Sunday, March 12, 2017

वर्षाको एक दिन (Short Story)




फाल्गुन महिनाको अन्तिम साता, होलि पनि आउनै लागेको जानकारी पत्रिकामा छापिएको बिभिन्न होलीको कार्यक्रमबारे बियर र रक्शीको होलि बिशेष बिज्ञापनहरुले पत्रिका मार्फत जानकारी गराई रहेका थिए | बिहान देखिनै आकाश अलि फुस्रो छ, खै किन हो ? | सायद मेरो हाल देखेरै हो कि वा ? दुई दिन भैसकेको थियो एउटा कम्पनीको लागी कन्सेप्ट बनाउनु पर्ने आज सम्म पनि कन्सेप्ट फुरेकै छैन | के गर्ने?, कसो गर्ने?, के बनाउने?, भन्दा भन्दै दुई दिन बितिसकेको थियो | एउटा स्लोगन मात्र दिमागमा फुरेको भए! अरु डिजाइन गर्दैगर्नु हुन्थियो तर जत्ति गर्दा पनि आउदैन, अरु डिजाइनर भाईहरु पनि मेरै थालनीको प्रतीक्षामा छन | होलि भित्र सम्म मा एउटा भए पनि कन्सेप्ट दिनुपर्ने दुइदिन बितिसक्दा पनि एउटा स्लोगन धरी दिमागमा नफुरेकोले मन अलि विखण्डित भैरहेकोछ | यो क्रिअतिभ भन्ने कुरा पनि खोजेको बेला, चाहिएको बेला, भनेको बेला आउदै आउदैन, कस्तो गाह्रो त्यसमाथि म अफिस ढिला पुग्छु भनेर हाकिमले पनि गर्नु गरेकोछ | "तिमी लेट आउन थालेर अरु स्टाफहरु पनि लेट आउन थाल्यो, उनीहरुलाइ कराउ !, तिमीलाई केहि नभनि उनीहरुलाई मात्र कराएको जस्तो हुन्छ |" अलि नरम भएरै मलाइ सम्झाएका थिए हाकिम सापले | भन्नु त ठिकै भनेका हुन् तर मीतिंगमा कालो सुचीमा हाली हाले बुढाले | लेट अफिस पुग्नु मेरो रहर होइन बाध्यता हो, के गर्नु आफ्नो बसाइछ कीर्तिपुरमा , दुइ-तीनता चोकको जाममा परेपछि टाइममा पुग्नु भनेको भात संग भटमास खाए जस्तै हो | अलि चाडै निस्किउ भातै नखाईकन किस्कनु पर्छ | फेरी अरु स्टाफहरुलाई के को मतलब? मेरै देखासिकी गर्नु पर्ने? मेरो राम्रो बानिहरु पनि होलान, जस्तै क्रियटिभ सोच, त्यो नक्कल गरे पनि त हुने नि ! कमसेकम मलाइ त अलि हलुङ्गो हुन्थियो | दुइदिन देखि कसैले एउटा स्लोगन समेत बनाउन सकेको छैन अझै मेरै सुविधा खोस्नु पर्ने ? डाम्नाहरु | सायद त्यसैले होला आज मेरो मनको भाव बुझेर आकाश अलि फुस्रो छ |
म अफिस जानलाई तैयार भए | मेरो पुरानो भटभटे निकाले स्टार्ट गरे हिडे आफ्नो कर्मथलो तिर | टि यु गेट सम्म के पुगेको थिए, मेरो प्यान्टको खल्तीमा निस्सासिएर बसेको मोबाइल फोन पनि थर्किन थाल्यो | म फोनलाई वास्तै नगरी हुइके , उठाउन ढिला हुँदैमा बितिहालने पनि के छ र मेरा लागि ? तर अफिसमा लेट पुगियो भने हाकिमले बिताई हाल्छ | त्यसैले आज अलि चाडै पुगेर सबैलाइ अचम्म पार्ने योजना छ | बल्खुको जाममा बस्दै थिए फेरी फोन थर्किन थाल्यो "थररथरर" तर उताबाट फोन गर्ने मानिस साह्रै धैर्यवान रहेछ, एकपटक पुरा घन्टी गएर नउठाएपछि फेरी फोन गर्न थाल्यो | म आफुले अरुलाई फोन गर्दा चार धन्तीभन्दा बढी कहिलै कुर्दीन | त्यसैले पुरापुरा घन्ति जाउन्जेल कुरिरहने र तारन्तार फोन गरिरहन सक्ने मान्छेहरुको असिम धैर्य देख्दा मलाई अचम्म पनि लाग्छ, र झोक पनि चल्छ | जाम पनि उत्ति खेरै खुल्यो मैले भटभटेको ऐनामा पछाडी पुलुक्क हेरे अनि साइडलाइट बाल्दै त्यसलाई छेउ लगाए | खल्तीबाट फोन निकाल्दा निकाल्दै फोन काटियो | हेरे, नचिनेको नम्बर थियो | मलाइ दोमन भयो | साधारणतया म नचिनेको नम्बर उठाउन्न | "को रैछ यो? " तेही नम्बरमा कल ब्याक गर्ने आँट्या थिए "ह्या अफिस मै गएर गर्छु " सोचेर मैले फोन फेरी खल्तीमा हाले |
आकाश अचानक अघिको भन्दा कालोनिलो भएर ठुस्स पर्न थाल्यो | मैले आकाशतिर हेरे | पारि क्षितिजमा मुसलधारे वर्षा हुन थालेको लक्षेण देखियो | मैले मोटरसाइकलको कान निमोठे र त्यसलाई वेगमा अगाडी दौडाउन थाले | अब अगाडिबाट आएर मेरो अनुहारमा ठोक्किदै जाने हावा केहि छिनआघिको भन्दा चिसो हुन् थालिसकेको थियो | रेनकोट बोकेर हिड्ने बानि छैन | बिहान घरबाट निस्कदा मेरी श्रीमती सरुले त सम्झाएकी थि तर "पानीको यत्रो हिम्मत निरजलाई भिजाउने ?" भनेर जिस्कियर निस्किएको थिए | त्यसैले म पानीले भेट्टाउनु अघि आफिसमा छिर्न चाहन्थे | मेरै जस्तो मनसाय भएकाहरु पनि तिब्र गतिमा हुइकिन थालिसकेको थिए |
एउटा सानो पानीको थोपाले गालामा चुस्स बिझायो | "ला खत्तम, पानीले त भेट्टाउने नै भयो कि क्या हो !" मैले अझै बढी गति बढाए | अर्को एउटा थोपाले घोच्न भ्यायो | मोबाइल फोन फेरी थर्किन थाल्यो | अब पानीका थोपाहरु छिटोछिटो खस्न थाले | सुक्खा सडकमा पानीका थोपाहरुले बुट्टा बनाउन थाले | सियोको टुप्पो जत्रा थोपाहरुले पिचमा कुनै चित्र बनाउन थालेजस्तो देखियो | घामले तातेको सडकको पिचमा पहिलो केहि थोपा खस्दा त्यहीबाट मिहिन वाफ उठ्न थाले | छेउको उष्ण माटोमा पानीले चुमेर उठेको मिठो वाफ मेरो नाकको पारामा ठोक्किन आइपुग्यो | मलाइ माटोको त्यो वासना साह्रै मिठो लाग्छ | लामो-लामो सास फेरेर मैले त्यो वासनालाई आफ्नो फोक्सोसम्म पुर्याए | सियोको टुप्पोबाट अब पानीमा बुट्टाहरु बिस्तारै सुको र मोहर बन्दै अब त डबल ढ्याक जत्रो हुन् थाले |
मैले ओत लाग्ने ठाउको खोजीमा आँखा दौडाए | अलि पर एउटा पसलको सटर छेउ देखेर गति कम गरे | म त्यता जान थाल्दा पनि फोन एकतमासले थर्किन छोडेको थिएन | कस्तो मान्छे होला ? यत्रो घन्टीमा पनि नउठेपछि त छोडिदिनु नि | म सटरको छेउमा पुगेर हतारहतार मोटरसाइकलबाट ओर्लिए अनि पानी अचानक मुसलधारे भएर बर्सिन थाल्यो | एकैछिन अबेर भएकोभए त निथ्रुक्कै पो भिज्ने रहेछु | "ला खत्तम ! आज पनि अफिस पुग्न ढिला हुने भयो | हाकिमले मार्ने भयो आज पनि ! "
हेर्दा हेर्दै अरु केहि मोटरसाइकलवाला पनि म भएकै ठाउमा खादिन आए | कोहि हतारहतार झोलाबाट रेनकोट झिकेर लगाउंदै थिए | कोहि भने पानीमा मस्तसँग भिज्दै गइरहेको थिए | एउटा मोटरसाइकल ठोक्किएला जस्तो गर्दै आएर घ्याच्च रोकियो र त्यसबात एक जोडी ओर्लेर सटरमा ओत लागे | केटीले लगाएको सेतो टिसर्ट भिजेर च्याप्प उसको शरीरमा टाँसीएको थियो | बेइमानी पानीले उसको अलि सानो आकारको निलो रङ्गको भित्री परिधान, त्यसको पातलो डोरी र शरीरको गोरो त्वोचालाई झन्डै पारदर्शी बनाइदिएको थियो |
ओतालुमध्ये केहि लोभी आँखाहरु लाजै नमानी क्वारक्वार्ती त्यसको रसस्वादन गर्न थाले | त्यो थाहा पाएर केटाले आफ्नो ज्याकेट खोलेर केटीलाई लगाइदियो अनि ऊ हान्ने राँगो जसरि ति मानिसहरुलाई हेर्न थाल्यो | ति भद्रभलादमीहरु उससंग आँखा जुध्नासाथ् केहि थाहा नपाए जसरि सोझो अनुहार लगाएर पालैपालो अर्कोतिर हेर्न थाले |
मेरो फोन भने एकै छिका लागि चुप लाग्दै अझ एकनासले लगातार थर्किरहेको थियो | मैले पहिले अर्को खल्तीबाट रुमाल निकालेर आफ्नो भिजेका हात पुछे अनि खल्तीबाट फोन निकाल्दासम्म त्यो फेरी मौन भैसकेको थियो | मुखबाट निस्कन लागेको एउटा शब्दलाइ मैले बडो गाह्रोसंग रोके | होस् , उसकी आमाको यसमा के दोष छ र ? जस्तै धैर्यवानको पनि त एउटा सिमा हुन्छ एउटा | मैले फोन हेरे दुईवटा  नचिनेको फरक-फरक नम्बर रैछ, मिसकलको सुचीमा |
आफुले सेभ गर्न बिर्सेको कुनै परिचित मान्छेको नम्बर त हैन भनेर सम्झिने प्रयास गर्दै थिए | तर सकिन किन भने नम्बर र नाम मलाई याद्नै हुँदैन | मलाइ मनमा कौतुहल हुन् थाल्यो | मैले फोन गर्न खोजे तर नेपाल टेलिकमको दिदीले फोनको बाइलेंस सकेको जानकारीका साथ् मेरो कौतुहल त्यहि सेलाएर गयो | मैले फोन काटिदिए र खल्तीमा घुसारे अनि अगाडी सडकमा मुसलधारे वर्षा नियाल्न थाले | कहिँ यहि वर्षा बाटै केहि क्रियटिभ आइडिया निस्की हाल्छ कि ?
मलाई पानी परेको हेर्न एकदमै रमाइलो लाग्छ | अफिसमा फेर्ने लुगा हुँदोहो त म भिजेरै पनि जान्थिए मलाइ पानीमा भिजन असाध्यै मन पर्छ | सडकमा अब मोटरसाइकल सवारहरु छैनन् नै भने हुन्थियो | फाट्टफुट्ट कोहि वर्सादी ओधेकाहरु फर्फराउदै गएका देखिन्थे भने कोहि बहादुर निथ्रुक्क भिजेर पनि हिकिरहेका थिए |
म ओत लागेको ठाउ अगाडी सडकमा खाल्टो परेर मज्जाले पानी जमेको थियो | एउटा पचास लाखभन्दा बाढी मोल पर्ने गाडीमा पांच पैसाको पनि सभ्यता नभएको जन्तु चढेको रैछ | अलिकति पनि गति कम नगरी उसले त्यहाबाट गाडी कुदायो | हामीलाई सडकमा जमेको हिलो पानी छ्याप्दै | म त् पछाडी भएकोले अलिकति छिटाछाटिमा मात्र उम्किए | अगाडीतिरकाहरु त मज्जाले नै भिजे | एउटा मान्छेले गाडी गएकोतिर हेरेर रुद्रघन्टी फुलाउन्दै अघि एकैछिन अघि मैले बोल्न नसकेको शब्द चिच्यायो :
"ए माचिकने , साला रन्डीको छोरा !"
उसको त्यो उद्दारप्रति कसैले आपत्ति जन्नाएन |
मेरो खल्तीको फोन फेरी सक्रिय भयो | खल्तीबाट निकालेर हेरे | पहिलो वाला नचिनेको नम्बर रहेछ | अब म के गरु ? को हो यो ? किन मसंग किचकिच गरिरहेको होला ? कसैको कुनै जरुरी नै कुरा थियो कि ? नत्र त यसरी तारन्तार कसैले फोन गर्नु नपर्ने हो | हाम्रो हाकिम सापकै हो की ? हाम्रो हाकिम साँपले पनि नया-नया नम्बर खुब ट्राइ गरि रहनु हुन्छ | म यत्तिका बेर सम्म अफिस नपुगेकोले फोन गर्दै हो कि ? वा हाम्रो नया डिजाइनर भाईको पनि हुन सक्छ | कुनै क्लाइन्तको डिजिटल फाइल भेटेन कि ?
"हेलो !" मैले स्क्रिन टचमा हरियो आइकोनलाइ स्वाप गर्दै भने |
"हेलो निरज जी बोल्नु भयो ?" उताबाट एउटी महिलाको मधुर स्वोर सुनियो |
"हजुर ! म बोलि राछु"
"हजुर सुन्नु न तपाई कार्टूनिस्ट हो नि है?"
"हा?" बिजुली कड्केर आवाज सफा सुनी रहेको थिएन
"कार्टूनिस्ट निरज बोल्नु भएको हो नि हजुर ? "
"हो म कार्टुनिस्ट निरज नै बोल्दैछु, भन्नुस न के काम पर्यो !" मलाई फोनमा त्यति इन्त्रोडक्सन दिईरहन मन पर्दैन त्यसैले कामको कुरा सोधिहाले |
"म ....... इन्टरन्यास्नल कम्पनीबाट !"  - "गढ़यांगगुदुंग" त्यही बेला बादल कदकी हाल्यो | कुन इन्टरन्यास्नल कम्पनी भनेकी हुन् सुन्नै पाइन |
"सुन्नुस न तपैहरुलाई कुनै मान्छेको कार्टून्स बनाउनु पर्यो भने कत्ति टाइम लाग्छ ?" तपाईहरु भन्नाले कार्टूनिस्टहरुको क्यातोगोरीलाई सम्बोधन गरेकी होली, मैले त यसरि नै बुझे |
"त्यो त् टाइम लाग्छ कति टाइम लाग्छ त्यो त भन्न सक्किन्न , काम हेरेर हुन्छ"
"हाम्रो सरले एउटा होलिको कार्टून बनाउनु पर्ने भन्दै हुन्थियो | फ्लेक्समा प्रिन्तिंग गर्ने भन्नु भयो द्याट मिन्स डिजिटलनै चाहिने होला नि होइन ?, हजुरले कार्टून कसरि बनाउनु हुन्छ ?" 
उसको प्रश्न सुनेर अचम्ममा परे के सोधेकी होली ? "कार्टून कसरि बनाउनु हुन्छ" रे कसरि बनाउछु भन्नु | यो पनि सोध्ने कुरा हो र?
"मैले बुझिन तपाइको कुरा !" अबुझ तरिकाले मैले भने | म कन्फिउज पनि थिए के भनेर सम्झाउ कार्टून कसरि बनाउने भन्ने कुरा बारे |
" आई मीन कुनै सोफ्तवेरले बनाउनु हुन्छ कि...?"
कस्तो बेला फोन उठाउन पुगेछु, हत्तेरी ! एक त अफिस जान ढिला भएको, त्यसमा पानी परिरहेको अर्को यो केटीले कोई नपाएर मलाईनै फोन गरि-गरि चाटि राछ |
"पेपर र पेन्सिलले बनाउछु" रिस पचाएरै भने |
"हामीलाई डिजिटलमा चाहिने थियो, एकपल्ट म सर संग सोध्छु "
"डिजिटलमा चाहिने भए म डिजिटलमै कार्टून उपलब्ध गरिदिन्छु तपाईलाई "
"हाम्रो खास..., होलि प्रोग्राम हुँदैछ स्यातरडे होइन ! भोलि एकदिन छ सरले भर्खरै फोन गर्नु भयो इम्प्लोइजहरुको कार्टून बनाउने भनेर हामीलाई त भोलि सम्म चाहिने हो, हजुरले गर्न सक्नु हुन्छ कि हुँदैन ?"
"भोलि सम्म त सक्किन, फेरी कति जना इम्प्लोइजहरु होला तपाइको ओफिसमा सबैको बनाउदा त भोलि सम्म भ्याउदिन " मैले ठाडै इन्कार गरिदिए |
"हम्म ! हुन्छ-हुन्छ म एक पल्ट कुरा गर्छु है ल , ल " भनेर फोन काट्यो र फोन मैले खल्तीमा घुसारे | कस्ता-कस्ता मान्छेहरु छन् भने नेपालमा..., आर्टिस्टहरुलाई जादुगरनै थानछन् कि क्याहो ? "छुमन्तर जादु कलन्तर" भन्ने बित्तिकै भैहाल्ने ? कमसेकम दुई दिन पहिलै भन्नु पर्छ नि यस्तो क्रियटिभ कामहरुको त | प्रेसरमा त कामै गर्न सकिन्दैन | फेरी कहाँबाट मेरो नम्बर पाएछ ? सायद फेसबुक पेज कार्टुनिस्ट निरजबाट पाएको हुनुपर्छ | अस्ति भर्खर कल नावको बटममा मैले आफ्नो नम्बर सेट गरेको थिए | त्यहिबाट पायो होला |
पानी जसरी अचानक दर्किएको थियो, त्यसरी नै कम हुन् थाल्यो | अगाडीकाहरु बलेसीबाहिर हात तन्क्याएर पानीको गति मुल्यांकन गरे , सन्तुस्ट भएर ओतबाट निस्के अनि मोटरसाइकलको सिट पुछेर पालैपालो जान थाले |
मेरो फोन खल्तीको जिम्मामा दिएको एक मिनेट पनि भएको थिएन फेरी थर्किन थालीसकेको थियो | मैले फोन फेरी खल्तीबाट निकाले | फोन हेरे फेरी उही अर्को वाला नचिनेको नम्बर, फोन उठाए |
"हेलो "
"निरज मान सिंह जी बोल्नु भयो ?" फेरी अर्को एक सुमधुर स्वर ! यो चाहि अलि मेचोर केटी हुनुपर्छ |
"हजुर बोल्दैछु "
"म टाटा मोटरसबाट | हजुरले फेसबुकको क्याम्पेन प्रोग्राममा टाटा बोल्ट भनेर क्लिक गर्नु भएको रैछ |"
"हो गरेको थिए" मैले भने
"हजुरले कार लिने विचार गर्नु भएको छ ?"
लाग्यो गोलाप्रथामै छानियो जस्तो, फ्री मै कार पाउन लागेको जस्तो गरि "गर्नु त गरेको छु" भने
"कुन कार छान्नु भयो ?"
"उही बोल्ट, अनि बोल्टको कति पर्छ?"
तपाईलाई चिट्ठामा "टाटा बोल्ट" परेको छ भनिहाल्ला कि ठानेको त- "अहिले बाइस पच्चिस पर्छ हजुरले फेसबुकमा क्लिक गर्नु भएकोले पच्चीस पर्सेन्ट छुट पाउनु हुन्छ, तपैसंग पुरानो गाडी छ भने एक्सचेन्ज पनि हुन्छ, हजुरले अहिले कुन गाडी चलाई रहनु भएको छ ?" एकै साँसमा पो भनि त |
ल परेन फसाद ! के भन्ने अब ? कुन गाडी भन्नु ? आफु संग कार भएदिएकोभए यसरि पानीले भिजेला भनेर सटरमा ओट लाग्नेनै थिएननी, अलि ठुलै कम्पनिको गाडीको नाम लिउ बोल्ट भन्दा सुहाउदैन | मैले फ्री मा पाइहाल्छ कि भनेर पो क्लिक गरेको थिए यो त मार्केटिंग स्टेटस पो रैछ त थुइक !,  बल्ल एउटा नाम सोचेर भनि हाले " सुजुकीको छ "
"कति लटको ?"
कति लटको भानु " खोइ मलाई लटसत त्यति थाहा छैन ब्लुबुकनै हेर्नु पछ |" झर्को मान्दै मैले भने
"मोडल त थाहै होला" उताबाट झन् फोन राख्नै पापहो ठानेछन् कि क्याहो झन्-झन् इन्क्वाइरी पो गर्न थालि त |
"मोडल त् सुजुकी ऐट हन्ड्रेड "
"तपैले हाम्रो जावलाखेलको शोरूम देख्नु भएको छ ?"
देखेको छैन कसरि भन्नु !, गाडीमा इन्ट्रेस्ट हुनेहरुलाई त यस्तो कुरा थाहै हुँदो हो | जस्तो बाइक वालाहरुलाई बाइक शोरूम थाहा भए जस्तै | मैले पनि शानै दिएर भने
"देखेको छु"
" त्यसो भए एक पल्ट हाम्रो शोरूममा आउनुस, त्राइल ड्राईभ लिनुस हजुरको गाडी पनि लिएर आउनुस अनि हामि मुल्यांकन गरि दिन्छौ, हाम्रो शोरूम सनिवार पनि ओपन हुन्छ "
" हुन्छ म टाइम मिलाएर आउछु |"
" हस्त् थ्याङ्गक्यु " लामै थ्याङ्गक्यु भनेर फोन काटी टाटा बोल्टले |
मुल्यांकन त मेरो हुन्छ अफिसमा आज | हाकिमले हिजो मात्र लेट आउने सुचिमा मेरो नाम सबै भन्दा माथी राखी दिएको थियो | आज मेरो नामको मुल्यांकन कुन कोटीमा गर्ने हुन् |
फोन खल्तीमा हाले, केहि बेर अझै कुरेर म पनि आफ्नो मोटरसाइकलतिर गए | लौ खा, मेरो पुरानो गन्जीको टालो निकालेर कुनै महापुरुषले आफ्नो मोटरसाइकल पुछीसकेछ | त्यतिले नपुगेर भविष्यमा प्रयोग गर्नका लागि भनेर लिएरै गएछ |
आफ्नो शरीरको जुन भाग अडाउनका लागि उसले मेरो थोत्रो टालोसमेत बाँकी राखेन, उसको त्यहि भागमा स्याउस्याउ किरा परोस् भनेर सराप्दै म चिसो सिटमा थचक्क बसे | किकको डन्डीलाइ टालो चोरको करंग मानेर मज्जाले लात हाने | अरु बेला पांच-सातपटकमा पनि नटेर्ने थोत्रो इन्जिन मेरो आवेशसंग डराएजसरि एकैपटकमा स्टार्ट भयो | मैले एक्सिलरेटरको मुठोलाई टालोचोरको गर्दन मानेर भिजेका सडकमा कुदन थाल्यो |
चिसोले मेरो आङ् सिरिंग भयो | एकैछिन पानी पर्यो कि काठमान्डूमा जाडो भैहाल्छ | बल्लतल्ल अफिस पुगे | मलाई देख्ने बितिकै रिसेप्सनिस्तले मस्किदै भनि "पानीले कसो भ्याएनछ तपाईलाई |"
"अँ एकछिन ओत लागेर आ'को |" भन्दै म क्रियटिभ डिपार्टमेन्ट भित्र छिरे |
"गुड मोर्निंग निरज सर |" मैले भन्नु भन्दा पहिलेनै बरखी बारेको चुरोट खाँदै हाकिम सापले मलाई गिज्याउने पाराले भनि हाले |
हाकिमको "गुड मोर्निंग निरज सर" सुनेर अरु स्टाफहरु पनि आफ्नो घडी हेरेर मलाई हेर्दै कानदेखि कानसम्म हाँसे |
ओहो ! धेरै नै लेट भए छ कि क्याहो ? अघिपनि मैले घडी हेर्ने होसै भएन, आफ्नो नाडी माथि अनुहार तिर उचालेर घडी हेरे
"ओहो आफ्टरनुनपो भएछ त !" होस् नभई अन्यासै मेरो मुखबाट निस्कीहाल्यो |
"अनि निरज सरले कन्सेप्ट बनाउनु भयो त ?" हाकिम सापले बरखी बारेको चुरोट एस्ट्रेमा निभाउँदै सोधी हाले |
अब के भन्ने मैले? बडो आपाटमा पो परे म त | एक त् आधा दिनमा अफिस पुगियो, अर्को कन्सेप पनि बनेको छैन भन्यो भने ?.. मनमा वेगले हावाहुरी चल्न थाल्यो | प्रचण्ड हावा चल्यो | तर केहि फितिकै फुरेन कन्सेप्ट भन्ने जन्तु |
एकछिन कोठामा मौन भैरहयो | सबै चुपचाप, मानौ हामी सबै कसैको मरेको क्रियामा बसेका हौ | म केहि सोच्न थाले समथिङ्ग बेत्तर देन नथिङ्ग भने जस्तै कुनै एउटा हावा लाइन भनु भनेर सोच्दै थिए | बाहिर बेस्मारी बिजुली चम्कियो | एकै क्षणका लागि तिब्र प्रकाशले सारा कुरालाई नुहाइदियो अनि लगतै ठुलो स्वरमा नजिकै कतै चट्याङ्ग परेको सुनियो | मैले अडेस लागेको टेबलको छेउ नै भुइचालो आए जसरि थर्कियो | मैले यत्रो स्वरमा आकाश पड्केको पहिले सुनेको पनि थिईन | तर कोठामा सबै निस्तब्धता थियो | जे पर्ला पर्ला मैले भनि हाले
"एभरीथिङ्ग इस एबाउट तु फिल ह्वात यु हेयर !!! समथिंग बिग इस कमिंग सून"

-निरज मान सिंह 
२७ फाल्गुन, २०७३ (William.Newrose)
#Lyf_Chh_Awesome


Wednesday, January 11, 2017

सपना


















सानोमा डाक्टर बन्ने ठुलो सपना थियो, छेपारोलाई Operation गरिएन कि भ्यागुतोलाई सुई हालिएन कि,.. तर एकदिन दाइले RAMBO FIRST BLOOD फिल्म ल्याउनु भयो आर्मी-पुलिस बन्दुक बोकेर हिडेको देखे, बस के चाहियो र, रातारात डाक्टरबाट अवकास लिएर, बुवाको पुरानो छालाको जुत्ता अनि काठको बन्दुक बोकेर हिडे खेतबारी तिर Vietnamese लाइ मार्न । खेत बारीमा कति Vietnamese मारियो गनिएन पनि, Vietnameseले भन्दा पहिले आफैले शान्तिसम्झैता गरेर हतियार बिसाए। हतियार बिसाएर, Guitar लिएर गीत गाउन थाले Guns N' Roses बनेर, तर एकदिन Hero फिल्ममा Jackie Shroff ले ५ तला माथीबाट यामाहा मटरसाइकल मा उडेर आएर हिरोनीलाई बचाएर लगेको देखे, Guitarलाई कुनामा थन्काएर लागे हिरो बन्न तिर। भको नभको ठुटो कपाल पानीले भिजाएर रातो स्कार्फ बाधेर कपाल हल्लाउँदै हिडिन्थ्यो, पल्ला घर कि सरिता लाई त कति चोटि गुन्डाहरुबाट नि बचाए आफ्नै कल्पनाको सिनेमामा । तेहि कपाल हल्लाउँदै हिड्ने क्रममा एकदिन माथीबाट चुईईईईय प्लेन उड्यो, प्लेन संगै मेरा कल्पनाका सिनेमाहरु सबै उडे । कागज, काठ देखि प्लास्टिक पाइप सम्म ब्याट्री हालेर उड्ने प्लेन समेत उडाए पाइलट बनेर, तर दुर्भाग्य प्लेन दुर्घटनामा पर्यो, प्लेन संगै पाईलट बन्ने सपना पनि ।

सबै म्याराडोना- म्याराडोना भन्थे, Magazine को फोटोमा बाहेक अन्त कतै देखेको थिइन, तेहि फोटोमा जस्तो अगाडि-पछाडी लामो कपाल पालेर , बुवा लाइ बल किन्न लगाएर हिडे "वल्ड कप" खेल्न । "वल्ड कप" जित्न नपाउदै बुवाको एक झापडले सकियो मेरो फूटबल क्यारिएर पनि । पछि बुवाका थोत्रा रेडियोका चुम्मक निकाल्दै, बिग्रेका लाइटरहरु बनाउदै इन्जिनियर नि नभको होइन, तर जब कक्षामा उनलाई देखे, छोडे बच्चा जस्तो सबै कल्पनाका पात्रहरु बन्न । Rahul Royको Aashiqui फिल्मको पोस्ट कार्ड पछाडि,
"SOME LOVE ONE,
SOME LOVE TWO,
I LOVE ONE,
THAT IS YOU "

लेखेर प्रेम प्रस्ताव नि गरे तर उनको हात नपर्दै, सरको हातमा पर्यो, गालामा १० वटा औलाका छाप बसे, सकियो मेरो प्रेम कथा पनि ।
आजकल गालामा फाटफुटे झुस्स परेका दारी; ओठ माथि झुसेली किरा जस्तो जुँगा छन, दुइ हफ्ता देखि ननुहाएको कपाल, झ्याल ढोकाहरु बन्द छन, एउटा हाथ भाँचेकोछ, अर्को हातमा पाईलट छ तर पाइलट भित्र अरु नै । आँखा चिम्लदै तान्छु, अनि सोच्छु, जिन्दगीका सबै सपना अनि लक्ष्यहरु त बाल्यकाल मै पूरा गरिसके, अब के नै पो बाकी छ र पूरा गर्ने । बस चिसो भुईमा लम्पसार परेर उड्दै छु, अब अर्को दुनियाँ तिर........

Saturday, December 31, 2016

Happy वाला New Year 2017



तेरी चाहत आज भी है

हमने कि थी वो मोहब्बत आज भी है
तेरी जुल्फो कि चाहत आज भी है
रात कत्ति है आज भी खयालो मै तेरे
दिवानो सी वो मेरे हालत आज भी है
किसी और कि तरफ तसर्बुर उठ्ती नही 
बेइमा आँखो मै थोडी सी सराफत आज भी है
चाहाके एक बार चाहे फिर छोड देना तु
दिल तोड तुझे जाने कि इजाजत आज भी है
वो आज हमसे मिले अन्जानो कि तरह
हम युही राह टके बैठे थे दिवानो कि तरह
हर निगाहो मै और दुर चलेजाते हो तुम
हम से नजर चुराते है बेईमानो कि तरह
हम युही राह टके बैठे थे दिवानो कि तरह


Sunday, December 18, 2016

"कि धन देउ, कि जन देउ " ( Cycle Diaries-A Short Story )




           आज चरा चुरंगीहरु उठ्नु भन्दा पहिलै उठे, रातभरी सुतेको भए पो उठ्नु . मनमा यति धेरै पिर, चिन्ता ..... ! अनि कहाँ बाट लागोस त निन्द्रा !? साइकल लिए अनि हिडे मोर्निंग राइडमा, चिसो मौसम र एकान्त सडक, आज एक्लो सडक देखेर मेरो साइकल पनि खुशीले कुहिरो लाइ पन्छ्याउदै अगाडी तिब्र गतिले गुडिरहेक छ . आज भोलि काठमान्डौमा जाडो पनि अत्तिनै बढेको छ . यसपाली लामै जाडो हुन्छ कि क्या हो ?

जाडो मौसममा ६ बजे बिहान पनि अँध्यारो नै हुन्छ. यत्रो राजधानीको सडकमा एउटा पनि ल्याम्प पोस्टमा बत्ति बल्दैन . तर मलाई र मेरो साइकल लाइ आज बत्ति चाहिएको छैन .

      चिसो मौसममा साइकलको पाइडल चाल्दैछु तर पनि जिउ तताउनै सकेको होइन . कान झर्ला जस्तो चिसी सक्यो, अब चाहि ता-तातो चिया पिउनु नै पर्ला . चारै तिर हेर्छु सडकको छेउमा मान्छेहरु आगो बालेर तापी रहेछन तर चियाको ठेला कहिँ देखिन्दैन | आज भोलि नेपाल सरकारलाई के मुड चलेछ खोइ? सडकमा यस्ता ब्यापारीहरुलाई राख्नै दिएको छैन . सडक छेउमा यस्ता खुद्रा व्यापारीहरु देखेकी लखेटी हाल्छन. तर यसको राम्रो पक्ष् चाहि सडकका पेटिहरु सफा देखेको छ .

      अलि पर गए, त्यहा मान्छेहरुको जमात देखे | चारै तिर बसेर आगो तापी रहेछन. मलाइ यस्तो दृश्यले बिरगंजको याद आउछ | यस्ता दृश्य प्राय बिरगंजमा देखिन्छ' | जाडो याममा एका बिहानै देखि बिरगंजमा रिक्सा वाला, टंगा वाला, ठेला वालाहरु चिया पसल अगाडी र चोक-चोकमा यस्तै गरि जम्मा भइ आगो ताप्दै बस्छन ...

होइन ! मान्छेहरु यत्ति चाडै उठेर के गर्छन ह: ? यस्तो जाडोमा पनि घरमा न बसी बाहिर सडकमा आगो ताप्दै छन् . "हैट ! म पनि कस्तो , माग्ने र खातेहरुको पनि कहिँ घर हुन्छ र?"

बल्ल एउटा चिया पसल भेट्टाए, साइकलको थकाई र चियो मौसममा ता-तातो चियाको मज्जा नै अर्कै हुन्छ. साइकल साइड लगाए | सडकको छेउमा... मन्दिर पछाडी चियाको ठेला राखेको रैछ . मन्दिरले छेकेर यो चियाको ठेला बचेको होला महानगर पालिकाको नगर प्रहरीहरुको आँखाबाट .चिया पिउन बसेका २ जना छन् , अरु ३ जना चिया पिउदैछन्|

"दाई एउटा चिया खाम न " मैले लामो सांस फेर्दै भने |

उसले टाउको हल्लाउदै सांकेतिक भाषामा "हुन्छ" भन्यो . म मन्दिरको खुड्किलोहरुमा राखेको चकटीमा गएर बसे |

      चिया बनाउंदै उसले मलाई जिस्किंदै सोध्यो " दाई बिहानै बिहान साइकलमा मोर्निंग वाक ?"

हैट ! साइकलमा पनि वाक हुन्छ?

"हो दाई साइकलमा मोर्निंग वाक, अनि तपाई चाहि बिहानै बिहान मोर्निंग टि बनाउंदै ?" म हाँस्दै भने. अनि त्याहाँ बसी चिया खाइ रहेककाहरु सबै हाँसे .एक प्रकारको मोर्निंग लाहफ्तर नै सुरु भयो पुरा वातावरण नै | चिया ल्याइदियो, म बडो जिज्ञासु भएर सोधे:-"दाईको पसल त नगर प्रहरीको आँखाबाट बचेछ त ?.... सायद मन्दिरले छेकेर होला"

उ बडो फुर्ति लगाएर:- "मन्दिरले छेके पनि नछेके पनि कसको हिम्मत छ र मेरो पसल उठाउने?" बडो कद्किन्दै बोल्यो|

"किन र तपाइको मान्छे छ र नगर पालिकामा?"

नगर पालिकामा मात्र होइन प्रधान मन्त्रि नै छ नि, आफ्नो मान्छे फेरी फुर्ति लगायो, नसुहाउदो, प्रधानमन्त्री आफ्नो मान्छे हुनेको यस्तो ठेलामा चिया पसल हुन्छ र ?

"अहिलेको प्रधान मन्त्रि प्रचण्ड ?, तपाइको आफ्नो मान्छे ? कसरि ?" छक्क पर्दै मैले फेरी प्रश्न राखे | "हो तत्कालिन प्रधान मन्त्रि प्रचण्ड मेरो आफ्नो मान्छे, जानयुद्ध ताका मैले वहाको ज्यान २ पटक बचाई सकेको छु ... !!!! त्या चिया पिउदै बसेकाहरु सबै स्तम्ध भयो. एका बिहान सबैको मुहारमा कर्फ़िउ नै लाग्यो .

"ओह ! हो र ? "

"आफ्नो मान्छे भन्नले नातामामा होइन ." उ आफ्नो लागि बचेको चिया गिलासमा राख्दै पिउदै म बसेको छेउमा बस्न आयो | " म वहाको सेनामा थिए." अलि सिरियस भएरै भने र एक सिप चियाको चुस्की लिएर गिलासलाई दुवै हाथले च्यापेर भन्न थाले, हातहरु हेरे औलाहरु हेरे दाँया हाथको बुढी औला बाट माथि तिर जाँदै गरेको आगोले पोलेर गलेको छाला देखिन्छ . उसको जनयुद्ध बेलाको कुरा सत्य होला जस्तो पनि लाग्यो . के थाहा बारुद ले पोलेको पनि हुन सक्छ वा यहि चिया पकाउँदा स्टोभ को मट्टीतेल लागेर पोलेको पनि हुन सक्छ |

        "म स्कुल जाने बेलामा माउवादीले मेरो बुवालाई "कि धन देउ,कि जान देउ" भन्न आयो . धन त हामिले कँहा बाटा दिनु किसानको छोरो, बुवाले जेन टेन गरेर मेरो भर्ना स्कुलमा गरिदिनु भएको थियो . दिदि ठुली भै सकेको थिई . उस्को विवाहको चिन्ता बुवालाई बेग्लै थियो . बुवाले धन दिन नसकेर माउवादिमा मलाई पठाए .सर्वहारा वर्गको मुक्तिको लागि भन्दै ज्यानको बाजी राखेर लडे. कत्ति चोटी दोहोरो भिडन्तमा आज मेरो आन्तिम दिन भन थान्थिए. ता-तातो गोलि आफ्नो कानको छेउ बाट जाँदा हंसले ठाउँ नै छोड्ला जस्तो हुन्थियो . आफ्नो जीवनलाई तलवारको धारमा राखेर २ पटक प्रचण्डको ज्यान पनि बचाए . लाडयो भयङ्कर युद्ध लाडीयो तर हरेक लडाईमा आज मेरो यो संसारमा अन्तिम दिन हो सम्झेरै लडे| आज हामीले लडाई लडेर नेता, प्रधानमन्त्री बनाएका प्रचण्डले हामीलाई देशको अयोग्य लडाकु ठहर गर्यो | हामीलाई मझधारमा ल्याएर अलपत्र छाडी दिएकोछ उसले.... कापी कलम समाएर स्कुल जाने बेलामा बन्दुक बोकेर जंगल पस्न बाध्य बनायो| ध्वन्धकालमा धेरै पटक ज्यानको बाजी राखेर लडाई लडे, अन्त : २०६३ साल मंसिर ५ गते बृहत शान्ति सम्झौता भयो | माउवादीले संचालन गरिएको ससस्त्र जन-युद्ध अवचारिक रुपमा सकियो . २०६२-२०६३ सालको जान-आन्दोलनको नतिजा स्वरूप देशमा गणतन्त्र आयो . संबिधान सभाको निर्वाचन आयो, संबिधान सभाबाट संबिधान जारि भयो तर त्यतिबेला ज्यानको बाजी राखेर लडाई लडेका लडाकुहरु अहिले आफुलाई पार्टीले बिचलि बनाएको छ, जिउन अनेक निरन्तर संघर्ष हार्नु परेको छ | शान्ति सम्झौताकै आधारमा सेना संयोजक भयो तर चार हजार आठ जना लडाकुलाई अयोग्य भन्दै घर फर्कियो . त्यो चार हजार आठ सय लडाकु मध्येमा म पनि परे. त्यो चार हजार आठ सय लडाकुहरु आज सम्म समाजमा पुर्नस्थापित हुन सकेको छैन ."

        उसको आँखामा आक्रोसको भाव देखे, चियाको चुस्की लिन एक छिन् मौन बसे, हामि सबै जना चुपचाप चिया पिउंदै उसको बोलीको प्रतिक्षा गरि रहेका थियौ. उ मौन थियो, चुपचाप.. केहि सोच्दै ओठमा चियाको गिलास टक अडेको अदै, चिया गिलास बाट स्वात तान्दै फेरी बोल्न सुरु गरे उनि :- "युद्ध पछि न समाजले स्वीकारे...न पार्टीले नै, यत्रो सपना देखाएर सिध्दान्तको कुरा गर्ने नेता, जो मान्छेले उसको २ पटक ज्यान बचाए, आज आफु सत्तामा पुगे पछि उसैले मलाई अयोग्य ठहराए. न त मैले आफ्नो दैनिकी जीवन नै सहज ढंगले अगी बढाउन सकेको छु . पहिले चाहि हामि युद्ध लड्न योग्य भए | पुष्पकमल दाहाललाई नेता बनाउन योग्य भए, आफ्नो नेतालाई मन्त्री र मन्त्रीलाई प्रधान मन्त्री बनाउन पनि योग्य भए, तर हामीलाई संयुक्त राष्ट्र संधले अयोग्य प्रमाणित गरि दियो. हामीहरुले नेता बनाएको पुष्कमल दाहाल २ पटक देशको प्रधानमन्त्री भै सके . बाबुराम भट्टराई पनि प्रधानमन्त्री भयो. हामीहरु संगै एउतै मोर्चामा युद्ध लडेकाहरुको जीवन स्तर कहाँ बाट कहाँ पुगी सक्यो तर म भने ..... ???? "
       फेरी एकपटक मौन बस्यो, चिया पियो , अब भने चिया चिसी सकेछ क्या रे , चिया स्वात पारि सकायो .मेरो त पहिलै सकी सकेको थियो. एउटा अर्को अधवैश मान्छे चिया पिउन आयो |
"दाई एक कप चिया खाउ न है" भन्दै चकटीमा बस्यो | उ चिया बसाल्न तिर लाग्यो, स्टोभमा दम दियो, स्टोभ को आगो चर्कियो . उसले चियाको भाडा बसाल्यो, चिया खाइ सकेको मान्छेहरु पनि बिस्तारै १५-१५ रुपिया तिरेर जान थाल्यो. भाडामा दुध, चिनी, चिया पट्टि हालेर फेरी आफ्नो आत्मकथा भन्न थाल्यो " देशमा बाल मजदुर, बाल अधिकारको कुरा चलाउने ले नै मलाई बाल सेनाको रुपमा प्रयोग गरेको थियो...त्यो प्रचण्डेले | त्यति बेला मेरो बाल अधिकार कता गएको थियो र?" 


" दशौ हजार नागरिकको ज्यानको आहुती दिएको आन्दोलनको उपलब्धि के ?"

"आफुले बनाएको प्रधानमन्त्री र मन्त्री बनाउनुको उपलब्धि के ??? हजारौ घाइतेहरुको चित्कार सुन्नु पर्छ कि पर्दैन उसले ? बेपत्ता नागरिकको आँखामा बगेको आँसु कसले पुछिदिने ? उसले पुछ्नु पर्छ कि पर्दैन? त्यसै बस्ने हो ? कलिला हाथहरुमा बन्दुक बोकाएर, आज यसरी जीवनको मझधारमा ल्याएर छोडिएका लडाकुहरुको ग्यारेन्टी कसले लिने? आमुल परिवर्तनको कुरा गर्नेले न त आफ्नो कार्यकर्तालाई खुशी बनाउन सक्यो, न त नागरिकलाई नै .शान्ति सम्झौताको १० वर्षमा ९ पटक सरकार परिवर्तन भयो. ३ वटा सरकार माउवादिको नेतृत्वमा बन्यो तर देशको स्थिति उस्तै छ. जन युद्धमा ध्वस्त पारेको लाइ त बनाएको छैन, यो भूकम्पले भत्काएको लाइ त कहिले बनाउने त्यसले?... पिडा उस्तै छ दाई !!!! "

       म चुपचाप उसको कुरा सुनिरहन्छु म संग पनि केहि छैन बोल्ने वाक्य, उसको प्रश्नको उत्तर त झनै  कहाँ बाट हुनु .आफ्नो सिगरेट केसबाट मेरो ब्रान्डको चुरोट निकाले, ओठमा च्यापे, जिप्पो बाले चुरोट सल्काए . धुवा फाल्दै सिगरेट केस अगाडी बढाएर "दाई पनि खाने?" भनेर सोधे . उसले मेरो ब्रान्डको सिगरेट उल्टै पल्टै हेर्दै " कुन चुरोट हो" भन्दै हेर्यो .

"शिखर सेलेक्ट नँया आएको, खानु न सूर्या भन्दा सफ्ट छ."

"भो म यो खन्न " भन्दै आफ्नो ठेला चिया पसलबाट सूर्या चुरोट सल्कायो.

"तर नागरिकले, जनताले व्यवस्था होइन अवस्था परिवर्तन चाहेको थियो . जुन झन् दर्दनाक बनेर गयो ." आफ्नो बोलि संगै चुरोटको धुवा बाहिर निकाल्दै भन्दै थियो .

"देशमा यति सत्ता परिवर्तन भयो खै त ?? ! अवस्था परिवर्तन भएको? अहिले नगरे कहिले गर्ने र कसरी गर्ने ?" यति भन्दै फेरी एक पटक मौन बस्यो... हाम्रो योद्धा चिया दाई. चुरोट यस्तरी तान्दै थियो मानौ प्रचण्डको रगर तान्दै हो. उसको रिसको भाव सिगरेटको आगोमा प्रस्टै देखिंदै थियो. सिगरेटको आगो झन्-झन् तेजिलो हुँदै गयो . मानौ, अब सिगरेटवाट ज्वालामुखी बिस्फोट हुन्छ.
        हो अहिले नगरे कहिले गर्ने?, कसरि गर्ने ? कसले गर्ने ?, यस्ता थुप्रै अनगिन्ती प्रश्नहरु छन्. यसको जवाफ म संग त छैन छदै-छैन . शायद अहिलेको प्रधानमन्त्री प्रचण्ड ज्यु संग पनि छैन . उसैले जन्माएको पुर्व लडाकु अहिलेको चिया साहु जसले उसको ज्यान २ पटक बचाएको दाबी गर्छ, उसैले सोधेको प्रश्न हो यो . म नाथे एउटा साधारण ग्राफिक डिजाइनर संग उत्तर कहाँ बाट हुनु तर माउवादी गैर जिम्मेवारी भएको, उसैको पुर्व लडाकु कै भनाई छ , हुन पनि हो , माउवादी हिंसाले देशलाई क्षेती बाहेक के नै दियो र ? हो परिवर्तन त भएको छ . पहिले प्रचण्ड लाई सुत्ने ओछ्यान समेत थिएन होला तर आज उ ४ लाखको खाटमा सुत्छ .पहिले होन्डा एक्स एल १२५ सी सीको मोटर साइकल चलाउदै बिरगंज घुम्ने मान्छे, अहिले फोनेएक्स साइकल चलौन्दै काठमाडौँ घुम्छ . आमुल परिवर्तन देशमा होइन, जनतामा पक्कै आएको छ . देश त त्यस्तै छ लथालिंग |


Nov 30,2016
-William Newrose / Cycle Diaries

Saturday, July 30, 2016

Solo Ride for MOKSH (Bajra Barahi)

Bajra Barahi
This is the temple of the boar headed Goddess on a human body who is commonly known as Barahi. Bajra stands for a mythical sword of lightning and thunder. She is also considered to be a Matrika, a name given a group of seven or sometimes eight Mother Goddesses. She is regarded as the personification of feminine powers of all male and female Gods of Hinduism. She is worshipped by Buddhists as well, and the name Bajra Barahi in its entirety is used mostly by Buddhists.

Like so many ancient temples, most of their historical data are better recorded in family genealogies of a priest or influential families of the day. Many of such inscriptions are lost in time, mainly due to negligence and sometimes loot or vandalism. No such inscription exists today that recorded detailed information on the temple. From genealogical accounts, it can be confirmed that the temple construction was initiated in the year 786 Nepal Sambat (1666 A.D.). The day was a Monday in the month of Chaitra.

It is mentioned that King Shree Niwas Malla from Patan built the temple. The location of the temple had a small pond from where Goddess Bajra Barahi first appeared and over time the pond dried up, as per folk tales.

























Chapagaon & Bajra Barahi Temple
Historical records tell that a town was established in the year 500 Nepal Sambat (1380 A.D.). A damaged stone inscription and another one from a small temple of Lord Krishna confirm the fact. A newborn prince from Bhaktapur officially inherited the town that was a growing trading post in North-South trading route connecting India with Tibet, a small portion of the infamous Silk Route.  The young prince was born in an extremely inauspicious occasion and hence was deemed to exile, as commonly happened to many such newly born.  Late Crown Prince Dipendra who apparently assassinated his whole family including the King and Queen, was said to have been born in a similar inauspicious occasion. Such practices were fairly common in many conservative parts of Nepal even three decades ago. Usually, such child were given to travelling sages even before fathers get to see their infant’s face.
Since King Raj Dev Malla was forbidden to ever see his again; he officially handed over the town to the son and dispatched a whole set of aristocrats, priests, courtiers, workers, smiths, potters, and soldiers along rest of the entourage to help his son rule the town. A stone inscription confirms that the two was officially re-established as a state in 711 Nepal Sambat (1591 A.D.)
In ancient days when religious beliefs every aspects of people and ruler's lives, lack of a protector deity was felt. As Local folklores claimed that Goddess Bajra Barahi had appeared from a location, just east of town, a temple would eventually be commissioned there.
Wonders Of Bajra Barahi
Bajra Barahi, a temple without pinnacle is popular for its amazing and spiritual specialties It is said that the temple which is situated at Bajra Barahi, Chapagaun, Lalitpur of Nepal, is one of the significant arts of seventeenth century. The temple is dedicated to the tantric manifestation of Goddess Kali of Hinduism.
This temple is located within the forest which is full of divine wonders. Mr. Badri Shakya, a local of Chapagaun says in the return of the question of my '' The leafs surrounding the temples are very mysterious from ancient time. If the leafs are taken out of the temple's premises, they fly back to the spot again. No one nearby the village dares to take the leafs at their home. If someone does, will suffer from unknown illness.

Mysterious Bajra Barahi Forest
Hindus believe that they shouldn't say whether they are planning to go any of the popular temples of Hindus like Manakaman, Pashupatinath, etc. Same saying is applied with Bajra Barahi also. Mr. Gyanendra Maharjan, a student says, '' You should not say that you will come here. If you say you must come. Else you have to face troubles. Similarly you shouldn't say that you don't believe it specially when you are standing in front of the temple.''

The temple area is rich in flora and faunas. There are 48 varieties of birds including spiny babbler which is found only in Nepal. Mr. Ramesh Tuladhar, a teacher of Children Garden Academy says, '' This forest is the home for several rare animals like tiger, leopard, bears, etc. It is believed that those animals don't attack people in the forest. There are also some rare trees which are useful to manufacture medicines.''

Bajra Barahi is quite right spot for picnic with spiritual, physical and social point of views. So one can find many groups enjoying here.

After all we openly believe that this temple is one of the mysterious temples of the world.
Solo Ride For Moksh Details

July 30, 2016
Saturday
Solo Ride For Moksh
Cycle Diaries
#Lyf_Chha_Awesome