रोड एक्सिडेन्ट (Horror सानो कथा) Episode -1
मनोज सधै झैँ डिउटी सकाएर पर्सौनीको बाटो हुँदै घर फर्किंदै थियो | सडक सुनसान अनि अन्धकार थियो | साँगुरो पिच सडक, दायाँ-बायाँ जंगल पनि अन्धकारले छोपेको थियो | सधै कलैयाबाट आउने लोकल बस यहि भेट हुन्थियो तर आज त्यो पनि देखिएन |
उसले माथी आकाश तिर हेर्यो | “आज चन्द्रमा पनि बादल भित्र
लुकेको रहेछ” माथी हेर्दै भन्यो |
उसले साइकलको लाईट बाल्न खोज्यो तर बलेन “ठुक्क ! आजै लाईट
बिग्रिनु पर्ने |” मनमनै बुद्बुदाउन्दै साइकल चलाउन्दै गयो |
उ सधै झैँ आफ्नै धुनमा साइकल चलाउँदै जाँदै थियो | अचानक उसले
टाढैबाट एक्सिडेन्ट भएको देख्यो | साइकल रोकेर एक्सिडेन्ट भएको ठाँउ हेर्न गयो | कार
सडकभन्दा करिब पाँच मिटर मुनी खेतमा उल्टो पल्टेको देख्यो | जसको बोनत कुचीएर एक
डल्लो परिसकेको थियो | हर्न लगातार तर रोकी-रोकी बज्दै थियो “टि टिट-टि टिट” |
रोकी-रोकी बज्दै गरेको हर्न एक्कासी बन्द भयो | मनोज अलिक नजिक गयो | एक व्यक्ति
आधा कार भित्र, आधा कार बाहिर लडी रहेको उसले देख्यो | उसको टाउको पुरै रगतले
भिजेको थियो | टाउको फुटेर गीद्धि बाहिर छ्याल ब्याल्ल भएको देखेर मनोज आत्तियो |
अलि नजिक गएर नियालेर हेर्यो | घायल व्यक्ति मरी सकेको रहेछ | झस्किएर मनोज पछाडी
सर्यो | उसको पाईतलाले केहि कडा चिज कुल्चिएको महसुस भयो |
खुट्टा उचालेर हेर्दा पैसाले भरेको वालेट र मोबाइल फोन देख्यो
| उसले यता-उता हेर्यो | सुनसान बाटो अन्धकार मात्र, त्यहाँ अरु कोहि देखेन |
वालेट खोलेर हेर्यो | भित्र हजार-हजारको गड्डीले भरेको देख्यो | उसको मनमा लोभ जाग्यो
|
पैसाले भरेको वालेट र फोन टिपेर आफ्नो खल्तीमा राख्यो | अरु
कोही त्यहाँ पुग्नु भन्दा पहिलै चुपचाप साइकलको पैदल चाल्दै अगाडी बढ्यो |
मनोजलाई त आज लोटरी नै पर्यो | वालेटमा धेरै पैसा थियो अनि
मोबाइल फोन धेरै महँगो | उ मनमनै खुशी हुँदै “छोराको स्कुलमा दुई महिना फिस तिर्न
बाकी थियो | अस्ती हेडमास्टरनीले बोलाएर अलि कडा भएर “फिस नतिरे छोरालाई स्कुलबाट
निकाल दिने” भनेकी थिईन |”
“अब म भोलि नै गएर बाकी फिस र आउदो दुई महिनाको फिस पनि
एडभान्स मै तिरी दिने छु |” सोच्दै मनोज साइकल चलाउँदै जाँदै थियो | मनोजको
मुहारमा धेरै पछी एउटा मन्द मुस्कानले ठाउ आएको थियो आज |
रातको त्यो सुनसान सडकमा अली परबाट एक पल्ट फेरी कारको हर्न
बजेको आवाज सुन्यो | उ साइकलको पाइडल चाल्दै नजिक पुग्यो | केहि पर उसले एउटा
अर्को एक्सिडेन्ट भएको देख्यो | गाडी उस्तै थियो | अघिको जस्तै, केहि समय पहिले
उसले देखेको एक्सिडेन्टको कार | उसलाई पट्यार लागेन, नजिक पुग्दा थाहा पायो | यो
त्यहि अघीकै कार थियो | कारबाट आधी भित्र, आधी बाहिर लडीरहेको त्यहि मृत व्यक्ति
नै थियो | हर्न पनि रोकी-रोकी बज्दै थियो “टि टिट-टि टिट” | अचानक हर्न बज्न पनि बन्द
भयो | अब, सुनसान रातमा किराहरुको “चाई-चुई-किर्रर” आवाज बाहेक अरु केही सुनिएन | मनोजलाइ
जस्तो बेहोशीबाट होस आएको जस्तो भान भयो | उसले तुरन्त आफ्नो खल्ती छाम्यो |
खल्तीमा पैसाले भरेको वालेट र मोबाइल फोन त्यस्तै थियो | उसले बुझ्न सकेन | स्थिती
बुझ्ने कोशिस गर्दै थियो “एउतै गाडी दुइचोटी एक्सिडेन्ट कसरी हुन सक्छ ?” कि म
फेरी फर्केर उल्टो हिदेछु ?” आफैलाइ प्रश्न तेर्सायो तर एउटा चिनीमिलको गेट किपरको
दिमागले त्यो थम्यानै सकेन | उसले आफ्नो टाउको समात्दै पछाडी छोड्दै आएको बाटो
हेर्यो | अन्धकार मात्र देख्यो | आफु साइकलसंगै उभिएको एक मिटर भन्दा परको बाटो
उसले देख्न सकेन | दाँया हेर्यो बायाँ हेर्यो अन्धकार बाहेक उसले केहि देखेन |
माथी आकासमा हेर्यो बादलको चादनी घेरा अलिकती देख्यो लाग्थियो चन्द्रमा लुकेर
चियाउन्दै छ | “सायद आज चन्द्रमा पनि डराए छ क्या रे |”
मनोज त्यहाँ एक छेन पनि बसेन | चुपचाप त्यहाँबाट हिड्यो |
तेज रफ्तारले साइकल चलाउँदै मनोज अगाडी त्यस्तै २५-३० मिटर मात्र के पुगेको थियो |
त्यो कारको हर्न यस्तरी बज्यो “टिइई टिटइई” जस्तो लाग्यो कोही कार भित्र बसेर
बजाउंदै छ | मनोजले अझै तेज पाइडल चाल्न थाल्यो | केहि परपुगे पछी, उसले पछाडी
फर्किं हेर्दै थियो | त्यहि बेला अचानक अगाडी कुनै चिजसंग बेस्कन ठोकेर लड्यो | मनोज
साइकल समेत लड्यो | कपडा झार्दै मनोज उठ्यो र पछाडी फर्केर हेर्यो | उ केसंग ठोकेर
लडेको हो ठम्याउनै सकेन | त्यहाँ त्यस्तो केहि चिजनै थिएन | जसमा ठोकेर उ लड़ोस | सडक एकदम चिल्लो पिच थियो | उसलाई विश्वासै
लागेन |
मनोजले साइकल उठायो | आफ्नो लुगा टकटकाईसके पछी फेरी साइकल पेदलिंग
गर्न थाल्यो | मनोज केहि पर मात्र के पुगेको थियो | उसको पकेटमा भएको फोन बज्यो “रिंगरिंग”
| साइकल रोकेर मनोजले फोन उठायो | मनोजले “हेलो” बोल्नु भन्दा पहिलै उताबाट आवाज
आयो |
“मेरो नाम सुभाष हो, एकघण्टा पहिला म मरिसके | प्लिज यो
मेसेज मेरो श्रीमतीलाई दिनु हुन्छ ?”
मनोजले तुरन्त फोन अफ गर्यो | डरले काम्न थाल्यो उ |
निधारबाट आएको पसिना पुछ्दै मोबाइलबाट सिम कार्ड भाचेर फालिदियो |
र लामो सांस तानेर आगाडी बढ्यो | साइकलको गती तेज गर्यो | मोबाइलको
कुरा सोच्दै थियो त्यहि बेला फेरी मोबाइलको घन्टी बज्यो “रिंगरिंग” | मनोजले साइकल
रोकेर, डराई-डराई आफ्नो खल्तीबाट फोन निकाल्यो | उसको खुशीको सिमा रहेन | लाग्थियो
मृत शरीरमा ज्यान आको होस् | यो त्यो फोन थिएन जुन उसले भेतेको थियो | यो उसैको
फोन थियो | जसको रिंगटोन उस्तै थियो | मनोजले फोन उठायो | उसले सोच्यो फोन घरबाट आएको
पनि हुन सक्छ |
तर फोन उठाउने बित्तिकै एक पल्ट फेरी “मेरो नाम सुभाष हो, एकघण्टा
पहिला म मरिसके | प्लिज यो मेसेज मेरो श्रीमतीलाई दिनु हुन्छ |”
मनोजको घाँटी डरले सुख्यो | साँस बढ्दै जान थाल्यो | मुटुको
ढुकढुकी उसले आफैले सुन्न सक्ने गरि धड्कीरहेको थियो | उसको फोन एक अन्जान मान्छेलाई
कसरि थाहा भयो ? यहि सोचेर उसको डरको सिमा रहेन | धेरै समय बर्बाद नगर्दै, मनोज
साइकल तेज गतीले चलाउन थाल्यो | केहि मिटर अगाडी साइकल चलाए पछी | उसले एउटा कुरा
सोच्यो | “सधै जसो यहि बाटोबाट पन्द्र मिनेटमा घर पुगीन्थियो | तर आज अचानक एक
घण्टा देखि साइकल चलाउँदै छु तर पनि अहिले सम्म आधी बाटो मात्र पुगेको छु | जेजस्तो
भए पनि मनोजलाई आज चाडै घर पुग्नु थियो | जसो-जसो मनोज आफ्नो घरको नजिक पुग्दै
थियो | उसको साइकलको क्यारिएरमा भार बढ्दै गयो | कोही क्यारिएरमा बसीरहेको जस्तो
भान भईरहेको थियो उसलाई | मनोज पछाडी क्यारिएरमा नहेरी साइकलको पाइडलमा जोर
लगाउंदै चाल्दै गयो | आखिरकार उ घर पुग्यो | घर पुगेर उसले साइकललाई सिकड़ीले
बाध्यो र राहतको सांस फेर्दै घरको ढोका खटखटायो | ढोका एउटा प्रश्न संगै उसको
श्रीमतीले खोल्यो |
“यति बेर तिमीलाई कहाँ लाग्यो ?”
मनोजले अली मुस्कान छर्दै भन्यो “चाडै खाना देउ, मलाई धेरै
भोक लागेको छ |”
र पछाडी फर्केर मनोजले ढोका बन्द गर्दै थियो | ढोका धप्काउन
अली कति बाँकी हुँदा | मनोजले घर बाहिर मान्छेको जस्तो आकृती देख्यो | घरको केहि
दुरीमै उभिएको थियो त्यो आकृती | मनोजले झट्काउँदै ढोका खोल्यो | अनि डराउँदै-डराउँदै
हेर्यो तर त्यहाँ कोई थिएन |
“आँखाको भ्रम होला” सुस्तरी बोल्यो |
उसले ढोका बन्द
गरेर हात मुखधोई खाना खान बस्यो | खाना खाँदै थियो उसको छोरा बिट्टू दौडीन्दै उसको
सामु आयो | बिट्टूले आफ्नो कानबाट हेडफोन निकालेर उसलाई मोबाइलमा बज्दै गरेको गीत
सुनायो | हेडफोनमा राम्रो संगीत बज्दै थियो तर केहि पलमै रेडियोको टोन चेन्ज भएर “मेरो
नाम सुभाष हो, एकघण्टा पहिला म परिसके | प्लिज यो मेसेज मेरो श्रीमतीलाई दिनु
हुन्छ |”
यो सुन्ने बित्तिकै हेडफोन निकालेर फाले | खाना बिचमै छोडेर
घरबाट बाहिर निस्कियो | उसलाई के गरु के नगरु जस्तो भयो | पुरा घटनाक्रमलाई सम्झेर
बुझ्ने कोशिस गर्यो |
“त्यो मान्छे जो कोही होस् | मसंग मजाक गरेको पनि हुन सक्छ
| तर मेरो मोबाइल नम्बर कसरी थाहा भयो ?”
तर उसले बुझ्नै सकेन | केहि बेर घर बाहिर घुम्यो | केहि
राहत पायो उसलाई | केहि बेर सितल हावामा घुम्दा अली फ्रेस भएको महसुस गर्यो |
घरभित्र जान उ फर्केको मात्र थियो | कसैले साइकल चलाएको जस्तो आवाज सुन्यो | कसैले
साइकल चोर्न लागेको भन्दै उ दौडीन्दै साइकल पार्क गरेको ठाउमा पुग्यो | साइकल
जहाको त्यहि थियो | सिकड़ीले पनि बाँधेकै थियो तर लक् खुल्लै थियो |
उसले देख्यो साइकलको
पाइडल आफै चलीरहेको | मानौ कोही सिटमा बसेर पाइडल चलाउँदै छ |
मनोजले केहि बुझ्नै सकेन | उ टोलाएर पाइडललाई हेरिरह्यो | त्यहि
बेला पछाडीबाट आउंदै गरेको एउटा आवाजले उसको ध्यान तान्यो | उसले फेरी सुन्यो
“त्रिनङ्ग-त्रिनङ्ग” साइकलको घन्टीको आवाज थियो त्यो |
मनोज तुरुन्त पछाडी फर्कियो | उसको नजर सिधा घरको झ्यालमा पर्यो
| झ्यालमा उसको छोरा थियो | छोरासंगै एउटा मान्छेको आकृती उभिएको देख्यो | मनोज
तुरुन्त आफ्नो घर भित्र दौडियो | ढोका बेसकन “ढ्याम्म” खोल्यो | घर भित्र पस्ने
बित्तिकै आफ्नो श्रीमती माथि बर्सियो | “को थियो भित्र ?, को आ’को थियो घर भित्र ?
कहाँ लुकाएको छौ त्यो मान्छे लाई ?
“को मान्छे ? यहाँ अरु को हुन्छ र तपाई बाहेक ?” श्रीमतीले
सम्झाउन्दै भन्यो |
“झुट नबोल्नु मैले भर्खर बिट्टू संगै त्यो मान्छे उभिएको
देखेको छु |”
मनोजको श्रीमतीले धेरै सम्झाउन खोजी, तर केहि सिप लागेन | मनोज
आफ्नो श्रीमतीको कुरा सुन्ने अवस्थामै थिएन | उ झन् गर्जिन्दै गयो |
मनोजको श्रीमतीले केहि नबोलि आफ्नो श्रीमानको कुरा सुनी मात्र
रहयो |
तर केहि छिन पछी आँखा रातो गर्दै हेर्न थालिन | आफ्नो टाउको
उचाल्दै अजीव आवाजमा बोल्न थालिन “त्यहि थियो | जसको मेसेज तिमीले उसको श्रीमतीलाइ
दिएनौ |”
मनोजले यो सुन्ने बित्तिकै उसको शरीर चिसिएर आयो | उसको
शरीर बरफ जस्तै जम्न थाल्यो | के हुँदै छ उसले ठम्याउनै सकेन | आफ्नी श्रीमतीको
यस्तो रुप उसले कहिलै देखेको थिएन |
केहि छीन पछी मनोजकि श्रीमतीले आफ्नो टाउको समातेर “ओह हो !
एक्कासी कसरि यस्तरी टाउको दुख्यो ? टाउको फुट्ला जस्तो भयो |” भन्दै आफ्नो कोठाभित्र
पस्यो | उसको अनुहारले नै भन्दै थियो दुखाईको चर्काई |
श्रीमती माथि अधि झर्केकोमा
पछ्चाताप लाग्यो | भित्र कोठामा गएर आफ्नी
श्रीमतीसंगै गएर बस्यो | अनि मायाले उसको टाउको सुम्सुमाउन थाल्यो | मनोजले सोच्दै
थियो “सबै कुरा अब आफ्नो श्रीमतीलाई भन्छु |” तर उसको हिम्मत भएन | चुपनै बस्यो उ |
मनमनै सोच्न थाल्यो | “थाहा छैन को थियो त्यो ? जो यसरि हात धोएर मेरो पछी परेको छ
| घर सम्म आयो | मेरो छोरा र श्रीमतीलाई केहि नुक्सान नहोस | बस म त्यती चाहान्छु |
मलाई चाहे मारे हुन्छ | जो कोही भए पनि आखिर चाहेको के हो उसले ? खोज्न गए पनि
कहाँ जाउ, कसलाई खोजु ?” मनोजले यो सब मनमनै सोच्दै थियो |
उसकि श्रीमती फेरी एकपटक उही आवाजमा बोल्यो “म उही हुँ |
जसको मेसेज उसकी श्रीमतीलाई दिई रा’छैनौ तिमीले | र अहिले म तिम्री श्रीमतीको छेउमा
उभिएको छु | उहुहुहुहू...”
मनोजलाइ के गरु-के नगरु केहि सुझी रहेको थिएन | मनोजले त्यो
वालेट र मोबाइल लिएर घरबाट सिधा बाहिर दौडियो |
“मलाई चाहे जे होस् , मेरो परिवारलाई केहि हुन दिन्न | यो मोबाइल
र वालेट म त्यहि फालेर आउछु |” यहि सोच्दै निस्कियो |
उसले साइकलमा बाँढेको सिकड़ी झिक्यो र पाइडल चाल्दै त्यहि सडकमा
निस्कियो | बाटोमा जाँदा जाँदै टाढाबाट दुईवटा हेडलाइट जस्तो आइ रहेको प्रकास
देख्यो | उसले हेडलाइट मात्र देख्यो आवाज केहि सुनेन |
“सियो झरे पनि सुनिने यस्तो सुनसान सडकमा गाडी नै भए
इन्जिनको आवाज आउनु पर्ने हो |” मनोजले मन मनै सोच्यो अनी पछाडी फर्केर ध्यान दिएर
हेर्यो | उसले देख्यो पछाडीबाट एउटा ट्रक आउदै गरेको | ट्रकको दुवै हेडलाईट चर्को
बालेको थियो | ट्रक पुरै रफ्तारमा आउदै थियो तर ईन्जिनको आवाज भने थिएन |
मनोजले ट्रकलाई साइड दिने हेतूले सडकको साइडबाट साइकल चलाउन
थाल्यो | तर त्यो ट्रक नजिक आउदै गरेको हेडलाइटले उसलाई अजिब महसुस गराउदै थियो |
ट्रक नजिक-झन् नजिक- अझ नजिक आउदै थियो र
अचानक मनोजले पछाडी फर्कियो | ट्रक ठिक उसको पछाडी थियो |
त्यो ट्रक ठिक उसको माथीबाट उही रफ्तारमा गयो |
मनोज “आईइईया” चिचियाहाट संगै हद्बदाउन्दै साइकलबाट खस्यो | साइकल सडकको किनारामा रहेको
एउटा ढुंगामा गएर ठोकियो | मनोजले आफुलाई छोएर हेर्यो | आफ्नो जीउ छामछुम गर्यो |
बल्ल बिश्वास गर्यो | उ अहिले सम्म जिउंदै छ | उ माथी जे बिती रहेकोथियो उसको सुझबुझ
भन्दा बाहिरको कुरा थियो | एउटा ट्रक उ माथी दौडीन्दै गयो र पनि उ अहिले सम्म जीवित
छ | उसले ट्रक गएको दिषा तिर हेर्यो | टाढा-टाढा सम्म उसले त्यो ट्रक कहिँ देखेन |
मात्र सुनसान सडक अनि किराहरुको “चाई-चुई-किर्रर” बाहेक उसले केहि सुनीएन |
मनोजको खल्तीमा रहेको त्यहि सिम कार्ड बिनाको फोन एक पल्ट
फेरी बज्यो “रिङ्ग –रिङ्ग”
उसले फोन उठायो |
यस पटक त्यो आवाजले एकदम रिसले बोलयो “मेरो
नाम सुभाष हो, दुईघण्टा पहिले म मरे | यो मेसेज मेरो श्रीमतीलाई देउ | म सब ठिक
गरिदिन्छु |”
मनोजले तुरन्त कललिस्ट चेक गर्यो | मोबाइलको कललिस्टमा “वाइफ”
नाम सेफ रहेको उसले देख्यो | त्यहि नम्बरमा फोन गर्यो | एउटा आइमाईको आवाज आयो “हेलौ”
“सुभाषजीको श्रीमती बोल्नु भएको हो ?”
“हो म वहाकी श्रीमती बोल्दैछु |”
“अ! वहाको मृतु आघि देढ-दुई घण्टा पहिले एउटा दुर्घटनामा
मृतु भइसकेको छ |” यति भन्दै हडबदाउदै उसले फोन काट्यो |
त्यसपछी उ त्यहि ठाउमा पुग्यो जहाँ उसले त्यो वालेट र फोन
उठाएको थियो | त्यहाँ पुग्दा पुलिसहरुको घूइचोले कारलाई वरिपरीबाट घेरेको देख्यो र
चारजना मिलेर एम्बुलेन्समा मृत ब्यक्तिलाई राख्दै थियो | सोध पुछ गर्दा थाहा भयो |
यो कारको चालकले यो कारको असली मालिकलाई मारेर उसको मोबिल फोन र वालेट लिएर भाग्दै
थियो अनी एउटा ट्रकसंग ठक्कर लागेर यो रोड एक्सिडेन्ट भयो |
पुलिसहरुको आपसमा कुरा गराईबाट थाहा भयो | यो कार काठमाडौँमा
बस्ने सुभाष भन्ने व्यक्तिको हो | यहाँ बिरगंजमा बिजिनेस मिटिङ्गको लागी आएको रहेछ
|
मनोजले अब पुरा कथा बुझी सकेको थियो | उ चुपचाप गाडी भन्दा
अली पर गएर मोबाइल फोन र वालेट फाल्यो | अनि फर्केर साइकल चलाउँदै आफ्नो घर
फर्कियो |
घर पुगी साइकल स्टेन्डमा साइकललाई सिकड़ीले बाध्यो र राहतको
सांस फेर्दै घरको ढोका खटखटायो | घरको ढोका अघी जस्तै उसको श्रीमतीले “यति बेर
तिमीलाई कहाँ लाग्यो ?”
प्रश्न गर्दै खोल्यो |
अघिकै प्रश्न उसकी श्रीमतीले सोधेको देखेर मनोजलाई अलि असामान्य महसुस भयो | मनोजले अली मुस्काउन्दै
“चाडै खाना देउ, मलाई धेरै भोक लागेको छ |” भन्यो |
अनयासै उसको मुखबाट वाक्य दोहोरिएको देखेर छक्क पर्दै धोकामै
ठिंग उभी रहयो | आफ्नो खल्ती छाम्यो | केहि पोको जस्तो भेटियो | उसले हात खल्तीबाट
झिकेर हेर्यो | उसको हातमा थियो हजार-हजारको नोटको गड्डी |
समाप्त
आज पनि यस्तो घेरै आत्माहरु छन् | जो पर्खीरहेका छन् बाटो-बाटोमा,
चोक-चोकमा | आफ्नो अन्तिम संदेश उसको आफन्त सम्म पुरयाउनको निम्ती र उनको यो कोशिश
तब सम्म जारि रहन्छ | जब सम्म उ सफल हुँदैन |
-विलियम न्युरोज