Tuesday, September 12, 2017

व्यर्थ प्रयास - a poem

साँझ, सन्ध्याकालमा
जब चुरोट म सल्काउन्छु
स्मृतिको सागरमा उर्लेर
चुरोटको एक कस तान्छु
अनि क्ये नै पाउँछु र ?
सान्त्वना बाहेक, विस्मृतिमा डुबेर
चुरोट अनि सल्काउन्छु
आशाको ज्योति जलाई
बीच धार सम्म सल्काउन्छु
अनि आँशु कणले निभाउन्छु
तत्काल आशाको धुँवा सुन्यमा बिलाउँछ
भत्किएको छ अत्यन्त
मेरो भविष्य दु:खी तिमिरमा मन
पथ देखिन्न सर्वत्र सारा
अँध्यारो छ सबै दिशा
मनको शान्तिलाई खोजेर
हिड्छु तिमिर बिचमा
खोज्दछु सुखलाई म
दु:ख सागर माँझमा
तर हाय !! सबै हुन्छन
व्यर्थ मेरा प्रयास ई
वियोगी यो संसारमा  !!!!

र अन्तमा
धेरै दिन देखि डायरी लेख्ने सोच बनाएको थिए | तर मनको बेगलाई पोख्न पुरै डायरीको पानाहरु पर्याप्त नहोला जस्तो लाग्यो र छोटकरी मै पोख्ने विचार गरि रहे तर हाय ! शब्दहरुको कमी | यस्तै शब्दहरुको खोजि गर्दा गर्दै यो कविताको सृजना भयो | अतः मनको बेग पनि बिसायो र एउटा कविताको पनि उत्पति भयो | धन्यबाद छ सुर्य टोबाको कम्पनिलाइ |
घडी हेरे | ओ हो बिहानको २:३५ भै सकेको रहेछ | आकाश पनि सुतेको छैन रैछ "गढ़यांग गुडुंग " गर्दै छ | सायद ! यो मेरो मनको बेग उसले पनि पढ्यो होला | अब आकाश रसाउन मात्र बाकि छ | "अब सुत्नु पर्छ" विचार गरे | अनि  सिकरेट केसबाट एउटा चुरोट ओठमा च्यापे ज़िप्पोले सल्काए, पहिलो सर्को तानेर धुँवा हावामा फाले- "चुरोट भन्नु के नै हो र ? अलिकति खरानी, अलिकति धुँवा र एउटा ठुटो, बस | मानिसको जीवन जस्तै | अहिले जे छ, भोलि त्यो छैन |"

-William.Newrose Sep 13, 2017 / 28 Bhadra 2074 / 2: 40 AM
#Lyf_Chha_Awesome