Saturday, October 2, 2021

ढुकढुकी – उपन्यास (Chapter 1) भाग-२

  ढुकढुकी – उपन्यास (Chapter 1-भाग २)




[२]


उताबाट “हेलो” भन्ने पुरुषको स्वर आएपछी प्रतिभाले सोधिन “यहाँ को बोल्नुभएको?”

“म विनय बोल्दैछु । यहाँ को बोल्दै हुनुहुन्छ नि ?” विनयले सोधे । “बोल्ने को होला त, यहाँ नै गेस गर्नुस न ।” प्रतिभाले हास्दै जवाफ दिइन ।

“मैले त राम्रोसंग ठम्याउन सकिन । यहाको शुभ नाम ?” विनयले फेरी सोधे ।

“यति चांडो कसरी बिर्सनु भएको त । ठुलो मानिसहरु जुनसुकै कुरा चाँडो बिर्सन्छन अरे भनेको ठिकैजस्तो लाग्यो तैपनि गेस गर्नुहोस न विनयजी ।” प्रतिभाले हास्दै भनिन ।

एक अपरिचित केटीको स्वर । विनयले राम्ररी चिन्नै सकेनन । “मैले त यहाँलाई चिन्न सकिन । यहालाई कुनै आपत्ति छैन भने नाउ बताईदिनुहुन्छ कि?” विनयले नम्र भावमा उत्सुकतापुर्वक सोधे ।

“हाय राम !, चिन्न सक्नुभएन, होइन त बिनयजी? म डाक्टर प्रतिभा बोल्दै छु । अब त चुन्नुभयो होला नि ! कि अझै चिन्न सक्नु भएन ?” प्रतिभाले हास्दै भनिन् ।

“ओहो ! नमस्कार डाक्टरनी साहेब । आज कताबाट ? टेलिफोनमा पहिलो पटक यहाँको स्वर सुन्दा कसरी चिन्न सकूँ त् ? अनि तपाई रामको ठुलो भक्त पर्नु भो की । “हाय राम” भन्नुभो त् ? ” विनयले हास्दै भने ।

“ए ! त्यो, रेडियोमा “गुम है किसी के” भन्ने गीत बज्दै थियो । अनयासै मुखबाट “हाय राम” शब्द निस्कियो । अनि तपाईले पनि यति चाडै बिर्सनु भएकोले पनि “हाय राम-फुती किस्मत” ।” डा.प्रतिभाले हास्दै भने ।

“बिर्सेको त होइन, काममा अलि व्यस्त भएको मात्र हु । अनि प्रतिभाजी, “गुम है किसी के” !!, यो कुन फिल्मको गीत हो र? मैले त सुनेकै रहेनछु ।”

“अहिले भर्खर अशोक हल-पाटनमा चल्दै गरेको “रामपुरका लक्ष्मण” फिल्मको गीत हो । यहाको कुरा सुन्दा फिल्म हेर्नुत परको कुरा, रेडियो पनि सुन्नु हुन् जस्तोछ ।” प्रतिभाके हास्दै भने ।

“त्यो त हो ! कामको व्यस्तताले रेडियो सुन्न समेत अलि फुर्सत मिलाउन मुस्किल छ । अनि आरामै, डाक्टरनी साहेबलाई ?” विनयले हास्दै सोधे ।

“यहाको कृपाले सन्चै छ । यहाँलाई कस्तो छ नि ? अरु हालखबर के छ नि?” प्रतिभाले सोधिन ।

“सबै बेसै छ, प्रतिभाजी । कुनै नौलो घटना घटेको छैन ।” विनयले हास्दै भने ।

“अचेल तपाईको बिजनेस कस्तो चलिरहेको छ नि ?” प्रतिभाले फेरी सोधिन । “ठिकै छ. प्रतिभाजी त्यतिको उल्लेखनीय प्रगति केहि भएको छैन ।”

“यहाँकी आन्टीलाई अचेल कस्तो छ नि ?” प्रतिभाले सोधिन ।

“अब त रोग बिल्कुल आराम भयो । यहाँहरुकै प्रयासले राम्रो भयो । यसका लागि म तपाईप्रति आभारी छु ।”

“बिरामीको सेवा गर्नु नै हाम्रो कर्तब्य हो नि. विनयजी ।” प्रतिभाले हास्दै भनिन ।

“यो कुरा त ठिकै हो तैपनि....” बिचैमा कुरा काटेर प्रतिभाले भनिन् “भो-भो । हामीलाई त्यति धन्यबाद नदिनोस विनयजी कि धन्यबाद राख्ने ठाउँ नै नरहोस् ।”

विनय हाँसे अनि प्रतिभा पनि हाँसिन । “मैले बोर त गरिन विनयजी ?”

“केको बोर नि? बरु यहाँले नै सम्झनुभएकोमा धेरै-धेरै धन्यबाद छ ।” विनयले हास्दै भने ।

“उफ ! फेरी धन्यबाद । मैले यहालाई भनिसके नि कहिँ धन्यबाद राख्ने ठाउ नै नरहोस् ।” प्रतिभाले भनिन ।

“लौ त् विनयजी । मैले तपाईको धेरै समय लिए । कति काम होला यहाको । कहिलेकाही त सम्झना होला नि ।” प्रतिभाले मिठो हासो हास्दै भनिन ।

“अवश्य प्रतिभाजी” विनयले पनि हास्दै भने ।

“बाई विनयजी ।” प्रतिभाले भनिन ।

“बाई ।” विनयको स्वर थियो ।

प्रतिभा फेरी सोफामा बासिन र हातले अखबार लिएर पढ्न थालिन । रेडियोमा गीत बहिरहेको थियो ।

“पलकें झुका दे तो इकरार समझो

रखती है कबसे छुपा छुपा के

अपने होठों में

पिया तेरा नाम

हो गुम है किसी के

प्यार में दिल सुबह शाम

पर तुम्हें लिख नहीं पाऊं

मैं उसका नाम

हाय राम .....”

 

प्रतिभा मुसुक्क हाँसिन अनि अखबार टेबुलमा राखी “हाई” गर्दै हात पसारेर आङ्ग तानिन । पलंगमा पल्टेर प्रतिभाले मनमा अनेक कुराहरु खेलाईरहिन । विनयका बारेमा के-के कुरा सोचिरहीन अनि खित्त हाँसेर “हाय राम” भन्दै ओढ्नेले मुख छोपिन । कुन बेला निदाइन, उनलाई स्वयम् सम्झना रहेन ।

उता विनयलाई पनि टेलिफोनमा प्रतिभाको पहिलो कलले अचम्म नलागेको होइन । आज कताबाट प्रतिभाको टेलिफोन आयो – यहि बिषयमा विनयले धेरै बेर सोचीरहे ।

अतितका घटनाहरु विनयको मनमा एक-एक गरि नाच्न थाले । अनि मनमनै हांसी मनमनै गुन्न थाले – जीवन यस्तै नै हो ।

यसरि मनमा कुरा खेलाउंदा-खेलाउंदै विनय पनि निन्द्रादेवीको काखमा लोटिए ।

क्रमस

***

अर्को भागमा....! 

Wednesday, September 8, 2021

ढुकढुकी – उपन्यास (Chapter 1) भाग-१


एकजना मेरो अभिन्न मित्रले सुझाए अनुरुप मैले पनि उपन्यास लेखनमा थालनी गरे तर कथा वस्तु अहिलेको २१औं शताब्दिको चाहि होइन कथा मैले ७०औ दशक तिरको छानेको छु | जुन बेला मोबाइल थिएन, टिभी थिएन, इन्टरनेट थिएन, त्यो बेलाको जीवन शैलीलाई अपनाएर लेख्ने जमर्को गरेकोछु | जहाँ बोलिचाली सभ्य, शिक्षित हुन्थियो | गिनेचुनेको व्यक्ति संग मात्र मोटरकार, टेलीफोन र साइकल हुन्थियो | जुन युगमा जिन्स भन्दा सारी र सुट कै पहिरन अपनाउथियो | त्यो समयको कथा वस्तुलाई अंगालेको छु | आशा गर्छु मेरा पाठकहरुलाई राम्रो लाग्नेछ | तर कथा सुरु गर्नु भन्दा पहिला एउटा सम्मान्य कुरा भनिहालु.....

 

"यस कथामा वर्णित सबै पात्र र घटनाहरु काल्पनिक हुन्। अतः पात्र, कथा, कुनै घटनासित, वा कुनै उपन्यास-किताब विशेषको कुनै प्रकारको सम्बन्ध छैन । यी सब लकडाउनमा उब्जेका छाल मात्र हुन् । तर यस कथाको कुनै अंश वा पुरै उपन्यास कुनै माध्यमद्घारा पुनरुत्पादन, कपीपेस्त वा प्रसारण गर्न पाइने छैन । कसैले गरेको पाइए प्रतिलिपि अधिकार ऐन अन्तर्गत कारवाही गरिनेछ ।"

-विलियम न्युरोज





 ढुकढुकी – उपन्यास (१)


[१]

विनय बीर अस्पतालको दस नम्बर प्राइभेट क्याबिनको मेचमा बसी “दि यलस्ट्रेटेड वीक्ली अफ इन्डिया” पत्रिका पढिरहेका थिए। यत्तिकैमा कोठाको ढोका खुल्यो । लेडी डाक्टरले प्रवेश गरेर बिरामीलाई जाँच्ने काम सकिएपछी विनयले डाक्टरसित सोधे “अहिले कस्तो छ, उहाँलाई?”

केहि बेर मौन भएर डाक्टरले उत्तर दिइन: “त्यत्तिको सिरियस त केहि छैन । ब्लडप्रेसर पनि अहिले त ठिकै छ, तर, उमेर ढलीसकेकाले यसै होला भनी निश्चयपुर्वक केहि भन्न सकिन्न।”

केहि नबोली विनय चुप लागे । “उहाँ तपाईको को हुनुहुन्छ ?” डाक्टरले विनयसित सोधिन ।

“उहाँ मेरी आंटी हुनुहुन्छ ।” विनयको उत्तर थियो ।

“अनि हिजो-अस्ती कुरुवा बस्नु हुने, वहाँ को  हुनुहुन्छ ?” डाक्टरले विनयसित फेरी सोधिन ।

“वहाँ आंटीकै छोरी, मेरी बहिनी ।“ विनयले उत्तर दियो ।

“ओके ! अनी, यहाँको शुभ नाम ?” डाक्टरले विनयसित सोधिन ।

“मेरो नाउँ विनय बिष्ट हो ।” खल्तीबाट भिजिटिंग कार्ड झिकेर दिंदै विनयले उत्तर दिए । डाक्टरले कार्ड हेरेपछी भनिन् –“यहाँ त बिजिनेसम्यान हुनुहुँदो रहेछ ।”

“सानो-तिनो बिजिनेस गर्दछु । डाक्टर हुन् सकिएन त के गर्नु ।” विनयले मुसुक्क हास्दै भने ।

“डाक्टरी विद्या नपढी ठिक गर्नु भयो विनयजी तपाईले । डाक्टरी पढ्नु भएको भए त्यसको स्वाद पाउनुहुन्थियो ।” डाक्टरले भनिन ।

विनयले हास्दै सोधे :- “यहाँको शुभ नाम नि?”

“प्रतिभा राणा।” डा. प्रतिभाले उत्तर दीइन

“नाईस नेम ! नाम जस्तै प्रतिभा हुनुहुँदो रहेछ । त्यस्तो सिकीस्त आंटीलाई सन्चो पार्दै हुनुहुन्छ ।” विनयको मुखबाट आफ्नो तारिफ सुनेर मुसुक्क हास्दै डा.प्रतिभाले भने “थ्यान्कु बत दिस इज माई डियुटी ।”

विनय चुप लागे । केहि बोलेनन् । लौ त विनयजी, म जाउ । अरु वार्डतिर पनि जानुछ । फेरी भेट होला नि ।”

मेचबाट उठेर विनयले नमस्कार गरे । डा.प्रतिभाले हास्दै “नमस्कार” फर्काईन् ।

यसरी नै अस्पतालमा विनय र प्रतिभाको दुई-चार पटक भेट भएको थियो । आंटी निको भएर आफ्नो छोरीसंगै घर फर्किन, विनय आफ्नो काम मै व्यस्त भए ।

नवयुवक विनय अग्ला र गोरा भनेर उस्ता गोरा पनि नभई ठिकैका थिए । शरीरको बनोट साह्रै राम्रो थियो । उनको बोली-चाली रहरलाग्दोका साथै उनि नम्र र भलादमी थिए । धेरै मानिसहरु विनय देखि प्रभावित थिए । चौध-पन्द्र वर्षको उमेरमै आफ्ना बाबु र आमा गुमाएका उनले एम.ए पास गरेका थिए । कार, बंगला, धन-सम्पति सबै थोक भएर पनि उनलाई केहि कुराको अभाव महसुस हुन्थियो । 

समय-समयमा अनेक केटीहरुसित विनयको भेटघाट नभएको होइन । तर किन हो किन, तिनीहरुमध्ये कसैलाई पनि उनले जीवनसंगिनी बनाउन योग्य ठानेनन् । आफ्नो जीवनमा एकदुई घटनामा उनी परिसकेकाले पनि अगुल्टो देखि पोलेको कुकुर बिजुली देखि किन नतर्सोस भने झैँ विनयको पनि यस्तो स्थिति थियो ।

डाक्टर प्रतिभा आफ्नो क्वार्टरमा बसी पत्रिका पढिरहेकी थिइन् । कोठाको रेडियोमा हिन्दी गीत बजिरहेको थियो ।

“गुम है किसी के प्यार में दिल सुबह शाम

पर तुम्हें लिख नहीं पाऊं

मैं उसका नाम

हाय राम हाय राम”

 

डा.प्रतिभाको मन आज कता-कता घुमिरहेको थियो । रेडियोमा बज्दै गरेको हिन्दी फिल्म “रामपुरका लक्ष्मण” को गीतले उसैको मनको कुरा गीत मार्फत भन्दै गरेको उनलाई भान भयो । विनयसंग हस्पिटलमा भेताघट बेला कुराकानी भएको बिषयमा उनि सोचिरहेकी थिइन् । त्यो अग्लो शरीरमा हिसी परेको मुहार, मीठो बोली, शान्त स्वभाव इत्यादिले डाक्टर प्रतिभाको मन कुतकुतारहेका थिए । यत्तिकैमा सानो स्वरमा बजिरहेको रेडियोबाट गीतको अर्को मुखादा बज्दैथियो ।

“सोचा है एक दिन

मैं उससे मिल के

कह डालूँ अपने

सब हाल दिल के

और कर दूँ जीवन उसके हवाले

फिर छोड़ दे चाहे अपना बना ले

मैं तो उसका रे

हुआ दीवाना

अब तो जैसा भी

मेरा हो अंजाम

हो गुम है किसी के

प्यार में दिल सुबह शाम

पर तुम्हें लिख नहीं पाऊं

मैं उसका नाम

हाय राम हाय राम”

 

हातको अखबार टेबुलमा राखी प्रतिभा रेडियो भएतर्फ गइन अनि त्यसको भोल्युम बढाइन । फेरी आएर सुस्केरा हाल्दै उनि सोफामा बासिन ।

प्रतिभाको मनमा अनेक कुराहरु खेल्न थाले । उनको मनमा विनयकै अनुहार प्रतिबिम्बित भइरहेथ्यो । केहि बेरपछि प्रतिभा उठिन अनी दराजमा रहेको ह्याण्डब्यागबाट विनयको कार्ड झिकिन । त्यसपछी टेलिफोनको रिसिभर उठाएर उनले डायल गरिन् ।

क्रमसः


त्यस पछी के भयो ? फोन उठ्यो कि उठेन ? के-के कुरा भयो ! अर्को भागमा.... ! 

Monday, May 10, 2021

यदि कोरोनाको कहरले मनुष्य जातीको नश्ल नै समाप्त भयो भने के हुन्छ ?

  यदि कोरोनाको कहरले मनुष्य जातीको नश्ल नै समाप्त भयो भने के हुन्छ ?



मानव सभ्यताको प्रारम्भ कालदेखि नै मानवले आफूलाई आफ्नो परिवेशमा मात्र सीमित राखेन। प्रकृतिको नियम र प्राकृतिक शक्तीलाई नै नबुझी बृहत् संसारभित्र मानव शक्ती प्रदर्शन गर्न नयाँ-नयाँ बिकासको परिकार रचन थाल्यो। प्रकृतिको नियम हो परिवर्तन र परिमार्जन । यहिँ नबुझी जीवहरुमा श्रेष्ठ मानिने मानवका दिशाहीन, गैर जिम्मेवार र अवैज्ञानिक गतिविधिहरुले अलौकिक गुण सम्पन्न पृथ्वीसँग जोडिएको आकाशमण्डलमा समेत नकारात्मक असर परेको छ । त्यहिँ नकारात्मक असरको परिणाम हो “करोना भाइरस” !

दोश्रो लकडाउनसंगै बिगत एक वर्षमा कोरोनाको कहरले कतिजनालाई निल्यो ! त्यो डाटा अहिले हामीसँग छ। दिन प्रतिदिन मृत्युदर बढेसंगै मानव जीवनमा त्रास बढ्नु स्वाभाविक नै हो ।

समयसँगै नयाँनयाँ सृजनासंगै बिनासको पनि उद्घाटित हुन्छन्। भविष्यमा प्रमाणित हुनसक्ने सत्यबाट मानव समाज आज अनभिज्ञ छन । त्यसैले मानव कल्पना गर्छ । भविष्य उन्मुख भएर कथा रच्छ। यथार्थ भन्दा टाढाको संसारबारे कल्पना गरेर यथार्थको परिवेशभन्दा परका भविष्यमा यदि कोरोनाको कहरले मानव जातीको नश्ल नै समाप्त भयो भने के हुन्छ? भन्ने कल्पना स्वरूप मैले केही लेखेकोछु ।

 

मानव नभएको पृथ्वीको पहिलो दिन :

मानव बिनाको पृथ्वीमा पहिलो दिन बिनाशको दृश्य देखिन्छ । मानव द्वारा बनाईएको हरेक चिज कन्ट्रोल भन्दा बाहिर हुनेछ । अरुबेला तँछाड् मछाड् गरेर गुड्ने यातायात, यस पृथ्वीमा पुरै ठप्प हुन्छ । मानव द्वारा हुने कामहरु सबै बन्द हुन्छ । चारैतिर एकनासे शुन्यता हुन्छ । तर त्यसलाई महसुस गर्ने मात्र जनावर हुनेछन ।

मानवहरु नहुनाले पृथ्वीबाट बिजुली बत्ति बिस्तारै-बिस्तारै जानथाल्छ । अनि पृथ्वीमा अन्धकार छाउन थाल्छ । हुन त सोलार प्लेटसको मद्दतले केहि महिना बिजुली त आउला ! तर केहि महिनापछी त्यो पनि बन्द हुन्छ र सम्पूर्ण पृथ्वी अँध्यारोमा बिलिन हुन्छ । विजुली नहुनाले संसारको मोबाइल फोन, टिभी टावर, रेडियो सबै बन्द हुन्छ । ईन्टरनेट सेवा बन्द हुन्छ । पृथ्वीमा मानव निर्मित रेडीएसन समाप्त हुन्छ ।

मानव नहुनाको कारण अन्तरिक्षमा रहेको सबै स्याटलाइट अन्तरिक्षमै एक-आपसमा ठोकेर नष्ट हुन्छ । एक वर्ष भित्र सबै स्याटलाइट नष्ट हुन्छ ।

 

एक महिनापछी :

मानव नहुँदाको एक महिनापछी संसारको सबै नदिहरुमा सफा पानी बग्न थाल्छ । पानीको उपभोग कम भएका कारणले लुप्त भइसकेको नदी-नाला फेरी जीवन्त भइ बग्न थाल्छन । काठमाडौँमा रहेको लुप्त हुनलागेको ढुंगे घाराबाट स्वच्छ पानी बग्न थाल्छ ।

प्रकृतिले आफ्नो काम गर्न सुरु गरीसकेको हुनेछ । पृथ्वीबाट प्रदुषणको स्तर एकदमै तल झर्छ । कुनै पनि प्रकारको रेडिएसन नहुनाको कारणले जीव र पन्छीको संख्यामा बृदी हुनथाल्छ। हरेक ठाउँमा रुख बिरुवाहरु फस्टाउन थाल्छन । नव निर्मित धरहरामा बोटहरु उम्रिन थाल्छ । बन्यजीवन एक पटक फेरी जीवन्त हुन्छ । मानव निर्मित सबै भवनहरुमा जनावर र पशुपंछीहरुले डेरा जमाउन थाल्छन । अब सम्पूर्ण पृथ्वी हरियो देखिन थाल्छ । पृथ्वीको चारैतिर हरियाली छाउन थाल्छ र वायु प्रदुषण मुक्त हुन्छ ।

 

एक वर्षपछी :

एक वर्षपछी जाडो, गर्मी र मनसुनको मौसममा अन्तर आउन थाल्छ । समुन्द्र र नदि, नालाहरुमा जल जीवन बृदी हुन थाल्छ । मानव द्वारा निर्मित हरेक चिजमा प्रकृतिले आफ्नो असर देखाउन सुरु गर्छ । विस्तारै-विस्तारै घर, बिल्डिंग, पुलहरु नष्ट हुन् सुरु हुन्छ । धरहरामा रुखबिरुवाले आफ्नो अघिकार जमाएको देखिन थाल्छ । छतबिछत टुक्रिएको धरहरा अब एउटा बिशाल रुखमा परिणत भइसकेको हुनेछ ।

 

दश वर्षपछी:

दश वर्षपछी सम्पूर्ण पृथ्वी अन्तरिक्षमा हरियो रङको देखिन थाल्ने छ । मानवद्वारा काटिएको जंगल एक पटक फेरी उम्रेर जंगल हरियाली हुनेछ । संकटमा परेको हरेक जंगली प्रजातिहरु फेरी फस्टाउन थाल्नेछ । पृथ्वीको मौसममा धेरै ठुलो परीवर्तन आईसकेको हुन्छ । नदी-नाला, लेक, सरोवर फेरी एक पटक पानीले जलमग्न भई भरिन्छ । प्रदुषण समाप्त भएको कारणले रातमा आकाश एकदमै सफा देखिनेछन् । मौसममा गर्मीको कमी आउन थाल्नेछ ।

 

पच्चीस वर्षपछी :

२५ वर्षपछी जति पनि सडक, गल्लीहरु छन् । त्यो सबै रुखबिरुवाले ढाकीसकेको हुनेछ । यी सब रुखहरुलाई काट्ने कोहि नहुँदा शहर होस् वा गाउँ बिस्तारै-बिस्तारै सबै घनघोर जंगलमा परिवर्तित भइसकेको हुनेछन । जनावरहरुको संसार पहिला भन्दा अहिले फल्नेफुल्न थाल्छन । अनि यिनीहरु जति मनलाग्यो, जहा मनलाग्यो त्यतै जान सक्नेछन ।

 

पचास वर्षपछी :

५० वर्षपछी पृथ्वीलाई चिन्न गाह्रो हुनेछ । हाम्रो पृथ्वी कुनै एलियन प्लानेट भन्दा कम हुने छैन । पृथ्वीबाट मानवनिर्मित ग्रिनहाउस ग्यासको लगभग खतम भइसकेको हुनेछ ।

प्लास्टिक ब्याग पूर्णरुपमा डिकमपोज भइसकेको हुनेछ । तर प्लास्टिक बोतलहरु र अरु प्लास्टिकले बनेका बट्टाहरु डिकमपोज हुन् हजारौ वर्ष अझ लाग्नेछ ।

पुरै संसारमा समुन्द्रको स्तर एक फिटसम्म बढी सकेको हुनेछ । पृथ्वीमा मानव द्वारा बनाएको सबै ड्याम फुटेर डुब्नेछ । जसको कारण जुनै पनि नदि-नाला सुख्खा हुनेछैन । फेरी एक पटक काठमाडौँ उपत्यकामा पानी भरिएर तालमा परिणत हुनेछ ।

 

सय वर्षपछी :

१०० वर्षपछी पृथ्वीको सबै भागमा जंगल धेरै घना भैसकेको हुनेछ । बनजीवनमा सन्तुलन भैसकेको हुनेछ । पृथ्वीमा हुने सबै मौसमको बदलाव समयमा नै हुन् थाल्छ । मानव जातिको अन्तिम दिनको तुलनामा जाडो अब धेरै हुन थाल्छ । पृथ्वीमा मानवद्वारा बनाएको केहि चिजहरुलाई छोडेर बाकि सबैको नाम-निशान मेटिन्छ । तैपनि केहि चिजहरु यस्तो पनि हुन्छन जसलाई नष्ट हुन् अझै दुई देखि तिन सय वर्षसम्म लाग्नेछ ।

 

तिन सय वर्षपछी :

३०० वर्षपछी मानव निर्मित सबै ड्याम, इफिलटावर, अग्लो बिल्डिंग, संरचनाहरु टुक्रिएर पृथ्वी भित्र दबी सकेको हुनेछ । काठमाडौँ उपत्यका अहिलेसम्म तालमा परिणत भइसकेको हुनाले यहाँका मठ-मन्दिर, धरहरा, स्वयम्भु, घर र अरु ठुलो र अग्लो स्थानमा रहेको संरचनाहरु जलमा बिलिन भइसकेको हुनेछ ।

कंक्रिटको जंगल अब हरियो जंगलले ओगटी सकेको हुनेछ । बिभिन्न पन्छीका प्रजातिहरु फर्केर आउनेछन । यस्तै गरी जनावरहरुको कयौं नयाँ प्रजातिहरुले जन्म लिईसकेको हुनेछ ।

हामीहरु गैसकेपछि थल स्थलको जीवहरुलाई मात्र फाइदा नभई जल स्थलका जीवहरुलाई पनि फाइदा हुनेछन ।

 

पाँच सय वर्षपछी :

५०० सय वर्षपछी पृथ्वीमा बचेको केहि संरचनाबीच जंगल आइसकेको हुनेछ। र हजारौँ वर्षपछी यस्तो लाग्नेछ, कि पृथ्वीमा कहिलै कुनै मानव जाति नै थिएन । मात्र केहि उनीहरुको ढुंगाको मुर्तिहरु देख्न सकिन्छ । त्यो पनि धेरै जसोलाई वन्य बनस्पतिले घेरिएको हुनेछ । अब, केहि बचेको हुन्छ भने त्यो केवल प्लास्टिक मात्र हुनेछ । जो अब आउने हजारौ वर्षपछी नष्ट हुनेछ ।

प्रकृतिबाट हामीले जे पनि लिएका थियौ । त्यो सबै फेरी प्रकृतिले हामीबाट फिर्ता लिन्छ । पृथ्वीबाट मानव प्रजाती यस्तरी गायब हुन्छ कि मानौ कहिले मानव यस घर्तिमा नै थिएन । यदि केहि हजारौ-लाखौ वर्षपछी पृथ्वीमा मानवले फेरी जन्म लियो भने पनि, उसले थाहा नै पाउदैन । कि, यस पृथ्वीमा कुनै बेला मानवजाति पनि थियो ।

अब प्रश्न उठछ, के हामि भन्दा पहिला कयौं लाख वर्ष पहिले मानव यस धर्तिमा थियो ? हुन सक्छ ! जे होस् तर एउटा कुरा भने पक्का छ । आज हामी मानवजातिले पृथ्वीलाई पूर्णरुपमा खत्तम पारिसकेका छौ । जो हामी विना एक दिन फेरी स्वच्छ र हरियो हुनेछ ।

जे भए पनि, पृथ्वीबाट हामी मानव जातिको पूर्णरुपमा समाप्त हुनु अलि असम्भव छ । तर यदि यस्तो भएन भने? यसको कारण, अब आउने पांच सय वर्षपछी बन्य जन्तु पूर्णरुपमा नष्ट हुनेछ ।

यो पृथ्वी ! हामी मानवको मात्र नभई अरु जिवहरुको पनि हो भन्ने कुरा आज हामीले बुझेनौ भने ! अब आउने केहि वर्षमा उनीहरुको अस्तित्व नै भेताउदैनौ ।

आखिर यत्ति सफलता पाएर मानवले के गर्छ? हामि सबैले यस पृथ्वीलाई सफा स्वच्छ राख्नु पर्छ । ताकि यस पृथ्वीको सबै जीवजन्तुहरु आ-आफ्नो जीवन राम्रोसंग व्यतित गर्न सकुन ।

र प्रकृति, बन्यजन्तु प्रति आफ्नो जिम्मेवारीलाई अवश्य चिनौ र जति हुन सक्छ, त्यति प्रकृतिलाई कमसेकम नोक्सान पुर्याऔ ।

 

हजारौ-लाखौ वर्षपछी :

यत्तिबेलासम्म मानवका नयाँ प्रजातिले पृथ्वीमा फेरी आफ्नो हैकम जमाउन थालीसकेका हुन्छन ।

यस्तैमा वर्षौपछी अहिले हामी मानसरोवर घुम्न गएको जस्तै वा भनौ सगरमाथा चढ्न गए जस्तै, कुनै बेला मानवहरु उपत्यकाको बिशाल ताल हेर्न वा हाकींङ्गको मज्जा लिन आउँदा एउटा सानो हार्डड्राइभ भेटाउनेछ । जसलाई उनीहरुले अनुसन्धान गर्दा विलियम न्युरोजले लेखेको कविता, देवीदेवता/सम्पदा-ईतिहासका लेखहरु, चित्रहरु, डिजाईनहरु र कथाहरुको डकुमेन्ट्सहरु फेला पार्छन । र यहिँ लेख पनि त्यहि हार्डड्राइभमा भेटायो भने प्रिडीक्सन समेत गर्न सक्ने व्यक्तित्वको दर्जामा विलियम न्युरोजलाई राख्ने छन् होला । यो जोक्स अफ पार्ट ! ☺☺


#stayhome #staysafe #Lyf_Chha_Awesome


Thursday, July 9, 2020

Dread डायरी- Chapter -1 (Horror सानो कथा)


एडभेन्चर नाईट
Chapter -1


अज्जु साइकल चलाएर आफ्नो डेस्टिनेसन तर्फ जाँदै थियो | जाँदा जाँदै रात पर्यो | बीच सडकमा अचानक साइकल घिस्रिन्दै रोकियो | पेडल चाल्न खोज्यो चलेन | साइकलबाट झरेर साइकल हेर्न थाल्यो | के बिग्रेको रहेछ भनी नियालेर हेर्यो |

साइकलको चेन चुडेर गीयरबक्स मै अड्केको रहेछ अनि गीयरबक्स पनि भाँचेको थियो | उसको साइकल बीच सडकमा बिग्रेर स्ट्याण्डको भरमा अड्केर ठडिरहयो | साइकल बनाउन ब्यागमा टुलबक्स खोज्यो | "ला ! थुक्क टुलबक्स त छुटेछ | "कस्तो हुस्सू म, हुने भयो अब यहिँ एडभेन्चर नाईट आफैलाई धिक्कार्यो |

साइकलमा रहेको वाटर होल्डरबाट पानीको बोटल निकालेर पानी पियो, "घट-घट- घट"

सुनसान सडकको वरीपरि जंगल जस्तो देखिने केहि रुखहरु र झाडीहरु थिए | झ्याउकिरीहरुको एकनासे किर्रर- किर्ररआवाजले सुनसान सडकलाई अझै त्रासमय बनाउन मदत गर्दै थिए |

उसले दायाँ बायाँ हेर्यो | रात छिपिन्दै जाँदै थियो | अन्धकार बढ्दै थियो | उसले ब्यागबाट साइकलको टर्चलाईट निकाल्यो | बाल्न खोज्यो तर बलेन | फेरी प्रयास गर्यो तर बलेन | आफ्नो खल्ती छामछुम गरी मोबाइल झिक्यो | मोबाइलको टर्च बालेर अगाडी तेर्सौन्दै थियो | मोबाइलले लो ब्याट्री सङ्केत दिंदै आफै बन्द भयो |

"अब केगर्ने" सोच्दै थियो | सडक सुनसान अनी टाढा- टाढा सम्म कोही देखिंदैन थियो | नकुनै मान्छे नत कुनै गाडीनै |

"अब कसरी जाने?" निरास हुँदै यताउती हेर्न थाल्यो | अगाडी अँधकाररमा डुबेको एउटा होटेल देख्यो | जहाँ बत्तिको नामो निशान टाढा-टाढा सम्म थिएन |

अज्जुले साइकललाई बोक्दै त्यस होटेलसम्म लिएर गयो | साइकल त्यहि गेट निर पार्क गरेर ब्याग बोकी भित्र छिर्यो | रिसेप्सनमा एउटा अधबैसे मान्छे कुर्सीमा बसी बजा: (हुक्का) "क्वार-क्वार" तान्दै थियो |  अज्जुले आफ्नो पसिना पुछ्दै रुमको कुरा गर्यो | र थाहा पायो त्यहाँ एउटा मात्र रूम अभेलिबल छ | अनी लाईट रातभरि आउदैन |

अज्जुलाई यस्तो एडभेन्चर मन पर्थियो | यस्ता कायौ रातहरु, उसले साथीहरुसंग हाइकिंग जाँदा जंगलको बिचमा क्याम्पिंग गरी बिताईसकेको छ | तर आज उसलाई साथ दिने उसको साथिहरु कोहि छैन | एउटा साइकल छ | जसले उसको डेस्टिनेसनसम्म पुर्याउन असमर्थ छ | उसंग एउटा लाईट छ जसले यस्तो अँधेरी रातमा पनि उज्यालो दिन असमर्थ छ |

एडभेन्चरको पनि एउटा नियम हुन्छ "नो-पेन नो-गेन" अज्जुले जेभए पनि त्यस कोठामा रात बिताउन निर्णय लियो |

ब्याग बोकेर आफुले लिएको रुममा पुग्यो | कोठामा चारै तिर अँध्यारो मात्र छ | बत्तिको नाममा केवल एउटा मैनबत्ति छ | अज्जु एकदम थाकेको थियो, त्यसैले तुरुन्तै निदायो |

अचानक मध्यरातमा उसको निन्द्रा खुल्यो | कोही खासखुस कुरा गर्दै गरेको आवाजले उसको निन्द्रा भंग भएको थियो | उसले मैनबत्तीको प्रकाशमा हेर्यो | कोठाको चारै तिर थुप्रै पेन्टीङ्गस झुन्दिएको देख्यो | हेर्दै डर लाग्दो पेन्टीङ्गमा कसैको अनुहार आगोले पोलेको जस्तो थियो | कसैको आँखाबाट रगत बगी रहेको थियो | कसैको टाउको थिएन तर नसा-नसामा अल्झेको दुई आँखाले उसलाई नै हेरी रहेको जस्तो भान भयो |

अज्जु, यो सब हेरेर डरायो | पेन्टीङ्ग यती वास्तविक थियो, त्यो देखेर उसको मुटुको धुकधुकी घ्यांग्रो जस्तो जोड-जोडले धड्किन थाल्यो | निधारको पसिन बग्दै गाला हुँदै घाँटीबाट चुहियो | अचानक मैन बत्ति पनि निभ्यो |

उसले अरु केही नसोची ब्ल्यांकेट तानेर मुखसम्म छोपेर सुत्ने कोशिस गर्न थाल्यो | डराउँदै-डराउँदै आँखा चिम्ली आफ्नो इस्टदेवलाई सम्झंदै थिए, कुन बेला निदायो चालै पाएन छ |

चरा चुरुंगीको चिरबिर आवाजसंगै उसको निन्द्रा खुल्यो | बिहानीको उज्यालोमा उठ्ने बित्तिकै सर्वप्रथम कोठाको चारै तिर हेर्यो | कोठाको दृश्य हेर्ने बित्तिकै अज्जु झस्कियो | अतालिन्दै उसले तुरुन्त आफ्नो सामान प्याक गर्यो र होटेलबाट बाहिर निस्कियो |

"स्वा- स्वा" गर्दै साइकल रहेको ठाउमा पुग्यो |

उसले हिजो राती जुन-जुन ठाउमा पेन्टीङ्गसहरु देखेको थियो | वास्तवमा त्यहाँ पेन्टीङ्गस होइन झ्यालहरु थिए |

समाप्त

-विलीयम न्युरोज ©  २०७७ बि.सं.


Saturday, June 20, 2020

Dread डायरी- प्रारम्भ.२ (Horror सानो कथा)



Dread डायरीको- प्रारम्भ



घर पुगे, डिजाईनमा कन्टेन चेन्ज गरेर "कमिना जल्लाद"लाई मेल पठाए | मेल सेन्ट भयो | हत्तनपत्त, लपटप बन्द गरेर ड्रेड डायरीभित्र रहेको दुइ पेजको कागजको टुक्रा पल्टाएर हेरे "ओह ! बाकी यसमा लेखेको रहेछ |" उत्सुकताको सिमा रहेन र पढ्न थाले |

                                                     २

त्यहिँ आवाज हो "बिनय मलाई निकाल यहाँबाट | बिनय चाडै | अई ! बिनय |" जसलाई सुनेर म निन्द्राबाट बिउझे | आवाज कहाँबाट आएको हो थम्याउन सकिन | कोठामा कोहि थिएन | यस्तो डरलाग्दो आवाज जीवित ब्यक्तिको त पक्कै पनि हुन सक्दैन | मनमनै विचार गरे |

केहिछिन पछी कोठा बाहिर केहि मानिसहरु कुरा गर्दै गरेको अस्पष्ट आवाज सुनियो | ढोका खोले आवाज बन्द भयो | बाहिर हेरे त्यहाँ कोहि थिएन | सायद मलाई भ्रम भएको होला भन्न ठानेर कोठाको ढोका बन्द गरे | लगतै फेरी मान्छेहरु गाईगुई कुरा गर्दैगरेको आवाज फेरी सुने | ढोका खोले फेरी आवाज बन्द भयो | हेरे बाहिर कोहि देखीन | ढोका बन्द गरे | फेरी मान्छेहरु कुरा गरेको आवाज आयो | ढोका खोले फेरी आवाज बन्द भयो | हेरे बाहिर कोहि थिएन | यो कार्य पटक-पटक दोहोरिरहयो |

यस हईड एण्ड सीक क्रियाकलापबाट डर लागेर मैले रातीनै कोठा चेन्ज गरे कोठा नम्बर एक सुन्य छ बाट कोठा नम्बर एक सुन्य पांचमा आए |

कोठा नम्बर एक सुन्य पांचमा आएर आफ्नो ब्याग साइडमा राखे | ओच्छ्यानमा पल्टेर  ओढ्नको निम्ती ब्ल्यांकेट ताने, ब्ल्यांकेट तान्दा ब्ल्यांकेटको बीचबाट केहि खस्यो | मैले उठेर हेरे, एउटा कार्ड भुइमा खसेको देखे | टिपेर हेरे, ड्राईभीङ्ग लाईसेन्स रहेछ | अनि त्यसमा नाम लेखेको थियो अमित शाक्य | फोटो हेरे, झस्किए | फोटोमा त्यहि ट्याक्सी ड्राइभरको अनुहार छापेको थियो | ट्याक्सी नम्बर ग१ज ६६६ को चालक | जसमा चढेर म यहाँ यस होटेल थर्तिन्थमा आएको थिए |

केहि त गडबड छ यस होटेलमा, मलाई पक्का बिश्वास भयो | मैले सोचे बिहान हुने बित्तिकै यहाँबाट चेक आऊत गर्छु | अनि नचाहँदा नचाहँदै पनि सुत्ने प्रयास गर्न थाले | मलाई निन्द्रा लाग्नै लागेको थियो | मैले फेरी आवाज सुने  "घ्यार्र्र्रर-घ्यार्र्र्रर- बिनय ! बिनय ! बिनय म अमित ! बिनय मलाई निकाल यहाँबाट..बिनय चाडै ....ओई ! बिनय |"

म ओच्छ्यानबाट उठेर आवाजको पिछा गर्न थाले | तर त्यो आवाज मानो मसंग खेली रहेको छ | त्यो आवाजको पिछा गर्दै कोठाको बाँया तर्फ जाँदा, त्यो आवाज दाँया तर्फबाट आउथियो | दाँया तर्फ जाँदा, आवाज बाँया तर्फबाट आउथियो | के भईरहेको छ | मैले केहि सोच विचार गर्न सकीरहेको छैन |

बिहान सम्म त के, अब म यो कोठामा दुई मिनेट पनि बस्न सक्दिन | मैले हद्बदाउन्दै आफ्नो समान प्याक गरे | र कोठाबाट निस्कन ढोका आधी खोलेको मात्र थिए "बिनयययssss !" कोठामा आवाज गर्जियो |

ढोका आफै बन्द भयो साथै बिनयको साँस पनि |

कसैले भित्तालाई कोतरेको "घ्यार्र्र्रर-घ्यार्र्र्रर" आवाज आउंदै थियो | कोठा भित्र कसैले झगडा गर्दै गरेको आवाज पनि आउंदै छ | अनि गिलास फुट्ने र चम्चा फ्याकेको पनि आवाज आउदै छ | बिस्तारै-बिस्तारै ई सब आवाज मिस्सिएर यती चर्को भयो | मैले आफ्नो हातले दुवै कान बन्द गर्नु पर्यो | अनि आँखा चिम्लिएर चिच्याउन्दै कराउन थाले "बन्द गर | बन्द गर यो सब ! अत्ति भयो |"

करिब एक मिनट पछी जब मैले आफ्नो कानबाट हात हटाए | अनि आखाँ खोले, त्यहाँ कुनै आवाज थिएन | बस कोठा भित्र एउटा गजबको चिसो थियो | चिसोले काम्न थाले, टेबलमाथि राखेको ब्ल्यांकेट उठाउन गए | त्यहि नजिकको भित्ताबाट "घ्यार्र्र्रर-घ्यार्र्र्रर" एउटा आवाज आयो | मैले आवाज राम्ररी सुन्न भित्तामा आफ्नो कान जोडे | भित्तामा कान जोडी सकेपछी थाहा पाए | भित्ता चिथोरेको आवाज, भित्ताको अर्को पट्टिबाट नभई | भित्ताको भित्रबाटै आउंदै थियो |

मैले ध्यान दिएर त्यस आवाजलाई सुन्न कोशिस गरे | र सुने, अर्को एउटा भारी घोक्रो आवाज "घ्यार्र्र्रर-घ्यार्र्र्रर, बिनय ! बाह्र वर्ष देखी म यहिँ छु | यो भित्ता मेरो घर हो र अब तिम्रो पनि.... हि हि हि हि"

"गुड मोर्निंग सर, तपाइको चि....! सर, सर, सर !" कोठा नम्बर एक सुन्य पाँचमा वेटर, हातमा चियाको कप समाई भुईमा लडेको मेरो लासलाई घच्घच्याउन्दै छ |

तर म भित्ता भि..."घ्यार्र्र्रर-घ्यार्र्र्रर"
समाप्त
-विलीयम न्युरोज ©  २०७७ बि.सं.