श्रीमद भगवदगीता | अध्याय ३, श्लोक २२: तिनै लोकमा मैले गर्नै कुनै कर्तब्य छैन | न त मलाई कुनै चिजको चाहाना छ, न त कुनै कुराको आवश्यकता नै, तैपनि म आफ्नो कर्तब्यकर्ममा लागिरहन्छु |
श्रीकृष्णले भने जस्तै म त यसै स्पष्ट उसै स्पस्ट, न त मलाई कुनै लोभ छ, न त कुनै चिजको अतृप्त चाहाना नै, न त कोहिसंग ईर्ष्या नै छ | बस आफ्नो कर्म कर्तब्य गर्दै जाने हो |
हे छदमभेषी प्राणी अर्को श्लोक सुन, अध्याय ३, श्लोक ८: अरुको मिथ्यावर्णन गर्ने बानी त्याग, तिमीले आफुलाई तोकिएको कर्म गर | कर्म नगर्नुभन्दा गर्नु उत्तम हो | कामै नगरिकन त तिमीले आफ्नो शरीरको पालन पोषण पनि गर्नसक्दैनौ |
म त आजमा जिउने मान्छे हु | भविष्य मलाइ थाहा छैन | तर हरेक आजमा म कर्ममा विश्वास गर्छु, आफ्नो ट्यालेन्टमा विश्वास गर्छु | आजको दिन हेर | आजलाई महसुस गर | आजमा बाँच | भोलि भन्नु त के नै हो र ? यहि आजकै निरन्तरता न हो | अहिले तिमी घर पुगे पछी तिमी के गर्छौ, के गर्दैनौ, यो तिमीलाई नै थाहा हुँदैन भने सुदुर भविष्यका कुराहरुको अङ्गकलबाजी गरेर नचाहिँदो सुखको भ्रम लिनु पनि बेकार हो र दु:खको सम्भावनाको आकलन गरी निराश हुनु पनि बेकार हो |
अध्याय २, श्लोक ४७: तिमी आफ्नो निर्धारित कर्म गर्ने मात्र अधिकार छ, तर कर्मको फल पाउने नपाउने कुरा तिम्रा अधिनमा छैन | तिमीले आफुलाई कर्मफलको कारण पनि कहिलै नठान र कर्तब्य गर्नबाट विमुख पनि कहिलै नहोउ |
त्यस्तै कर्म अनुसारको, जसको फल जति लेखिएको हुन्छ, त्यो भन्दा बढी रोएर कराएर, हप्काएर, डाहा गरेर, धुतेर, खोसेर लिन खोजे पनि सकिन्न | कुनै पनि चिज थाप्ने हरेक मान्छेको अँजुलीको आकार फरक हुन्छ | जसको अँजुली ठुलो हुन्छ, उसले धेरै पाउँछ | जसको सानो हुन्छ, उसले थोरै पाउँछ |