ढुकढुकी – उपन्यास (Chapter 1-भाग २)
[२]
उताबाट “हेलो” भन्ने पुरुषको स्वर आएपछी प्रतिभाले सोधिन “यहाँ को
बोल्नुभएको?”
“म विनय बोल्दैछु । यहाँ को बोल्दै हुनुहुन्छ नि ?” विनयले सोधे ।
“बोल्ने को होला त, यहाँ नै गेस गर्नुस न ।” प्रतिभाले हास्दै जवाफ दिइन ।
“मैले त राम्रोसंग ठम्याउन सकिन । यहाको शुभ नाम ?” विनयले फेरी सोधे ।
“यति चांडो कसरी बिर्सनु भएको त । ठुलो मानिसहरु जुनसुकै कुरा चाँडो
बिर्सन्छन अरे भनेको ठिकैजस्तो लाग्यो तैपनि गेस गर्नुहोस न विनयजी ।” प्रतिभाले
हास्दै भनिन ।
एक अपरिचित केटीको स्वर । विनयले राम्ररी चिन्नै सकेनन । “मैले त
यहाँलाई चिन्न सकिन । यहालाई कुनै आपत्ति छैन भने नाउ बताईदिनुहुन्छ कि?” विनयले
नम्र भावमा उत्सुकतापुर्वक सोधे ।
“हाय राम !, चिन्न सक्नुभएन, होइन त बिनयजी? म डाक्टर प्रतिभा बोल्दै
छु । अब त चुन्नुभयो होला नि ! कि अझै चिन्न सक्नु भएन ?” प्रतिभाले हास्दै भनिन् ।
“ओहो ! नमस्कार डाक्टरनी साहेब । आज कताबाट ? टेलिफोनमा पहिलो
पटक यहाँको स्वर सुन्दा कसरी चिन्न सकूँ त् ? अनि तपाई रामको ठुलो भक्त पर्नु भो
की । “हाय राम” भन्नुभो त् ? ” विनयले हास्दै भने ।
“ए ! त्यो, रेडियोमा “गुम है किसी के” भन्ने
गीत बज्दै थियो । अनयासै मुखबाट “हाय राम” शब्द निस्कियो । अनि तपाईले पनि यति
चाडै बिर्सनु भएकोले पनि “हाय राम-फुती किस्मत” ।” डा.प्रतिभाले हास्दै भने ।
“बिर्सेको त होइन, काममा अलि व्यस्त भएको मात्र हु । अनि प्रतिभाजी, “गुम है किसी के” !!, यो कुन फिल्मको गीत हो र? मैले त सुनेकै रहेनछु
।”
“अहिले भर्खर अशोक हल-पाटनमा चल्दै गरेको “रामपुरका लक्ष्मण” फिल्मको
गीत हो । यहाको कुरा सुन्दा फिल्म हेर्नुत परको कुरा, रेडियो पनि सुन्नु हुन्
जस्तोछ ।” प्रतिभाके हास्दै भने ।
“त्यो त हो ! कामको व्यस्तताले रेडियो सुन्न समेत अलि फुर्सत मिलाउन
मुस्किल छ । अनि आरामै, डाक्टरनी साहेबलाई ?” विनयले हास्दै सोधे ।
“यहाको कृपाले सन्चै छ । यहाँलाई कस्तो छ नि ? अरु हालखबर के छ नि?”
प्रतिभाले सोधिन ।
“सबै बेसै छ, प्रतिभाजी । कुनै नौलो घटना घटेको छैन ।” विनयले हास्दै
भने ।
“अचेल तपाईको बिजनेस कस्तो चलिरहेको छ नि ?” प्रतिभाले फेरी सोधिन । “ठिकै
छ. प्रतिभाजी त्यतिको उल्लेखनीय प्रगति केहि भएको छैन ।”
“यहाँकी आन्टीलाई अचेल कस्तो छ नि ?” प्रतिभाले सोधिन ।
“अब त रोग बिल्कुल आराम भयो । यहाँहरुकै प्रयासले राम्रो भयो । यसका
लागि म तपाईप्रति आभारी छु ।”
“बिरामीको सेवा गर्नु नै हाम्रो कर्तब्य हो नि. विनयजी ।” प्रतिभाले
हास्दै भनिन ।
“यो कुरा त ठिकै हो तैपनि....” बिचैमा कुरा काटेर प्रतिभाले भनिन्
“भो-भो । हामीलाई त्यति धन्यबाद नदिनोस विनयजी कि धन्यबाद राख्ने ठाउँ नै नरहोस् ।”
विनय हाँसे अनि प्रतिभा पनि हाँसिन । “मैले बोर त गरिन विनयजी ?”
“केको बोर नि? बरु यहाँले नै सम्झनुभएकोमा धेरै-धेरै धन्यबाद छ ।” विनयले
हास्दै भने ।
“उफ ! फेरी धन्यबाद । मैले यहालाई भनिसके नि कहिँ धन्यबाद राख्ने ठाउ
नै नरहोस् ।” प्रतिभाले भनिन ।
“लौ त् विनयजी । मैले तपाईको धेरै समय लिए । कति काम होला यहाको ।
कहिलेकाही त सम्झना होला नि ।” प्रतिभाले मिठो हासो हास्दै भनिन ।
“अवश्य प्रतिभाजी” विनयले पनि हास्दै भने ।
“बाई विनयजी ।” प्रतिभाले भनिन ।
“बाई ।” विनयको स्वर थियो ।
प्रतिभा फेरी सोफामा बासिन र हातले अखबार लिएर पढ्न थालिन । रेडियोमा
गीत बहिरहेको थियो ।
“पलकें झुका दे तो इकरार समझो
रखती है कबसे छुपा छुपा के
अपने होठों में
पिया तेरा नाम
हो गुम है किसी के
प्यार में दिल सुबह शाम
पर तुम्हें लिख नहीं पाऊं
मैं उसका नाम
हाय राम .....”
प्रतिभा मुसुक्क हाँसिन अनि अखबार टेबुलमा राखी “हाई” गर्दै हात
पसारेर आङ्ग तानिन । पलंगमा पल्टेर प्रतिभाले मनमा अनेक कुराहरु खेलाईरहिन । विनयका
बारेमा के-के कुरा सोचिरहीन अनि खित्त हाँसेर “हाय राम” भन्दै ओढ्नेले मुख छोपिन ।
कुन बेला निदाइन, उनलाई स्वयम् सम्झना रहेन ।
उता विनयलाई पनि टेलिफोनमा प्रतिभाको पहिलो कलले अचम्म नलागेको होइन ।
आज कताबाट प्रतिभाको टेलिफोन आयो – यहि बिषयमा विनयले धेरै बेर सोचीरहे ।
अतितका घटनाहरु विनयको मनमा एक-एक गरि नाच्न थाले । अनि मनमनै हांसी
मनमनै गुन्न थाले – जीवन यस्तै नै हो ।
यसरि मनमा कुरा खेलाउंदा-खेलाउंदै विनय पनि निन्द्रादेवीको काखमा
लोटिए ।
क्रमस
***
अर्को भागमा....!