Thursday, October 18, 2018

खोकना जहाँ दशैँ मनाउन्दैनन् - Motor cycle Diaries

दशैं आयो | दशैं लागेको आभास हावामा फिजिएको गन्धले थाहा पाए | घर अगाडीको बाटोबाट खसीबोका म्या-म्या गर्दै घिसार्दै लागेको दृश्यले पनि दशैँको आभास नआएको होइन | आज फूलपातीको दिन | बिहान चाडै उठायो सरुले हिजो अफिसको दशैं सेलिब्रेसनको पार्टीमा अलि बडीनै बियर पिएछु | उठ्ने बित्तिकै टाउको दुख्यो | ह्यांग ओभरले होला सायद | उठ्नै मन लागेन |

सरुले खोकना जान मन गरेको मलाई हिजो नै सुनाइ सकेकिथी "निरज यस पटक खोकना जाउँन, त्यहाँ खोकना जात्रा पनि भैरहेको छ रे |"
फेरी मलाई घचघचाउन्दै "निरज खोकना जाम उठ | रेडी होउ |" मलाई उठाई |
टाउको समाउदै ओच्छ्यानबाट उठेर बाथरुमको नित्यकर्म सकाएर, तैयार भए | अपाची आरटिआर २००सिसि बाइक निकाले र पाँगा तिर मोडे |
"लौ ! यहाँबाट किन?" सरु अचम्म मानी सोध्यो |
"हिडन म तिमीलाई सर्टकटबाट लिएर जान्छु |" मैले पाँगा हुँदै जलविनायक मन्दिरबाट बाइक निकाले | त्यहा पुग्दा मन्दिर बाहिरको पसलहरुमा मान्छेहरुको भिड थियो | आजको दिनमा पनि गणेश मन्दिरमा दर्शन गर्न आउनेहरुको भिड हुँदोरैछ | दशैँमा त शक्तिपीठ देवीहरुको मन्दिरमा पो भिड हुनु पर्ने होइन र ? आफु आफैलाइ नै सोधिरहेको थिए |
"ओह हो ! आजको दिनमा पनि जलबिनायकमा येत्रो भिड ?" प्रश्नवाचक चिन्ह समेत मेरो मुख बात अनयासै फुत्कियो |
"आजको दिन पनि यहाँको मान्छेहरु यहाँ पुजा गर्न आउछ होला नि त् |" बडो सहज तरिकाले सरुले भन्यो |
यसको मतलब हामी यहाँको मान्छे होइनौ ? फेरी प्रश्नवाचक चिन्ह | यसपटक आफूमै सिमित राखे प्रश्नवाचक चिन्ह आफ्नो जीवनकालको करिब २२ वर्ष बिरगंजमा बिताएर अहिले काठमान्डूमा बस्न आएको पनि भैसक्यो होला १० -१२ वर्ष तैपनि हामीलाइ यहाँको रिती ठिटी संग राम्रो परिचय भएको छैन |
जलविनायकको उकालो चडिसके पछि हामि बुङ्गमति पुग्यौ |

रातो करुणामय(मच्छिन्द्रनाथ) को मन्दिर अझै बनेको छैन रैछ | अझै बनाउंदै रैछ | सबैजना मन्दिर परिसरमा सरसफाईमा व्यस्त देखिन्छ |
बुङ्गमती | पृष्ठभुमिमा बन्दै गरेको रातो मछिन्द्रमाथ को मन्दिर र स्थानीय वासिन्दाहरुले सरसफाई गर्दै गरेको 


कुनै संघ-संस्थाहरुले गरेको होला | मुखमा सर्जरी मस्क अनि हातमा सर्जरी ग्लब्स लगाएर | भन्ने ठाने तर उनीहरु कुनै समुहहरु नभई गाउँवासीहरु नै रहेछन | आज देखि बुन्गमतीको जात्रा सुरु हुने रैछ |
हामी रातो मच्छेनिन्द्रनाथको दर्शन गर्यौ | मैले अहिले सम्म देवताहरुमा राम्रो नाख मुख नक्सा मिलेको देवताहरु मध्य यी मच्छेनिन्द्रनाथ नै हुन् रातो होस् वा सेतो सबै मच्छेनिन्द्रनाथ ह्यान्डसम नै देखे मैले | सरुले पनि यहि कुरा गर्यो "नालाको मच्छेनिन्द्रनाथ पनि कस्तो राम्रो"

गुर्जुले हाम्रो कुरा सुनेछ | " नालाको मच्छेनिन्द्रनाथ हाम्रै हो | यहाँबाट चोरेर लागेको |" अनुहारमा सत्यताको भाव दिंदै गुर्जुले भन्दै थियो | हामी स्तब्ध भयौ | "ए ! हो र ?" बाहेक अरु केहि निस्केन हाम्रो छक्क परेको अनुहार सहितको मुखबाट | सरुले ३ वटा दिया किनी र बालि |
पहिलेका मान्छेहरु अत्ति नै इर्सालु स्वोभावको हुँदो हो क्यारे | अरु ठाउँको चिज बिज चोर्दै आफ्नो स्थानमा स्थापना गर्ने | आफुले बनाउन न सकिने हो वा उसको जस्तो मेरो किन छैन भन्ने होडबाजीमा हो | यस्तै मैले अर्को पौराणिक चोरीको घटना बारे सुनेको थिए | किर्तिपुरको परम्परागत घण्टा चोरी गरि पातन दरबारको चार तल्ला छाना माथि राखेको कथा |


त्यहि संगै पुलिसथानाको मुनि तिर अर्को एउटा मन्दिर पनि रैछ | भैरबको ठुलो मुर्ति | मलाइ त थाहै थिएन | यतिका पल्ट यहाँ साइकिलिंग आइ सके तर अहिले सम्म मलाइ थाहा थिएन त्यहाँ भैरबको मन्दिर पनि छ भनेर | सरु भित्र पुजा गर्न गयो | म भने त्यहि पुलिससंग कुरा गर्दै बसे | एउटा कुरा मलाइ अलि खट्केको छ | त्यो के भने | भैरब को मन्दिरको माथीलो तल्लामा छालाको बुट लगाएर पुलिसहरु कसरि बस्न सकेको ? के उनिहरु देवता मान्दैन? राज्यले कसरि स्वीकृति दियो ? गाउँवासीहरु कसरी माने?  यो मेरो मनमा प्रश्नवाचक चिन्ह मात्र बनेर बस्यो |
रातो मच्छिन्द्रनाथ मन्दिर भित्र पस्ने मूल ढोका

ह्यगृव भैरव :

यो भैरवको नाम ह्यगृव भैरव रैछ | ह्यगृव भैरवको कथा पनि रोचक नै रैछ | १३ औ शताब्दीमा पाल्पाका खस मल्ल राजा मुकुन्दसेन नेपाल मण्डललाई आक्रमण गरि आफ्नो राज्य बिस्तार गर्ने सोच बनाए | जो आफ्नो राज्य बिस्तार गर्न वरिपरिका राज्यहरुमा हमला गरी पुर्व तिर बढ्दै गैरहेको थियो | राज्य बिस्तार गर्दै अगाडी बढ्दै जाँदा फर्पिङ्ग प्रान्तमा आएर आफ्नो अखडा जमाए | त्यहि रात नेपाल उपत्यका विजय गर्ने योजना पनि बनाए | योजना अनुरुप एकजना सैनिक प्रमुखको नेतृत्वमा थानकोट वरिपरिका राज्यहरुमा आतंक फैलाई कीर्तिपुरमा हमला गर्ने र बुङ्गमतिमा हमला गरि पाटन राज्यमा प्रवेस गर्ने योजना बनाए | किन भने त्यति बेला किर्तिपुर नेपाल मण्डलमा नाकाको रुपमा लिन्थियो नेपाल मण्डलमा कुनै पनि चिजबिजहरु किर्तिपुर भएरै प्रवेस गरिन्थियो किर्तिपुर माथि विजय गरिसके पछी अरु राज्यहरुलाई जित्न सजिलो हुने सोचले योजना बनाए | तर त्यसै रात मुकुन्द सेनको सपनामा बुङ्गमतिको आजु ह्यगृव भैरव आयो | आफ्नो हसिलो तर डर लाग्दो रुप देखाएर बुङ्गमतिमा पाइला नटेक्ने चेतावनी दियो | सपनाबाट ब्युँझिएर तर्सिय मुकुन्द सेन | तर्सेर पनि मनमोहक ह्यगृव भैरवको अनुहारबाट बुङ्गमति आउन झन् आकर्षित भए | उनले बुङ्गमति आएरै छाड्ने संकल्प गरे | आफ्नो ठुलो सैन्यबल लिएर होहल्ला गर्दै बुङ्गमति पुगे | होहल्लाबाट तर्सेर सम्पूर्ण बुङ्गमतिवासी ह्यगृव भैरवको मन्दिरको छिडीमा लुकेर बसे | बुन्गमति सुनसान थियो र राजा मुकुन्द सेन ह्यगृव भैरव दर्शन गर्न माथिल्लो कोठामा पुगे र आफ्नो सेनालाई मुर्ति उखेल्लन आदेश दिए | मुर्ति उखेली सकेपछि बुङ्गमतिका अन्य देविदेवाताहरुको मुर्तिहरुलाई पनि क्षति पुर्याई ह्यगृव भैरव पाल्पामा स्थापना गराउन केहि सेनाहरुलाई पठाए | आफ्नो नेतृत्वमा काठमान्डू उपत्याकाको अरु ठाउँमा पनि आक्रमण गर्न गए | तर केहि समय पछि नै आक्रमण गर्न गएको सेनाहरुलाई महामारी रोग लाग्यो, सैयौ सेना रोगग्रस्त भएर मरे र बाकि रहेको सैनिक कम्जोर बने | मुकुन्द सेन पनि आफै पनि रोगले सिकिस्त भए | काठमाडौँ उपत्यका जित्ने आफ्नो अभियान सफल हुन नसकी पाल्पा फर्केर गए | पाल्पा पुगेर ह्यगृव भैरवको आकृति र सपनामा दिएको चेतावनी सम्झी त्रसित भए | अनि आफ्नो पुरोहितको सल्लाह अनुसार ह्यगृव भैरवलाइ फेरी बुङ्गमति फर्काइ क्षमा पुजा गर्न पर्ने सल्लाह दिए | त्यसै अनुरुप पुन: बुङ्गमति आएर साविक ठाउँमा पुन: राखी १०१ राँगा, १०१ बोका , १०१ भेडा, १०१ कुखुरा, १०१ हाँस बलि चढाई क्षमा पुजा गर्यो | तर ह्यगृव भैरवले काल भैरवको रुप लिएर राजा मुकुन्दसेनकै बलि मागे | तर चन्देस्वरी (बनेपाको चन्देस्वरी माँ) देवीको अनुग्रहमा मुकुन्द सेनको पापलाई माफी दिए | त्यसपछि वर्षौ पिच्छे बुङ्गमति आएर क्षमा पुजा गर्नु पर्ने परम्परा बस्यो | मुकुन्दसेनले पनि पाल्पामा बुङ्गमतिको जस्तै ह्यगृव भैरव मन्दिर बनाए | जुन मन्दिरको ह्यगृव भैरव निकै डरलाग्दो भएर कहिलै पनि मन्दिरको ढोका खुलाएनन | मुकुन्दसेन पछी पनि अरु पशिचमका खसमल्ल राजाहरु जस्तै जितारी मल्ल , रितु मल्ल, जयारी मल्ल बुङ्गमति आएर ह्यगृव भैरव र बुङ्ग करुणामय दर्शन गरेको भनेछ | त्यस पछी पृथ्वीनारायण शाहको राज्यकाल देखि यस क्षमा पुजा सरकारी पुजाको रुपमा हरेक वर्ष दशैंको नवमीको दिनमा चलाउदै आएको कथन पाइन्छ |

बुङ्गमति बाटै हामि कार्यविनायक गयौ | कार्यविनायकमा पनि दर्शनार्थीहरुको भिड ! पार्किंग फुल सबै कार लिएर आका रैछन ठेलमठेल अनि पार्किंग कहाबाट पुग्नु | पार्किंग हेरिरहनु भएको दाईको पनि हालत हेर्न लाएक थियो | कार्यविनायक मन्दिर परिसर भित्र कारले पार्किंग फुल अनि मोटरसाइकलहरु सबै बाटोको साइडमा | मैले पार्किंग दाईले भनेकै ठाउमा मोटरसाइकल पार्किंग गर्दै थिए | पछाडीबाट स्कोरपियो आयो | स्कोरपियो जाने बाटो त मोटरसाइकल पार्किंगले नै खाइसकेको थियो | अब यो कसरि जान्छ ?
"ह्या मलाइ केको टिकीट्यास-ट्यास !!" मोटरसाइकलको ह्यान्दिललक् गरे, हिडे मन्दिर तिर |
"आज फूलपाती सप्तमीको दिन गणेश पुजा गर्ने दिन हो र भन्या ? अघि जलविनायकमा पनि यत्तिकै भिड देखेको थिए अहिले यहाँ कार्यविनायकमा पनि यतीकै भिड छ ?"
"यहाँको चलन होला नि त" अघिकै जवाफ फर्काउन्दैथी सरु |

हामीले भित्र जान सकेनौ देवतालाइ अलि फेस तु फेस हुने गरि मात्र दर्शन गर्न सकीयौ | सरुले ३ वटा दिया किनी र बालि |
कार्यविनायक मन्दिर 
कार्यविनायक मन्दिर परिसर वारीका पसलेहरुलाई भ्याई नभ्याई थियो | २-३ वटा पसल त खाजा खानेहरुको भिड | बल्ल एउटा पसलमा २ जना अट्ने मात्र कुर्सि खालि रैछ | हामि त्यहा बस्यौ | आदर बमोजिम अलि अबेर नै आए पनि हामि ले २ वटा सेलरोटी, २ वटा पापड र २ कप चिया पियौ | र ५ वटा सेलरोटी घरको लागि प्याक गर्न लगाएर खोकना तिर लाग्यौ |

हामी खोकना पुगेको बेला बल्ल मन्दिरबाट देवताहरु निकाल्दै रहेछन | हामि भाग्यमानी भएको अनुभुति गर्यौ |
सिकाली मन्दिर बाट देवी-देवता निकाल्दै गरेको 

खोकना-जहाँ दशैँ मनाउन्दैनन् :
काठमाडौँको पुरानो बस्ती खोकनामा करिब पांच सय वर्ष देखि दशैँ मनाउँदैनन्। यहाँका वासिन्दाहरु अरुले जस्तो न त टीकाका लागि आफन्त कहाँ जान्छन्, न त आफै टीका लगाउँछन्। 
पूरा देश दशैंको रमझममा मस्त भइरहेको बेला खोकनामा श्री रुद्रायणी (सिकाली)को जात्रा हुन्छ। सिखाली शब्दबाट अपभ्रंस भएर सिकाली भएको भनिन्छ ।  जात्रा सके पछी घर-घरमा भोज गरिन्छ। रुद्रायणी देवीको नाच, क्वँ(घ्याम्पो)जात्रा, रुद्रायणी देवीको खट जात्रा चल्ने गर्छ | यो गाउँका वासिन्दाहरु न त कुखुरा खान्छन न त कुखुरा नै पाल्छन। पुरै गाउँभरी कुखुरा पाल्न नहुने हुँदा स्थानीयहरू हाँस पाल्ने गर्छन् । खाने तेल (तोरीको)को लागि पनि यो गाउँ नेपालभर प्रसिद्ध छ | मैले पनि त्यहा २ बोतल तोरीको तेल किने | पहिला २ पटक साइकलमा आउँदा पनि २-२ बोतल तोरीको तेल किनीसकेको थिए |
खोकना जात्राको आज अन्तिम दिन फूलपातीकोदिन हो भनेर  | त्यहिको स्थानीय वासिन्दाहरुले भने पछी मात्र थाहा पाए |
किंवदन्ती अनुसार महिषासुर नाम गरेको दानवले देवताहरुलार्इ धेरै दुःख दिएछन्। महिषासुर बसेको ठाउँ पत्ता लगाउन देउताहरु बैठक बस्यो र उसलार्इ खोज्ने निर्णय भयो। भैरव,नागराज, रुद्रायणी, कुमार, सिङ्नी,व्याङ्नी काली लगायतका देवदेवीहरुले खोज्दासमेत महिषासुर भेटिएनन्। 

चिन्तित बनेका देवताहरुले मायादेवीको क्षमापूजा गर्ने निधो गरे। भैरव, काली, कुमारी र वाराहीलार्इ भोग चढाउन बलि दिइयो। समस्या समाधान भयो। तर फेरि केही समयपछि उस्तै। संकट बढ्दै गएपछि राक्षसहरुबाट बच्न बस्ती नै सार्ने निधो गरियो, अहिलेको खोकनामा। 
पुरानो बस्ती (कुदेश) खोकनाबाट करिब १५-२० मिनेट हिँडेपछि पुगिन्छ, पुरानो सिकाली मन्दिर भएको ठाउँ। बस्तीसँगै देवीलार्इ पनि नयाँ स्थानमा सारियो। यसलार्इ अहिले रुद्रायणी मन्दिर भनेर चिनिन्छ। 
देवीले नयाँ स्थानमा बस्न त मानिन् तर भोग लिन मानिनन्। त्यसैले भोग भने रुद्रायणी मन्दिरमा नभई पुरानो मन्दिर भएको स्थान सिकालीमा लगेर चढाइन्छ। अहिलेसम्म त्यही परम्परा निरन्तर चलिआएको छ। पहिले यो जात्रा गाइजात्राको बेला मनाइने भएपनि बस्ती सार्दा जात्राको तिथि पनि परिवर्तन गरियो। नयाँ तिथि निकाल्दा दशैंसँग मिल्न पुग्यो। त्यसपछि खोकनाबासीले दशैं नमनाएको  यो जात्रा स्वस्थानी कथामा आधारित रहेको स्थानीय वासिन्दाले बताए। 

नेपाल सम्बत ६३३ तिर राजा अमर मल्लले स्थानीय पैताखलकहरूले चलाउँदै आएको नाटक मञ्चनलाई दशैंको बेला जात्राका रूपमा चलाउन सुझाएको र तत्पश्चात् रुद्रायणी देवीको नाच प्रचलनमा रहेको पनि कुरा सुनियो।
खोकना सिकाली मन्दिर को पछाडी पट्टि को बाहाल | जात्राको अन्तिम दिन यहि ल्याएर देवताहरुलाई राख्ने चलन छ |
त्यहाँ अर्को सिकालीको मन्दिर छ भन्ने थाहा पछी हामी पुरानो बस्तीमा जाने इच्छा गर्यौ | तर स्थानीयवासीले "त्यहाको जात्रा सकी सक्यो | पहिलो दिन त्यहिबाट देवता निकालेर यहाँ ल्याउने हो | जात्रा सकेर ४-५ दिन पछी मात्र जानु भए हुन्छ |"

मैले छक्क मान्दै "किन " भनेर सोध्दा | "यहाँको यस्तै चलन छ | अहिले नजानु नै भनिन्छ | केहि हुन सक्ने सम्भावनाहरु छन् |" यत्ति मात्र भने |



दशैँको टाइममा  शक्तिपिठहरुमा जानु नै हुन्न | त्यो पानि हामि नेवार हरु धेरै जसो तान्त्रिक बिधिबाटै पुजा आजा गरिन्छ | फेरी हाम्रो परिवारमा प्राय दशैंकै समय मा हात खुट्टा भाचिने हुन्छ अक्सिदेन्तको बहानामा मलाइ त यो पालि मात्र केहि भएँ | धन्य | सारुले पनि "हुन्छ अर्को पटक आउँदा जाउला" भनेर हामी घर फर्कियौ |
जात्रा हेर्न आएका स्थानीय वासिन्दाहरु संग कुरा गर्दै |


:: समाप्त ::
#Lyf_Chha_Awesome

No comments:

Post a Comment