म ट्याटुइस्ट । सानो छ मेरो पसल । पसल होइन, म यसलाई स्टुडियो भन्न रुचाउछु | पहिला त खासै चल्थेन यो । काठमाडौँमा केही
हिरोईन, मोडल, डान्सरहरुले
आफ्नो तनमा ट्याटु खोपेर फिल्म र म्युजिक भिडियो शो गरेर चर्चा पाए पछि यो पेशाको
माग ह्वात्त बढ्यो ।
एक दिन मेरो ट्याटु स्टुडियोमा । एक नयां जोडी
आए । हसिला रसिला पोटिला जोडी । मैले दुवैलाई नियालेर हेरे | केटीको आँखामा रातो
सिसा भएको सनग्लास थियो | डार्क ब्लु जिन्स र निलो कलरको स्लिभलेस टिसर्ट लगाएकी
थिई | अनि खुटामा कालो कलरको बुट लगाएकि थिई |
केटा भने पछाडी काँधमा एउटा ब्याग | कालो
जिन्स पाइन्ट र खैरो टिसर्टमा थियो | गोडामा भने कालै कन्भर्स जुत्ता थिए |
केटा बोले, “सुजु ! लु भन केमा खोप्ने रे ? ” केटीले अलिक धकाउदै भनी, “याँ… खोप्न खुब मन परेको छ। सुन्नुस त रोजसंग तपाईको सर्टनेम लेखाउंछु ल ।”
“एज यु लाईक बेवी ! के हाम्रो डीप लपको साईन राख्ने नै हो ? ”
“उम्म हामी जीवन मरण संगै ज्युने मर्ने भए पछि यति त नर्मल है राजा !” केटीले
चेभ्रे घसी ।
मैले उनीहरुको मनसाय बुझे पछि लुगा खोल्न
केटीलाई भित्र कोठामा पठाए । उनको गोप्य अंग स्तननीर हान्नु पर्ने थियो टाटु !
रोजको टाटु हान्न फेरि गाह्रो । धेरै घुमाई खोप्नु पर्ने ।
केही छिन पछि उनी अर्धनग्न भएर आइन । उनिको
बिएफ होस वा हस्बेन्ड । मलाई के को चासो । जिउ छुन परिगो । मैले मेसिन घुमाएं
बिस्तारै खरर । कुत्कुती लागेर उफ्री केटी । उनको बिएफ पछि, मैले नै छुएं उनका
सेता परेवा जस्ता स्तन । न्यानो अनि कडा महसुष भयो ।
केही घण्टामै मैले काम फत्ते गरें र बिल
बनाएर पैसा लिएं । उनीहरु हाँस्दै नारिएर गए ।
केहि बर्ष पछि । एउटी केटी आई मेरो ट्याटु
स्टुडियोमा । नेकलेस टिसर्ट र मिनीस्कर्टको पहिरनमा गजबकि देखेकी थिईन उनि | हाँकी सुन्दरी रेवन चस्मा खोलेर बोल्दा मात्र
चिनें, जसले पहिले रोजको टाटु हानेकि थिइ “दाइ ! मेरो यो रोज मेटाई दिनु ल !” आफ्नो टिसर्टको छोर दुई औलाले मुनी तानी
ट्याटु देखाउंदै भनिन् |
“किन यति महंगो र राम्रो ट्याटु मेटाउने ? ” मैले जिज्ञाषा राखे ।
“मलाई मन पर्न छाड्यो अचेल !”
“त्यसो भए के हान्दिउं त बैनी ? ”
“यसलाई छोप्ने कुनै……! अली राम्रो !! जे भएनि हुन्छ !”
मैले बिचार गरे | यसो-उसो आफ्नो ट्याटु म्यागगिनमा नियाले | यो रोजलाई छोप्ने त बटरफ्लाई मिल्यो । उनी लुगा फेरेर आईन । म सामु वक्षस्थल फर्काएर बसी । मैले टाटो मेसिन घुमाएं ।
“त्यसो भए के हान्दिउं त बैनी ? ”
“यसलाई छोप्ने कुनै……! अली राम्रो !! जे भएनि हुन्छ !”
मैले बिचार गरे | यसो-उसो आफ्नो ट्याटु म्यागगिनमा नियाले | यो रोजलाई छोप्ने त बटरफ्लाई मिल्यो । उनी लुगा फेरेर आईन । म सामु वक्षस्थल फर्काएर बसी । मैले टाटो मेसिन घुमाएं ।
“अनी तपाईको ब्वाई फ्रेन्ड त आउनु भएन त आज ? ” हिड्ने बेला सोधें ।
“ए ! उहाँसंग त मेरो ब्रेकअप उहिले भएको दाइ ! अहिले त म सिंगल ।”
उनी स्कुटी स्टार्ट गरेर हिडी सररर |
“ए ! उहाँसंग त मेरो ब्रेकअप उहिले भएको दाइ ! अहिले त म सिंगल ।”
उनी स्कुटी स्टार्ट गरेर हिडी सररर |
No comments:
Post a Comment