भनिन्छ यो संसारमा प्रेम भन्दा ठुलो
शक्ति अरु कुनै छैन | प्रेममा मानिसहरुलाई आफ्नो प्राणको पनि वास्ता हुँदैन |
मायामा मर्नेहरु हीर-राँझा, रोमियो-जुलियत, लैला-मजनु, राजामती जस्तो कथा धेरै पढ्नु
भएकै होला | आज यो सानो कथा पनि....
प्रतीक्षा (Horror सानो कथा) Episode -2
कुरा
आज भन्दा दस वर्ष पहिलेको हो | कलेजको अन्तिम दिन सबै खुशी थिए
| अनि सुजाताले कहिँ कतै ग्रूप घुम्न जाने प्रस्ताव राख्यो,
साथीहरुले पोखरा भन्दा माथी सारङ्गकोटमा साइकिलिंग जाने प्लान बनायो
| सायद म यहि प्रतीक्षामै थिए | प्लान
सुन्ने बित्तिकै एकदम खुशी भए | यो भन्दा पहिला म अपहिल
राइडीङ्ग त्यो पनि जंगलमा कहिलै गरेकी थिईन | मेरो लागी यो
राइड नयाँ र एडभेन्चर हुने वाला थियो | हामी पोखरा पुग्यौ |
राती त्यहि गेस्टहाउसमा दोहोरी नाच हेरी थकाई मार्यौ | भोली पल्ट साइकल हायर गरेर, हामी राइडीङ्गमा
निस्कियौ | उकाली र ओराली ट्रेलमा साथीहरुको ग्रूप
राइडीङ्गको रमाइलोले जाँदा-जाँदै समय बितेको थाहै भएन | मन
मनै लागी रहयो | यो राइड मलाई जीवन भर याद रहने छ |
हामी
राइडीङ्ग गर्दा-गर्दै सारङ्गकोट गाउँ भन्दा माथी पहाडको टुप्पोमा पुग्यौ | पसिनाले निथ्रुक्क भिजेको शरीरमा चिसो हावाको स्पर्शले काउकुती लागी रहयो |
बडो रोमान्चित अनुभूति थियो त्यो | त्यहाँबाट
पोखरा बजारसंगै अन्नपुर्ण हिमालयन रेन्ज गजबको देखिँदो रहेछ | साथै सनसेट पनि | साँझतिर सुर्यले पक्ष्चिमको
क्षितिजलाई क्रमसः चुम्दै-चुम्दै गईरहेको थियो | दृश्य एकदमै
मनोरम लाग्यो | राती हुनै लागेकोले सुजाताले फर्किने इसारा
गरिन | हामीहरु फर्कियौ |
मलाई
त्यहाँबाट फर्किन मन नै थिएन | रिसको झोकमा म साथिहरुको ग्रुप
भन्दा अलि अगाडी साइकिलिंग गर्दै अगाडी बढे | मैले सुजातालाई
भनेकी पनि थिए “आज राती यहि क्यामपिंग गरौन” तर “टेन्ट ल्याएको छैन” भनेर
कोही मानेन | मैले त फेर्ने लुगा पनि आफ्नो ब्यागमा राखेकी
थिए |
डाउनहीलमा
साइकलिङ्ग गर्दै जंगलको बाटो हुँदै मुनी झर्दै थिए | सुकेको
पातलाई टायरले कुल्चेर “चिर्ररर” आवाजसंगै
चेन घर्सिएर आइरहेको आवाजले मलाई रमाइलो अनुभुति दिईरहयो | म
त्यसैमा भुल्दै साइकल चलाउँदै गए | त्यति बेलासम्म मेरो रिस
शान्त भइसकेको थियो तर अचानक साइड-साइडबाट रुखहरु साइकलकै स्पिडमा छोडीदै जाँदै
गर्दा | हावाको बेगसंगै रुखहरु पास भइरहेको हेर्दैथिए |
अचानक रुखको आडमा कसैले मलाई हेर्दै गरेको भान भयो | मैले साइकलको ब्रेक तुरुन्त लगाए | साइकल घिर्सिएर
रोकियो | दायाँ-बायाँ हेरे साँझ छिप्पिन्दै जाँदै थियो मैले
रुखहरुको काँपमा कोही देखिन | ब्यागबाट साइकलको लाईट झिके
आफ्नो चारै तिर लाईट घुमाए तर केहि देखिन | साथीहरुको
साइकलिङ्ग ग्रूप पनि मैले कतै देखिन | किराहरुको एकोहोरो “किरिरी” आवाजले मनमा एक किसिमको डर, त्रास र भयको सृजना गरिरहयो | मन्द-मन्द चिसो हावाले
मेरो शरीर भरि चुमी रहेको थियो | शरीर लुग-लुग एकतमासले कापीरहयो
| म एक्लै अँध्यारो जंगलमा साइकलसंगै उभी रहे | म अतालिए |
चारै
तिर अन्धकार ! टर्चको लाईट पुग्ने दुरीसम्म मात्र देख्न सकिन्थियो | कापदै गरेको स्वरले साथीहरुको नाम क्रमसः लिएर पुकारे “सुजाता, सुप्रिया, अनुस्का,
सीवानी...... !” तर मेरो आवाज त्यस जंगलको
अँध्यारोमा कतै बिलिन भयो | मलाइ थाहै भएन, साथीहरु कुन बेला अगाडी निस्कीयो वा पछाडीनै कतै छुट्यो | अँध्यारो भइसकेको थियो र अन्जानमै मैले बाटो बिर्सिए | मलाई झन् डर लाग्यो अतालिएर बाटो खोज्न थाले, डरले
कापेको हातले टर्चलाईटको प्रकाश पनि हल्लिंदै रुख-रुखमा घुम्दै गयो, ....उफ्फ़ ! अब म जाउ कसरी? टाढा-टाढा सम्म
केहि थिएन | न कुनै गाउँ | न कुनै घर |
बस
! एकनासले टाढा –
टाढा कतैबाट जनावरहरुको आवाज सुनिन थाल्यो | कहाँबाट
जाउ? कुन बाटो जाउ? मैले ठम्याउनै सकिन
| घरी-घरी रुन मन लागीरहयो | त्यही
बेला अलि पर मैले एउटा तेजिलो प्रकास देखे | मलाई लाग्यो
सायद, त्यहाँ कसैको मदद्त पाउछु की ? नजिक
पुग्दा देखे | अलि खुल्ला ठाउँमा एउटा लिच्छिबीकालिन पेगोडा
सैलीमा बनेको भब्य मन्दिर ठडिएको थियो |
साइकल
डोर्याउन्दै मन्दिर नजिक पुगे तर त्यहाँ कोइ पनि थिएन | त्यहि बेला अचानक एउटा आवाज आयो | सुकेको पात माथी
केही हिड्दै गरेको “चर्याक-चुरुक्कsss, चर्याक-चुरुक्कsss” | आवाज कुन दिशाबाट आउदै छ,
ठम्याउन सकिन तर आवाज मेरो कान नजिकबाटै आउदै थियो | सायद कोही आउदै थियो तर मैले त्यसलाइ हेर्न सकिरहेकी थिईन | अचानक आवाज मेरो कानबाट हरायो र परबाट आउदै गरेको जस्तो भान भयो | मलाई डर लाग्यो | त्यसै पनि चिसो हावाले जीउ कापदै
थियो | डरले झन् कपाउन थाल्यो | आउंदै
गरेको पध्चाप जनावरको हो कि मान्छेको अन्योलमा परे | म
स्तब्द भइ आवाज आउंदै गरेको दिशामा आँखा गाडी रहे | आवाजसंगै
एउटा आकृती पनि देखिन थाल्यो | मैले ध्यान दिएर हेरे,
मेरो अगाडी एउटा लगभग मेरै उमेरको युवक ठिंग उभिएको देखे | बल्ल, मेरो साँसमा साँस आयो |
“तपाई यहाँ नयाँ हुनुहुन्छ?” मेरो नजिक आएर त्यस
युवकले सोध्यो |
“अ ! त्यो...! म यहाँ आफ्नो साथीहरुसंग राईड आ’को थिए
| उनीहरु बाटोमै कतै छुट्यो | कुन बाटो
गयो उनीहरु थाहै भएन |” मैले निर्दोषिताका सैलीमा भने |
“अनि तपाई बाटो बिर्सनु भयो | होइन ?” युवकले मुस्कुराउन्दै सोध्यो |
“अह ! हो |” मैले सरलताका साथ यतिमात्र भने |
“केहि छैन | यस पहाडमा धेरै जसो यस्तै हुन्छ |
तपाई नडराउनुस् म तपाईलाइ मुनी बेसीसम्म छोडेर आउछु |”
“होइन-होइन पर्दैन ! तपाई बाटोमात्र देखाई दिनु म आफै जान्छु |” मैले अफ्ठेरो मान्दै भने |
“होइन-होइन ! अफ्ठेरो नमानुस | म तपाईलाइ मुनी सम्म
छोडी दिन्छु | तपाई मेरो गेस्ट हुनु हुन्छ | सो, यो हाम्रो कर्तब्य पनि हो |”
तोलाउन्दै
म उसलाई हेर्दै थिए |
एउटा अजिब किसिमको सम्मोहन थियो उसको आँखामा | अँध्यारोमा पनि उसको आँखाको नानी प्रस्ट देखिन्थियो | एक प्रकारले चम्किरहेको थियो भनौ !
“त्यसै पनि एक्लै यो बाटो जानु ठिक छैन | ल ! अब जाउ
!” उसले अझै थपियो |
“हुन्छ |” मैले भने |
उसले
लगतै मेरो साइकल आफुले समाई भन्यो “दिनुस साइकल म
डोर्याउछु |”
“सो, मेरो नाम सुमन हो | अनि
तपाई ?” उसले मेरो साइकल आफैले डोर्याउन्दै सोध्यो |
“म अंकिता |” मैले सहजै आफ्नो नाम भने |
“नाइस टु मीट यु अंकिता |” उसले मुस्कुराउन्दै भन्यो |
थाहा
छैन किन ?,
मैले उसको कुनै कुरालाई नकार्न सकिरहेकी थिईन | म उसंगै मन्दिर मुनीको बाटो हुँदै जाँदै थिए | अचानक
तेज वर्षात सुरु भयो | बिजुली चम्कियो, मेघ गर्जियो | जंगलको कच्ची बाटोमा पानी बग्न थाल्यो
| बाटो झन् चिप्लो हुन थाल्यो | त्यसै
पनि हिड्न गाह्रो भयो | चिप्लिएला भन्ने डर झन् थपियो |
म निठुक्क भिजि सकेकी थिए अनी चिसोले कापदै पनि |
हिलो
बाटोबाट जानु लगभग गाह्रो भयो मलाई | सुमनले मेरो साइकल
आफ्नो काँधमा बोक्दै मलाइ भन्यो “यो बर्षातको समयमा बेसीसम्म
जान धेरै गाह्रो हुन्छ | बाटो पनि चिप्लो छ | मेरो घर यहि नजिक नै छ, त्यहि जाउ |” म दोधारमा परे, सहि निर्णय गर्ने क्षेमता थिएन |
राती पनि अबेर भइसकेको थियो र म एक अन्जान ब्यक्तिसंग थिए | मलाई डर पनि लागी रहेको थियो | थाहा छैन किन तर मैले
उसलाई “हुन्छ” भनिदिए | अनि उसंगै हिड्न थाले |
“सम्भालेर आउनु होला | चिप्लो बाटो छ | तपाईको हात दिनुस |” मैले उसलाई आफ्नो हात दिए | उसले मेरो हात समाई मलाई र साइकललाई डोर्याउन्दै लग्यो |
“सम्भालेर आउनु होला | चिप्लो बाटो छ | तपाईको हात दिनुस |” मैले उसलाई आफ्नो हात दिए | उसले मेरो हात समाई मलाई र साइकललाई डोर्याउन्दै लग्यो |
“तपाई त कापदै हुनुँदो रहेछ | नडराउनु ! केहि हुँदैन |
मैले टेकेको ठाउँमा टेकेर आउनुस चिप्लिन्दैन | मेरो घर यहि नजिकै छ | बिहान हुने बित्तिकै म
तपाईलाइ मुनी बेसीमा छोडेर आउछु |” मेरो हात समात्दै भन्यो |
उसले
बाटोभरि मलाई गाइड गर्दै लग्यो | म चिप्लेर लड़ला भन्ने ठुलो डर
थियो उसलाई | एक तर्फबाट उसले मलाई केयर गर्दै थियो |
उसको
घर त्यहि नजिक नै रहेछ |
उसले माथी बाटै देखायो | पहाडको बीचमा,
लुकिरहेको जस्तो देखिन्थियो उसको घर | यदि
कसैले त्यस घरबारे थाहा नभई जान खोज्यो भने सायद ! त्यहाँ जान कोही सक्दैन थियो |
बाटोभरि उसले मलाई आफ्नो घरजाने बाटो सम्झाई रहयो | मलाई थाहा छैन के भइरहेको थियो | म उसको हरेक कुरा
मान्दै जाँदै थिए | हामी उसको घर पुग्यौ | घर धेरै राम्रो थियो | पहाडको बीचमा एक भभ्य घर |
कुनै आर्टिस्टले आफ्नो क्यानभासमा कोरेको एक सुन्दर पेंटिंग जस्तै |
भनौ मेरो ड्रिम हाउस जस्तै..! म सानो छंदा स्कुलको ड्रोइंग क्लासमा
यस्तै चित्र बनाउंथिए | त्यो ड्रोइंग बुकमा सानो छदा कोरेको
पानीरङचित्र अहिले मेरो आँखा अगाडी थियो |
“यस्तो पहाडको बिचमा, यस्तो शानदार घर कसरी बनायो
होला | ईट्टा, सिमेन्ट, ढुंगा, बालुवा कसरी ल्यायो ? मान्छे
हिड्न यती गाह्रो हुने ठाउँमा !” सोच्दै थिए |
उसले घरको
धोका खोल्यो | “आउनुस ! यहि हो मेरो घर”
म भित्र गए
| मेरो साइकल उसले त्यहि बरण्डामै राख्यो | साइकलबाट टप-टप पानी चुहिंदै थियो | मैले
एक नजर आफ्नो साइकललाई हेरेर भित्र गए |
“अनि तपाईले केहि खानु भएको त छैन होला |” सुमनले
टावेल दिंदै सोध्यो |
“खाएको त छैन तर अहिले भोक लागेको छैन |” मैले
अफ्ठेरो मान्दै भने |
“खानु भएको पनि छैन ! अनि भोक पनि लागेको छैन? यस्तो
कसरी हुन सक्छ |” उसले हास्दै भन्यो |
मैले
केहि भनिन |
अनि उसले फेरी थप्यो “त्यहाँ बाथरूम छ |
तपाई फ्रेस हुनु अनि चेंज गरेर आउनुस | म खाना
लगाउंदै गर्छु |”
“होइन-होइन पर्दैन |” मैले फेरी अफ्ठेरो मान्दै भने |
“होइन-होइन पर्दैन |” मैले फेरी अफ्ठेरो मान्दै भने |
“तपाई नर्भस धेरै हुनुहुन्छ | डराउनु पर्दैन |
तपाई यहाँ एकदम सेफ हुनुहुन्छ | म खानामा
त्यस्तो केहि मिसाउंदीन” उसले हास्दै भन्यो |
थाहा
छैन उसको कुरामा त्यस्तो के थियो | म उसलाई नाई भन्नै
सकीरहेकी थिईन | थाहा छैन किन ? तर
यस्तो लागि रहयो | सायद उसलाई म वर्षौ देखी चिन्थिए |
यो भन्दा पहिला कुनै अन्जान ब्यक्तिसंग यति सेफ मैले कहिलै महसुस
गरेकी थिईन | तर अफ्ठेरो चाही लागी रहयो |
म
चेन्ज गरेर आए |
डाइनिंग टेबल खानाले सजिएको देखेर म छक्क परे | चारै तिर क्यान्डल्स, सुमन मुस्कुराउन्दै एउटा
कुर्सी निर उभिएको थियो | त्यति बेला लाईट पनि आएको थिएन |
सायद वर्षातले गर्दा लोडसेडिंग थियो |
“आउनुस खाना तैयार छ | एण्ड आई होप तपाईलाई खाना मन
पर्ने छ |” मलाई आफ्नो हातले बस्ने ईसारा गर्दै भन्यो |
मैले
कुर्सी तानी बस्दै भने “तपाईलाई यति सारो गरिरहनु पर्दैन थियो |”
“किन र ?... तपाई कुनै अन्जान त होइन |” उसले कुटिल मुस्कान छर्दै भन्यो |
“हजुर ?” छक्क पर्दै म उसलाई टोलाए | उसको कुरा मलाई अजिब लाग्यो | अनि मैले उसको पहिरन
हेरे, कुरा भन्दा अचम्म ! उसले त्यहि लुगा लगाएको थियो |
जुन केहि मिनेट अगाडी सम्म वर्षातको पानीले भिजेको थियो | तर अहिले एकदम सुख्खा |
“अबब...! मेरो मतलब | अहिले केहि घण्टा देखी हामीसंगै
छौ | तपाईले मलाई अहिले सम्म त चिनी सक्नुभयो होला अनी मैले
पनि तपाईलाई .... त्यसैले ...” उ अक्मकाउन्दै थियो |
त्यो
रात ! उफ्फ़ ! रातभरि निरन्तर पानी बर्षी रहयो | रात भरि हामी कुरा
गरिरहयौ | रात कहिले बित्यो हामीले थाहै पाएनौ | हामी दुवैलाई लाग्यो जस्तो हामी एक-अर्कालाई वर्षौ देखी चिन्छौ | मलाई त्यो रात अलीकति पनि आफ्नो साथीहरुबारे याद आएन | तिनीहरु गेस्टहाउस पुग्यो की पुगेन ? के गर्दै छन् ?
ईत्यादी ! मैले त सबै बिर्सिएछु |
बिहानीको
पहिलो सुर्यको किरण देख्ने बित्तिकै सुमनले भन्यो “ प्रज्ञा !
वर्षात पनि रोक्यो | जाउ अब ! तिमीलाई म, मुनी बेसी सम्म छोडेर आउछु |” उसको पहिलो शब्द सुनेर
म छक्क परे “प्रज्ञा?” मैले उसको शब्द
दोहोराए |
“ओह ! सरी अंकिता | अब जाउ |” उसले
अक्मकाउन्दै भन्यो |
बाटोमा फर्किंदै गर्दा मैले “प्रज्ञा” बारे सोधे | उसले हासेर कुरा टार्यो | “एकदिन तिमीले आफै थाहा पाउनेछौ” यति मात्र भन्यो |
उसंग
उसको फोन नम्बर मागे |
उ त हास्न थाल्यो | उसले भन्यो उसंग फोन त छैन
तर हामी फेरी भेट्ने छौ | मैले पनि धेरै कर गरिन | तर मलाई उसको त्यो कुरा सधै याद रहयो | उसले मलाई म
बसेको गेस्ट हाउस सम्म छोडेर गयो |
गेस्ट
हाउस पुगी सकेपछी अनएक्स्पेक्तेद सरप्राइजसंगै खुशीले सबै साथीहरु मलाई आलिंगन
गर्न आए |
हिजो राती, म उनीहरु भन्दा पहिलै बेसी
झरीसकेको ठानेका रहेछन् | तर मलाइ बेसीमा कहिँ नदेखे पछी मेरो
मोबाइलमा कल गरे बारम्बार फोन गर्दा पनि लागेनछ | प्रतेक कलमा एनटिसीको दिदिले सम्पर्क
हुन सकेन मात्र बारम्बार दोहोराई रहे | त्यस पछी बेसीका मान्छेहरुलाई सोधेछन |
मेरो बारे केहि थाहा नपाएपछी गेस्टहाउस गयो होला भनेर फर्केछन |
गेस्टहाउसमा पनि नदेखे पछी गेस्टहाउसको टुरिस्ट गाइड र स्थानीय
पुलिसहरुको मद्दतले आधी रातसम्म जंगलमा खोजेको थियो रे तर कहिँ नभेटे पछी भोलि
बिहान फेरी खोजौला भनेर सबै फर्केको थियो | सुजाताले रुँदै
भन्दै गईन “तलाई कस्तो मिस गरे यार हामीले | मनमा कस्तो डर लाग्दो बिचारहरु आएको थियो | झन् त्यस
माथि तेरो फोन नै नलाग्ने”
मेरो
अचम्मको सिमा रहेन जब थाहा भो हिजो राती सारङ्गकोटको जंगलमा पानीनै परेको थिएन रे | यो कसरी हुन सक्थियो र ? सोच्दै बसे, अनि मलाई के भएको थियो र हिजो ? साथीहरुलाई
फोन गर्ने सुद्धी पनि आएन | मैले, मसंग मोबाइल छ भन्ने कुरा पनि बिर्सेकी थिए |
दुई
दिन बित्यो पोखरामा |
तर हरेक दिन जसो मेरो आँखाले सुमनलाई नै खोज्न थाल्यो | होटेलको स्टाफहरुमा पनि मैले सुमनको अनुहार देखिन थाले | भिडमा उसलाई नै खोजथिए | खै! किन हो मैले उसलाई धेरै
मिस गर्न थालेकी थिए | तर मैले उसलाई कहिँ भेटिन | मलाई एक पल्ट भेट्न तिब्र ईच्छा जाग्यो | पोखराको
अन्तिम दिन, मलाई उसलाई नभेटी जानै मन भएन | अनि म आफ्नो साथी सुजातालाई लिएर त्यहि ठाउमा फेरी गए | मलाई बाटो थाहा थियो | हामी मन्दिरसम्म त पुगे तर
सुमनको घर कहिँ देखिन | त्यहाँबाट मुनी झर्दै थिए “कहाँ लिएर जाँदै छौ अंकिता? धेरै टाढा आईसक्यौ हामी,
अब फर्केर जानु पर्छ |” सुजाताले भन्यो |
“पखन यार यहिँ बाटो त हो | पुगिन्छ हिडन एकछिन |”
मैले सुजातालाई फकाउदै, साँगुरो भिरकोबाटो
हुँदै लादै थिए |
“ल यार ! यहिँ त थियो उसको घर | अस्ती सम्म त यहि
मन्दिरको पछाडी मुनी जाने बित्तिकै त थियो |” म पनि छक्क परे
| सुमनको घर कहिँ देखीन |
त्यहाँ
मन्दिर त थियो |
तर त्यहाँ कुनै घर थिएन | अलि अगाडी पहाडको
चेपबाट जाँदा देखियो | एउटा भत्केको घर, पुरानो भग्नावसेस जीर्ण घर देखे |
“यो कसरी हुनसक्छ ?” मैले बुद्बुदाए |
“आर यु श्युअर? इज ड्यात.....??” सुजाता पनि अचम्भित थिईन |
“यस ! बत अस्ती राती मात्र यहाँ यस्तो राम्रो घर थियो | तर आज यहाँ.... ?”
त्यहाँ
भत्किएका भित्ताहरु बाहेक अरु केहि थिएन | त्यस रातको भब्य घर
कतै गायब भइसकेको थियो | त्यहाँ कुनै घर थिएन | यो कतै मेरो भ्रम त होइन ? आफु-आफैलाई प्रश्न
तेर्साए | म त्यस भग्नावसेस घर भित्र गए | सम्भल्दै जाँदै थिए | अचानक भ्रमलाइ थिचोल्दै
भित्तामा मेरो ध्यान केन्द्रित भयो | भत्केको जीर्ण भित्तामा
मेरो साइकिलिंग जर्सी असमान्य तरिकाले झुन्डिएको देखे | यदी
अस्तीको कुरा मेरो भ्रम हो भने यो मेरो जर्सी यहाँ कसरी आयो ? सोच्दै थिए | जर्सी हातमा लिएर सुजातालाई देखाए |
सुजाता दुवै हातले आफ्नो मुख छोपी आफ्नो ठुल ठुलो आँखाले टोलाई
मात्र रहयो |
अचानक
कोई आइरहेको जस्तो मलाई महसुस भयो | “सर्याक-सुरुक” पछाडी
फर्केर हेर्दा त्यहाँ कोही थिएन |
“अंकिता यहाँ कोही छ |” उसले पनि महसुस गरेछिन् |
सुजाताले पछाडी झारीतीर हेर्दै भन्यो |
“कोही पनि त छैन | मलाई नडराउ न सुजाता |” जर्सी आफ्नो ब्यागमा राख्दै भने |
“कोही नजिकै छ | वी आर हन्टेड अंकिता ! हामी यहाँबाट
निस्कनु पर्छ | अहिलै !” सुजाता
अतालिन्दै यताउति हेरिन र हिड्न तैयार भईन |
“हुन्छ जाउ | मलाई पनि डर लाग्यो |” म पनि सुजातासंगै दौडिए |
हामी
त्यहाँबाट निस्कियौ |
म अगाडी थिए अनि सुजाता पछाडी | साँझ हुँदै
थियो सायद | अलि अँध्यारो हुँदै गएको महसुस गरे | म अलि अगाडी हिड्दै थिए | अचानक सुजाताको चिच्याहात
सुने “आsss-आsss” म पछाडी फर्के | उ जमिनमा लडी रहेकी थिईन | उसको टाउकोमा घाउ देखे | तर पनि उ होस् मै थिई |
उसले भनिई “मलाई कसैले जोडले पुस् गर्यो यार !”
म छक्क पर्नु बाहेक केहि गर्न सकीरहेकी थिईन |
मैले
उसलाई उठाए र हामी त्यहाँबाट निस्कियौ | रातीको मेरो नाइट
बस थियो | म सोच्दै रहे | मैले त्यहीं
त भेटेकी थिए सुमनलाई | यो सब कसरी हुन सक्थियो ?” म काठमाडौँ फर्केर आए | तर मेरो मन अझै उतै सारङ्गकोटको
जंगल मै थियो, सुमनको सुन्दर घर भित्र | दुईवटा बस चेन्ज गरेर आउँदा, साँझ काठमाडौँ पुगे |
घर आउने बित्तिकै ड्याडी-मम्मीको प्रश्नको बौछार सुरु भयो |
“आयौ छोरी? कस्तो रहयो त्रिप ?” ड्याडीले मलाई स्वागत गर्नुभयो |
“राम्रो भयो ड्याडी!” छोटो उत्तर दिए |
“कति दुब्लाएर आएकी | त्यहाँ राम्रो खाना पाउंदैन
थियो र?” मेरो गाला सुम्सुमाउन्दै मम्मीले भन्नु भयो |
“मम्मी अहिले होइन प्लिज पछी कुरा गरौ न ल ! प्लिज, अहिले
थाकेर आएकी छु | खाना पाउ थियो त्यहाँ |” मैले अल्छी मान्दै भने | “छोरी हामीसंग पनि बस |
कस्तो भयो त्रिप, कहाँ –कहाँ
गयौ हामीलाई पनि सुनाउ |” पत्रिका टेबलमा राख्दै ड्याडीले
मलाई हेर्दै भन्नु भयो |
“ड्याडी म भन्छु लेटर अन प्लिज |” थाकेको स्वरमै भने |
ड्याडी फेरी त्यहि पत्रिका टेबलबाट टिपेर पढ्न थाल्नु भयो |
“अ ! सुन, करणको धेरै पटक फोन आइसक्यो | उसलाई एक पटक फोन गर | अब चाडै तिमीहरुको बिवाह पनि
गरीदिनु पर्छ | ओह ! कति काम बाकी छ |” यति भनी मम्मी किचेनमा जानु भयो |
“करण” ! यो मेरो कथामा त करण बारे भन्न त बिरिएछु |
करण मेरो फियोंसे | र मेरो बच्चा देखीको साथी
पनि | उ साइक्यात्रिक डाक्टर हो | अनि
हाम्रो बिवाह यहिँ डिसेम्बरमा हुन गईरहेको थियो | अजिब कुरा
! येत्तिका दिनमा, करण मेरो सोचमै आएन | त्यहि बेला करणको फोन पनि आयो | उसले भन्यो उ एकछिन
पछी मलाई भेट्न घर आउदै छ | मैले सोचे करण आउनजेल सम्म फोटो
प्रोसेस गर्दै गरु | मैले सुमनको घर र उसको पनि केहि फोटो
किलिक गरेकी थिए | म आफ्नो कोठामा, क्यामेराबाट
ल्यापटपमा फोटो ट्रान्सफर गरेर हेर्दै थिए | त्यहि बेला एउटा
अजिब कुरा देखे |
सुमन
सबै फोटोहरुमा गायब थियो |
उसको त्यो भब्य घरको फोटो त थियो तर कुनै फोटोमा सुमन कहिँ थिएन |
क्यान्देल लाइट्स डिनरको फोटोमा प्लेटहरु त थियो तर खाना थिएन |
यो कसरी हुन सक्थियो ? सम्भव नै छैन | त्यो
रात मैले सुमनसंग कुरा गर्दै खाना त खाकै थिए ! सोच्दै थिए मलाई रिंगटा लागे जस्तो
भयो | त्यहि बेला मेरो कोठामा कोही हिड्दै आएको आवाज आयो “टक-टक-टक”
| मैले आवाज आउदै गरेको दिशा तिर हेरे तर अचानक लाईट पनि गयो
|
मेरो
काँधमा कसैले हात राखेको जस्तो मैले महसुस गरे | झस्किएर पछाडी,
पछाडी फर्केर “ को हो ? को
?” चिच्याए |
“म” सुमनको आवाज आयो |
“सुमन ? तिमी ? तिमी यहाँ कसरी ?”
अन्धकार कोठामा यताउता हेर्ने असफल प्रयाससंगै म अचम्भित हुँदै थिए |
मलाई विश्वासै भएन सुमन मेरो कोठामा? कोठा चिसिएर
आयो | मेरो शरीर लुग-लुग एकतमासले काम्न थाल्यो |
“म त सधै तिमीसंगै छु अंकिता |” सुमनको मधुरो स्वर
पनि कान नजिकबाट चिसिएर गयो |
“ह ! तिमी के हौ?” ओठ कपाउदै चिच्याए |
“अंकिता ! अंकिता ! तिमीकोसंग कुरा गर्दै छौ ?” करणको
स्वर सुने |
“जाउ !, जाउ तिमी यहाँबाट” म
अझै एक्लै कराए |
“अंकिता ! म हु करण | अंकिता तिमीलाई के भयो ?
नडराउ म हु करण ”
त्यसपछी
के भयो मलाई केहि याद छैन |
जब मेरो निन्द्रा खुल्यो | म हस्पिटलमा थिए |
करणले भनेर थाहा पाए | म तिन दिन सम्म बेहोस
थिए | अनि निन्द्रामा कुनै सुमनको नाम लिंदै थिए | त्यो दिन सुमन त्यहाँ कसरी आयो ?, मलाई सधै, हाम्रो वर्षौ देखीको चिनजान अनी उ प्रती आत्मियता किन लागीरहयो ?
म
ठिक भएर हस्पिटलबाट घर जाँदै थिए | करणले मलाई उसको
क्लिनिकमा आउन आग्रह गर्यो | उसलाई लाग्यो मलाई साइक्यात्रिक
हेल्प जरुरि छ | मलाई थाहा छैन किन जान त मन थिएन तर म उसको
कुरा राख्नको निम्ती भएपनि उसको क्लिनिकमा जानै पर्यो |
“मेरो कुरालाई सिरियसली लिनु अंकिता | अब म तिमीलाई
हिप्नोताइज गर्छु | अनि केहि प्रश्न सोध्छु |”
“तर यसको के जरुरि छ र करण ?”
“तर योबाट केहि नोक्सान पनि त छैन नि होइन र ? ल ! अब
पल्तिउ, कम अन | बि अ गुड गर्ल ”
“ल-ल ओके”
“अब आँखा बन्द गर | रिल्याक्स | शरीरलाई एकदम लुज छोड |”
“ओके “
“अब म म्युजिक प्ले गर्दैछु | तिमीले म्युजिकमा
कन्संत्रेट गर्नु है |”
कोठामा
माइन्ड रिल्याक्सेसन ट्रयाक बज्न थाल्यो | मेरो आँखा
क्रमसःबिस्तारै धमिलिएर अँध्यारो तिर बढ्न थाल्यो | एउटा
सेतो बिन्दु देखियो | म त्यहि सेतो बिन्दु पछ्याउंदै गए |
बिन्दुको आकार बढ्दै गयो | एउटा ठुलो प्रकाशले
मलाइ छोपे पछी म आफुलाई मन्दिर नजिक उभिएको पाए |
“तिम्रो नाम के हो ?”
“प्रज्ञा”
“तिमी अहिले कहाँ र कोसंग छौ ?”
“मन्दिर नजिक छु |”
“कुन मन्दिर ? कहाँ ?”
“श्रीकाली मन्दिर | गाउँमा छु | सुमन छ | हामी दुवै पहाड माथी छौ |”
“उसले मलाई बोलाउंदै छ |”
“सुमन यो ठिक होइन | हामी यसरी हार मान्नु हुँदैन |
सुमन मेरो कुरा त सुन | सुमन ! पखखख पख आआssss !”
“अंकिता उठ अब | वेक अप |” करणले
मलाई झझ्काउँदै उठायो |
“करण मैले उसलाई देखे | म त्यहाँ थिए | करण यो सब?” अचम्भित मेरा आँखाले करणलाई प्रश्न
गर्दै थिए |
“रिल्याक्स अंकिता | यो लेउ पानी |” पानीको गिलास मलाई तेर्साउदै भन्यो |
मैले
पानी पिए |
“घट-घट- घट”
“अंकिता तिमी सायद पास्ट लाइफमा गएकी थियौ | यसलाई
पास्ट रिग्रेसन भनिन्छ | जहाँ सुमनसंग तिमीले भेटेकी थियौ |
तिमी सायद पछिल्लो जन्ममा उसंग थियौ | तर
अहिले यो भन्दा बडी थाहा पाउन ठिक छैन | हेर डराउनु केहि
पर्दैन, रिल्याक्स | हामी पछी फेरी पास्ट लाईफ रेग्रेसन
गरौला | तर त्यहि ठाउँमा गएर | जो
अहिले भरखर तिमीले देख्यौ |”
“तर त्यति बेला सम्म तिमी यस बारे त्यति नसोच | कमअन
डोन्ट स्ट्रेसआउट ओके ! एभ्रि थिंग विल बि फाईन, कुल |”
करणले मलाई दिलासा दिंदै भन्यो |
मैले
आफुलाई देखे |
सुमनलाई देखे | उ मसंग कुरा गर्दै थियो |
यदि मैले कुनै जन्ममा भेटेकी थिए भने पनि, आज
मेरो जिन्दगिमा किन फर्केर आयो ? आखिर उ मसंग के चाहन्छ?
किन भेट्न चाहेको ?
म
र करण फेरी त्यहि ठाउँमा गयौ | जहाँ म सुमनसंग भेटेकी थिए |
करणले मलाई भन्यो मैले आफ्नो नाम “प्रज्ञा”
भनेकी थिए | अलि धमिलो- धमिलो त मलाई पनि याद
आउंदै थियो | त्यो भन्दा अरु केहि याद छैन | त्यो रातको भोली पल्ट सुमनले पनि मलाई प्रज्ञा भनेर सम्बोधन गरेको थियो |
मैले सोध्दा “तिमीले आफै थाहा पाउनेछौ”
भनेको थियो | सायद.... !?
हामी
पोखरा,
सारङ्गकोट पुग्यौ | त्यहि ठाउँमा करणले फेरी
मलाई पास्ट लाईफ रेग्रेसन गर्यो | यस पाली जे भयो | त्यो मलाई सबै याद छ | अहिले सोच्दा सबै एक सपना
जस्तो लाग्छ | तर आज पनि के साँचो थियो के सपना ! त्यो मलाई
थाहा छैन |
मैले
देखे म र सुमन त्यहि पहाड माथी बसेका छौ | अनि म प्रज्ञा
“प्रज्ञा !”
“ह”
“अब अरु कुनै बाटो छैन | यदि हामीसंगै बस्न सक्दैनौ
भने हामी बाच्नुको के अर्थ ?”
“हामी के गरौ ? मेरो घरमा मान्दैन |”
“त्यसो भए हामी यहाँबाट भागौ | टाढा कतै अर्कै गाउँमा
हामी आफ्नो छुटै संसार बसाउ !”
“नाई ! हुन्न् ! यदी तिमीलाई उनीहरु ले समात्यो भने ? उनीहरुले तिमीलाई छोड्ने छैन |”
“धेरै भन्दा धेरै के गर्छन र ? मलाई मार्छन त्यती त
हो | प्रज्ञा ! तिमी बिना म जिउँदो त बस्नै सक्दिन |”
“र म पनि सक्दिन सुमन |”
“यदी हामीसंगै बाच्न सक्दैनौ भने हामीसंगै मर्न त सक्छौ ?”
“सक्छौ सुमन”
“भन ! ज्यान दिन सक्छौ म संग?”
“सक्छु सुमन |”
“त्यसो भए तिन गनीसकेपछी | हामी दुवै आजै यहि पहाडबाट
संगै हामफालेर ज्यान दिन्छौ |
“सुमन यो ठिक होइन |”
“एक...”
हामी
यसरि हार मान्नु हुँदैन |
“दुई..”
“सुमन...एक मिनेट ! सुमन मेरो कुरा त सुन |” मैले
सुमनलाइ रोक्न कोशिस गर्दै थिए |
“तिन..” सुमन हामफाल्यो |
“सुमन ! पखखख पख आआssss !”
“सुमन... सुमन !” म चिच्याए | “सुमन...
सुमन..... सुमन !” पहाडको त्यो वातावरणमा मेरो चिच्याहात
मात्र गुन्जियो | सुमन भिरमुनी कता बिलायो मैले देख्न सकिन |
म माथीबाट हेरी मात्र रहे | मलाई एक्लो छाडेर
सुमन गइसकेको थियो | आँखाबाट मेरो आँसुको भेल बगेर गालै
भिज्यो तर सुमन फर्केर आएन |
उसले
पहाडबाट हामफाल्यो |
तर मैले सकिन | संगै जिउने मर्ने कसम त खाए तर
मर्न भने संगै सकिन | म त्यहि भिरलाई हेरेर उभी रहे |
करणले
भन्यो “सायद त्यसैले उ फर्केर आएको हुनसक्छ | यतिका
वर्षसम्म उसको आत्माले शान्ती पाएको छैन | त्यसैले उ तिम्रो
पछी परेको छ |”
तर
म के गरौ ?,
कास ! म उसंग अहिले भेट्न पाउथिए भने भन्नथिए उसलाई “मलाई माफ गरि देउ ! म अहिले पनि उसको प्रज्ञा नै हु | अनि कुनै जन्ममा हामी फेरीसंगै हुनेछौ |”
मलाई
थाहा छैन यस्तो किन लागीरहेको थियो कि उ मसंग एक चोटी फेरी भेट्न आउछ |
“करण तिमी चिन्ता नलेउ | मलाई पुरा बिश्वास छ |
उ मसंग भेट्न आउँछ | तिमी जाउ”
“तर तिमी यहाँ सेफ छैनौ | सुमन आउन या नआउन जंगली
जनावर पक्कै आउछ | अंकिता म तिमीलाई यसरी यहाँ एक्लै छोडेर जान सक्दिन | त्राई टु अन्डरस्ट्याण्ड”
“करण केहि हुँदैन मलाई ! बिलिभ मी | अब मैले सबै कुरा
थाहा पाइसके |” यति भनि मैले करणलाई फर्काई दिए | मलाई पुरा बिश्वास थियो कि उ आउँछ | मलाई सबै कुरा
याद आइसकेको थियो | सायद सुमन नै एक्लो ब्यक्ति थियो |
जसलाई मैले साँचो प्रेम गरेकी थिए |
करण
जाने बितिकै मलाई सुमनको आवाज आयो “प्रज्ञा !”
म
झस्किए |
यता-उटा हेर्दै “सुमन !”
“मलाई माफ गरिदेउ सुमन ! मैले तिमीलाई धोका दिए | मेरो
कारण तिम्रो ज्यान गयो | मैले त्यति बेला, संगै मर्न सकिन |”
“हामी त संगै हुनु पर्ने थियो होइन र प्रज्ञा ?”
“हो सुमन ! हामी संगै हुन्छौ | यस जन्ममा भएन भने
अर्को जन्ममा | म तिमीसंग आज प्रोमिस गर्छु |
म तिमी बाहेक अरु कोईसंग प्रेम गर्दिन | तर
अहिले तिमीलाई जानु पर्छ | म तिमीलाई यसरी भट्केको हेर्न
सक्दिन |”
“जस्तो तिमी भन्छौ प्रज्ञा”
“तर म..”
“भन सुमन !”
“तर म तिम्रो प्रतीक्षा गर्ने छु |”
“र म आउछु सुमन |”
मेरो
आँखामा हेर्दा हेर्दै सुमन एक्कासी हावामा बिलिन भयो |
मैले
उसलाई देखेकी थिए |
त्यो अन्तिम पटक | म रुंदा रुँदै गेस्टहाउस
सम्म पुगे जहाँ करण मेरै प्रतीक्षा गर्दै थियो | करणले मलाई
पानीको बोतल दियो मैले एकै साँसमा त्यो पानी सकाई दिए |
मैले
करणलाई सबै कुरा भने |
करण मेरो कुरा धैर्यका साथ सुन्दै गयो | कुरा
गर्दा गर्दै झिसमिसे उज्यालो भएछ | करणले कफी मगायो |
हामी कफी पिएर बाहिर निस्कियौ | करणको दिमागमा
के थियो मलाई थाहा थिएन | करणले स्थानीय वासिन्दाहरुलाई भनेर
क्लिफ ह्यांगर केटाहरु हायर गर्यो | केटाहरु त्यो पहाडको
खोल्चामा गएर सुमनको हड्डीका अवसेसहरुलाइ बटुलेर माथी ल्यायो | अनि त्यहि श्रीकालीमाँको पण्डित बाजेलाई बोलाएर सुमनको अन्तिम संस्कार
गर्यो |
सायद
आज पनि मेरो कहिँ प्रतीक्षा गर्दै छ | र म एक दिन उसंग
भेट्नेछु | यो संसारमा नभए कुनै अर्को संसारमा जहाँ सुमन र
प्रज्ञाको मिलन हुनेछ |
“हामी त अहिले पनि संगै छौ नि होइन र प्रज्ञा !”
“हो सुमन !”
अंकिताले
करणसंग बिवाह गरेन |
अंकिता आज पनि प्रतीक्षामा छिन कहिलै बिछोड नहुने मिलनको !
समाप्त
के
तपाई कसैसंग प्रेम गर्नु हुन्छ ? यदि हो भने कहिँ
त्यो माया पिरती पछिल्लो जन्मको त होइन?
-विलियम
न्युरोज
No comments:
Post a Comment