डेलिभरी
ब्वाई
अनीता सुत्न जानै लागेकी थिईन |
त्यहि बेला डोर बेल बज्यो | “टिंग टोंग”
गर्मीको मौसम थियो | दिउसोको समयमा
पक्कै स्नेहा नै होली, अनीताले अडकल काटी |
“अब आउने बित्तिकै फ्रिजबाट कोक
झिक्दै, -तेरो कवाडी फ्रिजमा जाबो कोक पनि चिसो हुँदैन” भनेर कराउछे |” यहिँ
सोच्दै अनीताले ढोका खोलिन | ढोका खोल्ने बित्तिकै उसले देख्यो, हातमा खानाको तिनवटा
प्याकेट लिएर एउटा केटा ठिंग उभिएको |
अनीताले दुई घण्टा अगावै लन्च अर्डर
गरेकी थिइन् | उसले खाना खाएको पनि करिब एक घण्टा भन्दा बडी भईसकेको थियो | अचम्म
मान्दै, अनीताले त्यो डेलिभरी ब्वाईलाइ “खाना त मैले दुई घण्टा पहिले अर्डर गरेकी
थिए | तिमीले नै खाना डेलिभरी गरेको थियौ | फेरी किन ल्यायौ? मैले त अर्को अर्डर
गरिकी छैन त !” भनिन् |
यो सुनेर केटाले मुस्कुराउन्दै जवाफ
दियो, “होइन म्याडम ! म त अहिले भर्खर आ'को, तपाईको लन्च लिएर | अनि यो तपाई कै
अर्डर हो |”
त्यो केटाले झुठ किन बोल्दैछ ? अनीताले
बुझ्न सकेन | डेलिभरी ब्वाईले झुठ बोलेको देखेर अनीतालाई रिस उठ्यो | दुईजना बीच घमासान
बहस चल्यो | अन्तमा “यदि तिमी यहाँबाट गएनै भने फुडमान्दुमा फोन गरेर कमप्लेन
गरिदिन्छु |” भन्दै अनीताले रिसले मुर्मुरिएर उसको मुखैमा ढोका बन्द गरिदिई | ढोका
बन्द गर्नु भन्दा पहिला डेलिभरी ब्वाईको सर्टमा नाम हेरी सकेकी थिईन अनीताले | “रमेश”
नामको ब्याच लगाएको थियो डेलिभरी ब्वाईले |
अनीता ढोका बन्द गरेर भित्र जानै
लागेकी थिईन | त्यहि बेला खै उसले के सोच्यो ! एकपल्ट फर्केर ढोकाको आई होलबाट बाहिर
हेर्यो | रमेश अहिले पनि त्यहि ढोका बाहिरै उभिएको देख्यो | उसको त्यस्तो व्यवहार देखेर
अनीतालाई रिस उठ्यो | उ रिसले, “कस्तो नटेर्ने खाले मान्छे रैछ” मुर्मुरियो | एकैछिन
पछी एक नजर फेरी आई होलबाट बाहिर हेर्यो | रमेश अझै पनि त्यहि उभिएकै थियो | अनीता
रिसले रातो पिरो भइन | उसलाई त्यो केटालाई पिट्न मनलाग्यो | अनीतालाइ त्यसै पनि
सानोतिनो कुरामा धेरै रिस उठ्ने उसको स्वाभाव थियो |
रिसले मुर्मुरिएर ढोका खोलेर “कस्तो
नटेर्ने रैछ, मैले भनेनी खाना.....!” भन्दै थिइ | आफ्नो वाक्य पुरा गर्न नपाई
अनीता चुपलाग्यो | उनको आँखा दायाँ-बायाँ चल्बलाउन थाल्यो | तर ढोका बाहिर उनले कोही
देखिईनन् | सायद त्यो डेलिभरी ब्याई कहिँ लुकी रहेको होला भनी अनीता ढोकाभन्दा अलि
बाहिर निस्ककेर हेर्यो | तर पनि त्यो केटा उसलाई कहि पनि देखा परेन | अनीता ढोकाभन्दा
बाहिर उभिएर यताउता हेर्दै थिइन् | त्यहि बेला अचानक उसको फ्ल्याट भित्रबाट एउटा
आवाज आयो | “हेलो म्याडम...!, दुई हजार, दुई सय, पचास रुपिया भयो | खाना को !”
अनीताले फर्केर ढोकाबाट भित्र
हेर्यो | तर भित्र कोठामा कोही देखेन | डर, रिस र नर्भस अनीतालाई एकैसाथ महसुस भयो
| उसले डराउँदै घरको ढोका बन्द गरेर मुनी सेक्युरिटी गार्डको कोठा तिर दौडीईन |
“को-को आएको थियो मेरो फ्ल्याटमा ?”
सेक्युरिटीलाइ सोधीन |
“डेढ दुई घण्टा पहिला एउटा डेलिभरी ब्वाई
खाना लिएर आएको थियो | अरु त कोही पनि आएको छैन |” सेक्युरिटी गार्डले सहजै उत्तर
दियो |
सेक्युरिटी गार्डको कुरा अनीतालाई पट्यार
लागेन र सिसि टिभी फुटेज हेर्न मागिन | फुटेज हेरेर अनीतालाई यहाँ शिफ्त हुनुमानै
पच्यताप हुन थाल्यो | किनभने सिसि टिभी फुटेजमा पहिलो फ्रेममा एउटा केटा आएर खाना
दिएर गएको देखियो | दोश्रो फ्रेममा अनीताले ढोका खोल्यो | बहस गर्दै गरेको पनि देखियो
तर अनीता बाहेक अरु त्यहाँ कोही देखेन | त्यसो भए अनीता हावामा कोसंग कुरा गर्दै
थिइन् ?
अनीता तुरुन्त फूडमान्दुले डेलिभरी
लिएको रेस्टुरेन्टमा गयो | जहाँबाट उसले खाना अर्डर गरेकी थिइन् | केहि छिन् सम्म
त्यहाँ बहस चल्यो | रेस्टुरेन्टको मेनेजरले पटक-पटक आफ्नो वाक्य दोहोरायो “रमेश
गएकै थिएन तपाइको घर खाना लिएर” | तर अनीता मान्न तैयार नै भईनन् | रेस्टुरेन्टको
साहुले कुरा बिग्रिन्दै गरेको देखेर रेस्टुरेन्टको बदनामी हुने डरले अनीतालाइ
भित्र आफ्नो क्याबिनमा बसाएर एउटा रेजिस्टर झिकेर सारा रेकर्ड्स देखायो | अनि अनीतालाई
सम्झाउन्दै “रमेशको केहि महिना पहिले एउटा रोड एक्सिडेन्टमा उसको मृत्यु भइसकेकोछ, सो
उ आज त्यहाँ आएको हुनै सक्दैन |” भन्यो |
अनीतालाई यो कुरा मान्न साह्रै गाह्रो
भयो | उसले ब्याचमा रमेश नाम पनि प्रस्टै देखेकी थिइन | तर उसले आफ्नो बिल्डिंगको
पनि सिसीटिभी फुटेज हेरेकी थिइन | बिश्वास गर्नु सिवाए अरु कुनै बाटो देखिनन् |
उसले फर्केर एक्लै त्यो घर नजानु नै
राम्रो सोच्यो | स्नेहा उसकी साथी थिइ | उसलाई फोन गरेर बाटोमै भेट्न बोलायो |
स्नेहालाई बाटोमा भेटेर सारा कुरा भनिन | स्नेहाले अनीताको वर्कलोड र घर शिफ्त गरेर
भएको स्ट्रेसको कारण थकानले गर्दा भएको हुनसक्ने सम्झायो “अहिले गएर आराम गरिस भने
सबै ठिक हुन्छ | ल हिड तेरो घर जाम |”
दुवै अनीताको फ्ल्याटमा पुग्यो | उनिहरु
कुरा गर्दा-गर्दै रात पर्यो | धेरै राती भइसकेपछी सोच्यो अब सुत्नु पर्छ | बिहान
उठेर फेरी अफिस पनि जानु थियो दुवैलाई |
आँखा चिम्लने बित्तिकै “टिंग-टोंग- टिंग-टोंग”
डोर बेल बज्यो | अनीता ढोका खोल्न उठयो | स्नेहले ओच्छ्यानबाट उठ्दै भन्यो, “यति सब
भइसकेपछी ढोका खोल्न एक्लै नजा |”
अनीता सङसंगै दुई पाइला पछाडी नै
हिड्दै थिइ स्नेहा पनि | डराई-डराई अनीताले कापदै गरेको हातले ढोका खोल्यो | ढोका
खोल्ने बित्तिकै अर्को एउटी स्नेहा ढोका अगाडी उभिएकी देखिन | अनीता छक्क पर्दै
हेर्दै थिइन ओठबाट केहि शब्द निस्कन खोज्दै थियो तर निस्केन | ढोकामा उभिएकी
स्नेहाले झर्किंदै “यार म कति बेर वेट गरि बसे, तँ त आइनस ! तैले मलाई पिकअप गर्छु
भनेकी थिइस | फोन कहाँ छ तेरो हा ?” भनिन |
त्यसपछी अनीताले फर्केर पछाडी हेर्न
पनि जरुरि थानिनन् | तुरुन्तै ढोका बेस्कन बन्द गरेर अनीताले स्नेहाको हात समातेर
तान्दै मुनी दौडियो | स्नेहा सोध्दै थिइन् “आखिर भयो के तँलाई?, हामी किन यसरी भाग्दै
छौ ?, कहाँ लादै छस ?”
सेक्युरिटी गार्ड कहाँ पुगेर
अनीताले भन्यो “आज म स्नेहा कै घरमा बस्छु | मेरो घरको ध्यान राख्नु |” अनीताले
स्नेहालाई लिएर मेन रोडमा पुग्यो |
ट्याक्सी पर्खिंदै दुवै रोड मै
उभिएकी थिइन् | धेरै अँध्यारो भइसकेको थियो | रात पनि छिप्पिंदै जाँदै थियो | एउटा
ट्याक्सी परबाट आउदै गरेको देख्यो | दुबैले ट्याक्सी रोक्न हात हल्लायो तर
ट्याक्सी रोकेन | जब, ट्याक्सी तिनीहरुको नजिकबाट पास हुँदै थियो,अनीताले देख्यो, पछाडीको
सिटमा बसेको ब्यक्तिले आफ्नो टाउको ट्याक्सीको झ्यालबाट बाहिर निकालेर अनीतालाइ
घुरेर हेर्दै, अनी मुस्कुराउन्दै गएको |
त्यो ब्यक्ति अरुकोही नभई रमेश थियो
| अनीता अचम्ममा परि आँखा ठुल-ठुलो पार्दै हेर्दै स्नेहालाई भन्न त खोज्दै थिइन्
तर उसको कण्ठबाट आवाज निस्के पो | डर र त्रासको मिश्रणले उनको स्वर निसकेन | अर्को
एउटा ट्याक्सी आउदै गरेको देख्यो | त्यहि बेला स्नेहाले ट्याक्सी रोकिन | दुवै त्यस
ट्याक्सीभित्र बस्यो | अनीताको हालत एकदमै खराब हुँदै थियो | टोलाउन्दै सोच्न थाली
| के भइरहेको छ उनले बुझ्न खोजिन तर सकेन | उनी वास्तविक र भ्रमको भुमरीमा
हराउंदै थिईन | उसलाई थाकेको महसुस हुनथाल्यो | उ अब आराम गर्न चाहन्थीइ | स्नेहाको
कुममा आफ्नो टाउको अढेस लगाएर आँखा चिम्लेको मात्र के थियो | नजिक आउंदै गरेको
अर्को गाडीको चर्को हर्नको आवाज उसको कानमा ठोकियो | ट्याक्सी जसो-जसो स्नेहाको
बिल्डिंग नजिक पुग्दै थियो | एउटा अर्को ट्याक्सीको आवाज नजिक हुँदै गयो |
ट्याक्सी बिल्डिंग नजिकै रोकियो | ठिक
बिस मिटरको दुरीमा अर्को ट्याक्सी पनि रोकियो | ट्याक्सीलाई पैसा दिएपछी अनीताले
आफुलाई रोक्न सकिनन् | उ त्यो अर्को ट्याक्सी निर गएर कराउन थालिन “आखिर तँ के चाहन्छस् ? मेरो
पछी-पछी किन लाग्दैछस् हाँ...? किन मलाई यसरि हैरान पार्दैछस् ?”
त्यो ट्याक्सी ड्राइभर केहि बोल्न
सकेन | मात्र टोलाई रहयो | त्यहि बेला आफु बसेको ट्याक्सीबाट आवाज आयो “हेलो म्याडम...!
आफ्नो पैसा त फिर्ता लिएर जानुस |” रमेशको यो डरलाग्दो अनि भारि आवाज अनीताले
सुनसान वातावरणमा त के ! कोलाहलमा पनि पहिचान गर्न सक्थिई | “हेलो म्याडम !”
भन्ने शब्द उसलाई डरलाग्दो र शब्दमै आलो रगत बग्दै गरेको जस्तो महसुस भयो |
अनीताले फर्केर हेर्यो | आफु चढेको
ट्याक्सीको, ड्राइभीङ्ग सिटको ढोकामा रमेश उभिएर मुस्कुराउन्दै पैसा उ तर्फ
तेर्साउन्दै थियो | यो देखेर अनीता पसिनै पसिनाले निथ्रुक्कै भीजेर निन्द्राबाट अतालिदै
बिउझिन | डराएर उसले साँस लामो-लामो तान्न थाल्यो | मुटुपनि जोड-जोडले धड्की रहेको
थियो उसको | निघारको पसिना पुछ्यो | एक गिलास पानी पियो | आफ्नो दाँया-बायाँ
नियालेर हेर्यो | अनि बल्ल उसले लामो साँस तान्यो | मुटुको धड्कन आफ्नै रफ्तारमा
फेरी चलन थाल्यो |
“थ्यांक गड ! मैले जे देखे त्यो सब
सपना रहेछ |” सुस्तरी फुसफुसायो | उ त अहिले आफ्नो घर नारायणघाटमै थिइन | काठमाडौँ
त उसलाई भोलि मात्र जानु थियो | आफ्नो नँया फ्ल्याटको फोटो हेर्दाहेर्दै सुतेकी
थिइ उ | पहिलो पल्ट आफ्नो घर भन्दा टाढा एक्लै बस्न जाँदै थिईन | सायद त्यसैले
उसलाई यस्तो सपना आएको थियो |
अर्को दिन काठमाडौँ जान बस पर्खियो
| बस अलि लेट थियो | काठमाडौँ पुग्दा-पुग्दै अबेर रात भइसकेको थियो | उसले
ट्याक्सी रोक्यो | ट्याक्सी ड्राइभरसंग भाडा मोलमोलाई गरेर कुरा मिलेपछी चढी |
तर अचम्मको कुरा जुन बाटो उ सपनामा
आफ्नो साथी स्नेहाको घर गईकी थिइन् | त्यहि बाटो हुँदै ट्याक्सी ड्राइभरले उसलाई
लिएर जाँदै थियो | उ आफ्नो फ्ल्याटको गेटमा पुग्यो | गेट अगाडी पुग्दा झसङ्ग भईन | गेटमा त्यहि सेकुरिटी
गार्डको ड्रेसमा उही मान्छे थियो | जसलाई उनले आफ्नो एक रात अघीको सपनामा देखेकी
थिईन | अनीतालाई लाग्यो अहिले पनि उ सपना नै हेर्दै छिन | चारै तिर नजर दौडायो |
“गुड इभिनिंग म्याडम” सेक्युरिटी गार्डले नजिकै आएर भन्यो | अनीता झन् आतीइन् | एक
नजर फेरी सेक्युरिटी गार्ड माथी दौडायो | सेक्युरिटी गार्डको गुलाबी गिजाको
मुस्कान यथावतनै थियो | उसको “गुड इभिनिंग म्याडम” भन्ने शब्द पनि उसलाई आलो रगत
बग्दै गरेको भारि आवाज “हेलो म्याडम !” जस्तै लाग्यो | उ झन् अतालिईन् | र दौडेर
भर्याङ्ग उक्लिन थालिन |
“यो सपना होइन- यो सपना होइन- यो
सपना होइन” मनमनै कुनै मन्त्र जस्तो दोहोराईन | आफुलाई सम्भाल्दै उ आफ्नो फ्ल्याटमा
पुगिन | उसले केहि पल वास्तविकता र सपनाको बीचको दुरी पार गर्न खोज्यो तर .... के
साँचो हो र के छल ? बुझ्न सकिनन् | केहि छिनपछी घरमा सानो तिनो चिजहरु सजाउन सुरु
गरिन | तर जस्तो उसले आफ्नो सपनामा फ्ल्याटलाई देखेकी थिइ | त्यसको ठिक बिपरित
जानी-जानी सजाईन |
काम गर्दा गर्दै उसलाई हल्का
निन्द्रा आउन थाल्यो | अनि प्याकर्सलाई आउन पनि केहि घण्टा बाकी थियो | उसले
सोच्यो, “केहि बेर आराम गरे भने अलि रिल्याक्स फील गर्छु |” यात्राले थाकेकी पनि
थिइ, करिब दुई घण्टा नै सुतेकी होली अनीता, जब उसको आँखा खुल्यो | उसको नजर आफ्नो
कोठाभरि दौडियो | उसले देखेको दृश्यले उसलाई सत्य र झुठ माथी बिश्वास गर्न नै
गाह्रो भयो | किनकी उसको कोठा त्यस्तै सजिएको देख्यो जस्तो उसले आफ्नो सपनामा देखेकी
थिईन | पुर्व तिर राखेको घडी, सपनामा जस्तै उत्तर तिरको भित्तामा झुन्डिएको थियो |
अरु थुप्रै समानहरु पनि सपनामा देखेको जस्तै ठाउँमा नै थियो |
अनीता बिउझिन चाहान्थिइन | उसले
सोच्दै थिइ,की उसले सपना नै देख्दै छिन | फर्निस्ट फ्ल्याट थियो | फिर्जबाट चिसो
पानीको बोतल निकालेर पुरै पानी आफ्नो टाउको माथी खन्यायो | तर पनि उसको निन्द्रा
खुलेन | उ सुतेकै थिईनन | जे देख्दै थिइ, त्यो सब बिपना नै थियो | यो सब वास्तबमै
उ सामु घटीरहेको थियो | त्यहि बेला उसको फोन बज्यो “ट्रीरियु- ट्रीरियु” | चेक
गर्यो एउटा मेसेज रहेछ | मेसेजमा लेखिएको थियो “तपाईको समान डेलिभरी गर्न हाम्रो
एकस्क्युतिभ रमेश केहि छिन मै तपाईको घर पुगनेछ | थ्यांक यु !”
अनीताले तुरुन्त आफ्नो फोन अफ गरेर करेन्ट
लागेझैँ गरि फोनलाई ओछ्यान माथी फ्याक्यो | अनीता जमिनमा बसी अहिलेसम्म घटेको सारा
घटनाबारे सोच्दै थिइन् | त्यहि बेला उसले स्विच अफ गरेको फोन फेरी जोर-जोरले बज्न
थाल्यो “ट्रीरियु- ट्रीरियु” |
डराई- डराई उसले फोन उठायो | फोनबाट
आवाज आयो “हेलो म्याडम...! रमेशको नामबाट मेसेज आएको होला तपाईलाइ | तर उ वर्षातको
कारणले बाटोमै अड्केको छ | उ आउन सक्दैन | मेरो नाम अजय हो | म तपाइको सबै समान
लिएर आएको छु | बिल्डिंगको मुनी नै उभिएको छु |”
अनीता ! यो आवाजलाई कसरी भुल्न सक्थियो
र ? यो आवाजले अनीतालाई अघिल्लो दुईदिन मै डरको सहि मतलब सम्झाई सकेको थियो | त्यसलाई
भुल्न त्यति सहज थिएन | अनीता आफ्नो सेफ्टीको लागी कोठा वरीपरि हतियार खोज्न
थालिन, ठिक त्यहि बेला उसको इन्टरकम बज्यो | “ट्रीरिङ्ग- ट्रीरिङ्ग- ट्रीरिङ्ग”
अनीताले फोन उठायो | सेकुरिटीले फोन
गरेको रैछ “बहिनी ! कोई अजय नामको मान्छे हजुरको सामान लिएर आएको छ |”
अनीता एकदम अतालिंदै बोलिन “जेसुकै
होस् उसलाई त्यहि रोकेर राख्नु | म आफै आएर हेर्छु |”
उसले सोच्यो चारजना वरिपरी भयो भने
डर भाग्नेछ तर अनीतालाई के थाहा त्यो चारजना मान्छेसम्म पुग्नु नै असली लडाई लड्नु
थियो | मुनी जान ढोका खोल्यो |
ढोका खोल्ने बित्तिकै अनीता ढुंगाको
मूर्ति जस्तै भइन | डरले हलचल गर्न सकेन | उसको आँखा अगाडी ढोकामा रमेश मुस्कुराउन्दै
उभिएको थियो |
रमेशले कुटिल मुस्कान छर्दै भन्यो “हेलो
म्याडम..! के भयो ? आज एउटा पनि फोन गर्नु भएन तपाइले? हुम्म? तिन महिना पहिला
तपाई यहाँ आउनु भएको बेला | खाना छिटो पुर्याउ- छिटो पुर्याउ भनेर फोनमा फोन-फोनमा
फोन गर्दै हुनुहुन्थियो | तर आज यती महँगो सामानको पर्वाह नै छैन तपाईलाई ?”
अनीताले आफुलाइ सम्भाल्दै एकै झट्कामा
ढोकालाई बेस्सरी बन्द गरिन | त्यहि बेला उसलाई केहि सम्झना आयो |
तिन महिना पहिला...,
जब उ काठमाडौँको
एउटा एड एजेन्सीमा इन्टर्न गर्दै थिइन | कामको धेरै चाप भएकोले काम नसकाइ कोठा जान
नसकिने स्थिती भयो | रात अबेर भइसकेकोले भोक पनि तिब्र लागीरहेको थियो | उसले
फुडमान्दुको एड केहि हफ्ता पहिलै बनाएकी थिइन् | उसले सम्झिन र फुडमान्दुको वेबसाइटमा
गएर खाना अर्डर गरिन | अर्डर गरेको एकछिन मै एउटा रेस्टुरेन्टबाट कन्फरमेसन कल आयो
र बिस मिनेटमै डेलिभरी गरिदिने पक्का गर्यो |
खाना आउँन अलि ढिला हुँदै थियो |
भोक पनि एकदमै लागी रहेकोथियो | बाहिर गएर केहि खाउ भने बाहिर वर्षात हुँदै थियो |
भोकले छतपताएर रेस्टुरेन्टमा फोन गरि अनीताले डेलिभरी ब्वाईको नम्बर लिएर उसलाइ पनि
फोन गर्यो | डेलिभरी ब्वाई बाटोमा उसैको डेलिभरी लिएर आउदै थियो | फोन उठाएर उसले
भन्यो “हेलो म्याडम ! अचानक वर्षात शुरु भयो | बाटो अलि क्लिएर छैन | म करिब बिस
मिनेट भित्र पुग्छु होला |”
तर अनीताले झर्किंदै “बिस मिनेट
धेरै भयो | तिम्रो बिस मिनेट अघि नै पासआउट भइसक्यो | यहाँ मान्छेलाई भोकले मार्न
लागीसक्यो | पाँच मिनेट मै डेलिभरी गरि देउ नत्र म पैसा पे गर्दिन |” भनिन |
अनीताले झर्किंदै “पैसा पे गर्दिन”
भनेको कुराबाट त्रसित भएर उसले सोच्यो | मेन रोडबाट निस्किएर गल्लीबाट गए भने चाडै
पुग्नेछु |
डेलिभरी नगरी फर्कियो वा डेलिभरी
गरेर पनि क्लाइन्तले पैसा दिएन भने साहुले तलबबाट पैसा काट्छ | यो खानाको पैसा
उसलाई डेलिभरीबाट पाउने पैसा भन्दा धेरै थियो |
उ पुग्थियो पनि तर अनीता बारमबार
फोन गर्दै थिइन र बाईक चलाउंदा चलाऊदै कुरा गर्दै गर्दा उसको घ्यान बाँडयो | गल्लीको
एउटा मोडमा बिपरित दिसाबाट आउंदै गरेको गाडी उसले देखेन र उसको एक्सिडेन्ट भयो |
“ढ्याम-आम्....” डेलिभरी ब्वाईको घटना स्थल मै मृत्यु भयो | डेलिभरी ब्वाईको शरीरबाट
रगत बग्दै वर्षातको पानीसंग मिसिएर रातो हुँदै बग्न थाल्यो |
अनीतालाइ अहिले आफ्नो गल्ती महसुस
भइरहेको थियो | उनले स्नेहालाई फोन गरिन | स्नेहाले फोन उठाईन तर बाहिर भइरहेको वर्षातको
कारण सिग्नलको खराबीले कुरा बुझीनन् | आफ्नो बार्दलीमा गएर अनीताले स्नेहालाई सबै
कुरा भनिदिई | वर्षातले पानीको छिट्टा बार्दलीमा छरिन्दै थियो | यसै बीच उसको घरको
डोर बेल बारमबार लगातार बज्न थाल्यो | “टिंग-टोंग-टिंग टोंग- टिंग टोंग- टिंग टोंग
टिंग टोंग- टिंग टोंग”
अल्मलिन्दै अनीता ढोकामा हेर्न
फर्किन | त्यहि बेला उसको खुट्टा बार्दलीमा चिप्लियो | अनि फोन मै स्नेहाले सुनिन
“आsssह” अनीताको चीत्कार |
करिब दुई घण्टा पछी स्नेहाले पुलिस
लिएर त्यहाँ आईन | हेर्यो फ्ल्याट भित्र, बार्दलीमा अनीता लडी रहेकी छिन | पुलिस
गएर नाडी छामेर भन्यो, “सी इज नो मोर |”
वर्षात अचानक रोकयो | अनीताको
लासबाट बग्दै गरेको रगत, वर्षातको पानीसंग मिसिएर बग्दै थियो | अनि हातले समातेको मोबाइलमा
अन्तिम मेसेज थियो “योर प्याकेजेस ह्याज बिन डेलिभर्ड”
समाप्त
-विलीयम न्युरोज © २०७७ बि.सं.