यदि कोरोनाको कहरले मनुष्य जातीको नश्ल नै समाप्त भयो भने के हुन्छ ?
मानव सभ्यताको प्रारम्भ कालदेखि नै मानवले आफूलाई आफ्नो परिवेशमा मात्र सीमित राखेन। प्रकृतिको नियम र प्राकृतिक शक्तीलाई नै नबुझी बृहत् संसारभित्र मानव शक्ती प्रदर्शन गर्न नयाँ-नयाँ बिकासको परिकार रचन थाल्यो। प्रकृतिको नियम हो परिवर्तन र परिमार्जन । यहिँ नबुझी जीवहरुमा श्रेष्ठ मानिने मानवका दिशाहीन, गैर जिम्मेवार र अवैज्ञानिक गतिविधिहरुले अलौकिक गुण सम्पन्न पृथ्वीसँग जोडिएको आकाशमण्डलमा समेत नकारात्मक असर परेको छ । त्यहिँ नकारात्मक असरको परिणाम हो “करोना भाइरस” !
दोश्रो
लकडाउनसंगै बिगत एक वर्षमा कोरोनाको कहरले कतिजनालाई निल्यो ! त्यो डाटा अहिले
हामीसँग छ। दिन प्रतिदिन मृत्युदर बढेसंगै मानव जीवनमा त्रास बढ्नु स्वाभाविक नै
हो ।
समयसँगै
नयाँनयाँ सृजनासंगै बिनासको पनि उद्घाटित हुन्छन्। भविष्यमा प्रमाणित हुनसक्ने सत्यबाट
मानव समाज आज अनभिज्ञ छन । त्यसैले मानव कल्पना गर्छ । भविष्य उन्मुख भएर कथा
रच्छ। यथार्थ भन्दा टाढाको संसारबारे कल्पना गरेर यथार्थको परिवेशभन्दा परका भविष्यमा
यदि कोरोनाको कहरले मानव जातीको नश्ल नै समाप्त
भयो भने के हुन्छ? भन्ने कल्पना स्वरूप मैले केही
लेखेकोछु ।
मानव नभएको पृथ्वीको
पहिलो दिन :
मानव बिनाको पृथ्वीमा
पहिलो दिन बिनाशको दृश्य देखिन्छ । मानव द्वारा बनाईएको हरेक चिज कन्ट्रोल भन्दा
बाहिर हुनेछ । अरुबेला तँछाड्
मछाड् गरेर गुड्ने यातायात, यस पृथ्वीमा
पुरै ठप्प हुन्छ । मानव द्वारा हुने कामहरु सबै बन्द हुन्छ । चारैतिर एकनासे
शुन्यता हुन्छ । तर त्यसलाई महसुस गर्ने मात्र जनावर हुनेछन ।
मानवहरु नहुनाले पृथ्वीबाट
बिजुली बत्ति बिस्तारै-बिस्तारै जानथाल्छ । अनि पृथ्वीमा अन्धकार छाउन थाल्छ । हुन
त सोलार प्लेटसको मद्दतले केहि महिना बिजुली त आउला ! तर केहि महिनापछी त्यो पनि
बन्द हुन्छ र सम्पूर्ण पृथ्वी अँध्यारोमा बिलिन हुन्छ । विजुली नहुनाले संसारको मोबाइल
फोन, टिभी टावर, रेडियो सबै बन्द हुन्छ । ईन्टरनेट सेवा बन्द हुन्छ । पृथ्वीमा
मानव निर्मित रेडीएसन समाप्त हुन्छ ।
मानव नहुनाको कारण
अन्तरिक्षमा रहेको सबै स्याटलाइट अन्तरिक्षमै एक-आपसमा ठोकेर नष्ट हुन्छ । एक वर्ष
भित्र सबै स्याटलाइट नष्ट हुन्छ ।
एक महिनापछी
:
मानव नहुँदाको एक
महिनापछी संसारको सबै नदिहरुमा सफा पानी बग्न थाल्छ । पानीको उपभोग कम भएका कारणले
लुप्त भइसकेको नदी-नाला फेरी जीवन्त भइ बग्न थाल्छन । काठमाडौँमा रहेको लुप्त
हुनलागेको ढुंगे घाराबाट स्वच्छ पानी बग्न थाल्छ ।
प्रकृतिले आफ्नो काम
गर्न सुरु गरीसकेको हुनेछ । पृथ्वीबाट प्रदुषणको स्तर एकदमै तल झर्छ । कुनै पनि
प्रकारको रेडिएसन नहुनाको कारणले जीव र पन्छीको संख्यामा बृदी हुनथाल्छ। हरेक ठाउँमा
रुख बिरुवाहरु फस्टाउन थाल्छन । नव निर्मित धरहरामा बोटहरु उम्रिन थाल्छ । बन्यजीवन एक पटक
फेरी जीवन्त हुन्छ । मानव निर्मित सबै भवनहरुमा जनावर र पशुपंछीहरुले डेरा जमाउन
थाल्छन । अब सम्पूर्ण पृथ्वी हरियो देखिन
थाल्छ । पृथ्वीको चारैतिर हरियाली छाउन थाल्छ र वायु प्रदुषण मुक्त हुन्छ ।
एक वर्षपछी
:
एक वर्षपछी जाडो, गर्मी
र मनसुनको मौसममा अन्तर आउन थाल्छ । समुन्द्र र नदि, नालाहरुमा जल जीवन बृदी हुन थाल्छ
। मानव द्वारा निर्मित हरेक चिजमा प्रकृतिले आफ्नो असर देखाउन सुरु गर्छ । विस्तारै-विस्तारै
घर, बिल्डिंग, पुलहरु नष्ट हुन् सुरु हुन्छ । धरहरामा रुखबिरुवाले आफ्नो अघिकार
जमाएको देखिन थाल्छ । छतबिछत टुक्रिएको धरहरा अब एउटा बिशाल रुखमा परिणत भइसकेको
हुनेछ ।
दश वर्षपछी:
दश वर्षपछी सम्पूर्ण
पृथ्वी अन्तरिक्षमा हरियो रङको देखिन थाल्ने छ । मानवद्वारा काटिएको जंगल एक पटक
फेरी उम्रेर जंगल हरियाली हुनेछ । संकटमा परेको हरेक जंगली प्रजातिहरु फेरी
फस्टाउन थाल्नेछ । पृथ्वीको मौसममा धेरै ठुलो परीवर्तन आईसकेको हुन्छ । नदी-नाला,
लेक, सरोवर फेरी एक पटक पानीले जलमग्न भई भरिन्छ । प्रदुषण समाप्त भएको कारणले रातमा
आकाश एकदमै सफा देखिनेछन् । मौसममा गर्मीको कमी आउन थाल्नेछ ।
पच्चीस
वर्षपछी :
२५ वर्षपछी जति पनि
सडक, गल्लीहरु छन् । त्यो सबै रुखबिरुवाले ढाकीसकेको हुनेछ । यी सब रुखहरुलाई
काट्ने कोहि नहुँदा शहर होस् वा गाउँ बिस्तारै-बिस्तारै सबै घनघोर जंगलमा
परिवर्तित भइसकेको हुनेछन । जनावरहरुको संसार पहिला भन्दा अहिले फल्नेफुल्न थाल्छन
। अनि यिनीहरु जति मनलाग्यो, जहा मनलाग्यो त्यतै जान सक्नेछन ।
पचास
वर्षपछी :
५० वर्षपछी
पृथ्वीलाई चिन्न गाह्रो हुनेछ । हाम्रो पृथ्वी कुनै एलियन प्लानेट भन्दा कम हुने
छैन । पृथ्वीबाट मानवनिर्मित ग्रिनहाउस ग्यासको लगभग खतम भइसकेको हुनेछ ।
प्लास्टिक ब्याग
पूर्णरुपमा डिकमपोज भइसकेको हुनेछ । तर प्लास्टिक बोतलहरु र अरु प्लास्टिकले बनेका बट्टाहरु डिकमपोज हुन् हजारौ वर्ष अझ
लाग्नेछ ।
पुरै संसारमा
समुन्द्रको स्तर एक फिटसम्म बढी सकेको हुनेछ । पृथ्वीमा मानव द्वारा बनाएको सबै
ड्याम फुटेर डुब्नेछ । जसको कारण जुनै पनि नदि-नाला सुख्खा हुनेछैन । फेरी एक पटक
काठमाडौँ उपत्यकामा पानी भरिएर तालमा परिणत हुनेछ ।
सय वर्षपछी
:
१०० वर्षपछी
पृथ्वीको सबै भागमा जंगल धेरै घना भैसकेको हुनेछ । बनजीवनमा सन्तुलन भैसकेको हुनेछ
। पृथ्वीमा हुने सबै मौसमको बदलाव समयमा नै हुन् थाल्छ । मानव जातिको अन्तिम दिनको
तुलनामा जाडो अब धेरै हुन थाल्छ । पृथ्वीमा मानवद्वारा बनाएको केहि चिजहरुलाई
छोडेर बाकि सबैको नाम-निशान मेटिन्छ । तैपनि केहि चिजहरु यस्तो पनि हुन्छन जसलाई
नष्ट हुन् अझै दुई देखि तिन सय वर्षसम्म लाग्नेछ ।
तिन सय वर्षपछी :
३०० वर्षपछी मानव
निर्मित सबै ड्याम, इफिलटावर, अग्लो बिल्डिंग, संरचनाहरु टुक्रिएर पृथ्वी भित्र
दबी सकेको हुनेछ । काठमाडौँ उपत्यका अहिलेसम्म तालमा परिणत भइसकेको हुनाले यहाँका मठ-मन्दिर,
धरहरा, स्वयम्भु, घर र अरु ठुलो र अग्लो स्थानमा रहेको संरचनाहरु जलमा बिलिन
भइसकेको हुनेछ ।
कंक्रिटको जंगल अब हरियो
जंगलले ओगटी सकेको हुनेछ । बिभिन्न पन्छीका प्रजातिहरु फर्केर आउनेछन । यस्तै गरी
जनावरहरुको कयौं नयाँ प्रजातिहरुले जन्म लिईसकेको हुनेछ ।
हामीहरु गैसकेपछि थल
स्थलको जीवहरुलाई मात्र फाइदा नभई जल स्थलका जीवहरुलाई पनि फाइदा हुनेछन ।
पाँच सय
वर्षपछी :
५०० सय वर्षपछी पृथ्वीमा बचेको केहि संरचनाबीच जंगल आइसकेको हुनेछ। र हजारौँ वर्षपछी यस्तो लाग्नेछ, कि पृथ्वीमा कहिलै कुनै मानव जाति नै थिएन । मात्र केहि उनीहरुको ढुंगाको मुर्तिहरु देख्न सकिन्छ । त्यो पनि धेरै जसोलाई वन्य बनस्पतिले घेरिएको हुनेछ । अब, केहि बचेको हुन्छ भने त्यो केवल प्लास्टिक मात्र हुनेछ । जो अब आउने हजारौ वर्षपछी नष्ट हुनेछ ।
प्रकृतिबाट हामीले जे पनि लिएका थियौ । त्यो सबै फेरी प्रकृतिले हामीबाट फिर्ता लिन्छ । पृथ्वीबाट मानव प्रजाती यस्तरी गायब हुन्छ कि मानौ कहिले मानव यस घर्तिमा नै थिएन । यदि केहि हजारौ-लाखौ वर्षपछी पृथ्वीमा मानवले फेरी जन्म लियो भने पनि, उसले थाहा नै पाउदैन । कि, यस पृथ्वीमा कुनै बेला मानवजाति पनि थियो ।
अब प्रश्न उठछ, के
हामि भन्दा पहिला कयौं लाख वर्ष पहिले मानव यस धर्तिमा थियो ? हुन सक्छ ! जे होस्
तर एउटा कुरा भने पक्का छ । आज हामी मानवजातिले पृथ्वीलाई पूर्णरुपमा खत्तम
पारिसकेका छौ । जो हामी विना एक दिन फेरी स्वच्छ र हरियो हुनेछ ।
जे भए पनि, पृथ्वीबाट हामी मानव जातिको पूर्णरुपमा समाप्त हुनु अलि असम्भव छ । तर यदि यस्तो भएन भने? यसको कारण, अब आउने पांच सय वर्षपछी बन्य जन्तु पूर्णरुपमा नष्ट हुनेछ ।
यो पृथ्वी ! हामी मानवको मात्र नभई अरु जिवहरुको पनि हो भन्ने कुरा आज हामीले बुझेनौ भने ! अब आउने केहि वर्षमा उनीहरुको अस्तित्व नै भेताउदैनौ ।
आखिर यत्ति सफलता पाएर मानवले के गर्छ? हामि सबैले यस पृथ्वीलाई सफा स्वच्छ राख्नु पर्छ । ताकि यस पृथ्वीको सबै जीवजन्तुहरु आ-आफ्नो जीवन राम्रोसंग व्यतित गर्न सकुन ।
र प्रकृति, बन्यजन्तु प्रति आफ्नो जिम्मेवारीलाई अवश्य चिनौ र जति हुन सक्छ, त्यति प्रकृतिलाई
कमसेकम नोक्सान पुर्याऔ ।
हजारौ-लाखौ
वर्षपछी :
यत्तिबेलासम्म मानवका
नयाँ प्रजातिले पृथ्वीमा फेरी आफ्नो हैकम जमाउन थालीसकेका हुन्छन ।
यस्तैमा वर्षौपछी
अहिले हामी मानसरोवर घुम्न गएको जस्तै वा भनौ सगरमाथा चढ्न गए जस्तै, कुनै बेला मानवहरु
उपत्यकाको बिशाल ताल हेर्न वा हाकींङ्गको मज्जा लिन आउँदा एउटा सानो हार्डड्राइभ
भेटाउनेछ । जसलाई उनीहरुले अनुसन्धान गर्दा विलियम न्युरोजले लेखेको कविता,
देवीदेवता/सम्पदा-ईतिहासका लेखहरु, चित्रहरु, डिजाईनहरु र कथाहरुको डकुमेन्ट्सहरु फेला
पार्छन । र यहिँ लेख पनि त्यहि हार्डड्राइभमा भेटायो भने प्रिडीक्सन समेत गर्न
सक्ने व्यक्तित्वको दर्जामा विलियम न्युरोजलाई राख्ने छन् होला । यो जोक्स अफ
पार्ट ! ☺☺
#stayhome #staysafe #Lyf_Chha_Awesome
No comments:
Post a Comment