आज उठे सुनौलो किरण अनुहारमा परेको बेला
खै! आज
किन हो, अतितका स्कूले जीवन सम्झे
चियाको
चुस्की लगाएको बेला
समय
पल्टियो, स्कूल जाँदा हतपत ड्रेस
लगाएको बेला
हिरो
रेन्जर साइकल चढेर, को- फस्ट भनि रेस लगाएको
बेला
गच्च
पर्थिये सानो छदा
GNR को New Album किन्न पाउँदा
तर, आतिन्थिए स्टेजमा आर्ट कम्पिटिसनको पुरस्कार पाउँदा
क्लासमा
सधै लेट अनि लास्ट बेन्चमा
सधै
अगाडी झगडा र बबालमा
Exam मा फस्ट हुँदा Teacher
सबै छक्क
पर्दा
गजबको
थिए म स्कूलमा पर्दा
दशैँको
नव रात्रीमा माइस्थान मन्दिर जान्थीए
साथीहरुको
जमघट हुन्थियो
नया केटी
आयो भन्दै
पछि-पछि
हामि लाग्थीए
भिडमा
रंगीचंगी लुगा
कस्तो
रमाइलो दशैको मेला
मन्दिर
जानु एक चाहाना
फेशन
देखाउने एउटा बहाना
सडकको
किनारा लागि
मधेशीको
बेलुन फुटाउने लुकी-छिपी
आफैमा
मस्त रहने
यस्तो
थियो रमाइलो मेला घुम्ने
हिमान्चल
केबिनमा बसी
साथीहरु
सित लगाएको चियाको चुस्की
कुनै
केटी केबिनमा आएको बेला
बिल मैले
तिरेको बेला
त्येसैमा
रमाउथिए स्कूलमा पढ्दा
SLC सकियो Collage गईयो
क्लासमा
भन्दा बदि क्यान्टिनमा बित्यो
सबैले
भन्थियो "एकलम पुत्रम कभी नही सुध्रम"
समय थियो
सुनौलो XL होन्डामा डीन्गो बूट नौलो
सबै
साथीहरुले आफ्नो लक्ष्य समाई
संगाल्यो
आफ्नो Future रमाई
तर,आज ...!!! समय बितेको चलाई पाईन
चिया
सकेको पत्तो पाईन ||
अन्त: एकछिन ट्वाल्ल परे निन्द्राबाट बिउझे जस्तो भयो | चिया सकेको कप भुइमा राखे खल्तीबाट सिगरेट केस निकाले र एउटा चुरोट ओठमा च्यापे र ज़िप्पोले सल्काए, किर्तिपुर घरको छटबाट देखिने धिन्चो डांडालाई हेर्दै पहिलो सर्को तानेर धुँवा हावामा फाले- "चुरोट भन्नु के नै हो र ? अलिकति खरानी, अलिकति धुँवा र एउटा ठुटो, बस | मानिसको जीवन जस्तै | अहिले जे छ, भोलि त्यो छैन |"
-William.Newrose
#Lyf_Chha_Awesome
माइस्थान मन्दिर @ दशैं |