त्यो भन्दा अरु केहि याद छैन | त्यो रातको भोली पल्ट सुमनले पनि मलाई प्रज्ञा भनेर सम्बोधन गरेको थियो | मैले सोध्दा तिमीले आफै थाहा पाउनेछौभनेको थियो | सायद.... !?

हामी पोखरा, सारङ्गकोट पुग्यौ | त्यहि ठाउँमा करणले फेरी मलाई पास्ट लाईफ रेग्रेसन गर्यो | यस पाली जे भयो | त्यो मलाई सबै याद छ | अहिले सोच्दा सबै एक सपना जस्तो लाग्छ | तर आज पनि के साँचो थियो के सपना ! त्यो मलाई थाहा छैन |

मैले देखे म र सुमन त्यहि पहाड माथी बसेका छौ | अनि म प्रज्ञा

प्रज्ञा !
अब अरु कुनै बाटो छैन | यदि हामीसंगै बस्न सक्दैनौ भने हामी बाच्नुको के अर्थ ?”
हामी के गरौ ? मेरो घरमा मान्दैन |”
त्यसो भए हामी यहाँबाट भागौ | टाढा कतै अर्कै गाउँमा हामी आफ्नो छुटै संसार बसाउ !
नाई ! हुन्न् ! यदी तिमीलाई उनीहरु ले समात्यो भने ? उनीहरुले तिमीलाई छोड्ने छैन |”
धेरै भन्दा धेरै के गर्छन र ? मलाई मार्छन त्यती त हो | प्रज्ञा ! तिमी बिना म जिउँदो त बस्नै सक्दिन |”
र म पनि सक्दिन सुमन |”
यदी हामीसंगै बाच्न सक्दैनौ भने हामीसंगै मर्न त सक्छौ ?”
सक्छौ सुमन
भन ! ज्यान दिन सक्छौ म संग?”
सक्छु सुमन |”
त्यसो भए तिन गनीसकेपछी | हामी दुवै आजै यहि पहाडबाट संगै हामफालेर ज्यान दिन्छौ |
सुमन यो ठिक होइन |”
एक...
हामी यसरि हार मान्नु हुँदैन |
दुई..
सुमन...एक मिनेट ! सुमन मेरो कुरा त सुन |” मैले सुमनलाइ रोक्न कोशिस गर्दै थिए |
तिन..सुमन हामफाल्यो |
सुमन ! पखखख पख आआssss !
सुमन... सुमन !म चिच्याए | “सुमन... सुमन..... सुमन !पहाडको त्यो वातावरणमा मेरो चिच्याहात मात्र गुन्जियो | सुमन भिरमुनी कता बिलायो मैले देख्न सकिन | म माथीबाट हेरी मात्र रहे | मलाई एक्लो छाडेर सुमन गइसकेको थियो | आँखाबाट मेरो आँसुको भेल बगेर गालै भिज्यो तर सुमन फर्केर आएन |

उसले पहाडबाट हामफाल्यो | तर मैले सकिन | संगै जिउने मर्ने कसम त खाए तर मर्न भने संगै सकिन | म त्यहि भिरलाई हेरेर उभी रहे |

करणले भन्यो सायद त्यसैले उ फर्केर आएको हुनसक्छ | यतिका वर्षसम्म उसको आत्माले शान्ती पाएको छैन | त्यसैले उ तिम्रो पछी परेको छ |”
तर म के गरौ ?, कास ! म उसंग अहिले भेट्न पाउथिए भने भन्नथिए उसलाई मलाई माफ गरि देउ ! म अहिले पनि उसको प्रज्ञा नै हु | अनि कुनै जन्ममा हामी फेरीसंगै हुनेछौ |”

मलाई थाहा छैन यस्तो किन लागीरहेको थियो कि उ मसंग एक चोटी फेरी भेट्न आउछ |

करण तिमी चिन्ता नलेउ | मलाई पुरा बिश्वास छ | उ मसंग भेट्न आउँछ | तिमी जाउ
तर तिमी यहाँ सेफ छैनौ | सुमन आउन या नआउन जंगली जनावर पक्कै आउछ | अंकिता म तिमीलाई यसरी यहाँ एक्लै छोडेर जान सक्दिन | त्राई टु अन्डरस्ट्याण्ड
करण केहि हुँदैन मलाई ! बिलिभ मी | अब मैले सबै कुरा थाहा पाइसके |” यति भनि मैले करणलाई फर्काई दिए | मलाई पुरा बिश्वास थियो कि उ आउँछ | मलाई सबै कुरा याद आइसकेको थियो | सायद सुमन नै एक्लो ब्यक्ति थियो | जसलाई मैले साँचो प्रेम गरेकी थिए |

करण जाने बितिकै मलाई सुमनको आवाज आयो प्रज्ञा !
म झस्किए | यता-उटा हेर्दै सुमन !
मलाई माफ गरिदेउ सुमन ! मैले तिमीलाई धोका दिए | मेरो कारण तिम्रो ज्यान गयो | मैले त्यति बेला, संगै मर्न सकिन |”
हामी त संगै हुनु पर्ने थियो होइन र प्रज्ञा ?”
हो सुमन ! हामी संगै हुन्छौ | यस जन्ममा भएन भने अर्को जन्ममा |  म तिमीसंग आज प्रोमिस गर्छु | म तिमी बाहेक अरु कोईसंग प्रेम गर्दिन | तर अहिले तिमीलाई जानु पर्छ | म तिमीलाई यसरी भट्केको हेर्न सक्दिन |”
जस्तो तिमी भन्छौ प्रज्ञा
तर म..
भन सुमन !
तर म तिम्रो प्रतीक्षा गर्ने छु |”
र म आउछु सुमन |”

मेरो आँखामा हेर्दा हेर्दै सुमन एक्कासी हावामा बिलिन भयो |

मैले उसलाई देखेकी थिए | त्यो अन्तिम पटक | म रुंदा रुँदै गेस्टहाउस सम्म पुगे जहाँ करण मेरै प्रतीक्षा गर्दै थियो | करणले मलाई पानीको बोतल दियो मैले एकै साँसमा त्यो पानी सकाई दिए |

मैले करणलाई सबै कुरा भने | करण मेरो कुरा धैर्यका साथ सुन्दै गयो | कुरा गर्दा गर्दै झिसमिसे उज्यालो भएछ | करणले कफी मगायो | हामी कफी पिएर बाहिर निस्कियौ | करणको दिमागमा के थियो मलाई थाहा थिएन | करणले स्थानीय वासिन्दाहरुलाई भनेर क्लिफ ह्यांगर केटाहरु हायर गर्यो | केटाहरु त्यो पहाडको खोल्चामा गएर सुमनको हड्डीका अवसेसहरुलाइ बटुलेर माथी ल्यायो | अनि त्यहि श्रीकालीमाँको पण्डित बाजेलाई बोलाएर सुमनको अन्तिम संस्कार गर्यो |

सायद आज पनि मेरो कहिँ प्रतीक्षा गर्दै छ | र म एक दिन उसंग भेट्नेछु | यो संसारमा नभए कुनै अर्को संसारमा जहाँ सुमन र प्रज्ञाको मिलन हुनेछ |

हामी त अहिले पनि संगै छौ नि होइन र प्रज्ञा !
हो सुमन !

अंकिताले करणसंग बिवाह गरेन | अंकिता आज पनि प्रतीक्षामा छिन कहिलै बिछोड नहुने मिलनको !

समाप्त

के तपाई कसैसंग प्रेम गर्नु हुन्छ ? यदि हो भने कहिँ त्यो माया पिरती पछिल्लो जन्मको त होइन?

-विलियम न्युरोज 

Wednesday, April 22, 2020

रोड एक्सिडेन्ट (Horror सानो कथा) Episode -1


रोड एक्सिडेन्ट (Horror सानो कथा)  Episode -1


नोज सधै झैँ डिउटी सकाएर पर्सौनीको बाटो हुँदै घर फर्किंदै थियो | सडक सुनसान अनि अन्धकार थियो | साँगुरो पिच सडक, दायाँ-बायाँ जंगल पनि अन्धकारले छोपेको थियो | सधै कलैयाबाट आउने लोकल बस यहि भेट हुन्थियो तर आज त्यो पनि देखिएन |

उसले माथी आकाश तिर हेर्यो | “आज चन्द्रमा पनि बादल भित्र लुकेको रहेछ” माथी हेर्दै भन्यो |

उसले साइकलको लाईट बाल्न खोज्यो तर बलेन “ठुक्क ! आजै लाईट बिग्रिनु पर्ने |” मनमनै बुद्बुदाउन्दै साइकल चलाउन्दै गयो |

उ सधै झैँ आफ्नै धुनमा साइकल चलाउँदै जाँदै थियो | अचानक उसले टाढैबाट एक्सिडेन्ट भएको देख्यो | साइकल रोकेर एक्सिडेन्ट भएको ठाँउ हेर्न गयो | कार सडकभन्दा करिब पाँच मिटर मुनी खेतमा उल्टो पल्टेको देख्यो | जसको बोनत कुचीएर एक डल्लो परिसकेको थियो | हर्न लगातार तर रोकी-रोकी बज्दै थियो “टि टिट-टि टिट” | रोकी-रोकी बज्दै गरेको हर्न एक्कासी बन्द भयो | मनोज अलिक नजिक गयो | एक व्यक्ति आधा कार भित्र, आधा कार बाहिर लडी रहेको उसले देख्यो | उसको टाउको पुरै रगतले भिजेको थियो | टाउको फुटेर गीद्धि बाहिर छ्याल ब्याल्ल भएको देखेर मनोज आत्तियो | अलि नजिक गएर नियालेर हेर्यो | घायल व्यक्ति मरी सकेको रहेछ | झस्किएर मनोज पछाडी सर्यो | उसको पाईतलाले केहि कडा चिज कुल्चिएको महसुस भयो |

खुट्टा उचालेर हेर्दा पैसाले भरेको वालेट र मोबाइल फोन देख्यो | उसले यता-उता हेर्यो | सुनसान बाटो अन्धकार मात्र, त्यहाँ अरु कोहि देखेन | वालेट खोलेर हेर्यो | भित्र हजार-हजारको गड्डीले भरेको देख्यो | उसको मनमा लोभ जाग्यो |

पैसाले भरेको वालेट र फोन टिपेर आफ्नो खल्तीमा राख्यो | अरु कोही त्यहाँ पुग्नु भन्दा पहिलै चुपचाप साइकलको पैदल चाल्दै अगाडी बढ्यो |

मनोजलाई त आज लोटरी नै पर्यो | वालेटमा धेरै पैसा थियो अनि मोबाइल फोन धेरै महँगो | उ मनमनै खुशी हुँदै “छोराको स्कुलमा दुई महिना फिस तिर्न बाकी थियो | अस्ती हेडमास्टरनीले बोलाएर अलि कडा भएर “फिस नतिरे छोरालाई स्कुलबाट निकाल दिने” भनेकी थिईन |”

“अब म भोलि नै गएर बाकी फिस र आउदो दुई महिनाको फिस पनि एडभान्स मै तिरी दिने छु |” सोच्दै मनोज साइकल चलाउँदै जाँदै थियो | मनोजको मुहारमा धेरै पछी एउटा मन्द मुस्कानले ठाउ आएको थियो आज |

रातको त्यो सुनसान सडकमा अली परबाट एक पल्ट फेरी कारको हर्न बजेको आवाज सुन्यो | उ साइकलको पाइडल चाल्दै नजिक पुग्यो | केहि पर उसले एउटा अर्को एक्सिडेन्ट भएको देख्यो | गाडी उस्तै थियो | अघिको जस्तै, केहि समय पहिले उसले देखेको एक्सिडेन्टको कार | उसलाई पट्यार लागेन, नजिक पुग्दा थाहा पायो | यो त्यहि अघीकै कार थियो | कारबाट आधी भित्र, आधी बाहिर लडीरहेको त्यहि मृत व्यक्ति नै थियो | हर्न पनि रोकी-रोकी बज्दै थियो “टि टिट-टि टिट” | अचानक हर्न बज्न पनि बन्द भयो | अब, सुनसान रातमा किराहरुको “चाई-चुई-किर्रर” आवाज बाहेक अरु केही सुनिएन | मनोजलाइ जस्तो बेहोशीबाट होस आएको जस्तो भान भयो | उसले तुरन्त आफ्नो खल्ती छाम्यो | खल्तीमा पैसाले भरेको वालेट र मोबाइल फोन त्यस्तै थियो | उसले बुझ्न सकेन | स्थिती बुझ्ने कोशिस गर्दै थियो “एउतै गाडी दुइचोटी एक्सिडेन्ट कसरी हुन सक्छ ?” कि म फेरी फर्केर उल्टो हिदेछु ?” आफैलाइ प्रश्न तेर्सायो तर एउटा चिनीमिलको गेट किपरको दिमागले त्यो थम्यानै सकेन | उसले आफ्नो टाउको समात्दै पछाडी छोड्दै आएको बाटो हेर्यो | अन्धकार मात्र देख्यो | आफु साइकलसंगै उभिएको एक मिटर भन्दा परको बाटो उसले देख्न सकेन | दाँया हेर्यो बायाँ हेर्यो अन्धकार बाहेक उसले केहि देखेन | माथी आकासमा हेर्यो बादलको चादनी घेरा अलिकती देख्यो लाग्थियो चन्द्रमा लुकेर चियाउन्दै छ | “सायद आज चन्द्रमा पनि डराए छ क्या रे |”

मनोज त्यहाँ एक छेन पनि बसेन | चुपचाप त्यहाँबाट हिड्यो | तेज रफ्तारले साइकल चलाउँदै मनोज अगाडी त्यस्तै २५-३० मिटर मात्र के पुगेको थियो | त्यो कारको हर्न यस्तरी बज्यो “टिइई टिटइई” जस्तो लाग्यो कोही कार भित्र बसेर बजाउंदै छ | मनोजले अझै तेज पाइडल चाल्न थाल्यो | केहि परपुगे पछी, उसले पछाडी फर्किं हेर्दै थियो | त्यहि बेला अचानक अगाडी कुनै चिजसंग बेस्कन ठोकेर लड्यो | मनोज साइकल समेत लड्यो | कपडा झार्दै मनोज उठ्यो र पछाडी फर्केर हेर्यो | उ केसंग ठोकेर लडेको हो ठम्याउनै सकेन | त्यहाँ त्यस्तो केहि चिजनै थिएन | जसमा ठोकेर उ लड़ोस |  सडक एकदम चिल्लो पिच थियो | उसलाई विश्वासै लागेन |

मनोजले साइकल उठायो | आफ्नो लुगा टकटकाईसके पछी फेरी साइकल पेदलिंग गर्न थाल्यो | मनोज केहि पर मात्र के पुगेको थियो | उसको पकेटमा भएको फोन बज्यो “रिंगरिंग” | साइकल रोकेर मनोजले फोन उठायो | मनोजले “हेलो” बोल्नु भन्दा पहिलै उताबाट आवाज आयो |

“मेरो नाम सुभाष हो, एकघण्टा पहिला म मरिसके | प्लिज यो मेसेज मेरो श्रीमतीलाई दिनु हुन्छ ?”
मनोजले तुरन्त फोन अफ गर्यो | डरले काम्न थाल्यो उ | निधारबाट आएको पसिना पुछ्दै मोबाइलबाट सिम कार्ड भाचेर फालिदियो |

र लामो सांस तानेर आगाडी बढ्यो | साइकलको गती तेज गर्यो | मोबाइलको कुरा सोच्दै थियो त्यहि बेला फेरी मोबाइलको घन्टी बज्यो “रिंगरिंग” | मनोजले साइकल रोकेर, डराई-डराई आफ्नो खल्तीबाट फोन निकाल्यो | उसको खुशीको सिमा रहेन | लाग्थियो मृत शरीरमा ज्यान आको होस् | यो त्यो फोन थिएन जुन उसले भेतेको थियो | यो उसैको फोन थियो | जसको रिंगटोन उस्तै थियो | मनोजले फोन उठायो | उसले सोच्यो फोन घरबाट आएको पनि हुन सक्छ |

तर फोन उठाउने बित्तिकै एक पल्ट फेरी “मेरो नाम सुभाष हो, एकघण्टा पहिला म मरिसके | प्लिज यो मेसेज मेरो श्रीमतीलाई दिनु हुन्छ |”

मनोजको घाँटी डरले सुख्यो | साँस बढ्दै जान थाल्यो | मुटुको ढुकढुकी उसले आफैले सुन्न सक्ने गरि धड्कीरहेको थियो | उसको फोन एक अन्जान मान्छेलाई कसरि थाहा भयो ? यहि सोचेर उसको डरको सिमा रहेन | धेरै समय बर्बाद नगर्दै, मनोज साइकल तेज गतीले चलाउन थाल्यो | केहि मिटर अगाडी साइकल चलाए पछी | उसले एउटा कुरा सोच्यो | “सधै जसो यहि बाटोबाट पन्द्र मिनेटमा घर पुगीन्थियो | तर आज अचानक एक घण्टा देखि साइकल चलाउँदै छु तर पनि अहिले सम्म आधी बाटो मात्र पुगेको छु | जेजस्तो भए पनि मनोजलाई आज चाडै घर पुग्नु थियो | जसो-जसो मनोज आफ्नो घरको नजिक पुग्दै थियो | उसको साइकलको क्यारिएरमा भार बढ्दै गयो | कोही क्यारिएरमा बसीरहेको जस्तो भान भईरहेको थियो उसलाई | मनोज पछाडी क्यारिएरमा नहेरी साइकलको पाइडलमा जोर लगाउंदै चाल्दै गयो | आखिरकार उ घर पुग्यो | घर पुगेर उसले साइकललाई सिकड़ीले बाध्यो र राहतको सांस फेर्दै घरको ढोका खटखटायो | ढोका एउटा प्रश्न संगै उसको श्रीमतीले खोल्यो |

“यति बेर तिमीलाई कहाँ लाग्यो ?”

मनोजले अली मुस्कान छर्दै भन्यो “चाडै खाना देउ, मलाई धेरै भोक लागेको छ |”

र पछाडी फर्केर मनोजले ढोका बन्द गर्दै थियो | ढोका धप्काउन अली कति बाँकी हुँदा | मनोजले घर बाहिर मान्छेको जस्तो आकृती देख्यो | घरको केहि दुरीमै उभिएको थियो त्यो आकृती | मनोजले झट्काउँदै ढोका खोल्यो | अनि डराउँदै-डराउँदै हेर्यो तर त्यहाँ कोई थिएन |
“आँखाको भ्रम होला” सुस्तरी बोल्यो |

 उसले ढोका बन्द गरेर हात मुखधोई खाना खान बस्यो | खाना खाँदै थियो उसको छोरा बिट्टू दौडीन्दै उसको सामु आयो | बिट्टूले आफ्नो कानबाट हेडफोन निकालेर उसलाई मोबाइलमा बज्दै गरेको गीत सुनायो | हेडफोनमा राम्रो संगीत बज्दै थियो तर केहि पलमै रेडियोको टोन चेन्ज भएर “मेरो नाम सुभाष हो, एकघण्टा पहिला म परिसके | प्लिज यो मेसेज मेरो श्रीमतीलाई दिनु हुन्छ |”

यो सुन्ने बित्तिकै हेडफोन निकालेर फाले | खाना बिचमै छोडेर घरबाट बाहिर निस्कियो | उसलाई के गरु के नगरु जस्तो भयो | पुरा घटनाक्रमलाई सम्झेर बुझ्ने कोशिस गर्यो |

“त्यो मान्छे जो कोही होस् | मसंग मजाक गरेको पनि हुन सक्छ | तर मेरो मोबाइल नम्बर कसरी थाहा भयो ?”

तर उसले बुझ्नै सकेन | केहि बेर घर बाहिर घुम्यो | केहि राहत पायो उसलाई | केहि बेर सितल हावामा घुम्दा अली फ्रेस भएको महसुस गर्यो | घरभित्र जान उ फर्केको मात्र थियो | कसैले साइकल चलाएको जस्तो आवाज सुन्यो | कसैले साइकल चोर्न लागेको भन्दै उ दौडीन्दै साइकल पार्क गरेको ठाउमा पुग्यो | साइकल जहाको त्यहि थियो | सिकड़ीले पनि बाँधेकै थियो तर लक् खुल्लै थियो | 

उसले देख्यो साइकलको पाइडल आफै चलीरहेको | मानौ कोही सिटमा बसेर पाइडल चलाउँदै छ |
मनोजले केहि बुझ्नै सकेन | उ टोलाएर पाइडललाई हेरिरह्यो | त्यहि बेला पछाडीबाट आउंदै गरेको एउटा आवाजले उसको ध्यान तान्यो | उसले फेरी सुन्यो “त्रिनङ्ग-त्रिनङ्ग” साइकलको घन्टीको आवाज थियो त्यो |

मनोज तुरुन्त पछाडी फर्कियो | उसको नजर सिधा घरको झ्यालमा पर्यो | झ्यालमा उसको छोरा थियो | छोरासंगै एउटा मान्छेको आकृती उभिएको देख्यो | मनोज तुरुन्त आफ्नो घर भित्र दौडियो | ढोका बेसकन “ढ्याम्म” खोल्यो | घर भित्र पस्ने बित्तिकै आफ्नो श्रीमती माथि बर्सियो | “को थियो भित्र ?, को आ’को थियो घर भित्र ? कहाँ लुकाएको छौ त्यो मान्छे लाई ?

“को मान्छे ? यहाँ अरु को हुन्छ र तपाई बाहेक ?” श्रीमतीले सम्झाउन्दै भन्यो |

“झुट नबोल्नु मैले भर्खर बिट्टू संगै त्यो मान्छे उभिएको देखेको छु |”

मनोजको श्रीमतीले धेरै सम्झाउन खोजी, तर केहि सिप लागेन | मनोज आफ्नो श्रीमतीको कुरा सुन्ने अवस्थामै थिएन | उ झन् गर्जिन्दै गयो |

मनोजको श्रीमतीले केहि नबोलि आफ्नो श्रीमानको कुरा सुनी मात्र रहयो |
तर केहि छिन पछी आँखा रातो गर्दै हेर्न थालिन | आफ्नो टाउको उचाल्दै अजीव आवाजमा बोल्न थालिन “त्यहि थियो | जसको मेसेज तिमीले उसको श्रीमतीलाइ दिएनौ |”

मनोजले यो सुन्ने बित्तिकै उसको शरीर चिसिएर आयो | उसको शरीर बरफ जस्तै जम्न थाल्यो | के हुँदै छ उसले ठम्याउनै सकेन | आफ्नी श्रीमतीको यस्तो रुप उसले कहिलै देखेको थिएन |

केहि छीन पछी मनोजकि श्रीमतीले आफ्नो टाउको समातेर “ओह हो ! एक्कासी कसरि यस्तरी टाउको दुख्यो ? टाउको फुट्ला जस्तो भयो |” भन्दै आफ्नो कोठाभित्र पस्यो | उसको अनुहारले नै भन्दै थियो दुखाईको चर्काई |

श्रीमती माथि अधि झर्केकोमा पछ्चाताप लाग्यो | भित्र कोठामा  गएर आफ्नी श्रीमतीसंगै गएर बस्यो | अनि मायाले उसको टाउको सुम्सुमाउन थाल्यो | मनोजले सोच्दै थियो “सबै कुरा अब आफ्नो श्रीमतीलाई भन्छु |” तर उसको हिम्मत भएन | चुपनै बस्यो उ | मनमनै सोच्न थाल्यो | “थाहा छैन को थियो त्यो ? जो यसरि हात धोएर मेरो पछी परेको छ | घर सम्म आयो | मेरो छोरा र श्रीमतीलाई केहि नुक्सान नहोस | बस म त्यती चाहान्छु | मलाई चाहे मारे हुन्छ | जो कोही भए पनि आखिर चाहेको के हो उसले ? खोज्न गए पनि कहाँ जाउ, कसलाई खोजु ?” मनोजले यो सब मनमनै सोच्दै थियो |

उसकि श्रीमती फेरी एकपटक उही आवाजमा बोल्यो “म उही हुँ | जसको मेसेज उसकी श्रीमतीलाई दिई रा’छैनौ तिमीले | र अहिले म तिम्री श्रीमतीको छेउमा उभिएको छु | उहुहुहुहू...”

मनोजलाइ के गरु-के नगरु केहि सुझी रहेको थिएन | मनोजले त्यो वालेट र मोबाइल लिएर घरबाट सिधा बाहिर दौडियो |

“मलाई चाहे जे होस् , मेरो परिवारलाई केहि हुन दिन्न | यो मोबाइल र वालेट म त्यहि फालेर आउछु |” यहि सोच्दै निस्कियो |

उसले साइकलमा बाँढेको सिकड़ी झिक्यो र पाइडल चाल्दै त्यहि सडकमा निस्कियो | बाटोमा जाँदा जाँदै टाढाबाट दुईवटा हेडलाइट जस्तो आइ रहेको प्रकास देख्यो | उसले हेडलाइट मात्र देख्यो आवाज केहि सुनेन |

“सियो झरे पनि सुनिने यस्तो सुनसान सडकमा गाडी नै भए इन्जिनको आवाज आउनु पर्ने हो |” मनोजले मन मनै सोच्यो अनी पछाडी फर्केर ध्यान दिएर हेर्यो | उसले देख्यो पछाडीबाट एउटा ट्रक आउदै गरेको | ट्रकको दुवै हेडलाईट चर्को बालेको थियो | ट्रक पुरै रफ्तारमा आउदै थियो तर ईन्जिनको आवाज भने थिएन |

मनोजले ट्रकलाई साइड दिने हेतूले सडकको साइडबाट साइकल चलाउन थाल्यो | तर त्यो ट्रक नजिक आउदै गरेको हेडलाइटले उसलाई अजिब महसुस गराउदै थियो | ट्रक नजिक-झन् नजिक- अझ नजिक आउदै  थियो र अचानक मनोजले पछाडी फर्कियो | ट्रक ठिक उसको पछाडी थियो | 

त्यो ट्रक ठिक उसको माथीबाट उही रफ्तारमा गयो | मनोज “आईइईया” चिचियाहाट संगै हद्बदाउन्दै साइकलबाट खस्यो | साइकल सडकको किनारामा रहेको एउटा ढुंगामा गएर ठोकियो | मनोजले आफुलाई छोएर हेर्यो | आफ्नो जीउ छामछुम गर्यो | बल्ल बिश्वास गर्यो | उ अहिले सम्म जिउंदै छ | उ माथी जे बिती रहेकोथियो उसको सुझबुझ भन्दा बाहिरको कुरा थियो | एउटा ट्रक उ माथी दौडीन्दै गयो र पनि उ अहिले सम्म जीवित छ | उसले ट्रक गएको दिषा तिर हेर्यो | टाढा-टाढा सम्म उसले त्यो ट्रक कहिँ देखेन | मात्र सुनसान सडक अनि किराहरुको “चाई-चुई-किर्रर” बाहेक उसले केहि सुनीएन |

मनोजको खल्तीमा रहेको त्यहि सिम कार्ड बिनाको फोन एक पल्ट फेरी बज्यो “रिङ्ग –रिङ्ग”
उसले फोन उठायो |
यस पटक त्यो आवाजले एकदम रिसले बोलयो “मेरो नाम सुभाष हो, दुईघण्टा पहिले म मरे | यो मेसेज मेरो श्रीमतीलाई देउ | म सब ठिक गरिदिन्छु |”

मनोजले तुरन्त कललिस्ट चेक गर्यो | मोबाइलको कललिस्टमा “वाइफ” नाम सेफ रहेको उसले देख्यो | त्यहि नम्बरमा फोन गर्यो | एउटा आइमाईको आवाज आयो “हेलौ”

“सुभाषजीको श्रीमती बोल्नु भएको हो ?”

“हो म वहाकी श्रीमती बोल्दैछु |”

“अ! वहाको मृतु आघि देढ-दुई घण्टा पहिले एउटा दुर्घटनामा मृतु भइसकेको छ |” यति भन्दै हडबदाउदै उसले फोन काट्यो |

त्यसपछी उ त्यहि ठाउमा पुग्यो जहाँ उसले त्यो वालेट र फोन उठाएको थियो | त्यहाँ पुग्दा पुलिसहरुको घूइचोले कारलाई वरिपरीबाट घेरेको देख्यो र चारजना मिलेर एम्बुलेन्समा मृत ब्यक्तिलाई राख्दै थियो | सोध पुछ गर्दा थाहा भयो | यो कारको चालकले यो कारको असली मालिकलाई मारेर उसको मोबिल फोन र वालेट लिएर भाग्दै थियो अनी एउटा ट्रकसंग ठक्कर लागेर यो रोड एक्सिडेन्ट भयो |

पुलिसहरुको आपसमा कुरा गराईबाट थाहा भयो | यो कार काठमाडौँमा बस्ने सुभाष भन्ने व्यक्तिको हो | यहाँ बिरगंजमा बिजिनेस मिटिङ्गको लागी आएको रहेछ |

मनोजले अब पुरा कथा बुझी सकेको थियो | उ चुपचाप गाडी भन्दा अली पर गएर मोबाइल फोन र वालेट फाल्यो | अनि फर्केर साइकल चलाउँदै आफ्नो घर फर्कियो |

घर पुगी साइकल स्टेन्डमा साइकललाई सिकड़ीले बाध्यो र राहतको सांस फेर्दै घरको ढोका खटखटायो | घरको ढोका अघी जस्तै उसको श्रीमतीले “यति बेर तिमीलाई कहाँ लाग्यो ?”
प्रश्न गर्दै खोल्यो |

अघिकै प्रश्न उसकी श्रीमतीले सोधेको देखेर मनोजलाई अलि असामान्य महसुस भयो | मनोजले अली मुस्काउन्दै “चाडै खाना देउ, मलाई धेरै भोक लागेको छ |” भन्यो |

अनयासै उसको मुखबाट वाक्य दोहोरिएको देखेर छक्क पर्दै धोकामै ठिंग उभी रहयो | आफ्नो खल्ती छाम्यो | केहि पोको जस्तो भेटियो | उसले हात खल्तीबाट झिकेर हेर्यो | उसको हातमा थियो हजार-हजारको नोटको गड्डी |
समाप्त

आज पनि यस्तो घेरै आत्माहरु छन् | जो पर्खीरहेका छन् बाटो-बाटोमा, चोक-चोकमा | आफ्नो अन्तिम संदेश उसको आफन्त सम्म पुरयाउनको निम्ती र उनको यो कोशिश तब सम्म जारि रहन्छ | जब सम्म उ सफल हुँदैन |

-विलियम न्युरोज 

Tuesday, April 14, 2020

ट्याटुइस्ट (Short Story)

म ट्याटुइस्ट । सानो छ मेरो पसल । पसल होइन, म यसलाई स्टुडियो भन्न रुचाउछु | पहिला त खासै चल्थेन यो । काठमाडौँमा केही हिरोईन, मोडल, डान्सरहरुले आफ्नो तनमा ट्याटु खोपेर फिल्म र म्युजिक भिडियो शो गरेर चर्चा पाए पछि यो पेशाको माग ह्वात्त बढ्यो ।

एक दिन मेरो ट्याटु स्टुडियोमा । एक नयां जोडी आए । हसिला रसिला पोटिला जोडी । मैले दुवैलाई नियालेर हेरे | केटीको आँखामा रातो सिसा भएको सनग्लास थियो | डार्क ब्लु जिन्स र निलो कलरको स्लिभलेस टिसर्ट लगाएकी थिई | अनि खुटामा कालो कलरको बुट लगाएकि थिई |
केटा भने पछाडी काँधमा एउटा ब्याग | कालो जिन्स पाइन्ट र खैरो टिसर्टमा थियो | गोडामा भने कालै कन्भर्स जुत्ता थिए |

केटा बोले,  “सुजु ! लु भन केमा खोप्ने रे ? ” केटीले अलिक धकाउदै भनी, “याँ… खोप्न खुब मन परेको छ। सुन्नुस त रोजसंग तपाईको सर्टनेम लेखाउंछु ल ।”
एज यु लाईक बेवी ! के हाम्रो डीप लपको साईन राख्ने नै हो ? ”
उम्म हामी जीवन मरण संगै ज्युने मर्ने भए पछि यति त नर्मल है राजा !” केटीले चेभ्रे घसी ।

मैले उनीहरुको मनसाय बुझे पछि लुगा खोल्न केटीलाई भित्र कोठामा पठाए । उनको गोप्य अंग स्तननीर हान्नु पर्ने थियो टाटु ! रोजको टाटु हान्न फेरि गाह्रो । धेरै घुमाई खोप्नु पर्ने ।

केही छिन पछि उनी अर्धनग्न भएर आइन । उनिको बिएफ होस वा हस्बेन्ड । मलाई के को चासो । जिउ छुन परिगो । मैले मेसिन घुमाएं बिस्तारै खरर । कुत्कुती लागेर उफ्री केटी । उनको बिएफ पछि, मैले नै छुएं उनका सेता परेवा जस्ता स्तन । न्यानो अनि कडा महसुष भयो ।
केही घण्टामै मैले काम फत्ते गरें र बिल बनाएर पैसा लिएं । उनीहरु हाँस्दै नारिएर गए ।

केहि बर्ष पछि । एउटी केटी आई मेरो ट्याटु स्टुडियोमा । नेकलेस टिसर्ट र मिनीस्कर्टको पहिरनमा गजबकि देखेकी थिईन उनि |  हाँकी सुन्दरी रेवन चस्मा खोलेर बोल्दा मात्र चिनें, जसले पहिले रोजको टाटु हानेकि थिइ “दाइ ! मेरो यो रोज मेटाई दिनु ल !” आफ्नो टिसर्टको छोर दुई औलाले मुनी तानी ट्याटु देखाउंदै भनिन् |
“किन यति महंगो र राम्रो ट्याटु मेटाउने ? ” मैले जिज्ञाषा राखे ।
मलाई मन पर्न छाड्यो अचेल !”
“त्यसो भए के हान्दिउं त बैनी ? ”
“यसलाई छोप्ने कुनै……! अली राम्रो !! जे भएनि हुन्छ !”
मैले बिचार गरे | यसो-उसो आफ्नो ट्याटु म्यागगिनमा नियाले | यो रोजलाई छोप्ने त बटरफ्लाई मिल्यो । उनी लुगा फेरेर आईन । म सामु वक्षस्थल फर्काएर बसी । मैले टाटो मेसिन घुमाएं ।


अनी तपाईको ब्वाई फ्रेन्ड त आउनु भएन त आज ? ” हिड्ने बेला सोधें ।
ए ! उहाँसंग त मेरो ब्रेकअप उहिले भएको दाइ ! अहिले त म सिंगल ।”
उनी स्कुटी स्टार्ट गरेर हिडी सररर |


-विलियम न्युरोज