एडभेन्चर नाईट
Chapter -1
अज्जु साइकल
चलाएर आफ्नो डेस्टिनेसन तर्फ जाँदै थियो | जाँदा जाँदै रात पर्यो | बीच सडकमा अचानक
साइकल घिस्रिन्दै रोकियो | पेडल चाल्न खोज्यो चलेन | साइकलबाट झरेर साइकल हेर्न थाल्यो | के
बिग्रेको रहेछ भनी नियालेर हेर्यो |
साइकलको चेन
चुडेर गीयरबक्स मै अड्केको रहेछ अनि गीयरबक्स पनि भाँचेको थियो | उसको साइकल बीच
सडकमा बिग्रेर स्ट्याण्डको भरमा अड्केर ठडिरहयो | साइकल बनाउन ब्यागमा टुलबक्स
खोज्यो | "ला ! थुक्क टुलबक्स त छुटेछ | "कस्तो हुस्सू म, हुने भयो अब यहिँ एडभेन्चर नाईट
आफैलाई धिक्कार्यो |
साइकलमा रहेको
वाटर होल्डरबाट पानीको बोटल निकालेर पानी पियो, "घट-घट- घट"
सुनसान सडकको
वरीपरि जंगल जस्तो देखिने केहि रुखहरु र झाडीहरु थिए | झ्याउकिरीहरुको एकनासे “किर्रर- किर्रर” आवाजले सुनसान सडकलाई अझै त्रासमय बनाउन मदत गर्दै थिए |
उसले दायाँ
बायाँ हेर्यो | रात छिपिन्दै जाँदै थियो | अन्धकार बढ्दै थियो | उसले ब्यागबाट साइकलको
टर्चलाईट निकाल्यो | बाल्न खोज्यो तर बलेन | फेरी प्रयास गर्यो तर बलेन | आफ्नो
खल्ती छामछुम गरी मोबाइल झिक्यो | मोबाइलको टर्च बालेर अगाडी तेर्सौन्दै थियो |
मोबाइलले लो ब्याट्री सङ्केत दिंदै आफै बन्द भयो |
"अब
केगर्ने" सोच्दै थियो | सडक सुनसान अनी टाढा- टाढा सम्म कोही देखिंदैन थियो |
नकुनै मान्छे नत कुनै गाडीनै |
"अब कसरी
जाने?" निरास हुँदै यताउती हेर्न थाल्यो | अगाडी अँधकाररमा डुबेको एउटा होटेल
देख्यो | जहाँ बत्तिको नामो निशान टाढा-टाढा सम्म थिएन |
अज्जुले
साइकललाई बोक्दै त्यस होटेलसम्म लिएर गयो | साइकल त्यहि गेट निर पार्क गरेर ब्याग
बोकी भित्र छिर्यो | रिसेप्सनमा एउटा अधबैसे मान्छे कुर्सीमा बसी बजा: (हुक्का)
"क्वार-क्वार" तान्दै थियो | अज्जुले
आफ्नो पसिना पुछ्दै रुमको कुरा गर्यो | र थाहा पायो त्यहाँ एउटा मात्र रूम अभेलिबल
छ | अनी लाईट रातभरि आउदैन |
अज्जुलाई
यस्तो एडभेन्चर मन पर्थियो | यस्ता कायौ रातहरु, उसले साथीहरुसंग हाइकिंग जाँदा
जंगलको बिचमा क्याम्पिंग गरी बिताईसकेको छ | तर आज उसलाई साथ दिने उसको साथिहरु कोहि
छैन | एउटा साइकल छ | जसले उसको डेस्टिनेसनसम्म पुर्याउन असमर्थ छ | उसंग एउटा
लाईट छ जसले यस्तो अँधेरी रातमा पनि उज्यालो दिन असमर्थ छ |
एडभेन्चरको
पनि एउटा नियम हुन्छ "नो-पेन नो-गेन" अज्जुले जेभए पनि त्यस कोठामा रात
बिताउन निर्णय लियो |
ब्याग बोकेर आफुले
लिएको रुममा पुग्यो | कोठामा चारै तिर अँध्यारो मात्र छ | बत्तिको नाममा केवल एउटा
मैनबत्ति छ | अज्जु एकदम थाकेको थियो, त्यसैले तुरुन्तै निदायो |
अचानक मध्यरातमा
उसको निन्द्रा खुल्यो | कोही खासखुस कुरा गर्दै गरेको आवाजले उसको निन्द्रा भंग
भएको थियो | उसले मैनबत्तीको प्रकाशमा हेर्यो | कोठाको चारै तिर थुप्रै पेन्टीङ्गस
झुन्दिएको देख्यो | हेर्दै डर लाग्दो पेन्टीङ्गमा कसैको अनुहार आगोले पोलेको जस्तो
थियो | कसैको आँखाबाट रगत बगी रहेको थियो | कसैको टाउको थिएन तर नसा-नसामा अल्झेको
दुई आँखाले उसलाई नै हेरी रहेको जस्तो भान भयो |
अज्जु, यो सब
हेरेर डरायो | पेन्टीङ्ग यती वास्तविक थियो, त्यो देखेर उसको मुटुको धुकधुकी
घ्यांग्रो जस्तो जोड-जोडले धड्किन थाल्यो | निधारको पसिन बग्दै गाला हुँदै
घाँटीबाट चुहियो | अचानक मैन बत्ति पनि निभ्यो |
उसले अरु केही
नसोची ब्ल्यांकेट तानेर मुखसम्म छोपेर सुत्ने कोशिस गर्न थाल्यो | डराउँदै-डराउँदै
आँखा चिम्ली आफ्नो इस्टदेवलाई सम्झंदै थिए, कुन बेला निदायो चालै पाएन छ |
चरा चुरुंगीको
चिरबिर आवाजसंगै उसको निन्द्रा खुल्यो | बिहानीको उज्यालोमा उठ्ने बित्तिकै सर्वप्रथम
कोठाको चारै तिर हेर्यो | कोठाको दृश्य हेर्ने बित्तिकै अज्जु झस्कियो | अतालिन्दै
उसले तुरुन्त आफ्नो सामान प्याक गर्यो र होटेलबाट बाहिर निस्कियो |
"स्वा- स्वा"
गर्दै साइकल रहेको ठाउमा पुग्यो |
उसले हिजो राती
जुन-जुन ठाउमा पेन्टीङ्गसहरु देखेको थियो | वास्तवमा त्यहाँ पेन्टीङ्गस होइन
झ्यालहरु थिए |
समाप्त
-विलीयम न्युरोज © २०७७ बि.सं.