एकजना मेरो अभिन्न मित्रले सुझाए अनुरुप मैले पनि उपन्यास लेखनमा थालनी गरे । तर कथा वस्तु अहिलेको २१औं शताब्दिको चाहि होइन । कथा मैले ७०औ दशक तिरको छानेको छु | जुन बेला मोबाइल थिएन, टिभी थिएन, इन्टरनेट थिएन, त्यो बेलाको जीवन शैलीलाई अपनाएर लेख्ने जमर्को गरेकोछु | जहाँ बोलिचाली सभ्य, शिक्षित हुन्थियो | गिनेचुनेको व्यक्ति संग मात्र मोटरकार, टेलीफोन र साइकल हुन्थियो | जुन युगमा जिन्स भन्दा सारी र सुट कै पहिरन अपनाउथियो | त्यो समयको कथा वस्तुलाई अंगालेको छु | आशा गर्छु मेरा पाठकहरुलाई राम्रो लाग्नेछ | तर कथा सुरु गर्नु भन्दा पहिला एउटा सम्मान्य कुरा भनिहालु.....
"यस कथामा वर्णित सबै पात्र र घटनाहरु काल्पनिक हुन्। अतः पात्र, कथा, कुनै घटनासित, वा कुनै उपन्यास-किताब विशेषको कुनै प्रकारको सम्बन्ध छैन । यी सब लकडाउनमा उब्जेका छाल मात्र हुन् । तर यस कथाको कुनै अंश वा पुरै उपन्यास कुनै माध्यमद्घारा पुनरुत्पादन, कपी–पेस्त वा प्रसारण गर्न पाइने छैन । कसैले गरेको पाइए प्रतिलिपि अधिकार ऐन अन्तर्गत कारवाही गरिनेछ ।"
-विलियम न्युरोज
ढुकढुकी – उपन्यास (१)
[१]
विनय बीर अस्पतालको दस नम्बर प्राइभेट क्याबिनको मेचमा बसी “दि यलस्ट्रेटेड वीक्ली अफ इन्डिया” पत्रिका पढिरहेका थिए। यत्तिकैमा कोठाको ढोका खुल्यो । लेडी डाक्टरले प्रवेश गरेर बिरामीलाई जाँच्ने काम सकिएपछी विनयले डाक्टरसित सोधे “अहिले कस्तो छ, उहाँलाई?”
केहि बेर मौन भएर डाक्टरले उत्तर दिइन: “त्यत्तिको सिरियस त केहि छैन । ब्लडप्रेसर पनि अहिले त ठिकै छ, तर, उमेर ढलीसकेकाले यसै होला भनी निश्चयपुर्वक केहि भन्न सकिन्न।”
केहि नबोली विनय चुप लागे । “उहाँ तपाईको को हुनुहुन्छ ?” डाक्टरले विनयसित सोधिन ।
“उहाँ मेरी आंटी हुनुहुन्छ ।” विनयको उत्तर थियो ।
“अनि हिजो-अस्ती कुरुवा बस्नु हुने, वहाँ को हुनुहुन्छ ?” डाक्टरले विनयसित फेरी सोधिन ।
“वहाँ आंटीकै छोरी, मेरी बहिनी ।“ विनयले उत्तर दियो ।
“ओके ! अनी, यहाँको शुभ नाम ?” डाक्टरले विनयसित सोधिन ।
“मेरो नाउँ विनय बिष्ट हो ।” खल्तीबाट भिजिटिंग कार्ड झिकेर दिंदै विनयले उत्तर दिए । डाक्टरले कार्ड हेरेपछी भनिन् –“यहाँ त बिजिनेसम्यान हुनुहुँदो रहेछ ।”
“सानो-तिनो बिजिनेस गर्दछु । डाक्टर हुन् सकिएन त के गर्नु ।” विनयले मुसुक्क हास्दै भने ।
“डाक्टरी विद्या नपढी ठिक गर्नु भयो विनयजी तपाईले । डाक्टरी पढ्नु भएको भए त्यसको स्वाद पाउनुहुन्थियो ।” डाक्टरले भनिन ।
विनयले हास्दै सोधे :- “यहाँको शुभ नाम नि?”
“प्रतिभा राणा।” डा. प्रतिभाले उत्तर दीइन ।
“नाईस नेम ! नाम जस्तै प्रतिभा
हुनुहुँदो रहेछ । त्यस्तो सिकीस्त आंटीलाई सन्चो पार्दै हुनुहुन्छ ।” विनयको
मुखबाट आफ्नो तारिफ सुनेर मुसुक्क हास्दै डा.प्रतिभाले भने “थ्यान्कु बत दिस इज
माई डियुटी ।”
विनय चुप लागे । केहि बोलेनन् । लौ त विनयजी,
म जाउ । अरु वार्डतिर पनि जानुछ । फेरी भेट होला नि ।”
मेचबाट उठेर विनयले नमस्कार गरे ।
डा.प्रतिभाले हास्दै “नमस्कार” फर्काईन् ।
यसरी नै अस्पतालमा विनय र प्रतिभाको दुई-चार पटक भेट भएको थियो । आंटी निको भएर आफ्नो छोरीसंगै घर फर्किन, विनय आफ्नो काम मै व्यस्त भए ।
नवयुवक विनय अग्ला र गोरा भनेर उस्ता गोरा पनि नभई ठिकैका थिए । शरीरको बनोट साह्रै राम्रो थियो । उनको बोली-चाली रहरलाग्दोका साथै उनि नम्र र भलादमी थिए । धेरै मानिसहरु विनय देखि प्रभावित थिए । चौध-पन्द्र वर्षको उमेरमै आफ्ना बाबु र आमा गुमाएका उनले एम.ए पास गरेका थिए । कार, बंगला, धन-सम्पति सबै थोक भएर पनि उनलाई केहि कुराको अभाव महसुस हुन्थियो ।
समय-समयमा अनेक केटीहरुसित विनयको भेटघाट नभएको होइन । तर किन हो किन, तिनीहरुमध्ये कसैलाई पनि उनले जीवनसंगिनी बनाउन योग्य ठानेनन् । आफ्नो जीवनमा एकदुई घटनामा उनी परिसकेकाले पनि अगुल्टो देखि पोलेको कुकुर बिजुली देखि किन नतर्सोस भने झैँ विनयको पनि यस्तो स्थिति थियो ।
डाक्टर प्रतिभा आफ्नो क्वार्टरमा बसी पत्रिका पढिरहेकी थिइन् । कोठाको रेडियोमा हिन्दी गीत बजिरहेको थियो ।
“गुम है किसी के प्यार में दिल सुबह शाम
पर तुम्हें लिख नहीं पाऊं
मैं उसका नाम
हाय राम हाय राम”
डा.प्रतिभाको मन आज कता-कता घुमिरहेको थियो । रेडियोमा बज्दै गरेको हिन्दी फिल्म “रामपुरका लक्ष्मण” को गीतले उसैको मनको कुरा गीत मार्फत भन्दै गरेको उनलाई भान भयो । विनयसंग हस्पिटलमा भेताघट बेला कुराकानी भएको बिषयमा उनि सोचिरहेकी थिइन् । त्यो अग्लो शरीरमा हिसी परेको मुहार, मीठो बोली, शान्त स्वभाव इत्यादिले डाक्टर प्रतिभाको मन कुतकुतारहेका थिए । यत्तिकैमा सानो स्वरमा बजिरहेको रेडियोबाट गीतको अर्को मुखादा बज्दैथियो ।
“सोचा है एक दिन
मैं उससे मिल के
कह डालूँ अपने
सब हाल दिल के
और कर दूँ जीवन उसके हवाले
फिर छोड़ दे चाहे अपना बना ले
मैं तो उसका रे
हुआ दीवाना
अब तो जैसा भी
मेरा हो अंजाम
हो गुम है किसी के
प्यार में दिल सुबह शाम
पर तुम्हें लिख नहीं पाऊं
मैं उसका नाम
हाय राम हाय राम”
हातको अखबार टेबुलमा राखी प्रतिभा रेडियो भएतर्फ गइन अनि त्यसको भोल्युम बढाइन । फेरी आएर सुस्केरा हाल्दै उनि सोफामा बासिन ।
प्रतिभाको मनमा अनेक कुराहरु खेल्न थाले । उनको
मनमा विनयकै अनुहार प्रतिबिम्बित भइरहेथ्यो । केहि बेरपछि प्रतिभा उठिन अनी दराजमा
रहेको ह्याण्डब्यागबाट विनयको कार्ड झिकिन । त्यसपछी टेलिफोनको रिसिभर उठाएर उनले
डायल गरिन् ।
क्रमसः
त्यस पछी के भयो ? फोन उठ्यो कि उठेन ? के-के कुरा भयो ! अर्को भागमा.... !