Saturday, June 20, 2020

Dread डायरी- प्रारम्भ.२ (Horror सानो कथा)



Dread डायरीको- प्रारम्भ



घर पुगे, डिजाईनमा कन्टेन चेन्ज गरेर "कमिना जल्लाद"लाई मेल पठाए | मेल सेन्ट भयो | हत्तनपत्त, लपटप बन्द गरेर ड्रेड डायरीभित्र रहेको दुइ पेजको कागजको टुक्रा पल्टाएर हेरे "ओह ! बाकी यसमा लेखेको रहेछ |" उत्सुकताको सिमा रहेन र पढ्न थाले |

                                                     २

त्यहिँ आवाज हो "बिनय मलाई निकाल यहाँबाट | बिनय चाडै | अई ! बिनय |" जसलाई सुनेर म निन्द्राबाट बिउझे | आवाज कहाँबाट आएको हो थम्याउन सकिन | कोठामा कोहि थिएन | यस्तो डरलाग्दो आवाज जीवित ब्यक्तिको त पक्कै पनि हुन सक्दैन | मनमनै विचार गरे |

केहिछिन पछी कोठा बाहिर केहि मानिसहरु कुरा गर्दै गरेको अस्पष्ट आवाज सुनियो | ढोका खोले आवाज बन्द भयो | बाहिर हेरे त्यहाँ कोहि थिएन | सायद मलाई भ्रम भएको होला भन्न ठानेर कोठाको ढोका बन्द गरे | लगतै फेरी मान्छेहरु गाईगुई कुरा गर्दैगरेको आवाज फेरी सुने | ढोका खोले फेरी आवाज बन्द भयो | हेरे बाहिर कोहि देखीन | ढोका बन्द गरे | फेरी मान्छेहरु कुरा गरेको आवाज आयो | ढोका खोले फेरी आवाज बन्द भयो | हेरे बाहिर कोहि थिएन | यो कार्य पटक-पटक दोहोरिरहयो |

यस हईड एण्ड सीक क्रियाकलापबाट डर लागेर मैले रातीनै कोठा चेन्ज गरे कोठा नम्बर एक सुन्य छ बाट कोठा नम्बर एक सुन्य पांचमा आए |

कोठा नम्बर एक सुन्य पांचमा आएर आफ्नो ब्याग साइडमा राखे | ओच्छ्यानमा पल्टेर  ओढ्नको निम्ती ब्ल्यांकेट ताने, ब्ल्यांकेट तान्दा ब्ल्यांकेटको बीचबाट केहि खस्यो | मैले उठेर हेरे, एउटा कार्ड भुइमा खसेको देखे | टिपेर हेरे, ड्राईभीङ्ग लाईसेन्स रहेछ | अनि त्यसमा नाम लेखेको थियो अमित शाक्य | फोटो हेरे, झस्किए | फोटोमा त्यहि ट्याक्सी ड्राइभरको अनुहार छापेको थियो | ट्याक्सी नम्बर ग१ज ६६६ को चालक | जसमा चढेर म यहाँ यस होटेल थर्तिन्थमा आएको थिए |

केहि त गडबड छ यस होटेलमा, मलाई पक्का बिश्वास भयो | मैले सोचे बिहान हुने बित्तिकै यहाँबाट चेक आऊत गर्छु | अनि नचाहँदा नचाहँदै पनि सुत्ने प्रयास गर्न थाले | मलाई निन्द्रा लाग्नै लागेको थियो | मैले फेरी आवाज सुने  "घ्यार्र्र्रर-घ्यार्र्र्रर- बिनय ! बिनय ! बिनय म अमित ! बिनय मलाई निकाल यहाँबाट..बिनय चाडै ....ओई ! बिनय |"

म ओच्छ्यानबाट उठेर आवाजको पिछा गर्न थाले | तर त्यो आवाज मानो मसंग खेली रहेको छ | त्यो आवाजको पिछा गर्दै कोठाको बाँया तर्फ जाँदा, त्यो आवाज दाँया तर्फबाट आउथियो | दाँया तर्फ जाँदा, आवाज बाँया तर्फबाट आउथियो | के भईरहेको छ | मैले केहि सोच विचार गर्न सकीरहेको छैन |

बिहान सम्म त के, अब म यो कोठामा दुई मिनेट पनि बस्न सक्दिन | मैले हद्बदाउन्दै आफ्नो समान प्याक गरे | र कोठाबाट निस्कन ढोका आधी खोलेको मात्र थिए "बिनयययssss !" कोठामा आवाज गर्जियो |

ढोका आफै बन्द भयो साथै बिनयको साँस पनि |

कसैले भित्तालाई कोतरेको "घ्यार्र्र्रर-घ्यार्र्र्रर" आवाज आउंदै थियो | कोठा भित्र कसैले झगडा गर्दै गरेको आवाज पनि आउंदै छ | अनि गिलास फुट्ने र चम्चा फ्याकेको पनि आवाज आउदै छ | बिस्तारै-बिस्तारै ई सब आवाज मिस्सिएर यती चर्को भयो | मैले आफ्नो हातले दुवै कान बन्द गर्नु पर्यो | अनि आँखा चिम्लिएर चिच्याउन्दै कराउन थाले "बन्द गर | बन्द गर यो सब ! अत्ति भयो |"

करिब एक मिनट पछी जब मैले आफ्नो कानबाट हात हटाए | अनि आखाँ खोले, त्यहाँ कुनै आवाज थिएन | बस कोठा भित्र एउटा गजबको चिसो थियो | चिसोले काम्न थाले, टेबलमाथि राखेको ब्ल्यांकेट उठाउन गए | त्यहि नजिकको भित्ताबाट "घ्यार्र्र्रर-घ्यार्र्र्रर" एउटा आवाज आयो | मैले आवाज राम्ररी सुन्न भित्तामा आफ्नो कान जोडे | भित्तामा कान जोडी सकेपछी थाहा पाए | भित्ता चिथोरेको आवाज, भित्ताको अर्को पट्टिबाट नभई | भित्ताको भित्रबाटै आउंदै थियो |

मैले ध्यान दिएर त्यस आवाजलाई सुन्न कोशिस गरे | र सुने, अर्को एउटा भारी घोक्रो आवाज "घ्यार्र्र्रर-घ्यार्र्र्रर, बिनय ! बाह्र वर्ष देखी म यहिँ छु | यो भित्ता मेरो घर हो र अब तिम्रो पनि.... हि हि हि हि"

"गुड मोर्निंग सर, तपाइको चि....! सर, सर, सर !" कोठा नम्बर एक सुन्य पाँचमा वेटर, हातमा चियाको कप समाई भुईमा लडेको मेरो लासलाई घच्घच्याउन्दै छ |

तर म भित्ता भि..."घ्यार्र्र्रर-घ्यार्र्र्रर"
समाप्त
-विलीयम न्युरोज ©  २०७७ बि.सं.

Friday, June 19, 2020

डेलिभरी ब्वाई (Horror सानो कथा) Episode -6


डेलिभरी ब्वाई


नीता सुत्न जानै लागेकी थिईन | त्यहि बेला डोर बेल बज्यो | “टिंग टोंग”
गर्मीको मौसम थियो | दिउसोको समयमा पक्कै स्नेहा नै होली, अनीताले अडकल काटी |
“अब आउने बित्तिकै फ्रिजबाट कोक झिक्दै, -तेरो कवाडी फ्रिजमा जाबो कोक पनि चिसो हुँदैन” भनेर कराउछे |” यहिँ सोच्दै अनीताले ढोका खोलिन | ढोका खोल्ने बित्तिकै उसले देख्यो, हातमा खानाको तिनवटा प्याकेट लिएर एउटा केटा ठिंग उभिएको |

अनीताले दुई घण्टा अगावै लन्च अर्डर गरेकी थिइन् | उसले खाना खाएको पनि करिब एक घण्टा भन्दा बडी भईसकेको थियो | अचम्म मान्दै, अनीताले त्यो डेलिभरी ब्वाईलाइ “खाना त मैले दुई घण्टा पहिले अर्डर गरेकी थिए | तिमीले नै खाना डेलिभरी गरेको थियौ | फेरी किन ल्यायौ? मैले त अर्को अर्डर गरिकी छैन त !” भनिन् |

यो सुनेर केटाले मुस्कुराउन्दै जवाफ दियो, “होइन म्याडम ! म त अहिले भर्खर आ'को, तपाईको लन्च लिएर | अनि यो तपाई कै अर्डर हो |”

त्यो केटाले झुठ किन बोल्दैछ ? अनीताले बुझ्न सकेन | डेलिभरी ब्वाईले झुठ बोलेको देखेर अनीतालाई रिस उठ्यो | दुईजना बीच घमासान बहस चल्यो | अन्तमा “यदि तिमी यहाँबाट गएनै भने फुडमान्दुमा फोन गरेर कमप्लेन गरिदिन्छु |” भन्दै अनीताले रिसले मुर्मुरिएर उसको मुखैमा ढोका बन्द गरिदिई | ढोका बन्द गर्नु भन्दा पहिला डेलिभरी ब्वाईको सर्टमा नाम हेरी सकेकी थिईन अनीताले | “रमेश” नामको ब्याच लगाएको थियो डेलिभरी ब्वाईले |

अनीता ढोका बन्द गरेर भित्र जानै लागेकी थिईन | त्यहि बेला खै उसले के सोच्यो ! एकपल्ट फर्केर ढोकाको आई होलबाट बाहिर हेर्यो | रमेश अहिले पनि त्यहि ढोका बाहिरै उभिएको देख्यो | उसको त्यस्तो व्यवहार देखेर अनीतालाई रिस उठ्यो | उ रिसले, “कस्तो नटेर्ने खाले मान्छे रैछ” मुर्मुरियो | एकैछिन पछी एक नजर फेरी आई होलबाट बाहिर हेर्यो | रमेश अझै पनि त्यहि उभिएकै थियो | अनीता रिसले रातो पिरो भइन | उसलाई त्यो केटालाई पिट्न मनलाग्यो | अनीतालाइ त्यसै पनि सानोतिनो कुरामा धेरै रिस उठ्ने उसको स्वाभाव थियो |

रिसले मुर्मुरिएर ढोका खोलेर “कस्तो नटेर्ने रैछ, मैले भनेनी खाना.....!” भन्दै थिइ | आफ्नो वाक्य पुरा गर्न नपाई अनीता चुपलाग्यो | उनको आँखा दायाँ-बायाँ चल्बलाउन थाल्यो | तर ढोका बाहिर उनले कोही देखिईनन् | सायद त्यो डेलिभरी ब्याई कहिँ लुकी रहेको होला भनी अनीता ढोकाभन्दा अलि बाहिर निस्ककेर हेर्यो | तर पनि त्यो केटा उसलाई कहि पनि देखा परेन | अनीता ढोकाभन्दा बाहिर उभिएर यताउता हेर्दै थिइन् | त्यहि बेला अचानक उसको फ्ल्याट भित्रबाट एउटा आवाज आयो | “हेलो म्याडम...!, दुई हजार, दुई सय, पचास रुपिया भयो | खाना को !”

अनीताले फर्केर ढोकाबाट भित्र हेर्यो | तर भित्र कोठामा कोही देखेन | डर, रिस र नर्भस अनीतालाई एकैसाथ महसुस भयो | उसले डराउँदै घरको ढोका बन्द गरेर मुनी सेक्युरिटी गार्डको कोठा तिर दौडीईन |

“को-को आएको थियो मेरो फ्ल्याटमा ?” सेक्युरिटीलाइ सोधीन |
“डेढ दुई घण्टा पहिला एउटा डेलिभरी ब्वाई खाना लिएर आएको थियो | अरु त कोही पनि आएको छैन |” सेक्युरिटी गार्डले सहजै उत्तर दियो |

सेक्युरिटी गार्डको कुरा अनीतालाई पट्यार लागेन र सिसि टिभी फुटेज हेर्न मागिन | फुटेज हेरेर अनीतालाई यहाँ शिफ्त हुनुमानै पच्यताप हुन थाल्यो | किनभने सिसि टिभी फुटेजमा पहिलो फ्रेममा एउटा केटा आएर खाना दिएर गएको देखियो | दोश्रो फ्रेममा अनीताले ढोका खोल्यो | बहस गर्दै गरेको पनि देखियो तर अनीता बाहेक अरु त्यहाँ कोही देखेन | त्यसो भए अनीता हावामा कोसंग कुरा गर्दै थिइन् ?

अनीता तुरुन्त फूडमान्दुले डेलिभरी लिएको रेस्टुरेन्टमा गयो | जहाँबाट उसले खाना अर्डर गरेकी थिइन् | केहि छिन् सम्म त्यहाँ बहस चल्यो | रेस्टुरेन्टको मेनेजरले पटक-पटक आफ्नो वाक्य दोहोरायो “रमेश गएकै थिएन तपाइको घर खाना लिएर” | तर अनीता मान्न तैयार नै भईनन् | रेस्टुरेन्टको साहुले कुरा बिग्रिन्दै गरेको देखेर रेस्टुरेन्टको बदनामी हुने डरले अनीतालाइ भित्र आफ्नो क्याबिनमा बसाएर एउटा रेजिस्टर झिकेर सारा रेकर्ड्स देखायो | अनि अनीतालाई सम्झाउन्दै “रमेशको केहि महिना पहिले एउटा रोड एक्सिडेन्टमा उसको मृत्यु भइसकेकोछ, सो उ आज त्यहाँ आएको हुनै सक्दैन |” भन्यो |

अनीतालाई यो कुरा मान्न साह्रै गाह्रो भयो | उसले ब्याचमा रमेश नाम पनि प्रस्टै देखेकी थिइन | तर उसले आफ्नो बिल्डिंगको पनि सिसीटिभी फुटेज हेरेकी थिइन | बिश्वास गर्नु सिवाए अरु कुनै बाटो देखिनन् |

उसले फर्केर एक्लै त्यो घर नजानु नै राम्रो सोच्यो | स्नेहा उसकी साथी थिइ | उसलाई फोन गरेर बाटोमै भेट्न बोलायो | स्नेहालाई बाटोमा भेटेर सारा कुरा भनिन | स्नेहाले अनीताको वर्कलोड र घर शिफ्त गरेर भएको स्ट्रेसको कारण थकानले गर्दा भएको हुनसक्ने सम्झायो “अहिले गएर आराम गरिस भने सबै ठिक हुन्छ | ल हिड तेरो घर जाम |”

दुवै अनीताको फ्ल्याटमा पुग्यो | उनिहरु कुरा गर्दा-गर्दै रात पर्यो | धेरै राती भइसकेपछी सोच्यो अब सुत्नु पर्छ | बिहान उठेर फेरी अफिस पनि जानु थियो दुवैलाई |

आँखा चिम्लने बित्तिकै “टिंग-टोंग- टिंग-टोंग” डोर बेल बज्यो | अनीता ढोका खोल्न उठयो | स्नेहले ओच्छ्यानबाट उठ्दै भन्यो, “यति सब भइसकेपछी ढोका खोल्न एक्लै नजा |”

अनीता सङसंगै दुई पाइला पछाडी नै हिड्दै थिइ स्नेहा पनि | डराई-डराई अनीताले कापदै गरेको हातले ढोका खोल्यो | ढोका खोल्ने बित्तिकै अर्को एउटी स्नेहा ढोका अगाडी उभिएकी देखिन | अनीता छक्क पर्दै हेर्दै थिइन ओठबाट केहि शब्द निस्कन खोज्दै थियो तर निस्केन | ढोकामा उभिएकी स्नेहाले झर्किंदै “यार म कति बेर वेट गरि बसे, तँ त आइनस ! तैले मलाई पिकअप गर्छु भनेकी थिइस | फोन कहाँ छ तेरो हा ?” भनिन |

त्यसपछी अनीताले फर्केर पछाडी हेर्न पनि जरुरि थानिनन् | तुरुन्तै ढोका बेस्कन बन्द गरेर अनीताले स्नेहाको हात समातेर तान्दै मुनी दौडियो | स्नेहा सोध्दै थिइन् “आखिर भयो के तँलाई?, हामी किन यसरी भाग्दै छौ ?, कहाँ लादै छस ?”

सेक्युरिटी गार्ड कहाँ पुगेर अनीताले भन्यो “आज म स्नेहा कै घरमा बस्छु | मेरो घरको ध्यान राख्नु |” अनीताले स्नेहालाई लिएर मेन रोडमा पुग्यो |

ट्याक्सी पर्खिंदै दुवै रोड मै उभिएकी थिइन् | धेरै अँध्यारो भइसकेको थियो | रात पनि छिप्पिंदै जाँदै थियो | एउटा ट्याक्सी परबाट आउदै गरेको देख्यो | दुबैले ट्याक्सी रोक्न हात हल्लायो तर ट्याक्सी रोकेन | जब, ट्याक्सी तिनीहरुको नजिकबाट पास हुँदै थियो,अनीताले देख्यो, पछाडीको सिटमा बसेको ब्यक्तिले आफ्नो टाउको ट्याक्सीको झ्यालबाट बाहिर निकालेर अनीतालाइ घुरेर हेर्दै, अनी मुस्कुराउन्दै गएको |

त्यो ब्यक्ति अरुकोही नभई रमेश थियो | अनीता अचम्ममा परि आँखा ठुल-ठुलो पार्दै हेर्दै स्नेहालाई भन्न त खोज्दै थिइन् तर उसको कण्ठबाट आवाज निस्के पो | डर र त्रासको मिश्रणले उनको स्वर निसकेन | अर्को एउटा ट्याक्सी आउदै गरेको देख्यो | त्यहि बेला स्नेहाले ट्याक्सी रोकिन | दुवै त्यस ट्याक्सीभित्र बस्यो | अनीताको हालत एकदमै खराब हुँदै थियो | टोलाउन्दै सोच्न थाली | के भइरहेको छ उनले बुझ्न खोजिन तर सकेन | उनी वास्तविक र भ्रमको भुमरीमा हराउंदै थिईन | उसलाई थाकेको महसुस हुनथाल्यो | उ अब आराम गर्न चाहन्थीइ | स्नेहाको कुममा आफ्नो टाउको अढेस लगाएर आँखा चिम्लेको मात्र के थियो | नजिक आउंदै गरेको अर्को गाडीको चर्को हर्नको आवाज उसको कानमा ठोकियो | ट्याक्सी जसो-जसो स्नेहाको बिल्डिंग नजिक पुग्दै थियो | एउटा अर्को ट्याक्सीको आवाज नजिक हुँदै गयो |

ट्याक्सी बिल्डिंग नजिकै रोकियो | ठिक बिस मिटरको दुरीमा अर्को ट्याक्सी पनि रोकियो | ट्याक्सीलाई पैसा दिएपछी अनीताले आफुलाई रोक्न सकिनन् | उ त्यो अर्को ट्याक्सी निर गएर कराउन थालिन “आखिर तँ के चाहन्छस् ? मेरो पछी-पछी किन लाग्दैछस् हाँ...? किन मलाई यसरि हैरान पार्दैछस् ?”

त्यो ट्याक्सी ड्राइभर केहि बोल्न सकेन | मात्र टोलाई रहयो | त्यहि बेला आफु बसेको ट्याक्सीबाट आवाज आयो “हेलो म्याडम...! आफ्नो पैसा त फिर्ता लिएर जानुस |” रमेशको यो डरलाग्दो अनि भारि आवाज अनीताले सुनसान वातावरणमा त के ! कोलाहलमा पनि पहिचान गर्न सक्थिई | “हेलो म्याडम !” भन्ने शब्द उसलाई डरलाग्दो र शब्दमै आलो रगत बग्दै गरेको जस्तो महसुस भयो |

अनीताले फर्केर हेर्यो | आफु चढेको ट्याक्सीको, ड्राइभीङ्ग सिटको ढोकामा रमेश उभिएर मुस्कुराउन्दै पैसा उ तर्फ तेर्साउन्दै थियो | यो देखेर अनीता पसिनै पसिनाले निथ्रुक्कै भीजेर निन्द्राबाट अतालिदै बिउझिन | डराएर उसले साँस लामो-लामो तान्न थाल्यो | मुटुपनि जोड-जोडले धड्की रहेको थियो उसको | निघारको पसिना पुछ्यो | एक गिलास पानी पियो | आफ्नो दाँया-बायाँ नियालेर हेर्यो | अनि बल्ल उसले लामो साँस तान्यो | मुटुको धड्कन आफ्नै रफ्तारमा फेरी चलन थाल्यो |

“थ्यांक गड ! मैले जे देखे त्यो सब सपना रहेछ |” सुस्तरी फुसफुसायो | उ त अहिले आफ्नो घर नारायणघाटमै थिइन | काठमाडौँ त उसलाई भोलि मात्र जानु थियो | आफ्नो नँया फ्ल्याटको फोटो हेर्दाहेर्दै सुतेकी थिइ उ | पहिलो पल्ट आफ्नो घर भन्दा टाढा एक्लै बस्न जाँदै थिईन | सायद त्यसैले उसलाई यस्तो सपना आएको थियो |

अर्को दिन काठमाडौँ जान बस पर्खियो | बस अलि लेट थियो | काठमाडौँ पुग्दा-पुग्दै अबेर रात भइसकेको थियो | उसले ट्याक्सी रोक्यो | ट्याक्सी ड्राइभरसंग भाडा मोलमोलाई गरेर कुरा मिलेपछी चढी |

तर अचम्मको कुरा जुन बाटो उ सपनामा आफ्नो साथी स्नेहाको घर गईकी थिइन् | त्यहि बाटो हुँदै ट्याक्सी ड्राइभरले उसलाई लिएर जाँदै थियो | उ आफ्नो फ्ल्याटको गेटमा पुग्यो |  गेट अगाडी पुग्दा झसङ्ग भईन | गेटमा त्यहि सेकुरिटी गार्डको ड्रेसमा उही मान्छे थियो | जसलाई उनले आफ्नो एक रात अघीको सपनामा देखेकी थिईन | अनीतालाई लाग्यो अहिले पनि उ सपना नै हेर्दै छिन | चारै तिर नजर दौडायो | “गुड इभिनिंग म्याडम” सेक्युरिटी गार्डले नजिकै आएर भन्यो | अनीता झन् आतीइन् | एक नजर फेरी सेक्युरिटी गार्ड माथी दौडायो | सेक्युरिटी गार्डको गुलाबी गिजाको मुस्कान यथावतनै थियो | उसको “गुड इभिनिंग म्याडम” भन्ने शब्द पनि उसलाई आलो रगत बग्दै गरेको भारि आवाज “हेलो म्याडम !” जस्तै लाग्यो | उ झन् अतालिईन् | र दौडेर भर्याङ्ग उक्लिन थालिन |

“यो सपना होइन- यो सपना होइन- यो सपना होइन” मनमनै कुनै मन्त्र जस्तो दोहोराईन | आफुलाई सम्भाल्दै उ आफ्नो फ्ल्याटमा पुगिन | उसले केहि पल वास्तविकता र सपनाको बीचको दुरी पार गर्न खोज्यो तर .... के साँचो हो र के छल ? बुझ्न सकिनन् | केहि छिनपछी घरमा सानो तिनो चिजहरु सजाउन सुरु गरिन | तर जस्तो उसले आफ्नो सपनामा फ्ल्याटलाई देखेकी थिइ | त्यसको ठिक बिपरित जानी-जानी सजाईन |

काम गर्दा गर्दै उसलाई हल्का निन्द्रा आउन थाल्यो | अनि प्याकर्सलाई आउन पनि केहि घण्टा बाकी थियो | उसले सोच्यो, “केहि बेर आराम गरे भने अलि रिल्याक्स फील गर्छु |” यात्राले थाकेकी पनि थिइ, करिब दुई घण्टा नै सुतेकी होली अनीता, जब उसको आँखा खुल्यो | उसको नजर आफ्नो कोठाभरि दौडियो | उसले देखेको दृश्यले उसलाई सत्य र झुठ माथी बिश्वास गर्न नै गाह्रो भयो | किनकी उसको कोठा त्यस्तै सजिएको देख्यो जस्तो उसले आफ्नो सपनामा देखेकी थिईन | पुर्व तिर राखेको घडी, सपनामा जस्तै उत्तर तिरको भित्तामा झुन्डिएको थियो | अरु थुप्रै समानहरु पनि सपनामा देखेको जस्तै ठाउँमा नै थियो |

अनीता बिउझिन चाहान्थिइन | उसले सोच्दै थिइ,की उसले सपना नै देख्दै छिन | फर्निस्ट फ्ल्याट थियो | फिर्जबाट चिसो पानीको बोतल निकालेर पुरै पानी आफ्नो टाउको माथी खन्यायो | तर पनि उसको निन्द्रा खुलेन | उ सुतेकै थिईनन | जे देख्दै थिइ, त्यो सब बिपना नै थियो | यो सब वास्तबमै उ सामु घटीरहेको थियो | त्यहि बेला उसको फोन बज्यो “ट्रीरियु- ट्रीरियु” | चेक गर्यो एउटा मेसेज रहेछ | मेसेजमा लेखिएको थियो “तपाईको समान डेलिभरी गर्न हाम्रो एकस्क्युतिभ रमेश केहि छिन मै तपाईको घर पुगनेछ | थ्यांक यु !”

अनीताले तुरुन्त आफ्नो फोन अफ गरेर करेन्ट लागेझैँ गरि फोनलाई ओछ्यान माथी फ्याक्यो | अनीता जमिनमा बसी अहिलेसम्म घटेको सारा घटनाबारे सोच्दै थिइन् | त्यहि बेला उसले स्विच अफ गरेको फोन फेरी जोर-जोरले बज्न थाल्यो “ट्रीरियु- ट्रीरियु” |

डराई- डराई उसले फोन उठायो | फोनबाट आवाज आयो “हेलो म्याडम...! रमेशको नामबाट मेसेज आएको होला तपाईलाइ | तर उ वर्षातको कारणले बाटोमै अड्केको छ | उ आउन सक्दैन | मेरो नाम अजय हो | म तपाइको सबै समान लिएर आएको छु | बिल्डिंगको मुनी नै उभिएको छु |”

अनीता ! यो आवाजलाई कसरी भुल्न सक्थियो र ? यो आवाजले अनीतालाई अघिल्लो दुईदिन मै डरको सहि मतलब सम्झाई सकेको थियो | त्यसलाई भुल्न त्यति सहज थिएन | अनीता आफ्नो सेफ्टीको लागी कोठा वरीपरि हतियार खोज्न थालिन, ठिक त्यहि बेला उसको इन्टरकम बज्यो | “ट्रीरिङ्ग- ट्रीरिङ्ग- ट्रीरिङ्ग”

अनीताले फोन उठायो | सेकुरिटीले फोन गरेको रैछ “बहिनी ! कोई अजय नामको मान्छे हजुरको सामान लिएर आएको छ |”
अनीता एकदम अतालिंदै बोलिन “जेसुकै होस् उसलाई त्यहि रोकेर राख्नु | म आफै आएर हेर्छु |”

उसले सोच्यो चारजना वरिपरी भयो भने डर भाग्नेछ तर अनीतालाई के थाहा त्यो चारजना मान्छेसम्म पुग्नु नै असली लडाई लड्नु थियो | मुनी जान ढोका खोल्यो |

ढोका खोल्ने बित्तिकै अनीता ढुंगाको मूर्ति जस्तै भइन | डरले हलचल गर्न सकेन | उसको आँखा अगाडी ढोकामा रमेश मुस्कुराउन्दै उभिएको थियो |

रमेशले कुटिल मुस्कान छर्दै भन्यो “हेलो म्याडम..! के भयो ? आज एउटा पनि फोन गर्नु भएन तपाइले? हुम्म? तिन महिना पहिला तपाई यहाँ आउनु भएको बेला | खाना छिटो पुर्याउ- छिटो पुर्याउ भनेर फोनमा फोन-फोनमा फोन गर्दै हुनुहुन्थियो | तर आज यती महँगो सामानको पर्वाह नै छैन तपाईलाई ?”
अनीताले आफुलाइ सम्भाल्दै एकै झट्कामा ढोकालाई बेस्सरी बन्द गरिन | त्यहि बेला उसलाई केहि सम्झना आयो |

तिन महिना पहिला...,
जब उ काठमाडौँको एउटा एड एजेन्सीमा इन्टर्न गर्दै थिइन | कामको धेरै चाप भएकोले काम नसकाइ कोठा जान नसकिने स्थिती भयो | रात अबेर भइसकेकोले भोक पनि तिब्र लागीरहेको थियो | उसले फुडमान्दुको एड केहि हफ्ता पहिलै बनाएकी थिइन् | उसले सम्झिन र फुडमान्दुको वेबसाइटमा गएर खाना अर्डर गरिन | अर्डर गरेको एकछिन मै एउटा रेस्टुरेन्टबाट कन्फरमेसन कल आयो र बिस मिनेटमै डेलिभरी गरिदिने पक्का गर्यो |

खाना आउँन अलि ढिला हुँदै थियो | भोक पनि एकदमै लागी रहेकोथियो | बाहिर गएर केहि खाउ भने बाहिर वर्षात हुँदै थियो | भोकले छतपताएर रेस्टुरेन्टमा फोन गरि अनीताले डेलिभरी ब्वाईको नम्बर लिएर उसलाइ पनि फोन गर्यो | डेलिभरी ब्वाई बाटोमा उसैको डेलिभरी लिएर आउदै थियो | फोन उठाएर उसले भन्यो “हेलो म्याडम ! अचानक वर्षात शुरु भयो | बाटो अलि क्लिएर छैन | म करिब बिस मिनेट भित्र पुग्छु होला |”

तर अनीताले झर्किंदै “बिस मिनेट धेरै भयो | तिम्रो बिस मिनेट अघि नै पासआउट भइसक्यो | यहाँ मान्छेलाई भोकले मार्न लागीसक्यो | पाँच मिनेट मै डेलिभरी गरि देउ नत्र म पैसा पे गर्दिन |” भनिन |

अनीताले झर्किंदै “पैसा पे गर्दिन” भनेको कुराबाट त्रसित भएर उसले सोच्यो | मेन रोडबाट निस्किएर गल्लीबाट गए भने चाडै पुग्नेछु |

डेलिभरी नगरी फर्कियो वा डेलिभरी गरेर पनि क्लाइन्तले पैसा दिएन भने साहुले तलबबाट पैसा काट्छ | यो खानाको पैसा उसलाई डेलिभरीबाट पाउने पैसा भन्दा धेरै थियो |

उ पुग्थियो पनि तर अनीता बारमबार फोन गर्दै थिइन र बाईक चलाउंदा चलाऊदै कुरा गर्दै गर्दा उसको घ्यान बाँडयो | गल्लीको एउटा मोडमा बिपरित दिसाबाट आउंदै गरेको गाडी उसले देखेन र उसको एक्सिडेन्ट भयो | “ढ्याम-आम्....” डेलिभरी ब्वाईको घटना स्थल मै मृत्यु भयो | डेलिभरी ब्वाईको शरीरबाट रगत बग्दै वर्षातको पानीसंग मिसिएर रातो हुँदै बग्न थाल्यो |

अनीतालाइ अहिले आफ्नो गल्ती महसुस भइरहेको थियो | उनले स्नेहालाई फोन गरिन | स्नेहाले फोन उठाईन तर बाहिर भइरहेको वर्षातको कारण सिग्नलको खराबीले कुरा बुझीनन् | आफ्नो बार्दलीमा गएर अनीताले स्नेहालाई सबै कुरा भनिदिई | वर्षातले पानीको छिट्टा बार्दलीमा छरिन्दै थियो | यसै बीच उसको घरको डोर बेल बारमबार लगातार बज्न थाल्यो | “टिंग-टोंग-टिंग टोंग- टिंग टोंग- टिंग टोंग टिंग टोंग- टिंग टोंग”

अल्मलिन्दै अनीता ढोकामा हेर्न फर्किन | त्यहि बेला उसको खुट्टा बार्दलीमा चिप्लियो | अनि फोन मै स्नेहाले सुनिन “आsssह” अनीताको चीत्कार |

करिब दुई घण्टा पछी स्नेहाले पुलिस लिएर त्यहाँ आईन | हेर्यो फ्ल्याट भित्र, बार्दलीमा अनीता लडी रहेकी छिन | पुलिस गएर नाडी छामेर भन्यो, “सी इज नो मोर |”

वर्षात अचानक रोकयो | अनीताको लासबाट बग्दै गरेको रगत, वर्षातको पानीसंग मिसिएर बग्दै थियो | अनि हातले समातेको मोबाइलमा अन्तिम मेसेज थियो “योर प्याकेजेस ह्याज बिन डेलिभर्ड”

समाप्त
-विलीयम न्युरोज ©  २०७७ बि.सं.

Monday, June 15, 2020

Dread डायरी- प्रारम्भ (Horror सानो कथा)


"स्विट चाइल्ड ओ माईन, उ उ, स्विट लभ अफ माईन"
मोबाईलको रिङ्गटोन बजिरहेको थियो | निन्द्रा खुल्यो | सिरानी मुनिको मोबाईल निकालेर स्क्रिनमा हेरे | रिसिभ गर्न लाग्दा कल काटियो | रमेशको मीसकल रहेछ | उठेर केहिबेर बेडमै बसे | बेडबाट उठेर झ्यालका पर्दा पन्छ्याए | उदाउँदो घाम देखियो | फेरी रिङ्गटोन बज्यो | मोबाईल हेरे स्क्रिनमा रमेशकै नाम थियो |

मैले फोन उठाए "हेलो ! सरी यार उठन लेट भयो |"
"मुजी ! अहिले सम्म उठेको छैनस ?" रमेश फोनमै गर्जियो | फेरी बोल्यो "हामी यहाँ तलाई राइड जान पर्खी रहेका छौ | तँ भने.. जहिलै त्यस्तै ! लेट लतिफ !"
"सरी यार ! हिजो अबेर रात सम्म अफिसको काम गर्नु पर्यो | तिमीहरु जा न, आई विल क्याच यु गाईज लेटर |"
"ल,ल तँ सुट ! हामी गए |"
"कहाँ सुट मुला, उठी सके अब | तिमीहरु जाँदै गर, म आउछु |"
"ओके छ त ! तँ आउंदै गर्लास | हामी जाँदै गर्छु | त्यहि चिया पसलमा भे....|" कुरा पुरा नसुनी मैले कल काटे | तर मैले उसको अन्तीम शब्द "भेट" भनेको हो भनेर बुझीसकेको थिए | घडीले छ बजाई सकेको थियो | एकछिन शरीर तन्काए | एक खिल्ली चुरोट लिएर ट्वाईलेट छिरे | चुरोटको धुँवासंगै प्रेसर बन्यो |

फ्रेस भएर निस्किए | किचेनमा गए चिया बसाले | साइकलको वाटर बोटल पखालेर पानी भरे अनि एक टुक्रा कागती काटेर निचोरेर रस पानीमा मिसाए | चिया पिउंदै साइकीलिङ्ग ड्रेस लगाए |

चिया सकाएर साइकल निकाली हिडे, मोर्निंग राइडमा | बिष्णुदेवी मन्दिर सम्म पुग्दा भान भयो | आज त साँचीकै लेट भएछु | मोर्निंग वाकमा गएका सबै चोभारबाट फर्किंदै छन् | सबैले मलाई तुवाल्ल हेर्दै मुसुमुसु हास्दै जाँदै छन् | सायद मनमनै भन्दै पनि होला "अल्छी, हामी कहाँ पहाड चढेर फर्कीसके तँ भने भर्खर...!" तर तिनीहरुलाई के थाहा, म तिनीहरु भन्दा बडी समय काम गर्छु र कम सुत्छु |

आज म चोभार माथी आदिनाथ मन्दिरसम्म गईन | साइकल चलाउनै सकिन | आँखामा अझै हिजोको निन्द्रा बाकि नै छ | "राम्रोसंग सुत्न पाएको भए पो शरीरमा इनर्जी आउछ त, भयो आज म सिधै मन्जुश्री पार्क जान्छु उनिहरु त्यहिको चिया पसलमै आउने त हो | बरु चाडै पुगेर उल्टो उनीहरुलाई चकित पार्छु | "

म मन्जुश्री पार्क गए | त्यहाँ पुगेर हेरे कोही देखिन | अनि पसल नजिक गएर चिया दिदीलाई सोधे "गुडमोर्निंग दिदी ! खोइ हाम्रो साइकल पार्टीहरु आएनन् र अहिले सम्म ?"
"किन नआउनु भाई ! वहाहरु यहाँ आएर पनि फर्कीसके, बरु तपाईले पिउंदै नपिएको दुइ कप चियाको पैसा पनि तिरेर गए | बस्नुस म तपाइको चिया लिएर आउछु |" यति भनि चिया दिदी मुसुमुसु हास्दै चिया बनाउन व्यस्त हुनुभयो |

मन्जुश्रीको बिशाल मूर्ति बनाउन तरखर गर्दै छन्, यता उती खाल्टो खन्दै छन् | थाहा छैन के-के मात्र बनाउन लाग्दै छन्, चोभार नगरपालिकाले | हेर्दा त ठुलै प्रोजेक्ट जस्तो छ | म कुनाको भिर निरको मुडामा गएर बसे | भिरबाट मुनी देखिने खाल्टो तिर हेर्दै थिए | मैले करिब दुई फिट मुनि एउटा खैरो छालाले बनेको सानो ब्याग जस्तो केहि देखे | नियालेर हेरे | खैरो छालाको ब्याग जस्तो चिजलाई खैरो छालाकै डोरीले बाँधेको छ | तर केहो अझै यकिन गर्न सकिन | मैले अझै नियालेर हेरे | ब्याग जस्तो पनि लागेन |

म त्यहाँ जाने बाटो हेर्न थाले | एउटा अफ्ठेरो बाटो देखे तर जान आट गरिन | पसल नजिक गाडेको बाँसलाई समातेर शरीरलाई तन्काई त्यो छालाको चिजसम्म हात पुर्याए र बल्लतल्ल हातपारे | धुलो तक्तकाएर हेरे त्यो त एउटा पुरानो डायरी रहेछ | हेर्दै एन्तिक जस्तो देखिने, मैले यस्तो डायरी "लस्ट सिटी जेड" फिल्ममा देखेको थिए | जसमा हिरोले आफुले डिस्कभर गरेको नोट्सहरु लेख्ने गर्थियो |

"के छ यसमा ?" आफैलाई प्रश्न गर्दै डायरीमा बाँधेको डोरी फुस्काउन थाले | त्यतिकैमा चिया पनि आयो | चिया त्यहिको सानो टेबल माथि राखेर दिदी जानु भयो | मैले डायरी खोले | सररर पानाहरु पल्टाए | यसमा त कसैको दैनिकी वा घटनाहरु बारे लेखिएको रहेछ |

म चियाको चुस्की लिंदै पढ्न थाले | पहिलो पाना पल्टाए, ठुलो अक्षरले लेखिएको थियो......!!!

ड्रेड डायरी


प्रारम्भ

मृत्यु पछीको जीवन, अहिलेसम्म एक रहस्य बनेको छ | एक यस्तो रहस्य जसलाई बिज्ञानले पनि आज सम्म कुनै किसिमको टिप्पणी दिन कोशिस समेत गरेको छैन | के हुन्छ मृत्यु पछी ? हाम्रो यस पवित्र शरीर खरानीमा त परिवर्तन हुन्छ तर आत्माको स्वरूपमा त्यो हावामा त्यसै कहाँ बिलिन हुन्छ ? आत्माको अस्तीत्व अवस्य हुन्छ | अन्यथा मुक्ती नामक चिजको उत्पत्ति सायद हुँदैन थियो होला |

म यहाँ पोखरामा घुम्न आए | तर पिक सिजनको कारणले गर्दा मलाई कुनै पनि होटेलमा कोठा पाएन | म टोलाउन्दै लेकसाईडमा हिड्दै एउटा बेन्च माथी बसे | निरास थिए | साँझ पनि छिप्पिन्दै जाँदै थियो | बेन्चमा ब्याग राखे र चुरोटको बट्टाबाट एक खिल्ली चुरोट झिकेर ओठमा च्यापे | पाइन्टको गोजीबाट जिप्पो बालि चुरोट सल्काए | एउटा लामो सर्को तानेर "अब कहाँ रात बिताउने ?" सोच्दै थिए | चिन्ता मेरो अनुहारको रेखामा झल्कियो सायद नजिकको ट्याक्सी ड्राइभरले भन्यो "सर तपाईलाई रूम पाएन हो ? अहिले सिजनमा यहाँ यस्तै हुन्छ | बरु, तपाई यहाँबाट दस किलोमिटर मुनी बेगनास तालमा जानुस त्यहाँ तपाईलाई लज डेफिनेतली पाउनेछ | बरु मै पुर्याई दिउकि ?"

ट्याक्सी ड्राइभरको कुरा सुनेर मेरो हर्सको सिमा रहेन | मैले आधी बचेको चुरोटको ठुत्तो त्यहि फ्याकेर "हुन्छ भईहाल्छ नि | जाउ हिडौ ! मलाई त्यहि पुर्याई दिनुस |" भनेर ट्याक्सी भित्र बस्न जाँदा नम्बर प्लेट देखे "ग१ज ६६६" मलाई अलि अनौंठो लाग्यो | म ट्याक्सीमा बसे |  ट्याक्सी स्टार्ट भयो | पार्किंगबाट ट्याक्सी घुमाएर रोडमा ल्यायो |

मैले डाइभरलाई सोधे "ट्याक्सीको नम्बर प्लेटमा चारवटा अंक हुनु पर्ने होइन र दाई?" ट्याक्सी पिच रोडमा दौडीन्दै थियो |
"चारवटै नम्बर हुनु पर्छ भन्ने पनि छैन सर | कसैको दुईवटा मात्र पनि हुन्छ | यो पुरानै नम्बर हो | ट्याक्सीको नयाँ नम्बर लिन पाउंदैन | हामीले नम्बर किन्नु पर्छ |" ट्याक्सी चलाउँदै ड्राइभरले भन्यो |
"अनि यो ६६६ तिन वटा ६ नै किन ?"
"नम्बरको के छ र सर, ६६६ अनि ५५५, जे पाउँछ त्यहि किन्नु पर्छ नत्र अरुले लिन्छ |"
"ए ! " मैले यती मात्र भने | यो तिनवटा ६ नम्बर बारे मैले केहि त सुनेको छु | तर के ?

मैले गुगल गरे "६६६" सर्चबारमा टाइप गरे | गुगलले प्रतिक्रिया दियो, "आधुनिक लोकप्रिय संस्कृतिमा, ६६६ एन्टिक्राईष्ट वा वैकल्पिक रूपमा, शैतानको लागि सबैभन्दा व्यापक मान्यता प्राप्त प्रतीकहरू मध्ये एक हो । यो सङ्ख्या ६६६को उद्देश्य शैतानलाई चलाउनको निम्ती प्रयोग गरिन्छ.....|" पुरा नपढि म हाँसे |
"किन हास्नु भएको र सर |" मेरो हाँसो सुनेर ट्याक्सी ड्राइभरले मिररमा हेर्दै सोध्यो |
"केही होइन, गुगलको कुरा पढेर हाँसेको |" मैले हास्दै भने | आज भोलीको जमानामा पनि के एन्टिक्राईष्ट र के शैतान....! वाहियात |

बेगनासतालको होटेल थर्तिन्थमा कोठा नम्बर एक सुन्य छ मैले पाए | अलि फोहर छ कोठा तर बस्नको निम्ती ठाउ त पाए | म यसैमा खुशी थिए |

आज म पुरै रात सुतिन | कारण मेरो कोठाको बाहिर केहि मान्छेहरु हल्ला गर्दै थिए | आज मेरो यहाँ चार दिन भयो | तर अघिल्लो दुई दिनहरुमा म माथी जे बित्यो | त्यसमा मलाई बिश्वास गर्न मन लागेको छैन | काश, मैले गुगलको कुरा मानेको भए !

त्यस रात, म सुत्न गए | आधी रात पछी "घ्यार्र्र्रररर्रर" आवाज सुने | केहि चिजमा चिथोरेको जस्तो | मलाई लाग्यो मुसाहरु होला | मैले धेरै ध्यान दीईन | तर करिब पन्द्र-बिस सेकेंट सम्म त्यो आवाज लगातार आउंदै गर्यो | मैले त्यो आवाजलाई ध्यानले सुन्न थाले | ध्यान दिएर सुने पछी लाग्यो, त्यो अवाज मेरो नजिकैको टेबलबाट आउन्दै छ | मैले तुरुन्तै नाइट ल्याम्प बाले, लगतै सिसाको गिलास फुटेको आवाज "छ्यांङ्ग" आयो | मैले हेरे, गिलास भुइमा टुक्रा-टुक्रा भइ छरिएको देखे | तर कसरि ?

जहाँसम्म मलाई याद छ | मैले पानी पिएर गिलास टेबलको बीचमा राखेको थिए | लाईट बाल्दा मेरो हात पनि गिलास या टेबलमा ठोकेको थिएन | आखीर, यो भयो त भयो कसरी ?
कोहि मलाई तान्दै छ | सायद यो त्यहिँ आवा....."

"ल ! खाली छ त पाना ! अरे यार त्यस पछि के भयो ? एउटा अन्तिम लाईन लेखेको भए तेरो के जान थियो ? उफ्फ़ ! अब कसरी थाहा पाउने ?"

मैले त्यसपछीको अरु दुई पानाहरु पल्टाएर हेरे, पढे "अज्जु साइकल चलाएर आफ्नो डेस्टिनेसन तर्फ जाँदै थियो | जाँदा जाँदै रा.....!!! " यो त होइन | यो अर्को "ईभेंट स्टोरी" जस्तो छ | अर्को दुई-चार पाना पल्ताउन्दै हेर्दै थिए  |

एउटा पत्य्याएको कागजको टुक्रा भुईमा खस्यो | कागज टिप्न निहुरेको मात्र के थिए |
"स्विट चाइल्ड ओ माईन, उ उ, स्विट लभ अफ माईन" मेरो मोबाईलको रिङ्गटोन बज्यो |
कागज टिपेर मोबाईल हेरे, स्क्रिनमा "कमिना जल्लाद" नाम थियो | मेरो बोस |
"हेलो ! गुडमोर्निंग सर |"
"गुडमोर्निंग विलीयम जी, उठ्नु भो ? सरी दिस्तर्भ गरे |"
"नट एट अल सर ! म त मोर्निंग राइडमा आएको छु |"
"ओ हो कति इनर्जी तपाईको, वेल कहाँ हुनुहुन्छ ?"
"म यहि चोभार सम्म आएको सर"
"ओके ! मैले मेल पाए तपाईको | राती दुइ तिसमा पठाउनु भएको रहेछ | डिजाईन ठिक छ तर अली कन्टेन चेन्ज गर्नु पर्ने भयो | तपाई कति बजेसम्म घर पुग्नु हुन्छ ?"
"कति बजे सम्म त पक्का भन्न सक्दिन सर | सकेसम्म घर चाडै पुग्ने कोशिस गर्छु | बरु कति बजे सम्म हजुरलाई फाईल चाहिने.... |"
"अर्जेन्ट नभएको भए तपाईलाई कर गर्दिन थिए | हिजो राती पनि २ बजेसम्म काम गर्नु भएको रहेछ | बरु कन्टेन्ट चेन्ज गरेर फाईल पठाउनुस | कन्टेन्ट मैले मेलमै रिप्लाई गरेको छु | अनी तपाई अफिस बाह्रबजे सम्म आउँदा हुन्छ |"
"हस सर ! थ्यांक्यु" भनेर कल काटे |

कागजको टुक्रा डायरीको पानाभित्र च्यापेर ब्याग भित्र राखे |
"ल दिदी गए है, भोली भेटौला" साइकल घुमाउन्दै भने |
"लौ बाबुको अर्को चिया दिनै बाकि छ त |"
"त्यो म भोली फच्चे गर्छु दिदी | आज घर चाडै फर्किने अलि काम पर्यो |" भनेर म साइकलको पेडल चाल्दै घर फर्किए | बाटो भरि त्यस अपुरो कथाले पिरोली रहयो | "त्यस पछी के भयो? त्यो आधाअधुरो वाक्यको के अर्थ रैछ?" दिमागमा प्रश्नहरुले कोट्याई रहे |
क्रमशः

-विलीयम न्युरोज ©  २०७७ बि.सं.

Saturday, June 6, 2020

के यो माया हो? (Horror सानो कथा) Episode -5


के यो माया हो?

“सुन्दर तिम्रो आँखामा डुबी रहू जस्तो लाग्छ |
कोमल तिम्रो मुहारमा हेरीरहू जस्तो लाग्छ |
फुल जस्तो तिम्रो ओठलाई सधै चुमी रहू जस्तो लाग्छ |
कोमल तिम्रो काखमा जीवन भर सुति रहू जस्तो लाग्छ |”
मैले आफ्नो कविता सुनाउंदै बिस्तारै अस्मीताको काखमा पल्टिए | अस्मीता आकास तिर हेर्दै खित्का छोडेर हासिन | म उसको काखमा आफ्नो टाउको अढयाएर मुसुमुसु हास्दै “यो कविता तिम्रो लागी ! कस्तो लाग्यो ?” सोधे |

अस्मीताले आफ्नो हाँसो टप्प रोकेर म तिर मुनी फर्किईन | उ फर्किने बित्तिकै अचानक आकाशमा ध्वाँसो पोतिएको बादल क्षण-क्षणमा आकार परिवर्तन भयो | लगतै सुनौलो घामको किरण फेरिएर कालो किरणमा परिणत भयो | वरीपरिका हरियो घाँसहरु लहराउन्दै बदलिएर कालो मरुभुमीको थुम्काहरुमा परिणत भए |

वास्तविकता भन्दा पर चकित भई मैले अस्मीताको आँखामा हेरे | उसको आँखा, वस्तवीक रङ्ग भन्दा परिवर्तन भइ रातो भइसकेको थियो | लामो कपाल छोट्टीएर सानो ठुत्तो भयो | उसको रुप एकपलमै फेरियो | म अचम्ममा परी ट्वाल्ल हेरिरहन बाहेक अरु केहि गर्न सकिनँ | केहि छिनमै मेरी अस्मीता-अस्मीता रहिनन् | उ अर्कै केटीको रुपमा परिणत भइसकेकी थिइन् | अनी दाँत किटेर मेरो टाउको समाती जोड-जोडले कपाल उखाल्न थालि | म पिडाले छत्पताउन्दै चिचियाएर “आआआइईssss” | झट्ट बिउझिए |

पिडा अझै टाउकोमा स्थिर थियो | बाथरूममा गइ मुख धोए | निधारमा पानीको छिट्टा पर्ने बित्तिकै आगोले पोलेको जस्तो महसुस भयो | पिडाले मेरो हात कापन थाल्यो | ऐनामा हेरे अनुहारको वरिपरी कपालको जरा-जरा रातो भएर भत्भती पोल्दै थियो |

सपनामा नभई साँचीकै कसैले मेरो कपाल उखाल्न खिजे जस्तो लाग्यो | कापदै गरेको हातले कपासमा डीटोल एन्तिसेफ्तिक कपासमा चोपेर अनुहारको वरिपरी र कपालको जरा-जरामा लगाए | ओछ्यानमा बसे बिपना र सपना बीचको भिन्नतालाई छुटाउन खोज्दै थिए | मलाई चुरोटको तलतल लागेर आयो | सिरानीमुनीबाट सूर्या चुरोटको बट्टा झिके | बट्टामा अन्तिम खिल्ली बचेको थियो | कापदै गरेको हातले चुरोट झिकेर ओठमा च्यापे | जिप्पोले चुरोट सल्काउन खोजे तर जिप्पो बलेन | कापदै गरेको हातले फेरी कोशिस गरे तर जिप्पो बलेन | थर-थर कापदै गरेको दुवै हातले जिप्पो समाएर बाले | जिपोको आगो पनि कापदै नाचिरहयो | धेरै सङ्गघर्ष गरेर मैले त्यो चुरोट सल्काए | घुवाको एउटा लामो सर्को मेरा ओठको बिचबाट घाँटीको बाटो हुँदै फोक्सोमा पुग्यो | मैले तानेका धुँवाका अनगिन्ती सर्काहरुको भन्दा त्यसको स्वाद फरक लाग्यो | खै कसरी ?

म उमेश | म हरेक रात, निन्द्राको बीचमै आधारातमा सधै यसरी नै चिच्याएर बिउझाने गर्छु | थाहा छैन कसरी? सपनामा जे देख्छु बिपनामा त्यहि महसुस गर्छु |

आफ्नो यो जिन्दगीबाट वाक्क भएर समाधान खोज्न एक महिना पहिलै काठमाडौँबाट यहाँ भैरवामा आए | काठमाडौँमा म सफ्ट्वेर इन्जिनियरको काम गर्थिए | दिनभरी कामको लोडले एकछिन फुर्सत हुँदैन थियो | साँझसम्म थाकेर चुरभइ घर गएर सुत्न खोज्दा सुत्न सक्दिन थिए |

बल्लतल्ल इन्टरनेटमा सर्च गरेर एक साइक्यात्रिकलाइ खोजे “डाक्टर करण” | वहाँले यस्ता धेरै केसेजहरु हेरी सक्नु भएको रहेछ, इमप्रेसिव! वेबसाइटमा दिएको ठेगाना र फोन नम्बर नोट गरे | फोन गरे रिङ्ग गयो तर रिसिभ भएन | वहाँको क्लिनिकमा जाँदा थाहा भयो | भैरवा शिफ्ट हुनुभएछ |

यहाँ मैले धेरै ठाउमा सोधपुछ गरे | सुनेको छु डाक्टर करणसंग यसको उपचार छ | अनि वहाँसंग अपोइटमेन्त लिएर गए, आफ्नो प्रोब्लेम सुनाउन, भनौ आफ्नो उपचार गर्न |

"हेलो डाक्टर ! मेरो एउटामात्र समस्या छ | म एक्लै सुत्न सक्दिन |"
"किन र ! तपाईलाई एक्लै सुत्न डर लाग्छ ?" मुस्कुराउन्दै डाक्टर करणले सोध्यो |
"होइन- होइन कुरा डरको होइन | कुरा सुत्ने समस्याबारे हो | करिब एक वर्ष देखी मेरो अवस्था झन्-झन् खस्किदै गएकोछ | करिब एक वर्ष पहिला एक रात म सुत्न गए | त्यस दिन निन्द्रा पनि अत्ति आइरहेको थियो | म मस्त निन्द्रामा सुतिरहेको थिए | तर अचानक मलाई छोपेको जस्तो भयो | मलाई साँस फेर्न एकदमै गाह्रो भयो | म छट्पटिए | यस्तो मसुस भयो की कसैले मेरो घांटीको नली कस्सेर समातेको छ | म अली-अली होसमा थिए | म बिउझिन कोज्दै थिए तर मैले आँखा खोल्न सकिरहेको थिईन | बोल्न खोजे तर बोली फुटेन | कसैले मेरो घांटीमा कसिलो दबाव दिईरहयो | बिस्तारै-बिस्तारै आफ्नो दबावलाई झन्-झन् कसदै गयो | मैले जति कोशिस गरे पनि म एक इन्च हल्लिन पनि सकीरहेको थिईन | मलाई लाग्यो साँस रोकेर म बेहोस हुन्छु या त मर्ने छु तर त्यहि बेला त्यो दबाब मेरो शरीरबाट पुरै हट्यो | खोक्दा-खोक्दै सांसमा साँस आयो | उठेर पानी पिए | पानी पनि सर्कियो | खोक्दा-खोक्दा घाँटीनै सुन्नेर आयो | म भुईमा पल्टिए | सोच्न थाले मलाई के भएको हो ?

त्यो क्षण ! मलाइ सब थाहा थियो | म बिउझेकै थिए | तर सपना जस्तै लागीरहयो | केहि बेर उठी रहे आमा बुवालाइ चिन्ता नहोस भनी मैले वहाहरुलाइ केहि भनिन | अनि अस्मीतालाई फोन त गरे तर उसलाई पनि मैले केहि भनिन | टीबी हेर्दा हेर्दै फेरी निन्द्रा लाग्यो | म सुते तर बारम्बार कसैले मेरो हात समातेर झत्काउने र सीयो जस्तो नुकीलो चिजले मलाई घोच्ने गर्दै गर्यो | म निन्द्रामै बारम्बार चिच्याउन्दै उठ्थिए | यहि क्रम बारम्बार दोहोरिंदै गयो | यस्तो क्रियाकालापले म हैरान भईसकेको थिए | रिस पनि मलाई धेरै उठ्यो | तर गरु त के गरौ ? म निदाउन सकिरहेको थिएन | मलाई यस्तो किन भईरहेको छ ? मैले बुझ्नै सकिन |

बिस्तारै-बिस्तारै ई सारा चिज दिन प्रती दिन बढ्दै गए | समस्या झन् थपिंदै गयो | हरेक रात म मिनेट-मिनेटमा उठ्ने भए | निन्द्रा लाग्ने बित्तिकै कसैले मलाई पिडा दिन्थियो | धेरै कोशिसहरु गरे कहिले आमासंग सुते र कहिले बुवासंग | साथीहरुको घरमा गएर पनि सुते | साथीको कोठामा पाँच-छ जान मान्छेहरुको बीचमा सुत्दा पनि यस्तै समस्याले म सुत्न सकिन | यो समस्या बारे कसैलाई केहि भनुभने अरुहरुले मलाई पागल भन्ला भन्ने डरले मैले यसबारे कसैलाई केहि कुरा गरिन |

डाक्टर जोशीलाई देखाए | वहाले मलाई चेक गरेर भानुभयो “ उमेशजी तपाईलाई कामको स्ट्रेसले गर्दा यस्तो भएको हुन सक्छ | म तपाईलाई निन्द्राको औषधी लेखेर दिन्छु | त्यो लिनु होला | डोन्ट वरी एभ्री ठिङ्ग विल बि अल राईट |”

आखिरकार निन्द्राको दबाई लिन थाले | पहिला एउटा चक्की, अनि दुई चक्की र अब तिन चक्की भन्दा कममा निन्द्रा लाग्दैन मलाई | सुत्न त सुत्छु तर उठेपछी पुरै शरीरमा भयानक पिडाको महसुस हुन्छ र चोटहरुको गहिरो चिन्हहरु शरीर भरि देखापर्छ | जस्तो लाग्छ कसैले मेरो पुरै शरीर भरी चिथोरेको होस् | कहिले-काहिँ त निन्द्राबाट आँखा खुले लगतै पिडाले मेरो चिच्याहट निस्कन्थियो |  

डाक्टर साब !, म भैरवा आउनुको उद्धेश्य तपाईसंग भेट्नु मात्र पनि थिएन | सोचे, सायद ठाउँ चेन्ज भयो भने यो सबै बन्द हुन्छ | तर यहाँ आएर पनि यो क्रम अझै जारी नै छ |

यहाँ आउनु भन्दा पहिले एकपल्ट | म अस्मीतासंग भेट्न जाँदै थिए | त्यस दिन उसको बर्थ डे थियो | म कार चलाउँदै थिए र कारमा रेडियो बज्दै थियो | रेडियोमा मेरो फेभरेट गीत

यदि आकाशको तारा मैले टिप्न सके
यदि फूलको भाषा मैले बुझ्न सके
तिम्रो रात सधै म उजेलीले सजाउ थिए
तिम्रो बारेमा के भन्छन फूलहरुले सुनाउथिए
तिम्रो बारेमा के भन्छन फूलहरुले सुनाउथिए

कर्मा ब्याण्डको “यदि” गीत बज्दै थियो | म पनि लयमा लय मिलाएर रेडियो सङ्गसंगै अस्मीतालाई सम्झी गाउँदै थिए | त्यहि बेला अचानक ! रेडियो आफै टियुन अफ-अन हुनथाल्यो | क्रमसः बिभिन्न स्टेसन च्यानल आफै चेन्ज हुँदै गएर एउटा च्यानलमा अडयो | जहाँ कुनै श्रोताले एउटा प्रोग्राममा आफ्नो प्रेमीलाई सम्झी गाना डेडीकेट गर्दै थिईन र आफैले पनि गानाको दुई-चार लाईन गाएर सुनाइन “मेरो नाम रश्मी हो र म मेरो प्रेमीको लागी एउटा गाना गाउन चाहनछु

“उडीरहें तिमीलाई सम्झी बादल पारीको देशमा
यो मुटुलाई सोधी हेर न
मन गुन्गुनाउँछ गुन्गुनाउन देउ
तिम्रो त्यो सुरैमा
झन् रमाउँछ, रमाउन देउ हरेक पलमा
के यो माया हो..., के यो माया हो...?”

उसको स्वर धेरै सुरीलो थियो | म पनि सुनीरहे | त्यसको लगतै मेरो फोन बज्यो | फोन अस्मीताको रहेछ | मैले फोन उठाए | अस्मीताले पहिला त रिस देखायो | किनभने उसको बर्थडेमा पनि म लेट हुँदै थिए | उसलाई मैले धेरै सम्झाए | अन्तमा मैले उसलाई फकाउन सफल भए | फेरी अचानक कुरैकुरामा उसले पनि त्यहि गित गायो | मेरो लागी |

उडीरहें तिमीलाई सम्झी बादल पारीको देशमा
यो मुटुलाई सोधी हेर न
मन गुन्गुनाउँछ गुन्गुनाउन देउ
तिम्रो त्यो सुरैमा
झन् रमाउँछ, रमाउन देउ हरेक पलमा
के यो माया हो..., के यो माया हो...?”

मैले भने “अहिले भर्खरै रेडियोमा रश्मी नामकी एउटी केटीले यहिँ गित गाउदै थिईन | मेरो स्वर स्पष्ट सुन्यो की सुनेन थाहा भएन अचानक नेटवर्कमा खराबी भयो या के भयो “क्यार्रर्र” आवाजले सुन्नै सकिन | उसको स्वर पनि रोकी-रोकी आइरहेको थियो “क..को..? कक्... केटी ?”
मैले फेरी भने “रश्मी” | तर उसले केहि बोलिनन | बस यतिमात्र भनिन “चाडै आउ म पर्खी रहेकीछु | आज मेरो बर्थडे हो कमसेकम आज त भेट्न आउ |”

मैले सोचे “यार कामको व्यस्तताको कारण अस्मीतालाई टाइमनै दिन पाउँदिन | आज उसको बर्थडेमा त चाडै पुग्नै पर्छ |” चाडै पुग्ने होडबाजीमा मैले आफ्नो गाडीको स्पिड बढाए | तर “चिईई” मेरो कार अचानक आफै रोकीयो | इन्जिन आफै बन्द भएको थियो | स्टार्ट गर्न खोजे स्टार्ट भएन | मैले दुई-तिन पल्ट कार स्टार्ट गर्न खोजे तर मेरो कोशिस असफल रहयो | मलाई लेट हुँदैथियो | म कारबाट निस्किए |

रातको समय थियो | सडक पुरै खाली अनि सुनसान थियो | झ्याउकिरीहरुको एकनासे “किर्रर- किर्रर” आवाज सुनसान रातमा चारैतिरबाट सुनिनथाल्यो | व्यस्त हुने यो अरनीको राजमार्गमा यस्तो सुनसान कमै हुन्छ | यस्तो सोच्दासोच्दै मैले बोनत खोले र हेर्न थाले | के थाहा सायद म यस कारलाइ ठिक गर्न सक्छु की ? मैले इन्जिन माथि यताउटा हेर्न थाले |

त्यहि बेला मेरो नजर एउटा खुल्ला तारमाथी गयो | म त्यस वायरलाइ हेर्न अलि भित्र झुकेको मात्र के थिए | ठिक त्यहि बेला “पोप्पोप” मेरो आफ्नै कारको हर्न बज्यो | एक्कासी हर्न बजेको आवाजले म झस्किए | झस्किंदा टाउको बोनतमा ठोक्यो | म तुरुन्तै आफ्नो टेउको मुसार्दै त्यहाँबाट ड्राईभिंग सिटतिर दौडिए | हेरे कार त खाली छ | अनि कारको इग्निशन पनि अफ छ | म फेरी फर्केर बोनततिर आए | अनि सोचे कुनै मेक्यानिकलाइ खोजु | तर त्यसको लागी कोही देखा पर्नु त पर्यो ? किनकी सडक टाढा-टाढा सम्म सुनसान थियो | बाटो छेउछाउको रुखहरुको पात पनि हल्लेको थिएन | अघिदेखी सुनिने झयाउकिरीहरुको आवाज पनि अचानक बन्द भयो | एकाएक पुरै वातावारण बेलुन भित्र घुम्सिएको हावा जस्तो महसुस भयो | सबै डम्म स्थीर | हावा कहिँबाट कतै चलेको थिएन | मैले खल्तीबाट दुई रुपियाको सिक्का झिकेर सडकमा खसाले “टिंगरिंग टिंक” आवाज आयो | सिक्काको आवाज बेस्कन गुन्जियो | मैले चारैतिर आँखा दौडाए | पिच सडकमा सिक्का खसेको ठाउ तिर हेरे तर मैले सिक्का देखिन | मोबाइलको टर्च बालेर हेरे अह ! मैले सिक्का भेटिन ! यो कसरी सम्भव छ ?

म त्यहाँ उभिएर यहि सब सोच्दै थिए | त्यहि बेला अचानक “घु-घुईई” आवाज आयो | कारको इग्निशन कसैले अन गर्न खोज्दै थियो | तर कार स्टार्ट भएन | मैले बोनत तल गरेर हेरे तर कार भित्र कोही देखिन | मैले फेरी कार भित्र ड्राईभिंग सिटतिर गएर हेरे कोही थिएन भित्र | जब बोनत नजिक आए फेरी “घु-घुईई” | यस पालि म कारको सिट तिर गईन | बोनत मुनी गरेर हेरे ! आवाज बन्द भयो | बोनतलाइ उठाए फेरी “घु-घुईई” | बोनतलाइ मुनी गरे आवाज फेरी बन्द भयो | करिब पाँच-छ पल्ट यस्तै "हाइड एण्ड सींक" दोहोरी नै रहयो | अनि मैले बोनतलाइ बन्द गरे “ढ्याम्म” | ठिक त्यहि बेला मेरो कारको हेद्लाईत आफै बल्यो | अनि इंजिन स्टार्ट भयो “घु-घुईईईई” | मैले केहि सोच्नु भन्दा पहिलै मेरो कारले मलाई ठक्कर दियो | म सडकमाथी खसे | उठेर हेरे कार आफै गुड्दै जाँदै थियो | म उठेर तुरुन्तै एउटा इट्टा लिएर कारको टायर मुनी राखी दिए | कार रोकियो |

मैले लामो साँस फेरे | त्यसपछी म कार भित्र बसेर इग्निशन अन गर्ने कोशिस गर्दै थिए “घु-घुईई” | त्यहि बेला मलाई कसैले मेरो काँधमा चीसो हात राखेको जस्तो महसुस भयो | म झस्किएर पछाडी तिर फर्किए | फर्किने लगतै एउटा जोरको आवाज आयो “छल्यांग” | पछाडीको विन्डशील्ड चक्नाचुर भइफुट्यो | म तुरन्त कारबाट झरेर एकै सेकेन्डमा करिब चालिस पचास पाइला टाढा भागे | त्यहि बेला कारको पार्किङ्ग लाईट्स अन-अफ हुँदै अलार्म लक् बज्न थाल्यो “टुक् टुक्- टुक् टुक्” |

मेरो कारलाइ बीच सडक मै छोडेर एक किलोमिटर जति हिडेर गए | पछी एउटा मोटरसाइकलमा लिफ्ट मागेर म आफ्नो घर आइपुगे |

मैले अस्मीतालाई फोन गरे “सरी अस्मी आज भेट हुन् नपाइने भयो | तिमो घर आउंदै थिए बाटोमा कार बिग्रेर बाईकमा लिफ्ट लिएर बल्ल घर पुगे | अहिले राती पनि भइसकेको छ बरु भोली भेटौन ल? एनी वे टुडे इज योर डे ! ह्यापी बर्थदे टु यु, ह्यापी बर्थदे डियर अस्मी !”

अस्मीता एकछिन चुप बसिन | त्यसपछी सहजै भनिन “केहि छैन डियर, लेट्स मेक इत टुमारो, आइ क्यान अन्डरस्ट्यान्ड, एण्ड थ्याक्स फोर योर विसेज |”

अस्मीता सहजै मानिन, आफ्नो बर्थडेको दिन मेरो अनुपस्थितीमा पनि रिसाएनन | सायद उसलाई त्यसको बानि परिसकेको थियो |

अर्को बिहान म उठेर सबै भन्दा पहिला आफ्नो कार लिन गए | त्यहाँ पुगेर हेरे मेरो कार त्यहाँ थिएन | मेरो खल्तीको फोन बज्यो | फोन उठाए | पुलिस स्टेसनबाट फोन रैछ | मेरो गाडीलाई ट्राफिक पुलिसले उठाएको रहेछ | म कार लिन पुलिस स्टेसन पुगे | सारा पेपर वर्क गरेर फाइन तिरेर आफ्नो कार फिर्ता लिए | बाटोमा धेरै ट्राफिक जाम थियो | रातो ट्राफिकलाईटमा रोकेको मात्र के थिए की अचानक “कुईइक्” मेरो साइडको सिट अलि स्लाइड भएर पछाडी गयो अनि लक भयो | म छक्क पर्दै त्यो सिटलाई हेर्दै थिए | आफ्नो आँखामा मलाई बिश्वास भएन | त्यो सेटमा कोही बसेको जस्तो महसुस त भयो तर इन्भिजिवल ! कोही थिएन सिटमा |

ट्राफिक सिग्नल खोलि सकेकोरहेछ | गाडीहरु तेज रफ्तारमा अगाडी बढ्दै थियो | मेरो पछाडी रहेको गाडीले हर्नमा हर्न बजाउदै गर्यो | म तुरुन्त कारबाट बाहिर निस्किए | मैले, “कार बिग्रेको छ” ईसारा गर्दै देखाए | अनि उसलाई अगाडी जान इसारा गरे | त्यो पछाडी रहेको कार बिस्तारै निस्कियो | मलाई पुलुक हेर्यो अनि रिसाउन्दै "के तालको मान्छे" भनेर गयो |

त्यहि बेला अस्मीताको फोन पनि आयो | मैले उसलाई सबै कुरा फोनमा भने अनि उसले उ उतै तिर आउदै छ र मलाई नजिकैको कफीसपमा भेट्नलाई भन्यो | कारलाई त्यहि साइड लगाएर ट्राफिक पुलिसलाई “मेरो कार बिग्रेको छ | म मेकानिक लिएर आउछु | कार हेर्दै गर्नु न है |” भनेर निस्किए |
म अस्मीताले भनेको कफीसपमा पुगे | अस्मीता पहिलै आएर बसी सकेकी रहेछिन | नजिक गएर कुर्सीमा बसे र एक-एक गरी सबै कुरा मैले डिटेलमा अस्मीतालाइ सुनाए | उनले मेरो सबै कुरा धर्यका साथ सुनिन | अनि फेरी भनिन् म सायद अलि स्ट्रेस छु | आरामको आवस्यक छ मलाई |

कोही अरुले भनेको भए मलाई बिश्वास हुँदैन थियो होला | तर अस्मीताले भन्दै थिईन | त्यसैले मैले सोचे की सायद कामकै स्ट्रेसलेनै होला | अनि कुरैकुरामा कहिले समय बित्यो थाहै भएन | कफिसपबाट निस्कनु भन्दा पहिला मैले बिल मगाए | कफीको बिल तिर्न मैले वालेट झिके तर अस्मीताले नै पैसा दिने जिद्धी गर्न थालिन | तर म हुँदा हुँदै उसले पैसा किन तिर्ने ? मेरो र उसको यहि कुरामा बहस चल्यो | अचानक अस्मीताको आँखाको रंग परिवर्तन भएर गाढा रातो भयो | उसको अनुहारमा रिस उम्ली रहेको प्रस्ट देखिन्थियो | उसले आफ्नो अनुहार बिगार्दै एउटा अर्कै भिन्न स्वरमा भन्यो “म छु यसको खयाल राख्नको लागी | तँ चुप लागेर बसेको नै तेरो लागी राम्रो हुनेछ |”

मैले अस्मीतालाइ यस्तो रुपमा कहिलै देखेको थिएन | मैले उसलाई झक्झकाउदै भने “अस्मीता के भयो तिमीलाई? अस्मीता ?...अस्मीता उठ ! के भएको हो तिमीलाई? अस्मीता !”
कफीसपमा सबैजना हामीलाईनै हेर्दै थिए | मैले सबैलाई हेर्दै, “सरी गाइज | उसको जीउ अलि सन्चो भएन | एभ्री थिंगस् इज गुड | प्लिज एन्जोय योर कफी” भने |

मैले फेरी अस्मीतालाई झक्झकाए | अस्मीता त होस मै थिईन | एकछिन पछी आफ्नो टाउको समाएर आफ्नो घर जान जिद्दी गर्न थालिन | वेटरले पानीको गिलास ल्यायो तर अस्मीताले पानी पिएन | मलाई उसको चिन्ता लाग्यो | मैले तुरुन्तै ट्याक्सी रोकेर उसको घरसम्म पुरयाउन गए | उसको घर त्यहि नजिकै थियो | घर पुगेर अलि सन्चो हुन थाल्यो उसलाई, अनि हामी बसेर कुरा गर्न थाल्यौ | केहि छिन् पछी उ उठेर बाथरूम भित्र पसीन | म बाहिरै थिए | केहि छिन पछी बाथरूम भित्रबाट केहि आवाज आउदै गरेको सुनिन थाल्यो | मैले ध्यान दिएर सुने “मैले तिम्रो के बिगाड़ेकी थिए ?”

अनि अस्मीताको आवाज बिस्तारै-बिस्तारै “किन मलाई यसरी दुख दिंदै छौ ?” बढ्दै- बढ्दै ठुलो हुँदै गयो |
“के पायौ तिमीले? छोड देउ मलाई | धेरै भयो अब ! छोड देउ भनेनी मैले ! छोड दे मलाइ” अस्मीता कसैमाथि चिच्याउन्दै कराउंदै थिईन “छोड दे मलाई”
मैले बाथरुमको ढोका ढकढक्ढकाउदै “अस्मी-अस्मी” अस्मीतालाई बोलाउन थाले |
“अस्मी ढोका खोल ! अस्मी कोसंग कुरा गर्दै छौ तिमी? बाथरूममा को छ ? ढोका खोल !”
मलाई लाग्यो अस्मीता भित्र कोहीसंग झगडा गर्दै थिईन | मैले ढोका भाच्नै लागेको थिए | अस्मीता ढोका खोलेर बाहिर निस्कियो र म त्यहाँ नभएको जस्तो व्यवहार गर्न थालिन | म तुरन्त बाथरूम भित्र हेर्न गए | म भित्र पस्ने बित्तिकै मेरो पछाडी रहेको बाथरूमको ढोका आफै बन्द भयो | मैले हेरे बाथरूमको झ्याल बन्द थियो | त्यहाँ कोही भएता पनि त्यहाँबाट भागेको हुन सक्दैनथियो | किनकी बाथरूमको झ्याल भित्रबातै लक लागेको थियो | त्यहि बेला कसैले मलाई बेस्कन धक्का दियो र म अनुहारले टेक्ने गरि भुइमा लडे | अनि एउटा आवाज सुनियो | मैले आवाज आउंदै गरेको तिर फर्केर हेरे बाथरूमको सिसामा जमेको बाफमा आफै केहि लेख्दै थियो | ध्यान दिएर पढ्न थाले “आइ लभ अस्मीता”

म ठिंग उभिएर सिसातीर एकटकले टोलाउन्दै हेर्दै गए र मनमनै पढ्दै थिए “आइ लभ अस्मीता” अचानक एक झापड कसैले मलाई हिर्कायो | म रन्थनिएर फेरि बाथरूमको फ्लोरमा “आईइईया” चिच्याउन्दै लडे | मलाई निन्द्राबाट बिउझिएको जस्तो भान भयो | यताउति हेर्न थाले कोही देखिन | मलाई झापड हिर्काउने र धकाल्ने कोही देखिन | मेरो चिच्याहट सुनेर अस्मीता बाथरूमको ढोका खोलेर भित्र अईन |

गाला समात्दै बाथरूम भित्रबाट कोठामा आए | अस्मीताले डीटोल एन्तिसेफ्तिक र कपास लिएर मेरो कुहिनामा लागेको घाउलाई सफा गरेर मलाई एक गिलास पानी दीईन | पानी पिउंदै मैले यो सब घटीरहेको घटनाबारे वास्तविकता सोधे |

कुरा बिस्तारै-बिस्तारै क्लियर हुँदै गयो | कुरा, अस्मीताको कलेजको समयबाट सुरु हुन्छ | कलेजमा हुँदा उसको एउटी धेरै मिल्ने साथी थिईन “रश्मी” | अस्मीताको हरेक समस्या; पढाईको होस् वा पैसाको | समाधान सधै रश्मीले गर्थिईन | कुनै केटाले अस्मीतालाई गिज्यायो वा हैरान गर्यो भने केटाहरुसंग झगडा गर्न पनि पछी पर्दैन थिईन | पढाईमा पनि रश्मी धेरै राम्रो थियो |

तर नेपालमा केहि सत्यलाइ अहिलेसम्म समाजले अपनाउन सकेको छैन | त्यहि एउटा सत्यसंग सधै आफ्नो दिनचर्यामा लडाई लड्दै थिईन रश्मीले | कलेजका केटाहरुले लेडिज ट्वाइलेटका भित्ताहरु र उ बस्ने डेस्कमा सधै जसो “लेस्बो, छक्का, थ्री जी” जस्ता ना-ना थरिका अस्लील शब्द लेखेर गिज्याई रहन्थियो | उ सधै अरु भन्दा चाडै अस्मीतालाई थाहै नदिई कलेज पुगेर त्यो सब रुँदै मेटाउने गर्थिन | तर कहिलै यी सब समस्यालाई आफ्नो अनुहारमा ल्याएनन् | रश्मीले धेरै माया गर्थीन अस्मीतालाई र उसले सधै त्यहि गित गाउने गर्थीन | केवल अस्मीताको लागी

उडीरहें तिमीलाई सम्झी बादल पारीको देशमा
यो मुटुलाई सोधी हेर न
मन गुन्गुनाउँछ गुन्गुनाउन देउ
तिम्रो त्यो सुरैमा
झन् रमाउँछ, रमाउन देउ हरेक पलमा
के यो माया हो..., के यो माया हो...?”
अनि अस्मीता यसलाई ठट्टा बुझेर सधै मस्ती गर्थीन |

तर रश्मीले कहिलै आफ्नो फिलिंगसको बारेमा अस्मीतालाई व्यक्त गर्न सकिईनन् | त्यसमाथी हाम्रो देशमा यस्तो सम्बन्धलाई गैरकानुनी मानिने भएकाले त्यो बेला धेरै डर थियो |

जुन समाजको हिसाबमा आफ्नो प्रेमी पाउन एउटा केटाले गर्थियो | त्यो सबै रश्मीले अस्मीताको लागी त्योभन्दा दुईगुणा बडी गर्यो | रश्मीले धेरै मेहनतले पढाई गर्यो | कलेजसंगै पार्ट टाइम जब गरेर केहि पैसा पनि जम्मा गरिन | उ यत्ति मात्र चाहान्थिईन की कुनै अर्को देश, जहाँ उनीहरुको बिवाहले कानुनी रुपमा मान्यता पाउँछ | त्यहाँ गएर आफ्नो संसार बसाऔ | तर यदि अस्मीता पनि सम्लैंगिक भइदीइएकि भए त्यो सम्भव हुने थियो | धेरै आशाका साथ एकदिन, जब अस्मीतालाई रश्मीले आफ्नो मनको कुरा व्यक्त गर्यो र आफ्नो प्लान सुनायो | त्यति बेलासम्म धेरै अबेर भइसकेको थियो |

त्यो बेला अस्मीता र मेरो रिलेसन भएको, छ महिना बितीसकेको थियो | अस्मीताले उसलाई सिधै अस्वीकार गरिन | त्यसपछी, रश्मीले भनिन् की “अब हाम्रो बीच कुरा क्लियर भयो | जे भयो, ठिकै भयो ! अब म युयस गएर आफ्नो जिन्दगी खुशी-खुशी बाच्न सक्छु |”

रश्मीले अस्मीताको अगाडी त सहजै भनिन “अब म युयस गएर आफ्नो जिन्दगी खुशी-खुशी बाच्न सक्छु” तर अस्मीता बिनाको जिन्दगी उ जिउन सक्ने सोच्न पनि सक्दैनथिई | त्यस रात उनी आफ्नो कोठाको बार्दलीमा बसी जुनलाई हेरी आकाशमा टोलाई रहिन | कुन बेला आँसुले गाला भिजेछ थाहै पाईनन | उसले त्यहि रात फाँसी लगाएर आत्महत्या गरिन | रश्मीको हातमा एउटा सानो कागजको टुक्रा भेटियो | जसमा लेखिएको थियो |

तिमीलाई कति माया गर्छु, म देखाउँ कसरी ?
हृदयमा छौ तिमी, म देखाउँ कसरी ?
मुटु दुखी रहेछ मुहारमा ल्याउ कसरी ?
अन्घकारमय यो जीवनमा तिमी बिना बाँचू कसरी ?
के यो माया हो ?”
हरेक रात बिउझंदै सपनाको सागरमा डुबी रहे
तिमी भेट्ने आशामा
सधै सत्यलाई धिक्कारी रहे |
तिमी पाउने रहरहरुमा
कल्पनाको संसार बनाई रहे बादल पारीको देशमा |
के यो माया हो ?”

अस्मीता रुँदै भन्दै थिइन् | म टोलाउन्दै बिस्तारी उठे | बार्दलीमा गएर उभिए | खल्तीबाट एक खिल्ली चुरोट झिकेर ओठमा च्यापे, जिप्पो बाली चुरोटलाई सल्काए अनि एक सर्को लामो तानेर धुवा माथि उडाए “फुउउउ” | आकाशतिर हेरी अन्यासै मेरो ओठबाट निस्कियो “के यो माया हो ?”
 
अब, मैले सबै बुझी सकेकोथिए | किन म यत्रो वर्ष सुत्न सकेको थिएन | किनभने कसैले आफ्नो कयौ रातहरु अनिन्दो बसेर खुल्ला आकाशलाई हेरी आफ्नो माया पाउन बिताएकी थिइन् | तर उसले आफ्नो माया त के जिन्दगी समेत पाउन सकेनन् | कसरी म ठिक हुन सक्थिए र ? किनकी कसैको दिनहरु धेरै पिडा र मनको चोटहरु संगालेर बितेका थिए | केवल आफ्नो माया पाउनको निम्ती | जसलाई म यस निमित् पाउन सकेकी म एउटा केटा मान्छे थिए | कसरी म खुशीले बस्न सक्थिए र ? जबकी कसैले एक-एक पल छटपटीमा बिताएकी थिईन | यस्तो हालमा म खुशीको आशा कसरी गर्न सक्थिए र ? जबकी कोई एउटा साँसको समेत आशा गर्न सकेनन | "

म आफ्नो कुरा डाक्टर करणलाई भन्दै थिए | त्यहि बेला डाक्टर करणको फोनको रिंगटोन बज्यो, “के यो माया हो... के यो माया हो?”

म झस्किए ! यता उटा हेर्न थाले | त्यहि बेला मेरो नजिकको कुर्सीमा हलचल भयो | कोई लामो-लामो साँस फेर्दै गरेको महसुस गरे | तर मैले त्यहाँ कसैलाई देखिन | आज पनि जब म अस्मीताको बारेमा सोचछु | रश्मी कतै नजिक भएको मलाई महसुस हुन्छ | बस ! म अस्मीतालाई आफ्नो मन र दिमागबाट निकाल्न चाहान्छु | तर समस्या यो छ की कसैको अगाडी उसको नाममात्र लिंदा पनि मेरो समस्या फेरी शुरु हुन्छ | मलाई लाग्छ म एउटा मेन्टल पेसेंट हुँदैछु | यदी मैले चाडै अस्मीतालाई भुल्न सकिन भने मेरो जिन्दगीको अन्तय यसरी नै हुनसक्छ |

एक मिनेट मेरो फोन आयो “के यो माया हो... के यो माया हो ?”
समाप्त
-विलीयम न्युरोज ©  २०७७ बि.सं.