Sunday, March 12, 2017

पखेटा

आज भोलि मेरा हरेक दिनहरु, अझ भनौ, हरेक बिहानी, सुर्यको आभा संगै एउटा पिडादायाक अनुभूति हाथमा महसुस गरि बिउझिन्छु, असिम पिडा... त्यो पिडा हरेक बिहान मलाइ बिउझाउने अलार्म क्लक हो भन्दा केहि फरक नपर्ला र म ति पिडासित बिद्रोह पनि गर्न सक्दिन | त्यो पिडा सित लड्ने म संग कुनै उर्जा नै छैन |बिहानीको पहिलो किरण आखामा पर्ने बेलादेखि नै हाथ, पाखुरामा भत्भती पोले जस्तो, खै कताहोकता ढाड तिर पनि पोलिमात्र रहन्छ | मानौ कसैले सलाई कोरेरभित्र फालीदिएकोछ | झसंगझसंग, तर्सिरहने हरर फिल्मको झट्काजस्तो, कहिले आधारातमै ब्युझंछु | हुनत ‘सोल्दर आर्म सप्पोटर स्ट्रिप’ लगाउँदा पिडा थाहै हुँदैन तर त्यो रात दिन लगाई राख्न सक्ने अवस्था पनि छैन | त्यो लगाउँदा कसैले बाधे जस्तो, कसैले छातीमा बेस्सरी समातेर मुटुको ढुकढुकी नै बन्द गर्न खोजे जस्तो महसुस हुन्छ, क्षनैपिच्छे निसास्सिइरहनु मानौ आधा रातमा सुतिरहदा कसैले घांटी थिचिरहेको छ जस्तो..!!! सोल्दर आर्म सप्पोटर लगाउँदा पिडाको थोप्पा महसुस हुँदैन, हाथ मजाले (तर अलि लिमिटमा) चलाइन्छ, जब फुकालिन्छ अनि असिम पिडा, कसैले सलाई कोरेरभित्र फालीदिए जस्तै |
त्यो पिडादायक क्षण, उफ म कसरि वयान गरु शब्दमा ? संसारका सबै शब्दकोशका शब्द कम हुनेछन | कुनै शब्द' कुनै वाक्य / वाक्यांश, कुनैले पनि बताउन सक्दैनन् यी पीडादायक बिहानीको क्षणहरुको ..... ! कति कहालीलाग्दो. कति भयानक ! मानौ हजारौ फिट माथिबाट आगोको कुण्डमा म खसेको छु |
म कुन छटपटीमा बाचिरहेकोछु, त्यसको अनुभूति कसै संग छैन | मेरा यी पीडाहरु मबाट उछिट्टीएर अरुसम्म पुगेपछि मात्र अरुले बुझ्न सक्छन | एकदिन हायेस बसमा बसेर केहि कामबस कान्तिपुर पसेको थिए, त्यो एकदिनको घुमघामको फल मैले चार दिन सम्म नराम्रैसंग भोग्नु पर्यो | के गर्नु मोटरसाइकल, साइकल चलाउने अवस्था अझै जुरेको छैन, डाक्टरले अझै २ महिना सम्म साइकल, मोटरसाइकल न चलाउनु भनेकोछ | अनि कार चलाउन लाइ कार किन्ने औकात छैन | फुटबल खेल्ने खेलाडीको खुट्टा भाचेर वल्ड कप खेल्ने मौका गुमाए जस्तै आज अवस्था तेस्तै भएको छ मेरो | काम गर्ने बेला, उन्नति गर्ने बेला घरमा बस्नु पर्याछ |
७ जनुअरी २०१७ सनिवार, साइकल एक्सिडेन्टमा परेर आर्म दिस्लोकेट भएको दिन देखि दिनभर कोठामा.....!!, सोधछु आफैलाई, हरेक क्षण किन ढिलो बितिरहेछ? लाग्छ उकालोमा भारी बोकेर हिडेजस्तो | अझ भनौ कारावासमा बसे जस्तो भइरहेछ आजकालका मेरा समयहरु | आजकाल जताततै जे चिज पनि अनौठो, अप्राकृतिक र बिचित्रको लाग्न थालेको छ | लाग्छ संसारमा सबथोक बेठिक छ, भद्रगोल, लथालिंग, छरपस्ट | भुइचालोपछि भत्किएको संरचनाजस्तो | उराठलाग्दो |
बिहान चिया पिउंदै छतमा बस्दा देख्छु बाटोमा मान्छेहरु ताती लगाएर आ-आफ्नो मोटरसाइकल, साइकल अनि कारमा चढेर आफिस वा काममा गई रहेको..., अझ सनिवारको दिन केटाहरु ग्रूप मिलाएर साइकीलिंग गर्दै जाँदै गरेको देख्दा डाहाले ठाउ छोड्दैन, लोभनै लागेर आउछ | आफुले आफैलाई हेर्छु पखेटा काटेको चरा जस्तो आफ़ुलाइनै ठान्छु, अनि तत्कालै मनमा कुरा खेलाउछु " आज मेरो पखेटा ठिक भैदिएको भए ? म पनि स्वतन्त्र भै उडीरहनथिये होला " तर आजकाल समय मेरो छैन | मैले सोचेजस्तो, चाहेजस्तो समय, कमसेकम म संग अहिले छैन | आजकाल यस्ता पिडायक दिनहरु, एउटा नियमितताझैँ भैसकेकोछ, सास फेर्नुजस्तै | सक्त-असक्त व्यक्ति बिचको भिन्नता थाहा पाउन्दैछु, कति भिन्नभिन्न रुप हुँदो रैछ बल्ल बुझ्दैछु |
-निरज मान सिंह (William.Newrose) #Lyf_Chh_Awesome
२३ पुष, २०७३ 7 Jan, 2017 to 8March, 2017 ~ I made my days by : 
Reading Novels: 1.डार्लिंग हार्बर 2. जीवनका छालहरु 3. समर लभ 4. साया 5. बाइरोडको ड्राइभर 6. Seto Dharti 
Nepali Movies: 1. छक्कापन्जा 2. लुकामारी 3. गाजलु 4. रेशम फिलिली 5. श्री ५ अम्बरे 6. बिर्खेलाई चिन्छास 7. वडा न.६ 8. बधशाला 9. फिटकिरी 10. अधकट्टी 11. सदंगा 12. जंगे 13. राघव 14. How Funny 15. Homework 16.पशुपति प्रसाद 
English Movies:1. The great wall 2. Howl 3. Xcoach (Comedy) 4. Blind Dating (Love Comedy) 5. Moana (Cartoon) 6. Fifty shades of grey 7. The Malay Chronicles: Bloodline Hindi Movies:1. बजिराव मस्तनी 2. Kunfu Yoga 3. Jolly LLB2  
Documentary: 1. Drugs Smuggling on Airports 2. Mermaids: The Body Found (Animal Planet). 3.MYSTERY ABOUT GATES OF HELL (History Channal) 4. History of the World in 2 Hours 5. Secrets Of The Virgin Queen 6.Queen Nefertiti' The Most Beautiful Face of Egypt 7. Kohinoor Diamond ka Rahasya 8. 5000years Old Vimana Found in Afghanistan 9.5000years Old Man Still Alive (Aswasthama) 10. Ancient Aliens (Aliens and Forbidden Islands) 11. Ancient Aliens (Mysterious Relics) 12. Ancient Aliens (The Power Three) 13.Montauk Chronicles dark secrets at Camp Hero 14.The Jesus Mysteries. -National Geographic Channel 15. Mysteries of Earth (pyramid) History Channel 16.Sky Cave History Channel Part-1,2 17. Mysterious Agam Kuan of Samrat Ashok (Documentary) 18.Titanic Real Story - NEW national geographic Documentary History Channel 19. The Story of Earth History Channel 20. Bajirao - Documentary 
The Lost tapes: (1). Lost tapes season 1 Skin walker (2). Lost tapes season 2 Episode 1: Vampire (3). Lost tapes season 2 Episode 2: Lizard Man (4). Lost tapes season 2 Episode 4: WereWolf (5). Lost Tapes Season 2 Episode 7: Jersey Devil 
Serials: (1). The Flash : Season 1 Episode 1 to 23 (2). The Flash : Season 2 Episode 1 to 23 (3). The Flash : Season 3 Episode 1 to 11
(1). Arrow : Season 1 Episode 1 to 23 (2). Arrow : Season 2 Episode 1 to 23 (3). Arrow : Season 3 Episode 1 to 23
Cartoonist Niraj / Niraj Man Singh /William Newrose #Lyf_Chha_Awesome

वर्षाको एक दिन (Short Story)




फाल्गुन महिनाको अन्तिम साता, होलि पनि आउनै लागेको जानकारी पत्रिकामा छापिएको बिभिन्न होलीको कार्यक्रमबारे बियर र रक्शीको होलि बिशेष बिज्ञापनहरुले पत्रिका मार्फत जानकारी गराई रहेका थिए | बिहान देखिनै आकाश अलि फुस्रो छ, खै किन हो ? | सायद मेरो हाल देखेरै हो कि वा ? दुई दिन भैसकेको थियो एउटा कम्पनीको लागी कन्सेप्ट बनाउनु पर्ने आज सम्म पनि कन्सेप्ट फुरेकै छैन | के गर्ने?, कसो गर्ने?, के बनाउने?, भन्दा भन्दै दुई दिन बितिसकेको थियो | एउटा स्लोगन मात्र दिमागमा फुरेको भए! अरु डिजाइन गर्दैगर्नु हुन्थियो तर जत्ति गर्दा पनि आउदैन, अरु डिजाइनर भाईहरु पनि मेरै थालनीको प्रतीक्षामा छन | होलि भित्र सम्म मा एउटा भए पनि कन्सेप्ट दिनुपर्ने दुइदिन बितिसक्दा पनि एउटा स्लोगन धरी दिमागमा नफुरेकोले मन अलि विखण्डित भैरहेकोछ | यो क्रिअतिभ भन्ने कुरा पनि खोजेको बेला, चाहिएको बेला, भनेको बेला आउदै आउदैन, कस्तो गाह्रो त्यसमाथि म अफिस ढिला पुग्छु भनेर हाकिमले पनि गर्नु गरेकोछ | "तिमी लेट आउन थालेर अरु स्टाफहरु पनि लेट आउन थाल्यो, उनीहरुलाइ कराउ !, तिमीलाई केहि नभनि उनीहरुलाई मात्र कराएको जस्तो हुन्छ |" अलि नरम भएरै मलाइ सम्झाएका थिए हाकिम सापले | भन्नु त ठिकै भनेका हुन् तर मीतिंगमा कालो सुचीमा हाली हाले बुढाले | लेट अफिस पुग्नु मेरो रहर होइन बाध्यता हो, के गर्नु आफ्नो बसाइछ कीर्तिपुरमा , दुइ-तीनता चोकको जाममा परेपछि टाइममा पुग्नु भनेको भात संग भटमास खाए जस्तै हो | अलि चाडै निस्किउ भातै नखाईकन किस्कनु पर्छ | फेरी अरु स्टाफहरुलाई के को मतलब? मेरै देखासिकी गर्नु पर्ने? मेरो राम्रो बानिहरु पनि होलान, जस्तै क्रियटिभ सोच, त्यो नक्कल गरे पनि त हुने नि ! कमसेकम मलाइ त अलि हलुङ्गो हुन्थियो | दुइदिन देखि कसैले एउटा स्लोगन समेत बनाउन सकेको छैन अझै मेरै सुविधा खोस्नु पर्ने ? डाम्नाहरु | सायद त्यसैले होला आज मेरो मनको भाव बुझेर आकाश अलि फुस्रो छ |
म अफिस जानलाई तैयार भए | मेरो पुरानो भटभटे निकाले स्टार्ट गरे हिडे आफ्नो कर्मथलो तिर | टि यु गेट सम्म के पुगेको थिए, मेरो प्यान्टको खल्तीमा निस्सासिएर बसेको मोबाइल फोन पनि थर्किन थाल्यो | म फोनलाई वास्तै नगरी हुइके , उठाउन ढिला हुँदैमा बितिहालने पनि के छ र मेरा लागि ? तर अफिसमा लेट पुगियो भने हाकिमले बिताई हाल्छ | त्यसैले आज अलि चाडै पुगेर सबैलाइ अचम्म पार्ने योजना छ | बल्खुको जाममा बस्दै थिए फेरी फोन थर्किन थाल्यो "थररथरर" तर उताबाट फोन गर्ने मानिस साह्रै धैर्यवान रहेछ, एकपटक पुरा घन्टी गएर नउठाएपछि फेरी फोन गर्न थाल्यो | म आफुले अरुलाई फोन गर्दा चार धन्तीभन्दा बढी कहिलै कुर्दीन | त्यसैले पुरापुरा घन्ति जाउन्जेल कुरिरहने र तारन्तार फोन गरिरहन सक्ने मान्छेहरुको असिम धैर्य देख्दा मलाई अचम्म पनि लाग्छ, र झोक पनि चल्छ | जाम पनि उत्ति खेरै खुल्यो मैले भटभटेको ऐनामा पछाडी पुलुक्क हेरे अनि साइडलाइट बाल्दै त्यसलाई छेउ लगाए | खल्तीबाट फोन निकाल्दा निकाल्दै फोन काटियो | हेरे, नचिनेको नम्बर थियो | मलाइ दोमन भयो | साधारणतया म नचिनेको नम्बर उठाउन्न | "को रैछ यो? " तेही नम्बरमा कल ब्याक गर्ने आँट्या थिए "ह्या अफिस मै गएर गर्छु " सोचेर मैले फोन फेरी खल्तीमा हाले |
आकाश अचानक अघिको भन्दा कालोनिलो भएर ठुस्स पर्न थाल्यो | मैले आकाशतिर हेरे | पारि क्षितिजमा मुसलधारे वर्षा हुन थालेको लक्षेण देखियो | मैले मोटरसाइकलको कान निमोठे र त्यसलाई वेगमा अगाडी दौडाउन थाले | अब अगाडिबाट आएर मेरो अनुहारमा ठोक्किदै जाने हावा केहि छिनआघिको भन्दा चिसो हुन् थालिसकेको थियो | रेनकोट बोकेर हिड्ने बानि छैन | बिहान घरबाट निस्कदा मेरी श्रीमती सरुले त सम्झाएकी थि तर "पानीको यत्रो हिम्मत निरजलाई भिजाउने ?" भनेर जिस्कियर निस्किएको थिए | त्यसैले म पानीले भेट्टाउनु अघि आफिसमा छिर्न चाहन्थे | मेरै जस्तो मनसाय भएकाहरु पनि तिब्र गतिमा हुइकिन थालिसकेको थिए |
एउटा सानो पानीको थोपाले गालामा चुस्स बिझायो | "ला खत्तम, पानीले त भेट्टाउने नै भयो कि क्या हो !" मैले अझै बढी गति बढाए | अर्को एउटा थोपाले घोच्न भ्यायो | मोबाइल फोन फेरी थर्किन थाल्यो | अब पानीका थोपाहरु छिटोछिटो खस्न थाले | सुक्खा सडकमा पानीका थोपाहरुले बुट्टा बनाउन थाले | सियोको टुप्पो जत्रा थोपाहरुले पिचमा कुनै चित्र बनाउन थालेजस्तो देखियो | घामले तातेको सडकको पिचमा पहिलो केहि थोपा खस्दा त्यहीबाट मिहिन वाफ उठ्न थाले | छेउको उष्ण माटोमा पानीले चुमेर उठेको मिठो वाफ मेरो नाकको पारामा ठोक्किन आइपुग्यो | मलाइ माटोको त्यो वासना साह्रै मिठो लाग्छ | लामो-लामो सास फेरेर मैले त्यो वासनालाई आफ्नो फोक्सोसम्म पुर्याए | सियोको टुप्पोबाट अब पानीमा बुट्टाहरु बिस्तारै सुको र मोहर बन्दै अब त डबल ढ्याक जत्रो हुन् थाले |
मैले ओत लाग्ने ठाउको खोजीमा आँखा दौडाए | अलि पर एउटा पसलको सटर छेउ देखेर गति कम गरे | म त्यता जान थाल्दा पनि फोन एकतमासले थर्किन छोडेको थिएन | कस्तो मान्छे होला ? यत्रो घन्टीमा पनि नउठेपछि त छोडिदिनु नि | म सटरको छेउमा पुगेर हतारहतार मोटरसाइकलबाट ओर्लिए अनि पानी अचानक मुसलधारे भएर बर्सिन थाल्यो | एकैछिन अबेर भएकोभए त निथ्रुक्कै पो भिज्ने रहेछु | "ला खत्तम ! आज पनि अफिस पुग्न ढिला हुने भयो | हाकिमले मार्ने भयो आज पनि ! "
हेर्दा हेर्दै अरु केहि मोटरसाइकलवाला पनि म भएकै ठाउमा खादिन आए | कोहि हतारहतार झोलाबाट रेनकोट झिकेर लगाउंदै थिए | कोहि भने पानीमा मस्तसँग भिज्दै गइरहेको थिए | एउटा मोटरसाइकल ठोक्किएला जस्तो गर्दै आएर घ्याच्च रोकियो र त्यसबात एक जोडी ओर्लेर सटरमा ओत लागे | केटीले लगाएको सेतो टिसर्ट भिजेर च्याप्प उसको शरीरमा टाँसीएको थियो | बेइमानी पानीले उसको अलि सानो आकारको निलो रङ्गको भित्री परिधान, त्यसको पातलो डोरी र शरीरको गोरो त्वोचालाई झन्डै पारदर्शी बनाइदिएको थियो |
ओतालुमध्ये केहि लोभी आँखाहरु लाजै नमानी क्वारक्वार्ती त्यसको रसस्वादन गर्न थाले | त्यो थाहा पाएर केटाले आफ्नो ज्याकेट खोलेर केटीलाई लगाइदियो अनि ऊ हान्ने राँगो जसरि ति मानिसहरुलाई हेर्न थाल्यो | ति भद्रभलादमीहरु उससंग आँखा जुध्नासाथ् केहि थाहा नपाए जसरि सोझो अनुहार लगाएर पालैपालो अर्कोतिर हेर्न थाले |
मेरो फोन भने एकै छिका लागि चुप लाग्दै अझ एकनासले लगातार थर्किरहेको थियो | मैले पहिले अर्को खल्तीबाट रुमाल निकालेर आफ्नो भिजेका हात पुछे अनि खल्तीबाट फोन निकाल्दासम्म त्यो फेरी मौन भैसकेको थियो | मुखबाट निस्कन लागेको एउटा शब्दलाइ मैले बडो गाह्रोसंग रोके | होस् , उसकी आमाको यसमा के दोष छ र ? जस्तै धैर्यवानको पनि त एउटा सिमा हुन्छ एउटा | मैले फोन हेरे दुईवटा  नचिनेको फरक-फरक नम्बर रैछ, मिसकलको सुचीमा |
आफुले सेभ गर्न बिर्सेको कुनै परिचित मान्छेको नम्बर त हैन भनेर सम्झिने प्रयास गर्दै थिए | तर सकिन किन भने नम्बर र नाम मलाई याद्नै हुँदैन | मलाइ मनमा कौतुहल हुन् थाल्यो | मैले फोन गर्न खोजे तर नेपाल टेलिकमको दिदीले फोनको बाइलेंस सकेको जानकारीका साथ् मेरो कौतुहल त्यहि सेलाएर गयो | मैले फोन काटिदिए र खल्तीमा घुसारे अनि अगाडी सडकमा मुसलधारे वर्षा नियाल्न थाले | कहिँ यहि वर्षा बाटै केहि क्रियटिभ आइडिया निस्की हाल्छ कि ?
मलाई पानी परेको हेर्न एकदमै रमाइलो लाग्छ | अफिसमा फेर्ने लुगा हुँदोहो त म भिजेरै पनि जान्थिए मलाइ पानीमा भिजन असाध्यै मन पर्छ | सडकमा अब मोटरसाइकल सवारहरु छैनन् नै भने हुन्थियो | फाट्टफुट्ट कोहि वर्सादी ओधेकाहरु फर्फराउदै गएका देखिन्थे भने कोहि बहादुर निथ्रुक्क भिजेर पनि हिकिरहेका थिए |
म ओत लागेको ठाउ अगाडी सडकमा खाल्टो परेर मज्जाले पानी जमेको थियो | एउटा पचास लाखभन्दा बाढी मोल पर्ने गाडीमा पांच पैसाको पनि सभ्यता नभएको जन्तु चढेको रैछ | अलिकति पनि गति कम नगरी उसले त्यहाबाट गाडी कुदायो | हामीलाई सडकमा जमेको हिलो पानी छ्याप्दै | म त् पछाडी भएकोले अलिकति छिटाछाटिमा मात्र उम्किए | अगाडीतिरकाहरु त मज्जाले नै भिजे | एउटा मान्छेले गाडी गएकोतिर हेरेर रुद्रघन्टी फुलाउन्दै अघि एकैछिन अघि मैले बोल्न नसकेको शब्द चिच्यायो :
"ए माचिकने , साला रन्डीको छोरा !"
उसको त्यो उद्दारप्रति कसैले आपत्ति जन्नाएन |
मेरो खल्तीको फोन फेरी सक्रिय भयो | खल्तीबाट निकालेर हेरे | पहिलो वाला नचिनेको नम्बर रहेछ | अब म के गरु ? को हो यो ? किन मसंग किचकिच गरिरहेको होला ? कसैको कुनै जरुरी नै कुरा थियो कि ? नत्र त यसरी तारन्तार कसैले फोन गर्नु नपर्ने हो | हाम्रो हाकिम सापकै हो की ? हाम्रो हाकिम साँपले पनि नया-नया नम्बर खुब ट्राइ गरि रहनु हुन्छ | म यत्तिका बेर सम्म अफिस नपुगेकोले फोन गर्दै हो कि ? वा हाम्रो नया डिजाइनर भाईको पनि हुन सक्छ | कुनै क्लाइन्तको डिजिटल फाइल भेटेन कि ?
"हेलो !" मैले स्क्रिन टचमा हरियो आइकोनलाइ स्वाप गर्दै भने |
"हेलो निरज जी बोल्नु भयो ?" उताबाट एउटी महिलाको मधुर स्वोर सुनियो |
"हजुर ! म बोलि राछु"
"हजुर सुन्नु न तपाई कार्टूनिस्ट हो नि है?"
"हा?" बिजुली कड्केर आवाज सफा सुनी रहेको थिएन
"कार्टूनिस्ट निरज बोल्नु भएको हो नि हजुर ? "
"हो म कार्टुनिस्ट निरज नै बोल्दैछु, भन्नुस न के काम पर्यो !" मलाई फोनमा त्यति इन्त्रोडक्सन दिईरहन मन पर्दैन त्यसैले कामको कुरा सोधिहाले |
"म ....... इन्टरन्यास्नल कम्पनीबाट !"  - "गढ़यांगगुदुंग" त्यही बेला बादल कदकी हाल्यो | कुन इन्टरन्यास्नल कम्पनी भनेकी हुन् सुन्नै पाइन |
"सुन्नुस न तपैहरुलाई कुनै मान्छेको कार्टून्स बनाउनु पर्यो भने कत्ति टाइम लाग्छ ?" तपाईहरु भन्नाले कार्टूनिस्टहरुको क्यातोगोरीलाई सम्बोधन गरेकी होली, मैले त यसरि नै बुझे |
"त्यो त् टाइम लाग्छ कति टाइम लाग्छ त्यो त भन्न सक्किन्न , काम हेरेर हुन्छ"
"हाम्रो सरले एउटा होलिको कार्टून बनाउनु पर्ने भन्दै हुन्थियो | फ्लेक्समा प्रिन्तिंग गर्ने भन्नु भयो द्याट मिन्स डिजिटलनै चाहिने होला नि होइन ?, हजुरले कार्टून कसरि बनाउनु हुन्छ ?" 
उसको प्रश्न सुनेर अचम्ममा परे के सोधेकी होली ? "कार्टून कसरि बनाउनु हुन्छ" रे कसरि बनाउछु भन्नु | यो पनि सोध्ने कुरा हो र?
"मैले बुझिन तपाइको कुरा !" अबुझ तरिकाले मैले भने | म कन्फिउज पनि थिए के भनेर सम्झाउ कार्टून कसरि बनाउने भन्ने कुरा बारे |
" आई मीन कुनै सोफ्तवेरले बनाउनु हुन्छ कि...?"
कस्तो बेला फोन उठाउन पुगेछु, हत्तेरी ! एक त अफिस जान ढिला भएको, त्यसमा पानी परिरहेको अर्को यो केटीले कोई नपाएर मलाईनै फोन गरि-गरि चाटि राछ |
"पेपर र पेन्सिलले बनाउछु" रिस पचाएरै भने |
"हामीलाई डिजिटलमा चाहिने थियो, एकपल्ट म सर संग सोध्छु "
"डिजिटलमा चाहिने भए म डिजिटलमै कार्टून उपलब्ध गरिदिन्छु तपाईलाई "
"हाम्रो खास..., होलि प्रोग्राम हुँदैछ स्यातरडे होइन ! भोलि एकदिन छ सरले भर्खरै फोन गर्नु भयो इम्प्लोइजहरुको कार्टून बनाउने भनेर हामीलाई त भोलि सम्म चाहिने हो, हजुरले गर्न सक्नु हुन्छ कि हुँदैन ?"
"भोलि सम्म त सक्किन, फेरी कति जना इम्प्लोइजहरु होला तपाइको ओफिसमा सबैको बनाउदा त भोलि सम्म भ्याउदिन " मैले ठाडै इन्कार गरिदिए |
"हम्म ! हुन्छ-हुन्छ म एक पल्ट कुरा गर्छु है ल , ल " भनेर फोन काट्यो र फोन मैले खल्तीमा घुसारे | कस्ता-कस्ता मान्छेहरु छन् भने नेपालमा..., आर्टिस्टहरुलाई जादुगरनै थानछन् कि क्याहो ? "छुमन्तर जादु कलन्तर" भन्ने बित्तिकै भैहाल्ने ? कमसेकम दुई दिन पहिलै भन्नु पर्छ नि यस्तो क्रियटिभ कामहरुको त | प्रेसरमा त कामै गर्न सकिन्दैन | फेरी कहाँबाट मेरो नम्बर पाएछ ? सायद फेसबुक पेज कार्टुनिस्ट निरजबाट पाएको हुनुपर्छ | अस्ति भर्खर कल नावको बटममा मैले आफ्नो नम्बर सेट गरेको थिए | त्यहिबाट पायो होला |
पानी जसरी अचानक दर्किएको थियो, त्यसरी नै कम हुन् थाल्यो | अगाडीकाहरु बलेसीबाहिर हात तन्क्याएर पानीको गति मुल्यांकन गरे , सन्तुस्ट भएर ओतबाट निस्के अनि मोटरसाइकलको सिट पुछेर पालैपालो जान थाले |
मेरो फोन खल्तीको जिम्मामा दिएको एक मिनेट पनि भएको थिएन फेरी थर्किन थालीसकेको थियो | मैले फोन फेरी खल्तीबाट निकाले | फोन हेरे फेरी उही अर्को वाला नचिनेको नम्बर, फोन उठाए |
"हेलो "
"निरज मान सिंह जी बोल्नु भयो ?" फेरी अर्को एक सुमधुर स्वर ! यो चाहि अलि मेचोर केटी हुनुपर्छ |
"हजुर बोल्दैछु "
"म टाटा मोटरसबाट | हजुरले फेसबुकको क्याम्पेन प्रोग्राममा टाटा बोल्ट भनेर क्लिक गर्नु भएको रैछ |"
"हो गरेको थिए" मैले भने
"हजुरले कार लिने विचार गर्नु भएको छ ?"
लाग्यो गोलाप्रथामै छानियो जस्तो, फ्री मै कार पाउन लागेको जस्तो गरि "गर्नु त गरेको छु" भने
"कुन कार छान्नु भयो ?"
"उही बोल्ट, अनि बोल्टको कति पर्छ?"
तपाईलाई चिट्ठामा "टाटा बोल्ट" परेको छ भनिहाल्ला कि ठानेको त- "अहिले बाइस पच्चिस पर्छ हजुरले फेसबुकमा क्लिक गर्नु भएकोले पच्चीस पर्सेन्ट छुट पाउनु हुन्छ, तपैसंग पुरानो गाडी छ भने एक्सचेन्ज पनि हुन्छ, हजुरले अहिले कुन गाडी चलाई रहनु भएको छ ?" एकै साँसमा पो भनि त |
ल परेन फसाद ! के भन्ने अब ? कुन गाडी भन्नु ? आफु संग कार भएदिएकोभए यसरि पानीले भिजेला भनेर सटरमा ओट लाग्नेनै थिएननी, अलि ठुलै कम्पनिको गाडीको नाम लिउ बोल्ट भन्दा सुहाउदैन | मैले फ्री मा पाइहाल्छ कि भनेर पो क्लिक गरेको थिए यो त मार्केटिंग स्टेटस पो रैछ त थुइक !,  बल्ल एउटा नाम सोचेर भनि हाले " सुजुकीको छ "
"कति लटको ?"
कति लटको भानु " खोइ मलाई लटसत त्यति थाहा छैन ब्लुबुकनै हेर्नु पछ |" झर्को मान्दै मैले भने
"मोडल त थाहै होला" उताबाट झन् फोन राख्नै पापहो ठानेछन् कि क्याहो झन्-झन् इन्क्वाइरी पो गर्न थालि त |
"मोडल त् सुजुकी ऐट हन्ड्रेड "
"तपैले हाम्रो जावलाखेलको शोरूम देख्नु भएको छ ?"
देखेको छैन कसरि भन्नु !, गाडीमा इन्ट्रेस्ट हुनेहरुलाई त यस्तो कुरा थाहै हुँदो हो | जस्तो बाइक वालाहरुलाई बाइक शोरूम थाहा भए जस्तै | मैले पनि शानै दिएर भने
"देखेको छु"
" त्यसो भए एक पल्ट हाम्रो शोरूममा आउनुस, त्राइल ड्राईभ लिनुस हजुरको गाडी पनि लिएर आउनुस अनि हामि मुल्यांकन गरि दिन्छौ, हाम्रो शोरूम सनिवार पनि ओपन हुन्छ "
" हुन्छ म टाइम मिलाएर आउछु |"
" हस्त् थ्याङ्गक्यु " लामै थ्याङ्गक्यु भनेर फोन काटी टाटा बोल्टले |
मुल्यांकन त मेरो हुन्छ अफिसमा आज | हाकिमले हिजो मात्र लेट आउने सुचिमा मेरो नाम सबै भन्दा माथी राखी दिएको थियो | आज मेरो नामको मुल्यांकन कुन कोटीमा गर्ने हुन् |
फोन खल्तीमा हाले, केहि बेर अझै कुरेर म पनि आफ्नो मोटरसाइकलतिर गए | लौ खा, मेरो पुरानो गन्जीको टालो निकालेर कुनै महापुरुषले आफ्नो मोटरसाइकल पुछीसकेछ | त्यतिले नपुगेर भविष्यमा प्रयोग गर्नका लागि भनेर लिएरै गएछ |
आफ्नो शरीरको जुन भाग अडाउनका लागि उसले मेरो थोत्रो टालोसमेत बाँकी राखेन, उसको त्यहि भागमा स्याउस्याउ किरा परोस् भनेर सराप्दै म चिसो सिटमा थचक्क बसे | किकको डन्डीलाइ टालो चोरको करंग मानेर मज्जाले लात हाने | अरु बेला पांच-सातपटकमा पनि नटेर्ने थोत्रो इन्जिन मेरो आवेशसंग डराएजसरि एकैपटकमा स्टार्ट भयो | मैले एक्सिलरेटरको मुठोलाई टालोचोरको गर्दन मानेर भिजेका सडकमा कुदन थाल्यो |
चिसोले मेरो आङ् सिरिंग भयो | एकैछिन पानी पर्यो कि काठमान्डूमा जाडो भैहाल्छ | बल्लतल्ल अफिस पुगे | मलाई देख्ने बितिकै रिसेप्सनिस्तले मस्किदै भनि "पानीले कसो भ्याएनछ तपाईलाई |"
"अँ एकछिन ओत लागेर आ'को |" भन्दै म क्रियटिभ डिपार्टमेन्ट भित्र छिरे |
"गुड मोर्निंग निरज सर |" मैले भन्नु भन्दा पहिलेनै बरखी बारेको चुरोट खाँदै हाकिम सापले मलाई गिज्याउने पाराले भनि हाले |
हाकिमको "गुड मोर्निंग निरज सर" सुनेर अरु स्टाफहरु पनि आफ्नो घडी हेरेर मलाई हेर्दै कानदेखि कानसम्म हाँसे |
ओहो ! धेरै नै लेट भए छ कि क्याहो ? अघिपनि मैले घडी हेर्ने होसै भएन, आफ्नो नाडी माथि अनुहार तिर उचालेर घडी हेरे
"ओहो आफ्टरनुनपो भएछ त !" होस् नभई अन्यासै मेरो मुखबाट निस्कीहाल्यो |
"अनि निरज सरले कन्सेप्ट बनाउनु भयो त ?" हाकिम सापले बरखी बारेको चुरोट एस्ट्रेमा निभाउँदै सोधी हाले |
अब के भन्ने मैले? बडो आपाटमा पो परे म त | एक त् आधा दिनमा अफिस पुगियो, अर्को कन्सेप पनि बनेको छैन भन्यो भने ?.. मनमा वेगले हावाहुरी चल्न थाल्यो | प्रचण्ड हावा चल्यो | तर केहि फितिकै फुरेन कन्सेप्ट भन्ने जन्तु |
एकछिन कोठामा मौन भैरहयो | सबै चुपचाप, मानौ हामी सबै कसैको मरेको क्रियामा बसेका हौ | म केहि सोच्न थाले समथिङ्ग बेत्तर देन नथिङ्ग भने जस्तै कुनै एउटा हावा लाइन भनु भनेर सोच्दै थिए | बाहिर बेस्मारी बिजुली चम्कियो | एकै क्षणका लागि तिब्र प्रकाशले सारा कुरालाई नुहाइदियो अनि लगतै ठुलो स्वरमा नजिकै कतै चट्याङ्ग परेको सुनियो | मैले अडेस लागेको टेबलको छेउ नै भुइचालो आए जसरि थर्कियो | मैले यत्रो स्वरमा आकाश पड्केको पहिले सुनेको पनि थिईन | तर कोठामा सबै निस्तब्धता थियो | जे पर्ला पर्ला मैले भनि हाले
"एभरीथिङ्ग इस एबाउट तु फिल ह्वात यु हेयर !!! समथिंग बिग इस कमिंग सून"

-निरज मान सिंह 
२७ फाल्गुन, २०७३ (William.Newrose)
#Lyf_Chh_Awesome